कत्युरी राजवंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(कत्युरी नरेश बाट पठाईएको)
Jump to navigation Jump to search

केदारेश्वर (केदारनाथ)/शिवका पुत्र स्वामी कार्तिकेय लाई कुलदेवता मान्दै कार्तिकेयपुर राजधानी स्थापनागरी राज्य सञ्चालन गरेको कारण कत्यूरी भनिएको[१]कत्यूरी राजवंशमा सनातन हिन्दूधर्ममा आश्रित रहेकाहरुको ठूलो आशा र भरोसा थियो । किन भने यी कट्टर हिन्दु (हिन्दू) थिए । डोटीका राजवंश भगवान शिवका भक्त भएका कारणले स्वामी कार्तिकेयको पूजा गर्दछन । त्यही कार्तिकेय स्थानको नामबाट कार्तिकेयपुर र त्यहाका शासक लाई कत्युरी वंशीय भनिएको हो [२]। शौनक गोत्रीय ,रघुवंशी(सूर्यवंशी) कत्युरी यी राजाको राजभाषा संस्कृत थियो । बोलचालको भाषा पाली थियो । युद्दगर्दा धर्मयुद्दको नीति अनुसार युद्द गर्दथे । यिनका कुलदेवता कार्तिकेय देवतालाई बैशाखशुक्ल मोहनीएकादशीमा कार्तिकेयपुरी राज्यबाट डोटी ल्याएपछि मोहनी एकादशीको नामबाट कार्तिकेयलाई मोहन्याल भनियो । यिनको राज्य शासन भारतवर्षका चार कुनामा स्थापित हिन्दूहरुका पवित्र चारधाम/चारमठ रामेश्वर, जगन्नाथपुरी, द्वारकाबद्रीनाथसम्म फैलिएको भन्ने तत्कालीन राजाले जारी गरेका ताम्रपत्रमा उल्लेखित करद राज्यहरुबाट प्रमाणित हुन्छ । यसलाई थप प्रमाणित गर्ने आधार भनेका यिनको राज्य भूमिमा रहेका केदारेश्वर (शिव) कार्तिकेय गणका देवी देवताहरुका हजारौ देव मन्दिरहरु र यिनका गुरुपुरोहित संस्कृतका विद्वान रहेको प्रमाणित गर्ने अभिलेख र ताम्रपत्रका लेख हुन् । कत्यूरी राजाको राज्य ७ औं शाताब्दीदेखि १२८० सम्मको अवधिसम्म पहिलो राजधानी जोशीमठ र दोस्रो राजधानी बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा स्थापित थियो । यी दुवै स्थानमा राजधानी भएपनि समग्रमा राजधानीलाई कार्तिकेयपुरले नामाकरण गरिन्थ्यो । यिनको शासन कार्तिकेयपुरी राज्यमुकाम (राजधानी)बाट स्वतन्त्ररुपमा चलेको पाईन्छ । कार्तिकेपुरका राजा ललितसुरदेव, भूदेव ,देशट देवका ताम्रपत्र, दानपत्र र यिनका शिलालेख बाट यो कुरा पुस्टि हुन्छ । कर्तिकेयपुरी राज्यको दोस्रो राजधानी बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा जुम्ला, दुल्लुका राजा क्राचल्लले शाके ११४५ वि.स. १२८० मा आफ्नो राज्य अन्तरगतका १० वटा माण्डलिक (वोटे) राजाहरु[३]

  • (१) याहडदेव
  • (२) विद्याचन्द्र माण्डलिक
  • (३) चन्द्रदेव माण्डलिक
  • (४) जयसिह माण्डलिक
  • (५) हरिराजा राउत्तराज
  • (६) जिहलदेव माण्डलिक
  • (७) अनिलादित्य राउत्तराज
  • (८) बल्लालदेव माण्डलिक
  • (९) विनयचन्द्र माण्डलिक
  • (१०) मुसादेव माण्डलिक र यिनको सैन्य फौजलाई समेटेर लगी आक्रमण गरेका थिए । क्राचल्लको रणचुलाकोटमा भएको यो आक्रमणमा हिन्दू देवताका  मुर्तिहरु टुटफुट भएका अझै यत्र तत्र भेटिन्छन ।

यसरी क्राचल्लका साथमा दुल्लुबाट गएको यो ठूलो सैन्यदलको साथै स्थानीय सामन्त राजाहरुपनि आ–आ्फना सेनासहित सम्मिलित भएका थिए । यी राजाहरुलाई बालेश्वर ताम्रपत्रअनुसार राजा क्राचल्लका मित्रामात्य भनेर सम्मान गरिएको छ । कुमाऊँ विजय भएको उपलक्ष्मा एकरुद्र बालेश्वरलाई अर्पणगरिएको भूमिदानपत्रमा तिनीहरुको नामपनि उल्लेख गरिएबाट तिनीहरुको सहयोग खस रैका राजा क्राचल्ल लाई अत्यन्त महत्वपूर्ण रहेको बुझिन्छ । [४] यस प्रकार कत्युरी राजाको राज्य पुर्व तथा ७औ शताब्दी पहिलेको अवधि र क्राचल्ल राजाले बि.स १२८० मा कुमाऊ कार्तिकेयपुरी कत्युरी राजवंशको राज्यमुकम (राजधानी)बिजय गरेदेखि रैका राजा सुर्यमल्लको समय १४२४ सम्म को बीचको अवधि गरि दुईअवधि जुम्लासिंजा,दुल्लुका खशराजा तथा रैका राजा (डोटी रैका राजवंशका पूर्वज)को प्रभुत्व (प्रभाव) कुमाऊ गडवाल क्षेत्रमा रहेको थियो ।

बिशाल कार्तिकेयपुरी राज्यका सम्राट कत्युरी राजा सम्बन्धि संछिप्त जानकारी तालिका
विवरण अन्य जानकारी
कत्युरी राज्यको स्थापना  ७औ शताब्दी
संस्थापक राजा सम्राट बासुदेव
आगमन मुलस्थान अयोध्या
राज्य संचालनको दरवार रहेका अन्य स्थानहरु अयोध्या, दक्षिणभारत उज्जैन, पताली पुत्र
राजाको कुलदेवता कार्तिकेय (मोहन्याल)
राजाको गोत्र शौनक
राजाको वंश रघुवंश सूर्यवंशी रघुकुल
राजभाषा संस्कृत
बोलीचालीको भाषा पाली
युद्द नीति धर्म युद्द नीति
पहिलो राजधानी जोशीमठ
दोस्रो राजधानी    बैजनाथ रणचुलाकोट
जुम्ला,दुल्लुका राजा क्राच्ल्ल ,अशोकचल्ल बाट  कत्युरी राज्यको विध्वंस भएको काल र आक्रमणमा परेका राजा बि.स १२८० को दशक रणचुलाकोटमा आक्रमणमा परेका राजा महिपति पाल
विघटित कत्युरी राजाका वंशजको बसोबास डोटी बोगटान ,दार्चुला लेकम ,कुमाऊ अस्कोट
कत्युरी वंशजले लेखने गरेको थर पाल ,रजवार ,बम ,बोगटी रजवार, सिंह, मल्ल
राजाका कूलगुरु पन्त , पनेरु, जोशी ,भण्डारी ,बडू ,पाण्डेय
कूलगुरुको गोत्र कौडिन्य ,भारद्वाज ,कश्यप
कुलसंग सम्बन्धित देवता कार्तिकेय (मोहन्याल) ,केदारनाथ(केदार/शिव) ,मलिकर्जुंन ,लटिनाथ , बेताल सहित वैदिक देवता
यस वंशजका देवताको पुजन हुने तिथि मिति कार्तिकशुक्ल ,माघशुक्ल ,बैशाखशुक्ल पक्षको एकादशी द्वादशी त्रियोदाशी र चतुर्दशी
पुजन बिधि बिधान वैदिक बिधि बिधान
दक्षिण भारतबाट साथ साथै आएका थप राजपुत चन्द्रवंशी गौतम गोत्रीय चन्द र चन्द्रवंशी, कश्यप गोत्रीय देउवा 
साथ-साथैका थप जातिहरु बोहरा ,कठायत ,ताड़ी, धामी, भूल, ढोली, लोहार
अधिनस्त राज्यहरु :- कत्यूरी राज्यकालका सम्राट राजा ललितसुरदेव, दैशटदेव, पहटदेव, सुभिक्षराजदेव, देवपालदेवका ताम्रपत्र अनुसार खस, द्रविड, कलिंग, गौड, उड, आन्ध, चंडाल, किराँत, हुण, मेढ, मालब, कारनाटक, लासात, भोट, मेढ, अंधारक राज्य

