साबित्रा भण्डारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(सावित्रा भण्डारी बाट पठाईएको)
Jump to navigation Jump to search
साबित्रा भण्डारी
सावित्रा भण्डारी.jpg
नेपाली राष्ट्रिय महिला टिमको प्रशिक्षणका क्रममा सावित्रा भण्डारी
व्यक्तिगत विवरण
पुरा नाम सावित्रा भण्डारी
जन्म मिति
वि.स. २०५४ जेठ १० गते
जन्म स्थान लमजुङ जिल्ला, सिमपानी
उचाई ५.५ इन्च
खेल्ने स्थान अग्रपङ्क्ति
क्लबको विवरण
हालको क्लब एपीएफ क्लब
सेतु क्लब
नम्बर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१४- सशस्त्र प्रहरी बल क्लब _ (_)
२०१७ माल्दिभ्स यरपोर्ट कम्पनी (१३)
२०१८ माल्दिभ्स पुलिस क्लब (१५)
२०१९- सेतु क्लब (१५)
राष्ट्रिय टिम
२०१४- नेपाल नेपाल ३० (२८)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २०१९ मे १८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २०७५ चैत २६

साबित्रा भण्डारी (जन्म: वि.स. २०५४ जेठ १३ गते) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्ला[१] को सिमपानी भन्ने ठाउँमा वि.स. २०५४ जेठ १० मा भएको थियो । सावित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो[२]

उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट खेल्ने गर्छिन । उनी फुटबल मैदानमा अग्रपङ्क्ति बाट खेल्छिन्। २०१७ सालमा माल्दिभ्स राष्ट्रिय महिला लिगका लागि उनलाई माल्दिभ्समा बोलाइएको थियो, र उनले माल्दिभ्समा उत्कृष्ट प्रदर्शनी गर्दै त्यहाँका फुटबल समर्थक तथा फुटबल पदाधिकारीहरूको समेत मन जीत्न सफल भएकी थिइन्।

नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टिमका लागि हालसम्म २५ गोल गरिसकेकी छिन्। पाँचवर्षे करिअरमा २६ अन्तर्राष्ट्रिय खेल खेलकी उनले यससँगै महिला फुटबलमा सर्वाधिक गोलको कीर्तिमानको दोस्रोमा रहेकी पूर्वकप्तान जमुना गुरुङसँग बराबरी गोल हो।[३] साथै साबित्रा कुनै पनि एउटा प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन् । साबित्रा नेपाली राष्ट्रिय महिला टिममा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन् भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्[४]

सन् २०१९ मा भारतमा आयोजना भएको २०१९ हिरो महिला गोल्डकपमा नेपालले दोस्रो स्थान हासिल गर्दा सावित्राले प्रतियोगिताको सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकि थिइनन् । उनले उक्त प्रतियोगिता अन्तर्गत नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएउने क्रममा २ गोल गरेकी थिइन् भने बाँकी दुई गोल भने इरान विरूद्व गरेकी थिइनन्[५] । उनलाई हाल नेपाली राष्ट्रिय महिला टिमको मुख्य स्ट्राइकरका रूपमा लिइने गरिन्छ । भने वर्तमानमा नेपाली टिमका लागि उनलाई सदावहार गोल मेसिनका रूपमा पनि लिने गरिन्छ । कुल २६ अन्तर्राष्ट्रिय गोलसँगै उनी हाल नेपाली राष्ट्रिय महिला फुटबल टिमका लागि सर्वाधिक गोलगर्ने खेलाडीका रुपमा दोस्रो स्थानमा रहेकी छिन् ।

