सामग्रीमा जानुहोस्

नेपाल अङ्ग्रेज युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोरखा युद्धबाट अनुप्रेषित)
नेपाल अङ्ग्रेज युद्ध

भक्ति थापा (पहेँलो) नेपाली गोर्खाली सेनाको नेतृत्व गर्दै बेलायती सेना विरुद्ध
मितिवि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२
स्थान
परिणाम

इस्ट इन्डिया कम्पनीको विजय

भौगोलिक
परिवर्तन
नेपालले विवादित तराईमा सबै दाबी त्याग्यो, र महाकाली नदीको पश्चिममा र सतलज नदीसम्म फैलिएको आफ्नो विजयहरू त्याग्यो।
योद्धा
नेपाल नेपाल अधिराज्य
सेनापतिहरू
शक्ति
पहिलो अभियान:
  • ६० तोपहरू सहित २२,००० सैनिकहरू[३][४]
  • दोस्रो अभियान:
  • १७,०००

दुवै अभियानका क्रममा भारतीय भाडाका सैनिकहरूको सङ्ख्या अज्ञात छ.

११,००० भन्दा अलि बढी
मृत्यु र क्षति
अज्ञात अज्ञात

नेपाल अङ्ग्रेज युद्ध (वि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपाल अधिराज्यको गोर्खाली सेनाइस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनाहरू बीच लडिएको थियो। दुवै पक्षले भारतीय उपमहाद्वीपको पहाडी उत्तरको लागि महत्वाकांक्षी विस्तार योजनाहरू थिएँ। वि.सं. १८७२ मा भएको सुगौली सन्धिमा हस्ताक्षरसँगै युद्धको अन्त्य भयो, जसले नेपाली नियन्त्रित केही भूभाग इस्ट इन्डिया कम्पनीलाई सुम्पनु परेको थियो।

ब्रिटिस युद्ध प्रयासको नेतृत्व इस्ट इन्डिया कम्पनीले गरेको थियो र नेपाल अधिराज्यको बिरूद्ध देशी राज्यहरू (गढवाल राज्य, पटियाला राज्यसिक्किम राज्य) को गठबन्धनले समर्थन गरेको थियो। नेपाल अधिराज्यको अधिकांश युद्ध प्रयास दुई थापा परिवार: थापा वंशअमरसिंह थापाको परिवारले नेतृत्व गरेको थियो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

नेपालको शाह राजा पृथ्वीनारायण शाहले मल्ल सङ्घको राजधानी रहेको काठमाडौँ उपत्यकामा आक्रमण गरेपछि सुरु भएको थियो। महासङ्घले इस्ट इण्डिया कम्पनीसँग मद्दतको लागि अनुरोध गर्‍यो, र १७६७ मा क्याप्टेन किन्लकको नेतृत्वमा २,५०० नम्बरको एक असुरक्षित र असुरक्षित अभियानको नेतृत्व गरिएको थियो। यो अभियान एक विपत्ति थियो र गोर्खाली सेनाले सजिलै पराजित गर्यो। प्रभावहीन ब्रिटिस सेनाले गोर्खालीहरूलाई बन्दुकहरू प्रदान गर्यो र गोर्खाहरूलाई आत्मविश्वासले भरिदियो, जसले सम्भवतः उनीहरूलाई भविष्यका युद्धहरूमा आफ्ना विरोधीहरूलाई कम मूल्याङ्कन गर्न बाध्य तुल्यायो।

कीर्तिपुरको युद्धबाट सुरु भएको पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकाको विजय र कब्जा गरेपछि उनको राज्यको राजधानी गोरखाबाट काठमाडौँ सारिएको थियो र त्यसपछि उनले र उनका सन्तानहरूले बनाएको नेपालको नामले चिनिन थाल्यो। साथै, धनी काठमाडौँ उपत्यकाको आक्रमणले गोरखा सेनालाई यस क्षेत्रमा आफ्नो मार्शल महत्वाकांक्षालाई अगाडि बढाउन आर्थिक सहयोग प्रदान गर्‍यो।

तिब्बत मामिलाले गढवाल राज्यमा नियोजित आक्रमण स्थगित गरेको थियो, तर सन् १८०३ सम्म, गढवालका राजा प्रद्युमन शाह पनि पराजित भएका थिएँ। सन् १८०४ को जनवरीमा उनी सङ्घर्षमा मारिए र उनको सम्पूर्ण जग्गा कब्जा गरियो। यसभन्दा अगाडि, सेनापति अमरसिंह थापाले पहाडी क्षेत्रको सबैभन्दा बलियो किल्ला कांगडा, हिमाचल प्रदेशसम्मको भूमि ओगटेर त्यसलाई घेरा हालेका थिएँ। यद्यपि, पन्जाबको सिख राज्यका शासक महाराजा रणजित सिंहले हस्तक्षेप गरेर सन् १८०९ सम्ममा नेपाली सेनालाई सतलज नदीको पूर्वतिर धकेलेका थिएँ।