कत्युरी वंशजको इतिहास[सम्पादन गर्ने]

अयोध्याबाट दक्षिण भारतहुँदै उत्तराखण्ड देव भुमिमा प्रवेशगर्ने कत्युरी वंशजको प्राचीन इतिहास सम्बन्धी अनुसन्धानगर्दा र कत्युरी वंशजका राजपुतहरूको मान्यतालाई केलाउदा कत्युरी वंशजका वैदिक देबी देवता सम्बन्धी को इतिहासले कत्युरी राजा कुनिंद,शकका वंशज थिएनन् । कत्युरी वंशज दक्षिण भारत मध्य प्रदेशको उज्जैनबाट पाटलीपुत्र दरवारहुँदै कुमाउँ गढवाल आएको थियो । यो वंशज गुप्त राजा विक्रमादित्यको वंशज थियो । कत्युरीवंश गुप्तराजा तथा बिक्रमादित्य राजाको मूल एकशाखा थियो । [५] जस्को स्थापना राजा वासुदेव द्वारा ७औं सताब्दीमा कुमाउ कार्तिकेयपुरमा गरिएको थियो, यस वंशजको कर्तिकेयपुरी राज्य हुँदाका बखत त्यहाँको मूल स्थान जोशीमठ थियो भने दोस्रो स्थान बैजनाथ (बैद्दनाथ) रणचुलाकोटमा थियो । कत्युरी राजाको समय (७ देखि ११/१२ औं शताब्दीमा) यस वंशजका राजाहरु कुमाउँ भित्र टाढा – टाढा सम्म कत्युर उपत्यका (वर्तमानमा बैजनाथ) देखि नै आफ्नो नियन्त्रण राख्ने गर्थे र आफ्नो दोस्रो राजधानी बागेश्वर जिल्लामा बैजनाथमा स्थापित गरेका थिए, जुन त्यतिबेला कार्तिकेयपुरा भनेर जानिन्थ्यो र कत्युर उपत्यकाको माझमा स्थित थियो। ब्रहमदेव(ब्रह्मदेव मण्डी) (कत्युरी उपत्यकाको समतल क्षेत्रमा एक व्यापारिक केन्द्र) लाई कत्युरी राजा ब्रह्मदेवले स्थापित गरेका थिए | जुन नेपालको कञ्चनपुर जिल्लामा ब्रहमदेव मण्डीको नाम बाट अहिले पनि स्थित छ। यस्को चरममा कत्युरी अधिराज्य सम्बत १२८० मा जुम्ला दुल्लुका खस चल्ल / मल्ल राजाको आक्रमण हुन् भन्दा पहिले पुर्वमा नेपाल देखि पश्चिममा काबुल, अफगानिस्तान दक्षिणमा रामेश्वर कर्नाटक सम्म फैलिएको थियो | सम्बत १२८० मा खस राजा र चन्द राजाले कत्युरी राज्य आफ्नो आफ्नो आधिन पारेका थिए । केही कालखण्ड पछि चन्द राजा(भारती चन्द, रतन चन्द)ले खस राजामाथि आक्रमणगरी कुमाऊ क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरे,यो आक्रमणमा चन्द राजा र रैका राजवंश राजाको १२ बर्षे युद्द भएको थियो । कत्युरी वंशजका शासक द्वारा गरिएको शिल्प-कला अहिले पनि जागेश्वर, बागेश्वर,बैजनाथ र द्वारहाटमा हेर्न सकिन्छ । कत्युरी राजाको एक शाखा अस्कोटको रजवार वंश सन् १२७९ मा पिथौरागढमा स्थापित भयो, जुन कत्युरी राजाहरूको एक शाखा थियो, यो शाखा अभय पाल देव द्वारा स्थापित गरिएको थियो | अभय पाल देव कत्युरी राजा ब्रह्मदेवका नाती थिए । यस वंशले यहाँ तब सम्म शासन गर्यो जब सम्म यो क्षेत्र १८१६ मा सुगौली सन्धि द्वारा ब्रिटिश राजमा गाभिएन । कत्युरी वंशको अर्को वलशाली क्षेत्र डोटी थियो । यहाँका शासकहरू डोटी बोगटानका रजवार भनेर जानिन्थ्ये । डोटी बोगटान क्षेत्र नेपालको बाइसेराज्यको एक हिस्सा हो । कार्तिकेयपुरबाट कार्तिकेय (मोहन्याल) देवतालाई डोटी बोगटानमा ल्यईएका हुन् । यस गणका ठकुरी (राजपुत), ब्राहमण(बाहुन) क्षेत्रीहरूका कुलदेवता वैदिक (हिन्दु) गणका छन् । मष्टो देवता यिनको कुलदेवता छैन । कुनै पनि नामको मष्टो देवतासंग यी सम्बन्धित भेटिदैनन । कार्तिकेयगण र मष्टोगणका देबी देवता पुज्ने तिथि ,मिति ,बिधि फरक - फरक छ ।[६] यो सत्यता हुँदा हुँदै पनि कत्युरी नरेश(राजवंश)को बिषयमा फरक-फरक इतिहासकारहरुका फरक-फरक मत छन् । यस बिषयमा केहीको मत अनुसार कत्युरी शासक मध्यकालमा उत्तराखण्ड क्षेत्रमा राजधानी स्थापनागरी राज्यगर्ने एक शक्तिशाली वंश थियो, भनिन्छ उनका पुर्वजहरु अयोध्याको बर्गुजार शासक थिए। यस कडिले कत्युरीहरूलाई सूर्यवंशी देखि जोड्छ। यद्यपि कति इतिहासकारहरू कत्युरीहरूलाई कुनिन्द शासकद्वारा जोड्छन र बर्गुजार मूलको पनि भन्छन, जस्ले ६ठौं देखि ११औं शताब्दी सम्ममा कुमाउँमाथि शासन गरे बद्रीदत्त पाण्डेय जस्ता कुमाऊका इतिहासकारहरूको मत अनुसार कत्युरीहरू अयोध्याबाट आएका थिए र बर्गुजारहरू रामको जेठो छोरा लवको वंशज हुन् । कत्युरीशासक आफ्ना प्रदेशलाई कुर्माञ्चल भन्ने गर्थे, कुर्माहरूको अञ्चल (भूमि), विष्णुको देश्रो अवतार कुर्म अवतार जुन नाम बाट वर्तमानको क्षेत्रको नाम कुमाउँ भएको छ।

कत्युरीहरूको डोटी प्रवेस गरेको वंशज र वंशावली [७][सम्पादन गर्ने]

शौनक गोत्र,अयोध्यापति मर्यादापुरुष रामका जेष्ठपुत्र लव को सन्तान,रघुवंशका रघुवंशी,कार्तिकेय (मोहन्याल) कुलदेवता भएका बागेश्वर कत्युरबाट डोटी बोगटान प्रवेशगर्ने कत्युरी राजाको प्रमुख शाखा/वंशज कार्तिकेयपुर् देखि डोटी बोगटान सम्मको वंशावली

