रणोद्दिप सिँह बहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
रणोद्दिप सिँह बहादुर राणा
Ranoddip Singh Kunwar.jpg
रणोद्दिप सिंह कुँवरको तस्बिर
१० औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि.सं.१९३३ फागुन १५[१] – वि.सं. १९४२
पूर्वाधिकारीजङ्गबहादुर राणा
उतराधिकारीवीर शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १८८२
३ अप्रिल १८२५
मृत्युवि.सं. १९४२

रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिँह कुँवर (१९३३-१९४२) राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु जंगबहादुर राणाको निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए।

भतिजाहरू (दाजु जंगबहादुर र भाइ धीरशमशेरका छोरा) बीच चर्किएको शक्ति संघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले 'बिजुली गारत' नाममा विशेष फौज निर्माण गरेका थिए। तर पछि यिनी आफ्नै भतिजाहरू (धीरशमशेरका छोराहरू) बाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा वीर शमशेर जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री बने।

रणोद्दिपसिँहको जन्म पिता काजी बालनरसिंह कुँवरको सातौँ पुत्र र माता गणेश कुमारीको पाचौँ पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो। [२]

सैन्य वृत्ती[सम्पादन गर्ने]

उनले तेश्रो नेपाल तिब्बत युद्ध (सन् १९५५-५६) र भारतमा सन् १८५७ मा घटेको सिपाही बिद्रोहमा नेपाली सेनाको नेतृत्व गरेका थिए।

टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक
टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिक
सन् १८५७ मा गदरको युद्धमा देखाएको वीरताको स्मरणमा बनाइएको सालिक

श्री ३ महाराज तथा प्राइममिनिस्टर[सम्पादन गर्ने]

वि.सं. १९३३ मा पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री जंगबहादुरको मृत्यु भएपछि; धीर शमशेरको चातुर्यताले रणोद्दिप सिंहले श्री ३ महाराज तथा प्राइममिनिस्टर दुवै पद हासिल गरे। रणोद्दिप सिंहलाई दुवै पद दिलाउन धीर शमशेरले सो समाचार सार्वजनिक हुन दिएनन् । उनले जंगबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र जगतजंगलाई पत्थरघट्टा पठाए ।

श्री ३ रणोद्दीप निश्शङ्क, विश्वास गर्ने उनको बानी र आफू श्री ३ हुन पाएकोमा धीरशमशेर सँग र आफ्नो खानदान बढाइदिने दाजु जंगबहादुर सँग ज्यादै अनुगृहीत थिए। उनी सुधारवादी नहुँदा त्यस्ता उल्लेखनीय काम हुन सकेन। बरु जंगबहादुरले थापाथलीमा खोलेको दरबार अङ्ग्रेजी स्कुललाई रानीपोखरीको पश्चिम तर्फ गाईगोठमा स्थानान्तरण गर्ने काम उनले गरे। उनी अदूरदर्शी र राजनीतिक धूर्तताबाट बिलकुल टाढा तथा योग्य-अयोग्यताको पहिचान गर्न नजान्ने राजनीतिक चक्रव्यूहमा परेका मन्द राजनीतिक खेलाडी थिए।[३]

कार्यहरू[सम्पादन गर्ने]

  • रणोद्दीप सिंहले बिजुली गारतको गठन गरेका थिए।
  • नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ ।[४]

३८ सालको पर्व[सम्पादन गर्ने]

मुख्य लेख : ३८ सालको पर्व

वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह सिकारको लागि तराई गएको बेलामा (कतै कतै भारतमा तिर्थ गर्न गएको बेलामा उल्लेख छ), नरेन्द्र बिक्रम शाह (राजा सुरेन्द्रका पुत्र)ले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनारगढ किल्लामा नजरबन्द गरिएको थियो ।

हत्या[सम्पादन गर्ने]

प्रधानमन्त्री रणोद्दीप सिंहले राजपाट भतिजा जगतजंगलाई सुम्पेर आफू सन्यासी बन्ने सोच बनाएका थिए। तर रोलक्रमबाट हटाइएका राज्यको बागी जगतजंगलाई उत्तराधिकारी बनाउदा बिद्रोह हुन सक्ने डर पनि उनको मनमा थियो।

४२ सालको पर्व[सम्पादन गर्ने]

मुख्य लेख : ४२ सालको पर्व

वि.सं. १९४२ मा वीर शमशेरले आफूसँग रहेका सैनिक हरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे । जंगबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४२, आइएसबिएन 99933-2-406-X 
  2. http://www.royalark.net/Nepal/lamb4.htm
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४४, आइएसबिएन 99933-2-406-X 
  4. हुलाक सेवा विभाग

बाह्य कडीहरू[सम्पादन गर्ने]