गभर्नर जनरल लर्ड वेलेज्ली

भारतवर्षका गभर्नर जनरल भएर लर्ड वेलेज्ली आएपछि मराठा राज्य संघमा फुट भएको मौका पाएर माराठा राजाहरूका मुखिया पुनाका पेशवा बाजीरावलाई सहायक सन्धिका डोरीले कसे। यो हस्तक्षेप देखेर मराठा राजाहरूमा शक्तिशाली ग्वालियरका राजा दौलतराव शिन्दे युद्धका मैदानमा उत्रे। यस युद्धको सम्भावना देखेर अगाडी नै वेलेज्लीले नेपालका भारदारसंग सन्धिपत्र गरी नेपाल सरकारलाई थामथुम गराई राख्नको लागि काठमान्डौमा नक्सलाई राजदूत बनाएर राखेका थिए। युद्धमा शिन्देको सैन्यबलको संहार गरी मराठा शक्तिको दमन गरेपछी नेपाल सरकारको वास्ता गर्नु परेन। यता नेपालको शासिका विद्यालक्ष्मी र दामोदर पाण्डे संग मेलमिलाप गर्न नसकी नक्स फर्कदा यिनीहरूको संहार गराउनका निमित्त रणबहादुर शाहलाई बनारस बाट नेपाल लित जाने आज्ञा दिई वेलेज्लीले सन्धिपत्र तोडिदिए। नेपालका शासकहरूमा गृहकलह चलेपछि एक न एक पक्षले हामीसंग साहारा माग्लान् र उस समय नेपाल तिर हात बढाउँला भने विचार तिनले राखिरहेका थिए। [५]

पाल्पा राज्यको विलय र कम्पनी सरकारसंग सिमा विवादको सुरुवात[सम्पादन गर्नुहोस्]

काठमान्डौ आएर रणबहादुर शाहले दामोदर पाँडे आदीको हत्या गरी पृथ्वीपाल सेनलाई कैद गरेर पाल्पा रियासत समेत खोसे। दामोदर पाण्डेकी मुख्यानी र भतिजा रणबम पाण्डे भागेर कम्पनी राज्यमा पुगे। तैपनी उनीहरू नेपालकै हितैषी रहेर बेतियामा बसे। तर पाल्पालीहरू गोरखाली भैसकेका थिएनन्। यस कारण नेपाल राज्यबाट बुटवल झिकेर कम्पनीका राज्यमा मिलाई त्यहाँको जमीनदारी लिनाका निमित्त पृथ्वीपाल सेनका काका शूरवीर सेन र भाइ समरबहादुर सेनले गोरखापूराका कलेक्टरको ढोकामा पुगे। पाल्पाली राजवंश उपर रणबहादुर शाहले अवश्य अन्याय गरेका थिए र आफ्ना उपर भएका अन्यायको बदला लिनु अनुचित थिएन। [५]

बुटवलका चार जिल्ला मध्ये स्युराज जिल्ला प्युथानाका रियासतमा रहेको हुनाले गनिदैनथ्यो। अवधाका नवावहरूले यस स्युराजका उपर आफ्नो सत्ता देखाई खिराजका रुपमा केही तिरो बाँसीका जमीनदारमार्फत लिने गरेका थिए। तर शासनको काम प्युठानाका राजाहरूकै हातमा थियो। यस्तै हिसाबसँग बुटवलको आधा भाग पाल्पाली राजाहरूको हात थियो र बाँकी आधा भाग गुल्मी, अर्घा र खाँची का राजाहरूको शासनमा बाँडीएको थियो। अवधका नवावहरू बुटवलको पनि यस्तै तिरो लिन्थे। गुल्मी आदी रियासतमा भागको तिरो त्यहाका राजाहरूसंग उठाई आफ्नो भाग समेत मिसाई पाल्पाली राजाहरू बुझाउँथे। महादत्त सेनले ती रियासत जफत गरेपछि जम्मैको तिरो यिनले र यिनका छोरा पृथ्वीपाल सेनाले बुझाइआएका थिए। ई. १७८३ मा (बि.सं १८४३मा नेपाल सरकारले प्युठाना दखल गरेपछि दश वर्षसम्म महादत्त सेनामार्फत स्युराजको तिरो बुझाएका थिए। पछी बाँसीका जमीनदारले स्युराजका निमित्त बखेडा चलाउँदा त्यो तिरो बन्द गरी आफ्नै अधिकार कायम गरेका थिए। ई. १८०१ (बि.सं. १८५८) मा कम्पनी सरकारले नबाव सआदात अली संग सहायक सन्धी गरी गोरखपुर आदि अनेक जिल्ला लिँदा सन्धिपत्रमा बुटवलको नाम नपरेको हुनाले त्यहाँको तिरो मागेका थिएनन्।[६] गोरखपुर छोडेपछी त्यसमा जोडिएका बुटवलका तिरामा सआदात अलीले पनि वास्ता राखेका थिएनन्। । ई. १८०४ मा (१८६१ मा ) रणबहादुर शाहले बुटवल जफत गरी नेपाल राज्यमा मिलाउँदा नचलौल पट्टिका आधा भागमा दखल गर्न सकेका थिएनन्। [६]