यस प्रकार छ :- क्रमस :

    1. बासुदेव सम्राट (७औ शताब्दीका राजा)
    2. कुमारदेव
    3. कनक देव
    4. बसन्त देव
    5. खरपरदेव
    6. कल्याण देव
    7. त्रिभुवन देव
    8. निम्बंत देव
    9. इस्टगण देव
    10. लालितसुर देव
    11. भूदेव
    12. सलोनदित्यदेव
    13. इच्हट देव
    14. देशट देव
    15. पदमदेव
    16. सुबिच्छराजदेव
    17. बिजयपालदेव
    18. गुज्जरदेव:
    19. बिरदेव:
    20. ब्रामदेव:

अजयदेवपाल: डडेल्धुराको अजयमेरुकोट यिनै राजाको राज्यकाल ११औ शताब्दी(बि.स ११३६)मा निर्माण भएको हो । डोटी खोलाको अभिलेखले पनि अजयपाल राजाको अस्तित्व पुस्टि गर्दछ । यिनको नाम अजयबाट अजयकोट ,अजयमेरुकोट नामकरण भएको हो । कत्युरी वंशीय यी राजा अजयपालका अभिलेख गढवालमा पनि भेटिन्छन । त्यहाको चांदपुर कोटको स्थापना यिनले गरेको भन्ने छ । डोटी खोलाको शिलालेखमा [८]— ;“चन्द्रै व्र्योमाम्वरैकै रवि ग्रहण गतै: पुण्यकाले तदानिम् । ;शास्ता श्रा शास्त्र निष्टै: रवि कुल कमलैजैपाल राजाधिराज ।

कत्युरी वंशजका राजा अजयपालको राज्यकालमा निर्मित भग्नावशेष/अजयमेरुकोट
अजयमेरुकोट अभिलेख

;....................................................................................;अजयमिहिरको निर्माण शाके १००१ मा राजा अजयपालले गराएका थिए ।