सावित्रा भण्डारी सन् २०१९ का लागि भारतीय महिला फुटबल लिगका लागि नेपाली अर्कि महिला खेलाडी अनिता बस्नेत सँग सेतु क्लबमा अनुबन्ध भएकी थिइन् । सेतुसँग अनुबन्ध पछि क्लबको पहिलो खेलमा अनिता बस्नेत भन्दा अगाडिनै डेब्यु गरेका कारण सावित्रा पहिलो अन्तर्राष्ट्रिय क्षेत्रमा आधिकारिक व्यवसायीक महिला फुटबल लिग खेल्ने प्रथम महिला बनेकी थिइन् । यस अघि उनले देशबाहिर माल्दिभ्स यरपोर्ट कम्पनी तथा माल्दिभ्स पुलिस क्लब क्लबबाट माल्दिभ्स महिला फुटसल लिगमा सहभागीता जनाए पनि उक्त प्रतियोगिता आधिकारिक फुटबल प्रतियोगिता भने थिएन । उनले सेथु क्लबबाट २०१९ भारतीय महिला लिगको उपाधि जितेकि थिइन्[६] । उनले उक्त प्रतियोगितामा कुल ७ खेलमा जम्मा १५ गोल गर्न सफल भएकि थिइन्[७]

विषयसूची

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सावित्रा भण्डारीको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने गाउँमा भएको थियो[८] । मध्यम वर्गीय परिवारमा जन्मिएकी साबित्रा भण्डारीले गाउँकै स्थानी विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । उनका बुवा थमबहादुर भण्डारी भने एक सरकारी जागिरे थिए[९] । साबित्राको पनि बाल्यावस्थामा अन्य महिलाहरूको जस्तै दैनिकी बित्ने गर्दथ्यो । आमाबुवालाई घरायसी काममा सहयोग गर्ने, गाउँमै घाँस दाउरा गर्दै, उनले आफ्नो पढाईलाई अघि बढाएकी थिइन् । साबित्राले फुर्सदमा कपडाको फुटबल बनाएर खेल्ने गर्थिन् [१०]

दशैंताका गाउँमा हुने खसी तथा भाले कप फुटबल प्रतियोगिताहरूले उनको फुटबल प्रतिको आकर्षण तथा रूचिमा भर्याङको काम गरेको थियो । घटस्थापनाअघि उनको गाउँ वरपर विभिन्न खेलकुद सम्बन्धी पुरूष प्रदायक प्रतियोगिताहरु मात्र आयोजना हुन्थे । तर, साबित्राको फुटबल खेल्ने रहरलाई महिला हुनुले भने रोक्न सकेको थिएन । उनी गाउँकै ठूला दाइहरुको टिममा मिसिएर खेल्ने गर्दथीन् । त्यसपछि पनि उनलाई फुटबलमा लाग्न थप हौसला मिलेको थियो र दशैबाहेक पनि उनि दाईहरूसँगै फुटबल खेलहरू खेल्न थालेकी थिइन्[११] । २०७१ को दशैंअघि लमजुङ जिल्लाको धनपोखरामा महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । उक्त प्रतियोगितामा साबित्राले पनि सहभागीता जनाएकि थिइन् र उनको टिमले उक्त प्रतियोगिताको उपाधि जित्न सफल पनि भयो[१२] । विजेता भएसँगै उनको टिमले १५ हजार रूपैयाँ जितेको थियो । त्यस पछि उनी एपीएफ सेलेक्सनमा परिन् र छानिइन् पनि अनि काठमाडौं प्रशिक्षणका लागि आइन् । त्यसपछि साबित्राले फुटबलमा पछाडि फर्केर हेर्नू परेको छैन, उनी लगातार सफल हुँदै आइरहेकी छिन्।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

एक अन्तर्वार्तामा सावित्रा भण्डारी (साम्बा)

साबित्राको स्थानीय घर भने लमजुङ जिल्लामा रहेको छ । उनी मध्यम स्तरको पारिवारकी एक सदस्य थीइन्, भने पहिले उनको परिवार खेलकुद पृष्ठभूमि भएको परिवार पनि रहेको थिएन । उनको परिवारको चार दिदीबहिनी र दुई भाइहरुमध्ये उनी माइली हुन्[१३] । उनी सानैदेखि सामान्य केटीहरू भन्दा फरक स्वभावकि थिइन् अथवा खेलकुदमा अत्याधिक रुचि राख्ने खालकी थिइन् । यस्तै उनी वर्तमान समयमा धेरै समर्थक हुने नेपाली महिला खेलाडी हुन् । उनी आफ्नो कपाल कटाइ तरिका पनि विशेष खालको गराउन रूचाउछिन् । उनको हेयर स्टाइल, गोलपछिको सेलिब्रेसन र निडर व्यक्तित्वपनले थप उनको व्यक्तिगत पहिचान दिएको छ[१४]