यसमा शूरवीर सेन र समरबहादुर सेनले पृथ्वीपाल सेनको जमीनदारी कायम हुने गरी कम्पनीका राज्यमा मिलाउन गोरखपुर कलेक्टर संग भेटे। पहिले अवधका नवावलाई हामीले जम्मै बुटवलको तिरो बुझाइ आएका हुनाले र नवावका राज्यमा रहेको गोरखपुर जिल्ला कम्पनीका राज्यमा आएको हुनाले जम्मै बुटवल कम्पनीको राज्य भै पृथ्वीपाल सेनको जमीनदारी हुनुपर्दछ भन्ने शूरवीर सेनको फिराद थियो। [६]

"स्युराज र बुटवलको तिरो अवधका नवावहरूले खाएका हुनाले यी नवावी राज्यका जिल्ला हुन्, यी जिल्लाहरू नवाबले कम्पनीलाई छोदिदिएको हुनाले कम्पनीका अधिकारमा आएका छन्, तैपनी स्युराजको तिरो नवावी राज्य छदै लिन छोडिएको हुनाले हामीलाई बुटवल छाडीएमा स्युराजका उपर दावा गर्ने छैनौ" भन्ने आसयका साथ बार्लोले नेपाल सरकारलाई पत्र लेखे। नवावसँगका सन्धिपत्रमा स्युराज र बुटवलको नाम परेको थिएन तापनी कम्पनीसरकारले यी नाम थपेर पूरक सन्धिपत्र तयार गरेका थिए। "स्युराज र बुटवलमा अघिदेखि प्यूठानी र पाल्पाली राजाहरूको शासन रहेको थियो, तिनीहरूसँग हामीले लिएको हुनाले त्यहाँको शासन छोड्न सक्दैनौ, पाल्पाली राजाले तिरीआएबमोजिमको बुटवलको तिरो कम्पनीसरकारलाई तिर्न राजी छौ." भन्ने जवाफ मुख्तियार रणबहादुर शाहले पठाए। त्यस पछी अंग्रेजहरू चुप रहेका हुनाले रणबहादुर शाहले रिस फेरेर कैदमा रहेका पृथ्वीपाल सेन, उनका भाइ र साथमा रहेका पाल्पाली लाई कष्ट दिन थाले। भीमसेन थापाले ता यी कैदीहरूको ज्यानै लिई यिनीहरूको लाश पशुपन्छीलाई खुवाई आनन्द मनाए। [६]

कारण[सम्पादन गर्नुहोस्]

युद्धको अघिल्लो वर्षहरूमा, ब्रिटिसहरूले आफ्नो प्रभावको क्षेत्र विस्तार गर्दै थिए। नेपालीहरूले पूर्वमा सिक्किम, पश्चिममा कुमाऊँगढवाल र दक्षिणमा अवधसम्म आफ्नो साम्राज्य विस्तार गरिरहँदा ब्रिटिस इस्ट इन्डिया कम्पनीले कलकत्ता, मद्रासबम्बईको मुख्य आधारहरूबाट भारतमा आफ्नो स्थिति बलियो बनाएको थियो। यो ब्रिटिस विस्तारलाई भारतमा पहिले नै प्रतिरोध गरिएको थियो, तीन अङ्ग्रेज मराठा युद्धहरू साथै पन्जाबमा जहाँ रणजित सिंह र सिख साम्राज्यको आफ्नै आकांक्षाहरू थिए।

व्यापार[सम्पादन गर्नुहोस्]

