प्रयोगकर्ता:Nirjal stha/प्रयोगस्थल/16
स्वरूप
नोभेम्बर, २०२४
[सम्पादन गर्नुहोस्]१, नोभेम्बर (जन्म): ऐश्वर्या राय (सन् १९७३)
हेर्ने – वार्ता – सम्पादन
२, नोभेम्बर (जन्म): शाहरूख खान (सन् १९६५)
- वि.सं. १९४६ (सन् १८८९) - नर्थ डेकोटा र साउथ डेकोटा क्रमशः अमेरिकाको नयाँ राज्यको रूपमा स्थापना भएको थियो ।
- वि.सं. २०२१ (सन् १९६४) - साउदी अरबका राजा साउद बिन अब्दुलअजिज अल साउदलाई पारिवारिक कू द्वारा हटाइएको थियो ।
३, नोभेम्बर (जन्म): अमर्त्य सेन (सन् १९३३)
- वि.सं. २०३५ (सन् १९७८) - डोमिनिकाले संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०३९ (सन् १९८२) - अफगानिस्तानको सालाङ सुरुङमा आगलागी हुँदा २००० जनाको ज्यान गएको थियो ।
४, नोभेम्बर (जन्म): लुईस फिगो (सन् १९७२)
- वि.सं. १९६९ (सन् १९२२) - होवार्ड कार्टरले इजिप्टमा तुतलखामुनको लाश भएक मकवरा पत्ता लगाएका थिए ।
- वि.सं. २०६५ (सन् २००८) - अफ्रिकी मूलको पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा बाराक ओबामा निर्वाचित भएका थिए ।
५, नोभेम्बर (जन्म): विराट कोहली (सन् १९८८)
- वि.सं. १९९२ (सन् १९३५) - पार्कर ब्रदर्शले मोनोपोली बोर्ड खेल सार्वजनिक गरेका थिए ।
- वि.सं. २०६३ (सन् २००७) - गुगलद्वारा एन्ड्रोइड अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो ।
६, नोभेम्बर (जन्म): एना इभानोभिक (सन् १९८७)
- वि.सं. १९७० (सन् १९१३) - दक्षिण अफ्रिकामा भारतीय खनिकहरुको एउटा मार्च नेतृत्व गर्दा महात्मा गान्धीलाई पक्राउ गरिएको थियो ।
- वि.सं. २००७ (सन् १९५०) - तात्कालिन राजा त्रिभुवन वीर विक्रम शाह नेपाल छोडी भारत गएका थिए ।
७, नोभेम्बर (जन्म): म्याडम क्युरी (सन् १८६७)
- वि.सं. २०४७ (सन् १९९०) - आयरल्याण्डमा पहिलो पटक महिला राष्ट्रपतिको रूपमा मेरी रोबिन्सन निर्वाचित भएकी थिइन् ।
- वि.सं. २०५९ (सन् २००२) - ईरानले आफ्नो राष्ट्रमा अमेरिकाको सामानलाई प्रचार गर्न प्रतिबन्धित गरेको थियो ।
९, नोभेम्बर (जन्म): स्कटी थम्प्सन (सन् १९८१)
- वि.सं. १९४४ (सन् १८८७) - अमेरिकाले पर्ल हार्बरमाथि आफ्नो अधिकार प्राप्त गरेको थियो ।
- वि.सं. २०१० (सन् १९५३) - कम्बोडियाले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०४६ (सन् १९८९) - जर्मनीको बर्लिन पर्खाललाई भत्काइएको थियो ।
१०, नोभेम्बर (जन्म): मार्टिन लूथर (सन् १४८३)
- वि.सं. २०४० (सन् १९८३) - बिल गेट्सले विन्डोज १.० जारी गरेका थिए ।
११, नोभेम्बर (जन्म): डेमी मुर (सन् १९६२) ~ माला सिन्हा (सन् १९३६)
- वि.सं. २०३२ (सन् १९७५) - अङ्गोला स्वतन्त्र भएको थियो।
- वि.सं. २०३८ (सन् १९८१) - एन्टिगुआ र बर्बुडाले संयुक्त राष्ट्रको सदस्यता प्राप्त गरेको थियो।
१२, नोभेम्बर (जन्म): ~ लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९)
- वि.सं. २०४७ (सन् १९९०) - टिम बर्नर्स लीले विश्वव्यापी वेबको औपचारिक प्रस्ताव प्रकासित गरेका थिए ।
१३, नोभेम्बर (जन्म): जुही चावला (सन् १९६७) ~ हरिवंश आचार्य (सन् १९५८)
- वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो ।
- वि.सं. २०७२ (सन् २०१५) - फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए ।
१४, नोभेम्बर (जन्म): एडम गिलक्रिस्ट (सन् १९७१)
- वि.सं. २०२८ (सन् १९७१) - मेरिनर-९ अन्तरिक्ष यान मंगल ग्रहको अक्षमा स्थापित भएको थियो ।
- वि.सं. २०७१ (सन् २०१४) - भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङमा श्रीलङ्का विरुद्ध सर्वाधिक २६४ रनको कीर्तिमान बनाएका थिए ।