क्लब जीवन[सम्पादन गर्ने]

एपीएफ क्लब[सम्पादन गर्ने]

साबित्रा भण्डारी एपिएफ क्लबका लागि १६ वर्षकै उमेरमा अनुबन्धित भएकी थिइन् । साबित्रा भण्डारी एपीएफ क्लब कि एक मुख्य खेलाडी हुन्[१५][१६] । उनी वर्तमान समयमा एपीएफका मुख्य स्ट्राइकर समेत हुन् । उनकै उच्च र उत्कृष्ट प्रदर्शनकै कारणले एपीएफ क्लबले अनेक घरेलुु महिला उपाधिहरू जित्न सफल भएको छ । साबित्रा भण्डारी सम्मीलित एपिएए टिमले लगातार चार पटक प्रधान सेनापति कपको उपाधि समेत जित्न सफल भएको थियो । साथै महिला राष्ट्रिय लिगको उपाधि पनि जित्न सफल भएको थियो । एपीएफले २०७३ मा प्रधान सेनापति कप जित्दा उनी उत्कृष्ट खेलाडी समेत घोषित भएकि थिइन् । भने त्यहीँ वर्षको राष्ट्रिय लिग जित्दा पनि उनी उत्कृष्ट खेलाडी भएकी थिइन् । यस्तै २०७५ सालको प्रधान सेनापति कप जित्दा उनी उत्कृष्ट स्ट्राइकर हुन सफल भएकी थिइन् ।

२०७४ सालमा एपीएफ क्लबले राष्ट्रिय लिग जित्दा सुपर लिगको अन्तिम खेलमा साबित्राले १ गोल गरेकी थिइन् । भने एपीएफले समग्रमा पुलिसलाई २-१ गोल अन्तरले पराजित गर्दै लिग उपाधि जितेको थियो । यो लिगमा साबित्राले जम्मा ६ खेलमा २९ गोल गर्दै लिगको नयाँ रेकर्ड समेत राखेकी थिइन् । साथै २०७४ महिला राष्ट्रिय लिगमा उनी उत्कृष्ट खेलाडी तथा स्ट्राइकर र सर्वाधिक गोलकर्ता समेत भएकी थिइन्[१७] । २०७५ सालमा पनि एपिएफलाई महिला राष्ट्रिय लिग २०७५ वा उपराष्ट्रपति कप जिताउन साबित्राको भूमिका उल्लेखनीय रहेको थियो । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शनी गरेकी उनले प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी हुँदै २५ हजार नगद हात पार्न सफल भएकी थिइन् [१८] । प्रतियोगिताको अन्तिम खेलमा एपीएफले चिरपरिचीत प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दा उनले ह्याटि्रक समेत गर्न सफल भएकी थिइनन्[१९]

२०७५ सालमा पनि सावित्रा भण्डारी सम्मिलित एपीएफ क्लबले आठौं राष्ट्रिय खेलकुद २०७५ मा महिला फुटबल तर्फको स्वर्ण पदक जित्न सफल भएको थियो । यस आठौं राष्ट्रिय खेलकुदमा पनि सावित्राको व्यक्तिगत प्रदर्शनी निकै उत्कृष्ट रहन गएको थियो । एपीएफले फाइनलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दा सावित्राले पनि गोल गर्न सफल भएकि थिइन्[२०]

माल्दिभ्स लिग[सम्पादन गर्ने]

माल्दिभ्स यरपोर्ट कम्पनी[सम्पादन गर्ने]

सावित्राले २०१७ माल्दिभस् महिला लिगमा माल्दिभ्स यरपोर्ट कम्पनीबाट खेलेकी थिइन्[२१] । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा २०१७ सालको सिजनमा प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले उक्त वर्षको प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् ।

माल्दिभ्स पुलिस[सम्पादन गर्ने]

माल्दिभ्स पुलिस क्लबका लागि माल्दिभ्स फुटसल फिस्टा फुटबल प्रतियोगितामा सावित्रा भण्डारी