नेपालसँगको द्वन्द्वको प्रमुख कारण आर्थिक कारण हो। बेलायतीहरूले नेपाल हुँदै तिब्बतसम्म व्यापार गर्न नेपाल सरकारलाई मनाउन लगातार प्रयास गरेका थिएँ। प्रमुख भारतीय निर्यात कपासका सामानहरू थिएँ, र घरमा उत्पादित कपडाहरूले बेलायती बजार कब्जा गरेपछि यसको माग घट्दै गइरहेको थियो।[७] त्यसैले कम्पनीले आफ्नो सम्पत्ति अर्को, थप जटिल र महँगो तरिकामा स्थानान्तरण गर्नुपरेको थियो। यसले आफ्नो भारतीय कपडाहरू क्यान्टनमा पठाउनु पर्ने थियो; तिनीहरूलाई चिनियाँ बजारमा बेच्ने; आय संग चिया किन्न; त्यसपछि बेलायतमा बिक्रीको लागि चिया पठाइयो (यस समयमा सबै चिया चीनबाट आएको हो। यो सन् १८४० सम्म भारतमा उब्जाइएको थिएँन)।[७] अङ्ग्रेजहरूले चाँडै थाहा पाए कि कुमाऊँले तिब्बतसँग व्यापारको लागि राम्रो सुविधा प्रदान गरेको छ। तसर्थ, यी दुई क्षेत्रहरूको विलय तिनीहरूको रणनीतिक उद्देश्यको हिस्सा बन्यो।

राजनैतिक सुरक्षा[सम्पादन गर्नुहोस्]

जबकि व्यापार वास्तवमा कम्पनीको एक प्रमुख उद्देश्य थियो, यसबाट "राजनीतिक सुरक्षा" को अवधारणा बढ्यो, जसको अर्थ निरुत्साहित गर्ने रणनीति र पेशाको ठुलो क्षेत्र हो। हेस्टिङ्सले व्यापारिक कारणले मात्र नेपालमाथि आक्रमण गरेको दाबीलाई प्रमाणले समर्थन गर्दैन। यो एक रणनीतिक निर्णय थियो। उनी हिन्दु पुनरुत्थान र क्षय हुँदै गएको मुगल साम्राज्यको बीचमा मराठा, सिखगोर्खाहरूबीचको एकताप्रति सचेत थिएँ। उसले मध्य भारतमा मराठाहरू विरुद्ध विजय हासिल गर्ने पूर्व-एम्प्टिभ योजनाहरू ह्याच गरिरहेको थियो, र दुई मोर्चामा लड्नबाट बच्नको लागि उसले पहिले नेपाललाई अपाङ्ग गर्नु आवश्यक थियो।

सिमाना विवाद र झडपको सुरुवात[सम्पादन गर्नुहोस्]

सन् १८०५ मा भारतको नक्सा

बाराको सीमा विवाद[सम्पादन गर्नुहोस्]

कम्पनीका राज्यसंग जोडिएका नेपाल तराईका सिमानामा प्राकृतिक सीमा नभएको हुनाले दुवैपट्टिका चौधरी जमीनदारहरू सीमानाको मौजाहरू चाप्दथे। यस तरहसंग दुइ चार मौजाका विषयको तकरार उठेमा नेपाल सरकारले प्रायः छोडिदिने गरेको थियो। बारा जिल्ला सिमरावनगढ प्रगन्नाका दक्षिण भागका २२ मौजाका विषयमा भने आफ्नो दावा छोडेका थिएनन्। मकवानी राजाबाट पाएको भनी अब्दुल्ला बेगले दावा गर्दा तौतर र पचारौतीका साथ् यी २२ मौजामा पनि आफ्नो हक देखाएका थिए। कम्पनीका राज्यका स्रेस्तामा नदरिएका भनी वारेन हेस्तिग्जले तौतर र पचारौती फिर्ता गरेका थिए। तर मुद्दा चल्दा चल्दै बेतियाका जमीनदार राजा वीरकिशोरसिंहले ती मौजा आफ्ना नाममा दर्ता गराएका हुनाले नेपाल सरकारको दखल हुन पाएको थिएन। यस विषयमा सारन जिल्लाका कलेक्टरमार्फत कम्पनी सरकार संग धेरै वर्ष देखि लेखापढी चलिरहेको थियो। अघि मकवानी राजाका अधिकारमा रहेको तौतर र पचारौतीमा हाम्रो हक सावित भएपछी २२ मौजामा मात्र हक किन नहुनु? भन्ने नेपाल सरकारको जिकीर थियो । आफ्ना दखलमा आइसकेका मौजा फिर्ता दिन अंग्रेजहरू राजी नभएका हुनाले आलटाल गरिरहेका थिए । यस कारणले भीमसेन थापाले बारामा रहेका सुब्बा लक्ष्मण गिरीलाई ती मौजाहरूमा अधिकार गर्ने आज्ञा दिए । १८ जून १८११का दिन हतियार बन्द पुलिस लागी लक्ष्मण गिरीले सात-आठ मौजा दखल गरे । भोलिपल्ट बिहान बेतियाका ढलेटहरूले आक्रमण गरी लक्ष्मण गिरीलाई मारिदिए । तर गोरखाली पुलिसले दखल भएका मौजा नछोडी बाँकी मौजाहरू पनि दखल गरी लिए । यही घटना नेपाल र कम्पनी सरकारका बीचमा भएको युद्धको बीउ बन्यो ।[८]