१५, नोभेम्बर (जन्म): सानिया मिर्जा (सन् १९८६)
- वि.सं. २०५७ (सन् २०००) - भारतको झारखण्ड राज्य अस्तित्वमा आएको थियो ।
१६, नोभेम्बर (जन्म): वकार युनिस (सन् १९७१)
- वि.सं. २००२ (सन् १९४५) - युनेस्कोको स्थापना भएको थियो ।
१७, नोभेम्बर (जन्म): नानी (सन् १९८६)
- वि.सं. १९९० (सन् १९३३) - सोभियत सङ्घलाई संयुक्त राज्य अमेरिकाले मान्यता दिएको थियो ।
१८, नोभेम्बर (जन्म): महिन्दा राजपाक्ष (सन् १९४५)
- वि.सं. २०७० (सन् २०१३) - नासाले म्याभेन प्रोबलाई मङ्गल ग्रह तर्फ प्रक्षेपित गरेको थियो ।
१९, नोभेम्बर (जन्म): ईन्दिरा गान्धी (सन् १९१७)
- १९६९- पेलेले १०००औँ गोल गरेका थिए ।
- १९७७ - पोर्चुगलको विमान मदिएरा टापु नजिकै दुर्घटना हुँदा १३१ जनाको ज्यान गएको थियो ।
२०, नोभेम्बर (जन्म): तुषार कपूर (सन् १९७६)
- वि.सं. २०४२ (सन् १९८५) - माइक्रोसफ्ट विन्डोज १.० जारी गरिएको थियो ।
२१, नोभेम्बर (जन्म): जेसस नाभास (सन् १९८५)
हेर्ने – वार्ता – सम्पादन
२२, नोभेम्बर (जन्म): ओस्कार पिस्टोरियस (सन् १९८६) ~ जितेन्द्र मुखिया (सन् १९९२)
- वि.सं. २००० (सन् १९४३) - लेबनानले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०६२ (सन् २००५) - एन्जेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर नियुक्त गरिएकी थिइन् ।
२३, नोभेम्बर (जन्म): माइली साइरस (सन् १९९२)
- वि.सं. २०४९ (सन् १९९२) - पहिलो स्मार्टफोन आइबिएम सिमोनलाई अमेरिकाको लस भेगस, नेवाडामा विमोचित गरिएको थियो ।
- वि.सं. २०६२ (सन् २००५) - लाइबेरियाको राष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला एलन जोनसन सरलिफ भएकी थिइन् ।
२४, नोभेम्बर (जन्म): पेड्रो लियोन (सन् १९८६)
- वि.सं. २०६९ (सन् २०१२) - बङ्गलादेशको राजधानी ढाकाको एक कपडा उद्योगमा आगलागी हुँदा ११२ जनाको ज्यान गएको थियो ।
२५, नोभेम्बर (जन्म): पिटर सिडल (सन् १९८४)
- वि.सं. १८१६ (सन् १७५९) - एउटा शक्तिशाली भूकम्प भूमध्य क्षेत्रको बेरूत र दमास्कसमा जाँदा ३०,०००-४०,००० जनाको मृत्यु भएको थियो ।
- वि.सं. २०३२ (सन् १९७५) - सुरिनामले नेदरल्याण्डबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०७३ (सन् २०१६) - फिडेल कास्ट्रोको ९० वर्षको उमेरमा मृत्यु भएको थियो ।
२६, नोभेम्बर (जन्म): अर्जुन रामपाल (सन् १९७२)
हेर्ने – वार्ता – सम्पादन
२७, नोभेम्बर (जन्म): ब्रुस ली (सन् १९४०)
- वि.सं. २०७१ (सन् २०१४) - सिड्नीको एसजिसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अस्ट्रेलिया राज्यबिचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूजको निधन भएको थियो ।
२८, नोभेम्बर (जन्म): विलियम ब्लेक (सन् १७५७)
- वि.सं. २०४८ (सन् १९९१) - दक्षिण ओसेटियाले जर्जियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो ।
- वि.सं. २०७३ (सन् २०१६) - कोलम्बियामा हवाई दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका फुटबल खेलाडीहरू लगायत विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो ।
२९, नोभेम्बर (जन्म): जोन रे (सन् १६२७-१७०५)
- वि.सं. २०७० (सन् २०१३) - मोजाम्बिक एयरलाइन्स विमान ४७० नामिबियामा दुर्घटनाग्रस्तहुँदा ३३ जनाको ज्यान गएको थियो ।
३०, नोभेम्बर (जन्म): विन्स्टन चर्चिल (सन् १८७४)
- वि.सं. २०६१ (सन् २००४) - लायन विमान ५३८ इन्डोनेसियामा दुर्घटनाग्रस्तहुँदा २६ जनाको ज्यान गएको थियो ।