फेब्रुअरी २०१७ मा साबित्रालाई माल्दिभ्स महिला राष्ट्रिय लिग खेल्नका लागि माल्दिभ्सबाट बोइएको थियो[२२] । साथै उनी उक्त माल्दिभ्स राष्ट्रिय लिगमा उत्कृष्ट स्ट्राइकर समेत हुन सफल भएकी थिइन् । उनी अर्की नेपाली महिला फुटबल खेलाडी अनिता बस्नेतसँगै माल्दिभ्स गएकी थिइन् । उनको त्यो माल्दिभ्समा दोस्रो व्यवसायिक फुटबल खेल रहेको थियो[२३] । उनले माल्दिभ्समा पुलिस टिमबाट माल्दिभ्स फुटसल फिस्टा का लागि व्यवसायीक फुटबल खेलेकी थिइन् । पुलिस टोलीबाट माल्दिभ्स फुटसल फिस्टा खेलेका साबित्रासँगै अर्की नेपाली खेलाडी अनिताको उत्कृष्ट प्रदर्शनीले आफ्नो टिमलाई फाइनल सम्म पुर्याउन सफल भएका थिए[२४] । तर माल्दिभ्स पुलिस क्लब फाइनलमा भने एमपिएलसँग पराजित हुँदै उपविजेता बनेको थियो । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेकी साबित्राले प्रतियोगितामा कुल १९ गोल गरेकी थीइन् भने अर्की नेपाली खेलाडी अनिताले ११ गोल गरेकी थिइन्[२५] । साबित्रा भण्डारी उक्त प्रतियोगिताको उच्च गलकर्ता तथा क्वीन अफ द टुर्नामेन्ट समेत घोषित भएकी थिईन्[२६]

सेतु क्लब[सम्पादन गर्ने]

सावित्रा भण्डारी २०१९ भारतीय महिला लिगका भारतीय क्लब सेतु एफसी महिला टिमबाट अनुबन्धित भएकि थिइन्[२७][२८][२९] । यस प्रतियोगिताका लागि सेतु एफसीबाट भारतीय ७० हजार रुपैयाँमा अनुबन्धन भएकी थिइन्[३०] । उनी अर्की नेपाली महिला फुटबल खेलाडी अनिता बस्नेतसँगै उक्त सेतु क्लबमा अनुबन्धित भएकि थिइन्[३१] । भने अनिता र सावित्रा अन्तर्राष्ट्रिय व्यवसायीक फुटबल खेल खेल्ने पहिलो महिला खेलाडी बन्न समेत सफल भएकि थिइन्[३२]

सावित्राले सेतु क्लबका लागि मे ६ को लिग समुह चरणको पहिलो खेलमान‌ै डेब्यु गरेकी थिइन्[३३] । मणिपुर पुलिस स्पोर्ट्स क्लबसँग भएको पहिलो खेलबाट उनले डेब्यु गरेकि थिइन् यस खेलमा अनिता बस्नेतले डेब्यु गर्ने मौका नपाएको अवसरमा सावित्राले डेब्यु गरेसँगै आधिकारिक व्यावसायिक अन्तर्राष्ट्रिय क्लब फुटबलमा पहिलोपटक खेल्ने नेपाली महिला खेलाडी हुन समेत सफल भएकी थिइन् । यस खेलमा सेतु क्लबले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६-४ गोल अन्तरले पराजित गर्दा सावित्राले उत्कृष्ट खेल प्रदर्शनी गर्दै ४ गोल तथा एक गोलका लागि अवसर पनि निर्माण गरेकि थिइन्[३४] । उनले उक्त खेलको २९ सेकेन्डमा नै गोल गरि टिमलाई अग्रता दिलाएकि थिइन्[३५] । त्यसपछि १६ औं मिनेटमा दोस्रोत गोल गरेकी सावित्राले ३४ औं मीनेटमा ह्याटि्रक पूरा गरेकी थिइन् भने चौथो गोल पहिलो हाफको थप समयमा गर्न सफल भएकि थिइन्[३६][३७][३८] । उनी भारतीय महिला लिगको डेब्यु खेलमानै उत्कृष्ट खेल प्रदर्शनी गरेबापत खेलको वीमन अफ द म्याच भएकी थिइन्[३९][४०][४१] । प्रतियोगिताको दोस्रो खेलमा क्लबले बेंगलोर युनाइटेडलाई ३-० ले पराजित गर्दा सावित्राले १ गोल गरेकी थिइन्[४२][४३][४४][४५][४६] । प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा पनि सावित्रा टिमको सुरुवाती पहिलो ११ पर्न असफल रहेकि थिइन्[४७][४८] । दोस्रो हाफमा नेपाली खेलाडी अनिता बस्नेतक‍ो स्थानमा मैदान प्रवेश गरेकी उनले १ गोल गर्दा सेथुले समग्रमा स्पोर्टस् एकडेमी अफ इन्डिया (एसएआई) क्लबलाई ९-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो[४९][५०]