ई.सं १८११ का आखिरमा सिमरावन गढनेरका विवादित मौजाहरूको फिराद लिएर बेतियाका जमीनदार वीरकिशोरसिंह कलकत्ता पुगे। बेतियाका ढलेतहरूले अन्यायपूर्वक लक्ष्मण गिरीलाई मारेको सूचना नेपाल सरकारले गर्भार्नर जनरललर्ड मिन्टोलाई अगाडी नै पठाएको थियो। दुवै सरकारतर्फका अमीनहरू बसी विवादित मौजाको निर्णय गर्न भनी मिन्टोले आफ्ना तर्फबाट मेजर पेरिस ब्राडशालाई अमीन गराई पठाए। यिनलाई लिएर ई. १८१२ फरवरीमा कलकत्तामा रहेका नेपाली राजदूत कृष्ण पण्डित सिमरावनगढ आए। यिनीहरू आइपुग्नु भन्दा अगाडीनै नेपाल सरकारका तर्फबाट अमीन भएर रङ्गनाथ पण्डितदलभंजन पाण्डे पुगिसकेका थिए। बडो आदरका साथ् रङ्गनाथ पण्डित र ब्राडशाको भेटघाट भयो। दुवै तर्फका स्रेस्ताहरू जाँचिए। तर आफ्नो राय केही नसुनाई ब्राडशा फर्केर पटनामा गएर बसे। अप्रिलमा रङ्गनाथ पण्डितदलभंजन पाण्डे काठमाडौं आए।

बुटवल स्युराजको सीमा विवाद[सम्पादन गर्नुहोस्]

अर्ल मिन्टो

१८१२ जनवरीमा वीरकिशोरसिंह कलकत्ता तिर लागेपछी पाल्पाली चौतारिया समरबहादुर सेनले पनि बुटवलको प्रश्नलाई जगाउनको लागि गोरखपुरका कलेक्टरलाई उचाले। ती कलेक्टरद्वारा बनारसमा रहेका राजनैतिक घटक मिष्टर ब्रुसको सिफारिस पुगेपछि मिन्टोले पनि बार्लोले लेखे बमोजिम "तपाईहरूले बुटवल छोड्नुपर्छ, यो छोदिदिएमा स्युराजमा तपाईहरूको अधिकार मान्दछौ।" भन्ने नेपालसरकारलाई खलितापत्र पठाए। बार्लोका पालामा नेपाल सरकारले लेखेका खलीतामा बुटवलको तिरो कम्पनीसरकारलाई तिर्ने कबोल भएको हुनाले त्यसमा नेपाल राज्यको हक छैन भन्ने दलील मिन्टोका खलीतापत्रमा लेखिएको थियो। बुटवलमा नेपाल सरकारको हक देखाउने प्रमाणहरूका साथ उत्तर दिँदा यस विषयमा पनि दुवै सरकारको अमीन गई निर्णय गर्ने आज्ञा मिन्टोले दिए, यसतिरलाई पनि ब्राडशालाई नै आफ्ना अमीन गराए। तर बर्सादको मौसम आइसकेको हुनाले यो काम आगे सालका हिउँदलाई थामियो।

ई. १८१३ का आरम्भमा बुटवलको जांचको पालो आयो र ब्राड शा त्याहाँ पुगे। काठमाडौं बाट रङ्गनाथ पण्डितदलभंजन पाण्डे पनि त्यहाँ गए। पाल्पाबाट अमरसिंह थापा (छोटा) पनि सामेल भए। बुटवलको तिरो तपाइँहरूले तिर्ने कबोल गरेको हुनाले त्यसमा तपाइँहरूको हक छैन भन्ने दलिल ब्राडशाको थियो. अघि स्युराजको अवधका नवाबलाई तिरो तिरिरहेको हुनाले त्यसमा पनि तपाइँहरूको हक छैन भनी कम्पनीसरकारको नयाँ दावा पेश गरे। दुवै पक्ष आफ्ना आफ्ना दावामा अडिग भए। गर्मी बढेपछी ब्राडशा गोरखपुर तिर लागे। अप्रिलको मध्यमा रङ्गनाथ पण्डितदलभंजन पाण्डे काठमाडौं आए।

