सामग्रीमा जानुहोस्

निकिता ख्रुश्चेभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(निकिता ख्रुश्चेवबाट अनुप्रेषित)
निकिता ख्रुस्चेभ
Никита Хрущёв
A portrait shot of an older, bald man with bifocal glasses. He is wearing a blazer over a collared shirt and tie. In his hands, he is holding a set of papers.
सोभियत सङ्घको कम्युनिस्ट पार्टीका प्रथम सचिव
कार्यकाल
१४ सेप्टेम्बर १९५३ – १४ अक्टोबर १९६४
राष्ट्रपतिक्लिमेन्ट भरोसिलभ
लिओनिद ब्रेजनेभ
आनास्तास मिकोयमन
प्रमुखगिओर्गी मलेनकभ
निकोलाई बुलगानिन
निज
पूर्वाधिकारीजोसेफ स्तालिन
उतराधिकारीलियोनिद ब्रेझनेभ
सोभियत सङ्घको मन्त्री परिषद्को प्रधानगण
कार्यकाल
२७ मार्च १९५८ – १४ अक्टोबर १०६४
फ्रल कोजलभ
आलेक्सी कोसिगिन
दिमित्री आस्तिनोभ
लाजार कागानोभिच
/आनास्तास मिकोयान
पूर्वाधिकारीनिकोलाई बुलगानिन
उतराधिकारीआलेक्सी कोसेगिन
कार्यकाल
२७ फेब्रुअरी १९५६ – १६ नोभेम्बर १९६४
सहायकआन्द्रे किरिलेङ्को
उतराधिकारीलिओनिद ब्रेजनेभ
व्यक्तिगत विवरण
जन्म(१८९४-०४-१५)अप्रिल १५, १८९४
रूसी साम्राज्य
मृत्यु (1971-09-11) सेप्टेम्बर ११, १९७१ (उमेर ५३)
मस्को, रूस, सोभियत सङ्घ
राष्ट्रियतासोभियती
राजनीतिक दलसोभियत सङ्घको कम्युनिस्ट पार्टी
जीवन साथी(हरू)जोफ्रोसिनिया ख्रुस्चेभ (सन् १९१६–१९१९, मृत्यु)
मारुसिया ख्रुस्चेभ (सन् १९२२, छुटिएको)
निना ख्रुस्चेभ (सन् १९२३–१९७१)
हस्ताक्षरA scrawled "Н Хрущёв"

निकिता सरगेयेभिच ख्रुस्चेभ (रूसी: Никита Сергеевич Хрущёв, जन्म : १५ अप्रिल १८९४, मृत्यु:११ सेप्टेम्बर १९७१)[] शीत युद्ध को समयमा सोभियत सङ्घका सर्वोच्च नेता थिए।

१९५० को दशकमा ख्रुश्चेभले स्वेज सङ्कट, स्पुतनिकको प्रक्षेपण, १९५७ को सिरियाली सङ्कट, १९६० को यू -२ घटना जस्ता ठूला विजयहरूका लागि  कडा समर्थन पाएका थिए। सन् १९६० को दशकको सुरुतिर, ख्रुश्चेभको नीतिहरूमा कमजोरीहरू र क्युबा क्षेप्यास्त्र सङ्कटलाई सम्हाल्ने उनको तरिकाको कारणले उनको लोकप्रियतामा ह्रास आउन सुरु भएको थियो। यसले उनका सम्भावित प्रतिद्वन्द्वीहरूलाई उत्साहित तुल्याएको थियो जो पछि क्रमशः शक्तिमा आउँदै अक्टोबर १९६४ मा उनलाई हटाएका थिए। यद्यपि, उनले सोभियत सोभियत सङ्घको अघिल्ला शक्ति सङ्घर्षको जस्तो घातक नियती भोग्नु परेन। ख्रुश्चेभको मृत्युु सन् १९७१ मा हृदयघातबाट भएको थियो।

सोभियत सङ्घका नेता

[सम्पादन गर्नुहोस्]

आन्तरिक नीति

[सम्पादन गर्नुहोस्]

नीति कार्यक्रम

[सम्पादन गर्नुहोस्]

सन् १९५३ मा स्टालिनको मृत्युपछि सोभियत सङ्घको नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेभ आएका थिए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिएका थिए। उनले सर्वहारा वर्गको पार्टी सोभियत कम्युनिस्ट पार्टीसर्वहारा वर्गको अधिनायकत्वको सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदलेका थिए। उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याएका थिए। यो क्रमलाई १९७१ मा ख्रुश्चेभको मृत्यु पश्चात् सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाएका थिए।

सन् १९४० को दशक देखि नै, ख्रुश्चेभले सोभियत सङ्घमा मकै खेतिको बारेमा वकालत गरेका थिए। [] उनले युक्रेनमा मकै संस्थानको स्थापना गरेका थिए र भर्जिन ल्यान्डमा हजारौँ हेक्टर जमिनमा मकै खेति गर्नको उनले आदेश दिए।[] I

अन्तरिक्ष अनुसन्धान

[सम्पादन गर्नुहोस्]
युरी गागरिन, पाभेल पोपोभिच, तेरेस्कोभा, र निकिता ख्रुश्चेभ, लेनिन स्मारक २२ जुन १९६३

सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लिएको थियो। सन् १९५७ मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्‍याएका थिए। सन् १९६१ मा सोभियत वायु-सैनिक युरी गागरिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने सबभन्दा पहिलो मानव बनेका थिए।

१९५० देखि १९५३ सम्म ख्रुश्चेभले स्टालिनको विदेश नीतिलाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न सक्षम थिए। ख्रुश्चेभले सम्पूर्ण शीतयुद्धलाई स्टालिनको तर्फबाट गम्भीर गल्ती मानेका थिए। लामो अवधिमा, यसले नाटोसँग अनावश्यक र महँगो सैन्य संघर्ष सिर्जना गर्‍यो। यसले तटस्थ विकासशील संसारबाट ध्यान हट्यो, जहाँ प्रगति गर्न सकिन्छ, र यसले मस्कोको पूर्वी युरोपेली सहयोगीसँगको सम्बन्धलाई कमजोर बनायो। मूलतः ख्रुश्चेभ स्टालिन वा मोलोटोभको तुलनामा भविष्यको बारेमा धेरै आशावादी थिए, र एक अन्तर्राष्ट्रियवादी थिए।

यू-२ र बर्लिन सङ्कट

[सम्पादन गर्नुहोस्]

क्युबा क्षेप्यास्त्र सङ्कट

[सम्पादन गर्नुहोस्]

क्युबा क्षेप्यास्त्र सङ्कट संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ बीच शीत युद्धको सबैभन्दा खतरनाक बिन्दू थियो। सन् १९६२ मा क्यूबा क्षेप्यास्त्र सङ्कटमा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव सृजना भएको थियो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगेका थिए तर कुनै तरिकाले यो सङ्कट टरेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Maier, Simon; Kourdi, Jeremy (२०११), The 100: Insights and lessons from 100 of the greatest speakers and speeches ever delivered, Marshall Cavendish International Asia Pte Ltd, पृ: १५४, आइएसबिएन 978-981-4312-47-9 
  2. Taubman 2003, पृष्ठ 374.
  3. Carlson 2009, पृष्ठ 205.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]