सेथु क्लबले चौथो खेलमा कोल्हापुर सिटीलाई ९–० ले हराउँदा सावित्राले ३ गोल तथा प्रतियोगितामा व्यक्तिगत दोस्रो ह्याटि्रक गर्न सफल भएकि थिइन्[५१][५२][५३][५४] । उनले बरोडा फुटबल एकेडेमीविरुद्धको पाचौं खेलमा भने कुनै गोल गर्न सकेनन् तर उक्त खेल सेथु क्लबले ७-० ग‍ोल अन्तरर्ले जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो[५५] । सेथु समूह ख को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो[५६][५७] । सेमिफाइनलमा सेन्ट्रल एमएसबी क्लब विरुद्ध उनले उत्कृष्ट प्रदर्शनी गर्दै टिमलाई फाइनल सम्म पुराउन सफल भएकी थिइन्[५८][५९] । उक्त खेलमा सेथु क्लबले ७-० को जित दर्ता गर्दा सावित्राले ह्याटि्रक सहित कुल ४ गोल गरेकि थिइन्[६०][६१][६२][६३][६४] | साथै फाइनलमा समेत उनले मनिपुर पुलिस विरुद्ध २ गोल गर्दै सेथुलाई ऐतिहासिक रुपमा उपाधि जिताउन महत्त्वपूर्ण भुमिका खेलेकि थिइन्[६५][६६][६७] । त्यसैले उनी फाइनल खेलको महत्त्वपूर्ण खेलाडीको पुरस्कार समेत जित्न सफल भएकि थिइन्[६८]

अन्तर्राष्ट्रिय खेल जीवन[सम्पादन गर्ने]

सावित्रा भण्डारीले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी हुन् । उनले नेपालका लागि हालसम्म २५ भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेकी सकेकी छिन् । उनले भुटान विरूद्धको आफ्नो डेब्यु खेलमै १ गोल गरेकी थिइन् । यसबाहेक आसामको सिलोङमा आयोजना भएको १२ औं सागमा श्रीलङ्काविरुद्ध २ गोल गरेकी थिइन् । सावित्राले भारतको पश्चिम बङ्गालस्थित सिलिगुढीमा भएको चौथो महिला साफ च्याम्पियनसिपको तीन खेलमा ११ गोल गरिसकेकी थिइन् । उनी नेपाली फुटबल इतिहासमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला तथा पुरूष खेलाडी पनि बन्न पुगेकी छिन् ।

१७ फेब्रुअरी २०१६, मा नेपाल भन्दा २६ स्थान माथिको मलेसियासँग भएको काठमाडौंमा भएको खेलमा उनले १ गोल गरेकी थिइन्[६९] । उनको गोलसँगै नेपाली महिला टिमले पहिलोपटक मलेसिया महिला टिमलाई हराएर एक नयाँ इतिहास रचेको थियो । भने नेपाली घरेलुु दर्शकहरूको माया जित्न सफल भएको थियो ।

२०१४ साफ महिला च्याम्पियनसिप[सम्पादन गर्ने]