यस समय लर्ड मिन्टो को कार्यकाल सकिन लागेको थियो। नयाँ गभर्नर जनरल मा अर्ल माइरा आए। यस पदमा बहाल हुनेबित्तिकै नेपालमा आक्रम न् गर्ने संकल्प उनले गरेका थिए । यस कुराको सूचना पाएर ब्राडशाले नेपालसंगको सिमानाको झगडामा आफ्नो छाल गर्माए। आफ्नो छोड्ने समय आइपुगेको हुनाले मिन्टोले पनि तिनैका चालमा चल्न उचित देखेर नेपाल सरकारलाई खलीतापत्र पठाए, त्यसमा "बुटवल र स्युराजसमेत तपाईहरूले कम्पनीसरकारलाई छोडिदिनुपर्छ" भन्ने स्पस्ट लेखिएको थियो। बुटवलमा मात्र दावा दिने मिन्टोले ब्राडशाको मतमा लागेर स्युराजमा समेत दावा दिँदा भीमसेन थापा लगायत नेपाली भारदार झसंग भए, माइरा आएपछि शायद इन्साफ होला भनी अपेक्षा लिएर केही महिना पर्खे, अक्टुवरमा माइरा कलकत्ता आइपुग्दा गीर्वाणका भाकाबाट मिन्टोका पत्रको प्रतिवाद लेखे, जुन डिसेम्बरमा कलकत्ता पुग्यो।

बढ्दो तनाव[सम्पादन गर्नुहोस्]

यस्तै अवस्थामा ई.सं १८१४ को आरम्भमा सम्रावनपट्टिका तक्रारी २२ मौजाका जांचको पालो आयो। रङ्गनाथ पण्डित , दलभंजन पाण्डे र ब्राडशासमेत जनवरीको मध्येमा त्यहाँ जम्मा भए। यस पटक ब्राडशाले रंगनाथ पण्डित संग भेट नगरी नेपाली मुन्सीलाई डाकेर "यो तकरारी मौजाबाट नेपाली पुलिस हटाओ; जाँच गर्दा जतापट्टिका ठहर्ला , उतै पट्टी दखल गरिएलान्, पुलिस हटाउँदिनु भने कम्पनीसरकारको पुलिस झिकाई थाना हाल्छौ" भनी पठाए। रंगनाथ पण्डित ले "हाम्रा पुलिस रहेर जाँचबुझ गर्नमा केही बाधा छैन, पुलिस थामिएर नै जाँचबुझ होस्" भनी पठाए पनि ब्राडशा मानेनन्। आखिरमा भीमसेनथापाको सल्लाहमा रङ्गनाथले पुलिस झिकिदिएपछी ब्राडशाले आफ्ना पुलिस थाना राखेर रंगनाथ संग भेट गरे। त्यहाँ जाँचबुझको कुरा चल्दा ब्राडशाले रुखो व्यवहार गरे। आफ्ना उपर अपमान भएपछी जाँचको काम नहुने देखेर कृष्ण पण्डित र दलभंजन पाण्डेलाई लिएर मार्चमा रंगनाथ पण्डित काठमान्डौ फर्के।

वि.सं. १८ कात्तिक १८७१ मा कम्पनी सरकारले नेपालविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गरेको थियो।

पहिलो अभियान[सम्पादन गर्नुहोस्]

प्रारम्भिक ब्रिटिस अभियान सतलज देखि कोशी सम्म १,५०० किलोमिटर (९३० माइल) भन्दा बढी सीमामा दुई मोर्चाहरूमा आक्रमण थियो। पूर्वी मोर्चामा, मेजर-जनरल बेनेट मार्ली र मेजर-जनरल जोन सुलिभान वुडले तराई पारी काठमाडौँ उपत्यकाको मुटु तर्फ आ-आफ्नो स्तम्भहरूको नेतृत्व गरे। मेजर-जनरल रोलो गिलेस्पी र कर्नल डेभिड ओक्टरलोनीले पश्चिमी मोर्चामा स्तम्भहरू कमान्ड गरे। यी स्तम्भहरू अमरसिंह थापाको कमान्डमा नेपाली सेनासँग सामना गरिएको थियो।

मकवानपुर गढीको लडाइँ[सम्पादन गर्नुहोस्]

भीमसेन थापाका भाइ कर्णेल रणवीरसिंह थापा मकवानपुरहरिहरपुर एक्सिसको सेक्टर कमाण्डर हुने भएका छन्। उनलाई एक धेरै ठुलो किल्ला र पुरानो राइफल र केही तोपका टुक्राहरू सहित लगभग ४,००० सेना दिइएको थियो। तर अङ्ग्रेजहरू सिमानाबाट अगाडि बढ्न सकेनन्। कर्णेल रणवीरसिंह थापाले आफ्नो चुनिएको हत्या क्षेत्रमा शत्रुहरूलाई लोभ्याउने प्रयास गरिरहेका थिएँ। तर मेजर जनरल वुडले बारा गढीबाट अगाडि बढ्न सकेनन् र उनी अन्ततः बेतियामा फर्किए।