विजयदेवपाल
    1. बिरपाल:
    2. बिक्रमपाल:
    3. महिपति पाल:
    4. जिप पाल:
    5. सिंह पाल:
    6. कन्चनपाल:
    7. बुग्गीपाल:
    8. रुपपाल:
    9. चन्द्रपाल:
    10. जगतीपाल:
      कत्युरी राजवंशका राजा जगतिपालको शाके १२३५ को ताम्रपत्र
      यी राजाको शाके १२३५को ताम्रपत्र ज्योतिष गणपतिले संस्कृतमा लेखेका छन् । यो ताम्रपत्र सुरक्षित छ ।कत्यूरी वंशीय पाल राजाका ताम्रपत्र मा हेर्न सकिन्छ । राजा जगतिपालको ताम्रपत्रलेख्ने अर्का ज्योतिष गुणाकर निरोलिका भण्डारी ब्राहमणका पूर्वज थिए । डोटीबाट कार्तिकेयपुरमा रहेका जागेश्वर र बागेश्वरका देवालयमा भण्डारा लाने जिम्मेवारी पाएकोले यिनको थर जोशी बाट भण्डारी बनेको हो । डोटी बोगटान गएको जेठो शाखा पछिको एक शाखा दार्चुला गयो, दार्चुलाको पाल त्यो शाखाको वंशावली बाँकी छ, डोटी बोगटान गएको जेठो शाखा यस प्रकार छ,
    11. लोकपाल:
    12. निरयपाल: ;(डोटीमा राज्य गर्ने यी कत्युरी पाल राजाका ताम्रपत्रमा राउला (ब्रहमवकटी राउला/रावला), देउवा ( [[चन्द्रवंशी देउवा ठकुरी]] ) र प्रतिहार ( चन्द्रवंशी प्रतिहार चन्द ठकुरी ) थर लेख्नेहरु धेरै भेटिन्छन्, यिनले जारी गरेका ताम्रपत्रमा रैका शब्द भेटिदैनन् । यिनै राजा निरयपाल माथि जुम्लाको रैका मल्ल राजाले आक्रमण गरि डोटी बिजय गर्यो एस अवधि भर लगभग ११ वर्ष युद्द भयो । [९] *निरैपाल राजाका ताम्रपत्रमासाँक्षी र ताम्रपत्र शाके १२७४ (वि.स.१४०९ साल) [१०]*१) ॐ ।। स्वस्ति ।। श्री शाके १२७४ कार्तिक वधि (५) परविदिने बृष्चक संक्रान्तौ ।। श्रीरा*२) जाधिराज रायप्रतापनारायण अपाडराय जपाडणैक जगजेष्ठी राय नारा *३) मद्यंक इत्यादि विरुदावली विराजमान श्री निरैपाल देव ः चिरंजयतु । चैत्र *४) भाटभाष पसाभै ।। पला ३ तिनपला चुडि षत्यानाका । हस्तोदकश्धात लिनमा *५) शासन कि । लाग भाग सहिरा पसाकी अ ।। हिलपाणी पुल अतुल साहाली । सर्वक *६) र विवर्जित । एकादशि आदित्यका १२ उदक घाल्यो । अत्र साषी मुस द्यौ पडया *७) हार । आदी ब्रह्मचवकटि राउला[११] । थेचल द्यो देउवा ।। पिलृकोटि राउला । जमुद्यो (घो) *८) व कटि । प्रताप चन्द पडयाहार । असराउ देउवा । साउन विचादीभो (विचाही) गो *९) विद महेश्वर प्रोहित लिषित बासुदेव जोतिरविदा ।। स्वदत्तां परद *१०) ता वा जे हरन्ति वसुन्धरा षष्टीवर्ष सहश्राणी विष्ठायाम जायते *११) कृभि ।। शुभमस्तु राजराष्ट्राणाम ।। लिखोली सिभिन्या षर्कउवो तोपी *१२) पलकाढो तल्लो साक्षिणा साराल ठकुर पुड चोखल पदरैश । ममवंसे परिक्षणेय ः *१३) कश्चि भूपतिं भवतु वेद तस्याह पादलग्नेस्मि ममदत्तं नलोपयत ।।
    13. नागपाल: (यिनको समय भरि ताम्रपत्रमा रैका/राईका आदेशलेख्ने रैका मल्लसँग डोटी प्रवेशगर्ने कत्युरी वंशजको युद्दनै युद्दरह्यो कत्युरी वंशीय पालराजा बोगटनमा रैका बिरुद्दमा मोर्चा गठनगर्न बसे )
    14. रतनपाल:(रैकासँग नजीक रहन थाले, अलड़े, पतले ,कोलाल (कलेल), बर्छैनी (सुर्खेतबाट आएका पाल, मल्लहरूलाई संगठित गर्न सफल भए, रैकासँग कत्युरी वंशीय पालराजाको युद्द भयो )
    15. कल्याण पाल: (यिनकै पाला देखि रैकासँग सम्झौतागरी रैकाको राज्यमा न्याय विभागको पदमा रहन गएका हुन्, बोगटान राज्यमा बसे, बोगटानका राजा भए) डोटी कत्यूरी पालराजाको राज्यमा रैकाले १४औं शताब्दीको मध्येतिर आक्रमण गरेपश्चात रैका राजवंशका रैका “मल्ल” राजा र कत्यूरी “पाल” राजाको बीचमा भएको लामो समयको युद्धमा चम्पावतका राजा भारती चन्द र रतन चन्दले पनि पालराजाको वंशजलाई सहयोग पुगाएका थिए । यस अवधिमा चम्पावतका चन्द राजाले रैका राजवंश (रैका)सँग १२ वर्षे युद्ध लडेका थिए । पालराजाका वंशजले अलडे, पतले, कोलाल, वर्छैनीलाई साथ लिएर रैका विरुद्ध युद्धमोर्चा तयारगरी लडेका थिए । यो युद्धको अन्तिम अवस्थामा विविध कारणले कत्यूरी पाल राज्यका ४ राठ राजगुरु भनिएका पन्त, पनेरु, भट्ट, भण्डारी ब्राह्मणको पहलमा रैका र पाल खान्दानका बीच सम्झौता भयो । यस सम्झौता अनुसार निम्न धितधरम[१२] बाँधिएको थियो । *(क):एक राज्यमा दुई राजा हुन् नसक्ने भएका कारण रैकाले कब्जा गरेको डोटीको पालराज्यमा पालराजाका वंशज मानिने डोटी वोगटानका कत्यूरी पाल खान्दानका ठकुरी रजवारलाई रैका राजवंशका राजाले ढोग, टीको मान सम्मान रैका राजा भन्दा पहिले दिने र राजाको कुर्सीमा रैका राजा रहने भयो । *(ख):पालराजाको राज्य डोटीको बोगटान क्षेत्र तोकियो । *(ग):बोगटानराज्य रैका राज्यको अधीनस्थ र सहकार्यमा रहने राज्य भयो । *(घ):रैका राज्यमा राजा रैका खान्दानको भएपछि तत्कालीन न्यायविभाग तथा प्रधानमन्त्री स्तरको पद ब्रह्मवकोटिमा पाल राजाको प्रमुख वंशज रहने भनियो । *(ङ):पश्चिम क्षेत्रको युद्धमा पाल राजाको खान्दान र पाल राजाका देवान तथा देउवा खान्दानले अगुवाई गर्नु पर्ने र पूर्वको युद्धमा रैका मल्ल/शाहीले अगुवाई गर्नु पर्ने भयो । *(च):डोटी राज्यमा केही ठूलो काम गर्नु पर्ने जग्गा दान गर्नु पर्ने भएमा पाल राजाका खान्दान ब्रह्मवकोटि र देउवा खान्दानलाई साँक्षी राखेर गर्नु पर्ने भयो । यस प्रकारको सम्झौता गराई चल्ल/मल्ल राजाका वंशज रैका र कत्यूरी पाल राजाका वंशजलाई राज्यस्तरको ठूलो कुरामा मिलापत्र गराएको हुँदा डोटी क्षेत्रमा राजगुरु पन्त, पनेरु, भट्ट, भण्डारी भन्ने चलन चलेको हो । डडेल्धुरामा अशुद्ध दान नखाने भनिएका कत्यूरी राजपरिवारसँग सम्बन्धित ब्राह्मण भागेश्वर (बागेश्वर) कुलदेवता बताउने पन्त, पनेरु, जोशी र उप्रेतीलाई राजगुरु मान्ने चलन छ । दुल्लु जुम्लाबाट कुमाऊ गढवालसम्म आफ्नो साम्राज्य फैलाउन सफल भएको जुम्ला(दुल्लु)का रैकाराजाको शक्तिसँग डोटीमा पुनः युद्धगरी युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा कार्तिकेयपुरी र डोटीको एकछत्र राज्य छुटेरपनि डोटी बोगटानको राजा/रजवार हुने अवसर यस कत्युरी वंशीय प्रमुख शाखाले पाएको हो ।