२०१४ साफ महिला च्याम्पियनसिपमा भुटान विरूद्व सावित्रा भण्डारी

सन २०१४ मा पाकिस्तानमा भएको २०१४ साफ महिला च्याम्पियनसिपमा भुटानसँगको खेलमा सावित्राले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । उक्त खेलको ८६ औं मिनेटमा अनु लामाको स्थानमा मैदान प्रवेश गरेको दुइ मिनेटपछि नै सावित्राले गोल गरेकी थिइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय खेलमा पहिलो नै अन्तर्राष्ट्रिय गोल थियो[७०]

२०१६ साग गेम[सम्पादन गर्ने]

२०१६ दक्षिण एसियाली खेलकुद अन्तर्गत उनले कुल ४ खेल खेल्दै २ गोल गर्न सफल भएकी थिइन् । समूह चरण अन्तर्गत श्रीलंकासँग २६ डिसेम्बर २०१६ मा भएको खेलमा उनले २ गोल गरेकी थिइन्[७१] । उनले खेलको दोस्रो र तेस्रो गोल गरेकी थिइन्, र उक्त खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गरेको थियो । साथै नेपालले प्रतियोगितामा दोस्रो हुँदै साफ गेम रजत पदक जितेको थियो । फाइनलमा नेपाल दक्षिण एसियाली प्रतिस्पर्धी भारतसँग पराजित भएको थियो । समूह चरण तथा लिग चरणमा नेपाल पहिलो र भारत दोस्रो हुँदै फाइनल प्रवेश गरेको थियो । फाइनलमा पराजित नेपालले भारतलाई लिग चरणमा बराबरीमा रोकेको थियो ।

२०१६ साफ महिला च्याम्पियनसिप[सम्पादन गर्ने]

२०१६ साफ च्याम्पियनसिपमा साबित्रा भण्डारीको खेल कौशल तथा गोल क्षमता देखेर नेपालको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारतका प्रशिक्षक सजत धरले समेत उनको निकै प्रशंसा गरेका थिए ।

२०१६ साफ महिला च्याम्पियनसिप अन्तर्गत सावित्राले भुटानविरुद्धको पहिलो खेलमा ६ गोल गरेकी थिइन् । जसका कारण नेपाल ८–० ले विजयी हुन सफल भएको थियो । साथै उनी नेपाली फुटबल इतिहासमा एकै खेलमा दोहोरो ह्याटि्रक गर्ने पहिलो खेलाडी समेत बनिन् । साथै उनले नेपालले माल्दिभ्सलाई ९– ० ले पराजित गरेको खेलमा एक्लैले ५ गोल गरेकी थिइन् । उक्त प्रतियोगिताको सेमिफाइनलमा भारत विरूद्व नेपाल पराजित भएपनि उनले भारतलाई १ गोल फर्काएकी थिइन् । २-० ले पछाडि परेको नेपालका लागि ७५ औं मीनेटमा उनले भारत विरूद्व १ गोल गरेकी थिइन् । तर पनि नेपाले खेलको अन्तिम समय तिर पुन १ गोल खादै समग्रमा ३-१ गोल अन्तरको हारसँगै प्रतियोगिताबाट बाहिरीएको थियो[७२] । भारतमा भएको यस महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीले सफल हुन नसके पनि व्यक्तिगत प्रर्दशनीको आधारमा भने सावित्र अगाडी रहन सफल भएकी थिइन्[७३] । उनले प्रतियोगिता अवधीभर १२ गोल गर्न सफल भएकि थिइन् । यहि प्रतियोगितामा गोल गरेको देखेर भण्डारीलाई नेपाली महिला फुटबलको सदावहार गोल मेसिन समेतका रुपमा लिइने गरिन्छ[७४]

२०२० ओलम्पिक छनोट पहिलो चरण २०१८[सम्पादन गर्ने]