जितगढीको लडाइँ[सम्पादन गर्नुहोस्]

एक अपदस्थ पाल्पाली राजाको सहयोगमा, मेजर जनरल वुडले बुटवल प्रतिरक्षालाई बाइपास गर्न, धुरीमा रहेको सानो विरोधलाई हटाउन र कम सुरक्षाको भागबाट पाल्पालाई आक्रमण गर्ने उद्देश्यले सिउराज, जित गढीनुवाकोटमा मार्च गर्ने योजना बनाए। नेपाली कर्णेल उजिरसिंह थापाले आफ्ना १२ सय सेनालाई जित गढी, नुवाकोट गढी, काठे गढीलगायत धेरै रक्षात्मक स्थानमा तैनाथ गरेका थिएँ। कर्णेल उजिरको नेतृत्वमा सेनाहरू धेरै अनुशासित थिएँ र उनी आफैँ एक समर्पित र सक्षम कमाण्डर थिएँ। उनी पुरुष, भौतिक, प्राकृतिक स्रोतसाधनमा फाइदा उठाउने र पहाडको रणनीतिमा निपुण थिएँ। नेपाली लुट्ने आक्रमणले जनरललाई गोरखपुर फर्किन बाध्य बनायो। नुवाकोट पाखेगढीमा करिब ७० नेपालीले ज्यान गुमाएका थिएँ यसैबीच, ३०० भन्दा बढी शत्रुहरू मारिए।

नालापानीको लडाइँ[सम्पादन गर्नुहोस्]

पहिलो आक्रमण असफल भएपछि ब्रिटिस अग्रगामीहरू फिर्ता हुन्छन्

नालापानीको लडाइँ नेपाल अङ्ग्रेज युद्धको पहिलो लडाइँ थियो। यो लडाइँ देहरादून नजिकैको नालापानी किल्लाको वरिपरि भएको थियो, जसलाई अक्टोबर ३१ र ३० नोभेम्बर १८१४ को बीचमा अङ्ग्रेजहरूले घेराबन्दीमा राखेको थियो। किल्लाको ग्यारिसनको कमान्ड क्याप्टेन बलभद्र कुँवरले गरेका थिएँ, जबकि मेजर-जनरल रोलो गिलेस्पी, जसले पहिले युद्ध गरेका थिएँ। जाभाको युद्ध, आक्रमणकारी ब्रिटिस सेनाको जिम्मा थियो। गिलेस्पीलाई घेराबन्दीको पहिलो दिन आफ्ना मानिसहरूलाई भेला गर्ने क्रममा मारिएको थियो र पर्याप्त बाधाहरूको बावजुद, सङ्ख्या र फायरपावर दुवैको हिसाबले, बलभद्र र उनको ६००-बलियो ग्यारिसन, जसमा बहादुर महिलाहरू पनि थिएँ जसले कथित रूपमा गोली र तोपको गोलालाई ढाल गरे। शवहरू, एक महिना भन्दा बढीको लागि ५,०००भन्दा बढी ब्रिटिस सेनाहरू विरुद्ध सफलतापूर्वक आयोजित।

जैथकको लडाइँ[सम्पादन गर्नुहोस्]

मेजर जनरल मार्टिन्डेलले अब सेनामा सामेल भए र कमाण्ड लिए। उनले २७ डिसेम्बरमा नाहान सहर कब्जा गरे र जयथकको किल्लामा आक्रमण सुरु गरे। किल्लामा अमरसिंह थापाका छोरा रणजोरसिंह थापाको कमाण्डमा २००० सैनिकको ग्यारेसन थियो। पहिलो आक्रमण विपत्तिमा समाप्त भयो, नेपालीहरूले सफलतापूर्वक बेलायती आक्रमणबाट जोगाए।

दोस्रो अभियान[सम्पादन गर्नुहोस्]

विस्तारित नेपाली सेना पश्चिमी मोर्चा अर्थात् गढवालकुमाउ क्षेत्रमा पराजित भयो। ओक्टरलोनीले अन्ततः बडाकाजी अमरसिंह थापालाई पराजय गरे। पहिलो नेपाल-कम्पनी अभियानमा उनी एकमात्र सफल ब्रिटिस कमाण्डर थिएँ। अचम्मको कुरा होइन, भगवान मोइराले उनलाई भरतपुर-मकवानपुर-हरिहरपुर मोर्चामा १७,००० बलियो आक्रमण बलको दोस्रो आक्रमणमा मुख्य अपरेशनल कमाण्डरको रूपमा नियुक्त गरे, तर फेरि, तिनीहरूमध्ये अधिकांश भारतीय सिपाहीहरू थिएँ।