    16. परताप ब्रम्हमवकोटी: (प्रधानमन्त्री र न्यायविभागीय(न्यायधिश)पदको एकीकृत रुप (ब्रहम+वाक+कोटी=ब्रहम वकोटी)लाई थरको रुपमा लेखन थाले |)ब्रहमवाककोटी/ ब्रहमवाकोटीको शाब्दिक अर्थ [१३]:- *ब्रहम : भनेको बेदादर्शन अनुसार जगको मुलकारण मानिने सत,चित्त र आनन्द स्वरुप महान चेतन तत्व परात्मा ईश्वर बेद, बिष्णु | *वाक : भनेको लवज ,वाँणी शब्द बोलि | *कोटी : भनेको सय ,लाखको संख्या,श्रेणी ,स्तर ,करोड | यी तीनवटै शब्दको एकीकृतरुपनै ब्रहमवाककोटी (ब्रहम+वाक+कोटी) भन्ने शब्द हो | यो शब्द न्यायलयसँग सम्बन्धित शब्द हो | कुनै व्यक्तिलाई न्याय दिंदा सत्त, चित्त, स्वरुप, महान चेतन तत्व, आत्मा, परात्मा, ईश्वर बेद, साँक्षी राखी लाखौ करोडौ उच्चश्रेणीको ओजन स्वरुप बोल्ने बाँणी दिने तथा न्याय दिने न्याय निशाफ दिने शब्दको अर्थबाट यो शब्दको सिर्जना भयो | यसै शब्दको बिकसित रुप आजभोलिको वकालत ,वकिल हो | यो पदिय जिम्मेवारी लिनेहरुको थर यसै पदबाट ब्रहमवाककोटी/बोगटी बनेको हो |राज्यको हैसियत अनुसार ठूला शक्तिसाली राज्यले उच्च हैसियतका कुलीन राजा-रजौटालाई यो पदमा जिम्मेवारी दिने गर्दथे । हैसित न्यूनरहेका बोटेराजाहरुले न्यून स्तरकालाई यो पदमा स्थान दिने गर्दथे । डोटी रैका राज्य बाइसे चौबिसे (२२से २४ से) राज्यकालमा एक शक्तिशाली राज्य थियो । रैकाराज्यले अयोध्याको राजवंशज मानिने कत्युरी पाल राजाको डोटी राज्य पनि कब्जा गरेपछि यिनै पाल राजाको प्रमुख वंशजलाई यो पदमा स्थान दिएको थियो । त्यसैले डोटी क्षेत्रमा एकक्षत्र स्वतन्त्र राज्य गुमेका पाल थर बाट बोगटी पदीय थर बनेका ठकुरी वंशजका बोगटी रजवारले यो पदको जिम्मेवारी समालेका थिए । यसै कारण डोटी बोगटान भन्दा अन्यत्र ठकुरी बोगटी छैनन् ।
    17. राज ब्रहमवकोटि:
    18. सागरी ब्रहमवकोटि:
    19. पिरोज बम वकोटि:
    20. अर्जुन ब्रहमवकोटि:
    21. राउ ब्रह्म वकोटि:
    22. जसु बोगटी:( यिनको पाला देखि सिदै ब्रह्नवकोटिबाट [[बोगटी]] लेखन थालेका हुन् )
    23. बहादुर बोगटी रजवार:
    24. कृति बोगटी रजवार:
    25. मथुरा बोगटी रजवार:
    26. महेन्द्र बोगटी रजवार:
    27. अबैरयन बोगटी रजवार:
    28. नाथु बोगटी रजवार:
    29. परताप बोगटी रजवार:
    30. पुरन बोगटी रजवार:
    31. (जेष्ठ पुत्र) नागी बोगटी रजवार,(कनिस्ट पुत्र) रामसिंह बोगटी रजवार | राम सिंहका शालिभान भए | (जेष्ठ पुत्र)नागीका दुई राजकुमारहरु जेठा शोभान र कान्छा भूपाल भए । भूपाल बोगटी रजवारको बिबाह [[डोटी]] [[ रैका राजवंश]] चोरेला शाही परिवारबाट भएको थियो । चोरेलाबाट विवाहित दुई रानी थिए । जेठीबाट कृतिसिंह भए भने कान्छी रानीबाट पितमसिंह भए । पितम सिंहका क्रमस केशर र दिलिप भए । कृतिसिंहका भीमसिंह भए । भीमसिंहको ग्वानीमा अपुताली भयो । भूपालकी कान्छी रानी तर्फका पितमसिहका जेठा केशर र कान्छा दिलिप रिसेडी गाउँमा बसे । यीनका सन्तान बर्छैन गाउँ विकास समिति वार्डन - ७, ठकुरी रिसेडी तल्लो गाउँमा बस्छन
      कत्युरी वंशजका डोटी बोगटानका राजाको दरवार भएको स्थान रिसेड़ी गाउँको माथि डाँडाको टाकुरामा रहेको कोटको भग्नावशेष स्थल बि.स २०४१ सालमा यो भग्नकोट अज्ञानताले भत्काएर स्कुल निर्माण गरियो
      रिसेड़ीमा रहेको देवलको भग्नावशेष
      डोटी पाल राज्यकालमा निर्मित प्राचीन पानीपिने नौलाको फेदी भागको भग्नावशेष रिसेड़ी बर्छैन -७, डोटी
    32. शोभान बोगटी रजवार | यिनका सन्तान रिसेडी जाडु/जाट/जड/प्रमुख हुन् र भुपाल बोगटी रजवारका छोरा नाती तर्फका, (यिनै राजाका सन्तान जाडु/जाट/जड/प्रमुख अन्तर्गतका शाखाका सन्तान मानिने डोटी तल्लो बोगटानको *(क) रिसेडी गाउँ (वारी रिसेडी र पारी रिसेडी तथा ठकुरी रिसेडी र बोहरा रिसेडी) *(ख) निगाली गाउँ *(ग) बिठोड़ा गाउँमा बसोबास भएका ठकुरी रजवारहरु हुन् | जाडु/जाट/जड/प्रमुख अन्तर्गतकाहरु डोटी तल्लो बोगटान बर्छैन गाउँ विकास समिति, कैलाली जिल्लाको निगाली गाउँ विकास समितिका विभिन्न स्थानहरुमा बस्न थाले | यस वंशज लाई अयोध्यबाट कुमाऊ गडवालको कार्तिकेयपुरी हुँदै डोटी आएको सूर्यवंशी जाट पाल वंशज तथा जाट कत्यूरका सूर्यवंशी (रघुवंशी) राजाका वंशज जाडुको वंशजका राजा/रजवार भन्ने गरिन्छ | समाजमा यिनको मानसम्मान उच्च राजखान्दनको रुपमा परिचित छ | यस कुलमा जेठो-जेठो अन्तर्गतको कुनै भाई अपांग तथा राज्यसत्ता संचालन गर्न कम्जोर हुनगएकोले राज्यसत्ता संचालन जेठो भन्दा अर्को तथा कान्छो भाइ यहि जाडु/जाट कुलको वंशज निगाली गाउँ बस्नेको बाजेको हातमा गएपनि मोहन्याल देवताले यहि जाडु/जाट कुलको जेठो भाईलाई आपनो क्षत्रिय /राजाको टिको दिने कार्य छोडेको छैन | यसै कारण टिको ग्रहण गर्नेलाई जाडु(जड) तथा प्रमुख भन्ने गरिन्छ तर मोहन्याल देवता कुलका देवता बताउने निगाली, रिसेड़ी, बिठोड़ाका सबै एकै कुलका राजपूत (ठकुरी) हून |यस खानदानको एक परिवारको निगालीको ग्वानीमा अपुताली भयो | कान्छो पट्टिको एक परिवार निगाली गाउँमा बस्छन | निगालीको परिवारकाहरु कैलाली जिल्ला धनगड़ी उपमहानगरपालिकाको बेली गाउँ र हसनपुरमा बस्छन | माओबादीबाट हत्या गरिएका पूर्व धनगड़ी नगरपालिकाका मेयर धन बहादुर बम, कैलाली जिल्ला चौमाला गाउँ विकास समिति चौमाला बसोबास भएका वकील प्रकाश बम,जित बहादुर बम यही ठकुरी रजवार राजपरिवारका हुन |यिनैका पुर्वजले आफ्ना कुलका देवता भनेर कार्तिकेय (मोहन्याल)देवताको नाममा जग्गा गुठ दिएका छन | निगाली, गर्बुजा र चौमालामा मोहन्याल देवताका नाममा यीनका पुर्वजले दिएको गुठी जग्गा त्यहाँ अझै देखन सकिन्छ |ज्योतिष गणपति को संतान यिनैका र यिनका वंशजका कुलपुरोहित रहेका छन |*ठकुरी रिसेडी गाउँको वंशज यस प्रकार छ:-
      डोटी पाल राज्यकालमा निर्मित प्राचीन पानीपिने नौलाको भग्नावशेष रिसेड़ी बर्छैन -७, डोटी
      प्राचीन केदार न्वालाको भग्नावशेष न्वालामा कुदिएका कलाकृति(चित्रहरु)रिसेड़ी बर्छैन -७
  • भूपालकी कान्छीरानी तर्फका
नागीका राजकुमार भूपालकी कान्छीरानी तर्फका पितमसिहका जेष्ठपुत्र केशरसिंह र कनिस्टपुत्र दिलिपसिंह भए
    1. केशरसिंहका जेष्ठपुत्र - केवलसिंह र कनिस्टपुत्र - लालसिंह भए भने दिलिप सिंहका पुत्र - महासिंह भए ।
    2. केवलसिंहका पुत्र - ठगिसिंह भए भने ,लालसिंहका पुत्र - जमानसिंह र गोपाल भए । त्यस्तै महासिंहका पाँच पुत्रहरू जेष्ठ देखि कनिस्ट सम्मन क्रमस -शालिभान, कालुसिंह ,गगन सिंह ,करबिर र हर्क बहादुर भए ।
      जिम्मवाल भूपाल बोगटी रजवार को संबत १९०० को बोगटानको रेखदेख गर्नु रैती बसाउनु मुखियाहरुको नियुक्ति गर्नु भन्दै प्रदान गरिएको रजवारी जिम्मेवाली लालमोहर माना चावलको पट्टा[१४]
    3. ठगीका भए चतुर्भुज , जमानसिंहका भए कालुसिंह , गोपालका भए चक्रबहादुर , शालिभानका भए मानबहादुर, ठक्करबहादुर , धनबहदुर , करबिरका भए लाल, कृष्ण, घनेन्द्र , हर्कबहादुरका भए बलासिंह, चन्द्र ,कर्ण र धन । यस पश्चात पनि धेरै छन् |
निगाली गाउँ विकास समिति वार्ड न ६, निगालीको वंशज
  • कृतिसिंहकी कान्छी रानी तर्फका निगाली वाला ठकुरी रजवार हुन् ।
कृतिभान, रंजित , गंगजित
    1. भिमसिंह, दलजित, जमान सिंह:
    2. जंगबिर, धर्मसिंह , कृतिभान, लक्ष्मन:
    3. मसिंह , नरसिंह ,तापसिंह ,पदमसिंह, तारासिंह , बहादुर , हरिलाल , रैभान, खडकबहादुर:[१५]