नेपाली महिला फुटबल टिमले २०२० ग्राषमकालीन ओलम्पिक फुटबल खेल अन्तर्गत छनोट अन्तर्गतको पहिलो चरण पार गरि दोस्रो चरणमा पुग्दा साबित्रा भण्डारीको योगदान र भूमीका पनि अतुलनीय रहेको थियो[७५] । म्यानमामा ८ नोभेम्बर २०१८ देखि १३ नोभेम्बर सम्म सञ्चालन भएको समूह चरणका खेलहरूमा नेपालले तीनै वटा खेल बराबरीमा खेलेको थियोे । तीन खेलमा तीन गोल खाएको र तीन गोल गरेको नेपाली टिमका लागि एक महत्त्वपूर्ण गोल साबित्रा भण्डारीले पनि गरेकी थिइन् । आयोजक म्यानमारसँग ११ नोभेम्बरमा भएको समुह चरणको दोस्रो खेलको तेस्रो मीनेटमा उनले पेनाल्टी गोल गरिकी थिइन् , खेलमा उनकै गोलबाट अग्रता लिएको नेपालले पछि १४ मीनेटमा गोल खान पुगेको थियो । छनोट चरणमा अन्य दुई गोल भने भारत र बंगलादेश विरूद्व मीरा थापाले गरिकी थिइन् । समुहमा उत्कृष्ट तीनले अघिल्लो चरणमा प्रवेश पाउने निर्णय अन्तर्गत नेपाल दोस्रो चरण प्रवेश गर्न सफल थियो ।

२०२९ हिरो महिला गोल्डकप[सम्पादन गर्ने]

नेपाल महिला राष्ट्रिय फुटबल टिमले ११ फेब्रुअरी २०१९ मा हिरो गोल्डकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा आयोजक भारतलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्दा नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् [७६] । खेलको पाँचौ मिनेटमा हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिंदै गोल भएको थियो भने त्यसको दुई मिनेटमै सावित्राले दोस्रो गोल गरेकी थिइन् । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरेकी थिइन्[७७] । जित पछि उनले भारतलाई उसकै घरेलु मैदानमा पराजित गर्न पाउँदा खुसी भएको भावना व्यक्त समेत गरिकी थिइन् । सावित्राले खेलको पाँचौ र सातौं मिनेटमा गोल गरेपछि नेपालले इतिहासमै पहिलो पटक भारतको सिनियर टोलीविरुद्ध जित दर्ता गरेको थियो[७८] । यस्तै प्रतियोगिताको तेस्रो तथा समुह चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३-१ गोल अन्तरले हराएको खेलमा सावित्राले दुई गोल गरेकी थीइन् । उक्त खेलमा नेपालकालागि अनिता बस्नेतले सुरूवाती अग्रता दिलाएकी थिइन् । साथै सावित्राले दोस्रो हाफको ५९ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारेकि थिइन् खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकि थिइन्[७९][८०] । प्रतियोगितामा नेपालले दोस्रो स्थान हात परेको थियो भने सावित्राले प्रतियोगिता भरकै सर्वाधिक उच्च गोलकर्ताको पुरस्कार जित्न सफल भएकि थिइनन् [८१]

२०१९ साफ महिला च्याम्पियनसिप[सम्पादन गर्ने]

श्रीलंका विरुद्धको सेमिफाइनल खेलमा सावित्रा भण्डारी

सावित्रा भण्डारीले २०१९ साफ महिला च्याम्पियनसिपको समुहचरण देखि फाइनल खेल सम्मको प्रत्येक खेलमा कम्तीमा एक गोल गर्न सफल भएकि थिइन् । उनी यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन सफल भएकी थिइन् । सावित्राले प्रतियोगिताको सबै खेलमा १-१ गोल गरेकी थिइन्[८२] । उनले भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्ध गोल गर्न सफल भएकि थिइन् । सावित्राले भारतकी इन्दुमतिसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार ग्रहण गरेकी थिइन्[८३] । सावित्राले यस प्रतियोगितामा गरेको ४ गोल सहित यो प्रतियोगिता सम्म उनले नेपालका लागि कुल २६ गोल गरेकी थिईन् । कुल २६ अन्तर्राष्ट्रिय गोलसँगै उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका लागि सर्वाधिक गोलगर्ने खेलाडीका रुपमा दोस्रो स्थानमा उक्लीएकी थिइन् ।

२०२० ओलम्पिक छनोट दोस्रो चरण २०१९[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय विवरणहरू[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय खेलहरू[सम्पादन गर्ने]