बेलायतले २८ नोभेम्बरमा सन्धि अनुमोदन गर्न नेपाललाई १५ दिनको अल्टिमेटम दिएको थियो। तर सन्धिका बुँदाहरू नेपालीलाई छिट्टै अनुमोदन गर्न निकै गाह्रो थियो। ढिलाइले अङ्ग्रेजहरूलाई राज्य विरुद्ध दोस्रो सैन्य अभियान सुरु गर्न बहाना प्रदान गर्यो। भीमसेन थापाका अर्का भाइ कर्णेल भक्तवरसिंह थापालाई पहिलो अभियानमा विजयपुरदेखि सिन्धुली गढीसम्मको क्षेत्रमा रक्षात्मक लडाइँका लागि सेक्टर कमाण्डर नियुक्त गरिएको थियो। यस दोस्रो अभियानमा बडाकाजी अमरसिंह थापावासले सिन्धुली गढी र पूर्वी मोर्चाका लागि सेक्टर कमाण्डरको रूपमा विस्तृत जानकारी दिए। कर्णेल भक्तवरसिंह थापाले आफ्नो मुख्यालय मकवानपुर गढीमा राखेका थिएँ। उपरदाङगढी, सिन्च्याङ गढी, कान्द्राङ गढी, मकवानपुर गढीहरिहरपुर गढी लगायतका मोर्चेमा आक्रमण गर्न १७,००० ब्रिटिस सेना लिएर नेपाल विरुद्धको समग्र कमाण्डर मेजर जनरल डेभिड ओक्टरलोनी थिएँ। यो युद्ध सुगौली सन्धिबाट समाप्त भयो, जसलाई असमान सन्धिका रूपमा लिइन्छ जसले नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाएको थियो। मेची नदी नेपालको नयाँ पूर्वी सिमाना र महाकाली नेपालको पश्चिमी सिमाना बनेको छ।

परिणाम[सम्पादन गर्नुहोस्]

सुगौली सन्धि[सम्पादन गर्नुहोस्]

सुगौली सन्धिले सीमारेखामा ल्याएको अन्तर

सुगौली सन्धि २४ फागुन १८७२ मा अनुमोदन भएको थियो। सन्धि अनुसार नेपालले सबै सिक्किम (दार्जिलिङ सहित), कुमाऊँगढवाल र पश्चिमी तराईका क्षेत्रहरू गुमाए। मेची नदी राज्यको नयाँ पूर्वी सिमाना र महाकाली नदी राज्यको पश्चिम सिमाना बनेको छ। तराई क्षेत्रको आम्दानीको नोक्सानीको क्षतिपूर्ति गर्न ब्रिटिस ईस्ट इन्डिया कम्पनीले वार्षिक दुई लाख रुपैयाँ तिर्ने थियो। बेलायतीहरूले आवासीय दुत स्थापना गरे। काठमाडौँमा बेलायती बासिन्दा हुने डर अन्ततः निराधार साबित भयो, किनकि नेपालका शासकहरूले त्यहाँका बासिन्दालाई भर्चुअल नजरबन्दमा राख्ने हदसम्म अलग्याउन सफल भए।

तराई भूमिहरू, तथापि, अङ्ग्रेजहरूलाई शासन गर्न गाह्रो साबित भयो र तिनीहरूमध्ये केहीलाई पछि सन् १८१६ मा राज्यमा फिर्ता गरियो र तदनुसार वार्षिक भुक्तानीहरू खारेज गरियो। तर, नेपाल अङ्ग्रेज युद्ध सकिएपछि पनि दुई राज्यबीचको सीमा विवाद समाधान हुन सकेको छैन। नेपाल र अवध बीचको सिमाना सन् १८३० सम्म समायोजन हुन सकेन र नेपाल र बेलायती भूभागबीचको विवाद धेरै वर्षसम्म दुई सरकारबीच छलफलको विषय बनेको थियो।

गोरखा भर्ती[सम्पादन गर्नुहोस्]

डेभिड ओक्टरलोनी र राजनीतिक एजेन्ट विलियम फ्रेजरले बेलायती सेवामा रहेका नेपाली सैनिकहरूको क्षमतालाई तुरुन्तै बुझेका थिएँ। युद्धको समयमा अङ्ग्रेजहरू नेपाली सेनाबाट भाग्नेहरूलाई प्रयोग गर्न र अनियमित सेनाको रूपमा प्रयोग गर्न इच्छुक थिएँ। उनीहरूको वफादारीमा उनको विश्वास यस्तो थियो कि अप्रिल सन् १८१५ मा उनले तिनीहरूलाई लेफ्टिनेन्ट रसको नेतृत्वमा नासिरी रेजिमेन्ट भनिने बटालियनमा गठन गर्ने प्रस्ताव गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]