यस कत्युरी वंशजका ठकुरी रजवारहरू बर्तमानमा बम (थर),बम रजवार, बोगटी रजवार र केही सिंह थर लेख्छन् । ठकुरी भनेर चिनिन्छन । डोटी र कैलालीका विभिन्न स्थानमा बसोबास गर्दछन ।

कत्युरी राजवंशको कार्तिकेयपुरदेखि डोटी बोगटानसम्मको राज्यकाल[सम्पादन गर्ने]

कत्यूरी गणकाहरुको राज्य कत्यूरदेखि डोटीसम्म वि.स.७००—१४४० को समय अवधि ७४० वर्ष र रैका राजवंश (राइका)राजासँगको पाल राजाको डोटीमा भएको युद्धको ११ वर्षको अन्तमा सम्झौता(धितधरम) अनुसार स्थापित भएको रैकाराज्य अधिनस्त डोटी बोगटान राज्यलाई समावेस गराउँदा रतन पाल वि.स.१४५२ देखि नागी वोगटी रजवार वि.स.१८५५ सम्म ४०३ वर्ष रामसिह वोगटी रजवारको समय वि.स.१८८४ लाई आधार मान्ने हो भने ४३२ वर्ष गरी जम्मा ११७२ वर्ष सञ्चालन भएको थियो ।

बसोवास क्षेत्रहरू तथा संस्कृति[सम्पादन गर्ने]

यस वंशजका ठकुरीहरू डोटीको तल्लो बोगटान र कैलाली क्षेत्रमा रहेका छन् । मोहन्यालसँग सम्बन्धित रिसडयाल ( बर्छैन गाउँ विकास समिति वार्ड न - ७, ठकुरी रिसेडी तल्लोगाउँ र जाडु),निगल्याल (निगालीगाउँ), बिठोड़ावालाका जिजूबजेले रिसेडिमा दु:ख भयो भनेर भागेर गएका सित्तोला बोहरालाई चार राठ

    1. अलड़े (अलाड़ गाउँमा बस्नेहरुका पूर्वज )
    2. पतले (पातल, सल्लेबसा ,ओजेना क्षेत्रमा बस्नेहरुका पूर्वज)
    3. कोलाल (कोला स्याली गाउँमा बस्नेहरुका पूर्वज)
    4. बर्छैनी (सुर्खेत ,दुल्लुबाट आएका पाल राजाका वंशज बर्छैन ,बेरबाटा र धम्कोट गाउँमा बस्नेका पूर्वज)लाई साँक्षी राखी कालाढुंगाको धीतधरम गरेर रिसेडी गाउँका देवता पूज्नु दशैँ गर्नु,यो भन्दा अरुकाम गराउँने छैन, गराए त्यो नगर्नु भनेर सित्तोला बोहरालाई रिसेडी पुरै सुम्पेको हो । बोहरा जाति कार्तिकेयपुरी राज्यकालकै कत्युरी राजाको दरवारमा काम काजगर्ने सहयोगी जाति हो । यसैकारण बागेश्वरबाट आएको भैंसी गोठाला बगिडाका बोहरालाई भैंसी गोठेरी रहेको बगिडा बोगटानका राजा नागी बोगटी रजवारले सौंप गरेका छन् । दियकोटी बोहरालाई कार्तिकेय (मोहन्याल)सौंप गरेका छन् । सित्तोला बोहरालाई रिसेडी सौंप गरेका हुन् । दार्चुला लेकम देथालाका पाल रजवारसंग पनि कार्तिकेयपुरी राज्यबाट गएका बोहरा जाति छन् । दार्चुलाको बगड़ी, छेबट्टा क्षेत्रमा बसोबास गर्दछन । कार्तिकेयपुरी राज्यका राजालाई ज्यानमा ज्यान दिने हरेक कार्यमा सहयोगगर्ने जाति बोहरा जाति पनि हो । रिसेडी गाउँ छोड्नु नहुने भएकोले एकभाईले त्यही बोहरा रिसेडी गाउँमा बस्नु पर्ने भएको हो । त्यसैले जड/मूल मध्येका एक परिवार जाड़ू रिसेडीमा बोहरासँगै बसेका हुन् । तत्कालिन अवस्थामा चारथरी भाईहरु सुरक्षाको दृष्टिले रिसेडीकोटको चार दिशामा बसेका थिए । अझै यिनको वसोवास उत्तर पातालगाउँ ,पूर्वउत्तर कोला/स्यालीगाउँ ,सिधा पूर्व बर्छैनगाउँ र दक्षिण पश्चिमको अलाडगाउँमा छ । यी ठाउँहरू रिसेडीकोटबाट दुई देखि ८/१० किलोमिटर सम्मनको दुरीमा पर्दछन ।
    5. जोत्तलीहरू पनि यस कुलसँग कुनै न कुनै रुपमा सम्बन्धित छन् । जोत्तली भनेका रिसेडी मल्लो गाउँ र मान्नाकापडीको जोत्तला बस्नेहरू हुन् । मोहन्याल देवतालाई मण्डली (माटोको धनि) देवताको रुपमा मान्ने यो जोत्तली परिवारका मंगलेश्वर कुलदेवता हुन् । यी मोहन्यालदेवताको उपवास बस्दैनन् । यिनको पुर्खा बि.स १८४७ तिर उपल्लो बोगटान चमरा चौतारा जमरसल्ली हुँदै तल्लो बोगटानको स्यालीको देवलीमा आई बसेको थियो । बोगटानका रजवार नागी बोगटी त्यो समयमा आफ्नो भैंसी गोठेरी बगिडा गएका रहेछन । सिकार खेल्ने उदेश्यले रजवार नागी गोठबाट गोठाला र अन्य मान्छेहरुको दलबल सहित मालिकाको लेकमा गएको मौकामा जोत्तलीको पुर्खा पनि देवलीबाट मालिकाको लेकमा सिकार खेल्न गएको रहेछ | त्यहाँ जोत्तलीको पुर्खाले रजवारसंग भेट गरेछ | आफ्नो समस्या सुनाएछ र त्यहाँ परिचय भए पछि त त हाम्रै भाई रहेछस ठिक छ तलाई बस्न र भैंसी चराउन समस्या छ भने यहाँ आ यो रिसेडी मल्लो खण्डको जग्गामा घर बनाई बस,यो लेकको जंगलमा भैसी चरा भनेर रिसड्याल ठकुरीका जिजुबाजे (नागी बोगटी रजवार)ले जोत्तली भनिने लाई रिसेडी मल्लो खण्डको जग्गा दिएको हो । यसकारण यी नागी बोगटी रजवारका वंशज ठकुरी रिसेडी तल्लो गाउँका ठकुरीका दाजुभाई भएर रिसेडिमा बसेका हुन् । जोत्तलिहरू रिसेडिमा दशैं मनाउँछन् र कालरात्रिपनि गर्छन । यी जस्तै आफूलाई कन्कीड़ा बताउँने कठिउर, मेल्टा क्षेत्रकाहरू पनि मोहन्याल मान्ने र मंगलेश्वर कुलदेवताको रुपमा पुज्ने गर्छन । ठकुरी रिसेडी तल्लो गाउँका ठकुरी रजवारका जिजुबाजेले राखेका हलिया, करिया मानिने ढोली, लुहार, भूल, भाँण(पात्तर)ले अलाडी मोहन्यालमा बँयाल सहित जानुपर्ने कर हो । जुम्लाको रैका मल्ल राजा बिरुद्द डोटी बोगटानमा मोर्चाबन्दीमा सामेल भएका अलड़े, पतले, कोलाल ,बर्छैनी यिनका दाजुभाई मानिन्छन् |
    6. बर्छैनी भनिनेहरू सुर्खेतबाट युद्दमा सहयोगगर्ने मोर्चाबन्दीकोलागि डोटी गएको शाखा हो । दुल्लुको पाल वंशावली यसै बर्छैनी भनिनेको शाखासँग सम्बन्धित वंशावली हो । यस अन्तर्गतका बर्छैन ,बेरबाटा, धम्कोट बस्सनेहरू हुन् । डोटीमा भएको रैकासँगको युद्द सकिएपछि,यो शाखालाई तल्लो बुंगा(धम्कोट) बस्नु सिंहासनको मोहन्याल मान्नु भनेर राखिएको हो । यहाँका धमकोटी र रज्मालीको मान्यता र चलन अन्य भन्दा फरक छ । यी पहिले देखिनै गाईको दूध सनितो खाने गर्छन ।
    7. रज्माली कार्तिकेय (मोहन्याल)को गुठि उचेपात्थरको जग्गामा बसेको समयमा रज्माली बाट कपाली तमसुक अनुसार राँगो भैंसी र पाडो किनेर लगेको रुपैया रज्माका मगरले बुझाउन नसके पछि आफ्नो असुलीको लागि त्यस मगरको जग्गा कब्जा गरेर उचेपात्थरबाट रज्मागाउँमा गइ बसेको कारण रज्माली भनिने बोगटी (बम) को पूर्वज उपल्लो बोगटानको सुकाटीमा भाइ-भाइमा मारकाट चलेपछि त्यहाँ बाट भागेर तल्लो बोगटानको भूगोलमा १३औ शताब्दीमा आएको हो । लफडाको बोगटी, गड्सेरा बिष्टको धाड जग्गामा बसेको चौकीको बोगटी  र रज्माली बोगटी(बम)को पूर्खा एकै हो । रज्माली बोगटीको पूर्खा तल्लो बोगटानमा आएपछि सुरुका दिनमा जंगलमा भैसी चराउने जंगलमै बस्ने गरेको थियो । कालान्तरमा [[ कार्तिकेय (मोहन्याल)]] देवताको उचेपात्थरको गुठि जग्गामा बस्यो । गुठि जग्गा खान थालेपछि सिहासनको मोहन्यालको जांतमा आउने भक्तजन, तीर्थयात्री र मोहन्यालसंग सम्बन्धितहरुलाई खाना खुवाउने कर (जिम्मा) भयो । यस पछि यी मोहन्याल देवतामा मिसिएका  हुन् ।  यिनको कुलदेवता मोहन्याल नभएर मालिका र कालिका हुन् । त्यसैले रज्माली भनिनेहरू आफ्नो घर भित्र कालीका/मालीका पुज्ने गर्छन । कालीका/मालीका पुज्ने मात्र होइन, मसानी देवता भएका निगालीको पखिरमा बसोबास गर्ने, समैजी ,सौडी सहितका देवता मान्नेहरू पनि ठकुरी कहलिन्छन् ।[१६] यस वंशजसँग सम्बन्धित को को हुन् र कहाँ कहाँ छन् भन्ने बिषयको अझै खोज अनुसन्धान गर्नु पर्ने देखिन्छ |

कत्युरी वंशजसंग सम्बन्धित निष्कर्षमा आधारित पहिचान तालिका[सम्पादन गर्ने]

क्रस कत्यूरी वंशजका शाखा सन्तानले वर्तमानमा लेख्ने गरेको थर बर्तमानमा बसोबास भएको स्थानहरु गोत्र वंश सन्तान कुलदेवता वैवाहिक सम्बन्ध कैफियत
पाल / बम /(बम (थर)) /बोगटी रजवार डोटी जिल्लाको बोगटान क्षेत्र शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव कार्तिकेय (मोहन्याल)/ बेताल /केदार / भैरु बेताल तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
पाल दार्चुला जिल्लाको लेकम गर्खा (उकूं/देथला /निसिल) शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव मल्लिकार्जुन लटबाव(लटिनाथ ) / केदार तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/मल्ल/सिंह /हमाल / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
पाल भारतको उत्तरखंड कुमाउ अस्कोट शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव मल्लिकार्जुन / केदार तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /मल्ल/देउवा / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
बोगटी /बम/बम्म डोटी जिल्लाको बोगटान क्षेत्र शौनक सूर्यवंशी रघुकुल (रघुवंशी) अयोध्यपति रामका जेष्ठपुत्र लव समैजी /कैलपाल /केदार /सौडी/ बेताल तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/मल्ल/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- यो वंशज लाई रजवार भन्ने गरिन्छ
मल्ल डडेल्धुराको लाम्कंडे, कोरगाउँ, गुनपालको धामीगाउँ, डोटी जोरायल , बोगटानको घाङ्गल, पण्डउन-- शौनक सूर्यवंशी ------ ------------ मोहन्याल / समैजी /कैलपाल /केदार तथा केदार (शिव गण ) का देवी-देवताहरु चन्द /शाही/शाह/सिंह /देउवा /हमाल / राठौर / फरक गोत्रको बम /--- थप सूचना संकल जारी रहेको
मल्ल / रावल डडेल्धुराको कोटकाँडे , चम्साल , गुनपाल, डोटी जोरायल,स्यालपखा लोली ---- शौनक --------- --------- समैजी /कैलपाल तथा केदार (शिव गण ) का देवी-देवताहरु ------------ थप सूचना संकल जारी रहेको
शाह भारतको गडवाल क्षेत्र --------- --------- --------- केदार (शिव गण ) का देवी-देवताहरु ----------- थप सूचना संकल जारी रहेको

शौनक गोत्रीय/सगोत्री[सम्पादन गर्ने]

पाल, बम ,रजवार, बोगटी, मल्ल, डोटी र डडेल्धुराकारावल/कोर मल्ल (कँवर मल्ल )

बैबाहिक सम्बन्ध[सम्पादन गर्ने]

चन्द ,सिंह ,मल्ल, शाही , शाह, देउवा[१७], हमाल, राठौर, बम .... ।

धार्मिक संस्कार[सम्पादन गर्ने]

  • १— गर्भाधान संस्कार, २— पुसंवन, ३— सिमन्तोनयन,, ४—जातकर्म, ५—षष्टी पूजा, ६—नामाकरण,
  • ७—अन्नप्रासन संस्कार, ८—कर्णवेध, ९—चुडाकर्म, १०—वेदारम्भ, ११—उपनयन, १२—विवाह,
  • १३—अग्न्याधान, १४—दिक्षा, १५—महाव्रत, १६—सन्यास, १७—मृत्युकर्म, १८—श्राद्धः

डोटेली संस्कृतिहरू[सम्पादन गर्ने]

डोटीक्षेत्रमा ऐतिहासिक डोट्याली गीत, कथा, वीरताका वीरगाथाहरु ऐतिहासिकतालाई जोगाई राख्न सांस्कृतिक निधिको रुपमा जनआधारित रहेका छन् ।

डोटेली लोक संस्कृतिहरू[सम्पादन गर्ने]

  • क)देउडा गीत, ठाडो खेल गीत, संङ्गीनि गीत , विरहगीत, सगुन:
  • ख) मंगल, भैनी (कृषिगीत):
  • ग) लोक नाटक — बर्मो (बंस), हुडकेली:
  • घ) लोक कथा बातै, किस्सा:

देबी / देवता[सम्पादन गर्ने]

कालिका , भगवती ,दुर्गा, (ठूला केदार) केदार(शिव), मलिकार्जुन(शिव),कार्तिकेय (मोहन्याल),भागेश्वर(प्राचीन शिव,/ बागेश्वर), गंगेश्वर, बेताल (शिवगणको द्वारपाल) , अग्निबेताल ,घोड़ेबेताल, बिरबेताल, बायुबेताल, भैरौंबेताल , सिगारीबेताल, ब्रहमबेताल , शहर्षलिङ्गबेताल , भैरव (शिवगणको द्वारपाल), लटिनाथ(गणेश), अलड़ा,ग्वांसी-समैजी, समैजी देवता, सौटी देवता, बैजनाथ, सिद्धनाथ कैलपाल, मंगलेश्वर(शिव),पासो,धिरगाणी(गणेश), मसानी[१६]

गुल्गुरु /कुलका ब्राहमणहरू[सम्पादन गर्ने]

केदार , भागेश्वर,पासो, कैलपाल ,बेताल कुलदेवता मान्ने

    1. कौडिन्य गोत्रीय (जोशी /पनेरु )
    2. भारद्वाज गोत्रीय(जोशी/भण्डारी /भट्ट)
    3. कश्यप गोत्रीय(बडू /पाण्डेय/भट्ट/जोशी)
    4. बशिष्ठ गोत्रीय(जोशी)
    5. उपमन्यू गोत्रीय(बिनाडी)

पुरानो मान्यता[सम्पादन गर्ने]

    1. हलो जोते राजपूत/ठाकुर/ठकुरी [[ठकुरी]] जात जान्छ भनेर पुरुषले हलो नजोत्ने ।
    2. महिलालाई टाउकोमा पर्सो (गोबर) नाबोकाऊने ।
    3. ठकुरानीहरुलाई खेतमा रोप्न नलगाउने ।
    4. बाहिरी मान्छेहरुबाट ठकुरानीहरु अधेकारहने । यस कुलको पुरानो र चल्दै आएको मान्यता हो |
    5. बर्तमानमा यो मान्यताबाट माथि उठेर आफ्नो काम आफै गर्नु पर्छ भन्दै केहीले माथि उल्लेखित काम गर्न थालेका पनि छन् ।

मौलिक पहिचान[सम्पादन गर्ने]

    1. यस कुलका [[राजपूत ]] हरू कुनैपनि देवताका धामी, भारंडी र पुजारी छैनन् ।
    2. राम्रो कुलको [[राजपूत]]हरुमा धामी, भारंडे हुँदैनन् भन्ने मान्यता यिनमा छ । यी घर परिवारमा ठकुरी भाषा बोल्छन ।
    3. आमालाई = जिया /जी भन्छन ।
    4. बुवालाई = बबा भन्छन ।
    5. भाउजुलाई = भाबी भन्छन ।
    6. भाउजुले देवरलाई = लल्लु भन्छन ।
    7. बाहिरी गैरठकुरीले यी ठकुरीलाई कन्ठे/ कन्ढे / बाबुसाई भन्छन ।
    8. पुराना बुढापाका स्थानीय छेत्री र तल्जाति तथा दलितहरु यी रजवार लाई हाम्रा देउ ठाकुर, हमरा ठाकुर भन्ने गर्छन |
    9. यिनकी ठकुरानीलाई बौराजु /रानीसाप भन्छन ।
    10. ठकुरीका छोरालाई रौतेला/लल्लु भन्छन ।
    11. छोरीलाई रौतेली/मैंया भन्छन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. लेखक वद्रीदत्तपाण्डे, कुमाऊँका इतिहास, पृष्ठ ६५८ मा लेख्छन् “कार्तिकेय इनकी भी पूजा होती है . शिव(केदार)के पुत्र है . षडानन भी कहे जाते हैं . कत्युरी राजाओं के कुलदेवता थे . उनके नाम से कार्तिकेयपुर् बसा था . पर इनका कोई मंदिर अव कुमाऊँ मे नही है
  2. डा. राजाराम सुवेदी ,कर्णाली प्रदेशको मध्यकालीन इतिहास पृष्ट २०७
  3. प्रा.डा. सुर्यमणि अधिकारी ,खश साम्राज्यको इतिहास, १० वटा माण्डलिक (वोटे) राजाहरु , पृष्ट ४४ प्रकाशक भुँडीपुराण प्रकाशन , २०६१ र २०७१ साल)
  4. प्रा.डा.सूर्यमणि अधिकारी, खश साम्राज्यको इतिहास पृष्ट ४४ मा यो कुरा उल्लेख गरिएको छ । खसराजा क्राचल्ल,अशोकचल्लको आक्रमण हुनु पहिले कार्तिकेयपुरी राज्यक्षेत्र बिशाल थियो । केही इतिहासकारहरुका अनूसार कत्यूरीहरुले आफ्नो राज्य उत्तरमा हिमाली भूभागसम्म विस्तार गरे यिनीहरुको यो भूभाग वि.स.११०७ सम्म पश्चिम सतलजदेखि पूर्वमा गण्डकीसम्म कायम थियो । इतिहासकार फिरिस्ता, कनिघम, शेरिग, अठकिन्सनको दावी अनुसार कत्यूरीहरुको राज्य पूर्वमा सिकिमदेखि पश्चिममा काबुल र दक्षिणमा बिजनौर, दिल्ली रोहिलखण्ड सम्मको भूभागमा फैलिएको भनाई छ । कत्यूरी राज्यकालका सम्राट राजा ललितसुरदेव, दैशटदेव, पहटदेव, सुभिक्षराजदेव, देवपालदेवका ताम्रपत्रअनुसार खस, द्रविड, कलिंग, गौड, उड, आन्ध, चंडाल, किराँत, हुण, मेढ, मालब, कारनाटक, लासात, भोट, मेढ, अंधारक राज्यहरु कत्यूरी राजाका राज्य क्षेत्र भित्र पर्ने अधिनस्त राज्य थिए ।
  5. मध्यप्रदेशको इतिहास, अयोध्याको इतिहास , देवीदेवता अध्यन ।
  6. कुमाऊँका इतिहास
  7. बद्रिदत्त पाण्डे कुमाऊका इतिहासबाट
  8. पूर्ण प्रकाश नेपाल “यात्री” सेती अञ्चल दिग्दर्शन, पेज १८८ , (वि.स.२०३५)
  9. अध्ययन अनुसन्धान विभिन्न व्यक्तिहरुसंगको भेटघाट, सोधपुछ, जानकारी संकलन । ताम्रपत्रहरूको विश्लेषण ,ताम्रपत्रमा सांक्षी बसेका व्यक्तिका देवता बसोवास पहिचान विश्लेषण ।
  10. रमेशजंग थापा प्राचीन नेपाल संख्या ३०–३९ पृष्ट–१२३ मा पाट अपूर्ण रहेको छ । (माघ २०३१ वैशाष २०३४) (लम्बाई ११.५” चौडाई ६.७ ” प्राप्ति स्थान कैलाली जिल्ला धनगढी नगरपालीका श्री डिल्लीराज भण्डारीको संग्रहमा रहेको ताम्रपत्र ) (निरयपालको मूलथलो निरोली हो ।)
  11. सम्बन्धित स्थानका स्थानीय जानकार /इतिहास ब्यख्यताहरु र स्थानीय मान्यताका अनुसार ग्वांसी/समैजी कुलदेवता भएका अलड़े (अलाड़ गाउँमा बसोबास गर्ने)का पूर्वजहरु पाल राज्यकालका ब्रहमवकोटि राउला पदमा नियुक्त थिए । राउला राज्पुत्रको प्रयावाची शब्द हो ।
  12. इतिहासमा जानकार रहेका डोटी बोगटानका ठकुरी रजवार र रैका राजाका वंशजको बर्णन / डोटी बोगटान क्षेत्रमा रहेको ऐतिहासिक लोक आख्यान/मान्यता ।
  13. इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध, कत्युरी पाल राजाको वंशावली पृष्ट ३४ - ३८ ( २०७२ साल )
  14. डोटी तल्लो बोगटान साबिक बर्छैन गाउँ विकास समिति वार्ड न ७ वर्तमान बड्डीकेदार गाउँ पालिका वार्ड न १ ठकुरी रिसेडी बसोबासगर्ने , डोटी बोगटानका राजा नागी बोगटी रजवार, भुपाल बोगटीका वंशज/ बोगटानको राजपरिवार लालबहादुर बमसंग रहेको सम्बत १९०० सालको बोगटानको हलबंदी जिम्मेवाली रजवारीको सक्कल पट्टा लालमोहरको प्रतिलिपि
  15. कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध,(२०७२)
  16. १६.० १६.१ कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०),
  17. प्रा.डा. सुर्यमणि अधिकारी ,बाइसे राज्यको इतिहास, बिषय ठकुरीका थर, पृष्ट २७४ - २७५, प्रकाशक भुँडीपुराण प्रकाशन, ( प्रकाशन मिति २०६० साल)

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्क "भिडियो " हरू[सम्पादन गर्ने]