खेल नम्बर. मिति विपक्ष टिम नतिजा खेल स्कोर स्थान प्रतियोगिता गरेको गोल
१. १२ नोभेम्बर २०१४  भूटान जित ८-० पाकिस्तान जीन्नह खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप
२. १४ नोभेम्बर २०१४  पाकिस्तान जित २-० पाकिस्तान जीन्नह खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप
३. १६ नोभेम्बर २०१४  पाकिस्तान जित ३-० पाकिस्तान जीन्नह खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप
४. १९ नोभेम्बर २०१४  बङ्गलादेश जित १-० पाकिस्तान जीन्नह खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप (सेमिफाइनल)
४. २१ नोभेम्बर २०१४  भारत हार ०-६ पाकिस्तान जीन्नह खेलकुद रङ्गशाला २०१४ महिला साफ च्याम्पियनसिप (फाइनल)
५. ५ फेब्रुअरी २०१६  बङ्गलादेश जित ३-० भारत ज्वाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
६. ५ फेब्रुअरी २०१६  बङ्गलादेश जित ३-० भारत ज्वाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
६. ७ फेब्रुअरी २०१६  माल्दिभ्स जित २-० भारत ज्वाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
८. ११ फेब्रुअरी २०१६  भारत बराबर ०-० भारत ज्वाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
९. १३ फेब्रुअरी २०१६  श्रीलङ्का जित ४-० भारत ज्वाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद
१०. १५ फेब्रुअरी २०१६  भारत जित ०-४ भारत ज्वाहरलाल नेहरु रङ्गशाला दक्षिण एसियाली खेलकुद (फाइनल)

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्ने]

नम्बर. मिति स्थान विपक्ष गोल अवस्था अन्तिम नतिजा प्रतियोगिता
१. ६ सेप्टेम्बर २०१४ जीनाह स्पोर्ट्स रंगशाला, इस्लामबाद, पाकिस्तान  भूटान –० ८–० २०१४ साफ महिला च्याम्पियनसिप
२./३. १३ फेब्रुअरी २०१६ नेहरू रंगशाला, भारत  श्रीलङ्का –०
–०
८–० २०१६ दक्षिण एसियाली खेलकुद
४. १७ डिसेम्बर २०१६ एन्फा कम्प्लेक्स हल, सातदोबाटो, नेपाल  मलेशिया –० १–० मैत्रीपूर्ण खेल
५./६./७./८./९./१०. २६ डिसेम्बर २०१६ कञ्चनजंगा रंगशाला, शीलिगुरू, भारत  भूटान –०
–०
–०
–०
–०
–०
८–० २०१६ साफ महिला च्याम्पियनसिप
११./१२./१३./१४./१५. २८ डिसेम्बर २०१६ कञ्चनजंगा रंगशाला, शीलिगुरू, भारत  माल्दिभ्स –०
–०
–०
–०
५-०
९–० २०१६ साफ महिला च्याम्पियनसिप
१६. २ जनवरी २०१७ कञ्चनजंगा रंगशाला, शीलिगुरू, भारत  भारत -२ १–३ २०१६ साफ महिला च्याम्पियनसिप-सेमिफाइनल
१७.[८४] २२ मार्च २०१७ लिकास रंगशाला, शीलिगुरू, मलेसिया  मलेशिया -१ १–१ मैत्रीपुर्ण खेल
१८. ११ नोभेम्बर २०१८ थुवान्ना रंगशाला, याङ्गोङ, म्यानमार  म्यानमार -० १–१ २०२० ओलम्पिक छनोट-पहिलो चरण
१९./२०. ११ फेब्रुअरी २०१९ कालीङ्गा रङ्गशाला, भुबनेश्वर, भारत  भारत -०
-०
२-१ हिरो गोल्डकप
२१./२२. १३ फेब्रुअरी २०१९ कालीङ्गा रङ्गशाला, भुबनेश्वर, भारत  इरान -०
-०
३-० हिरो गोल्डकप
२३. १२ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  भूटान -० ३-० २०१९ साफ महिला च्याम्पियनसिप
२४. १६ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  बङ्गलादेश -० ३-० २०१९ साफ महिला च्याम्पियनसिप
२५. २० मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  श्रीलङ्का -० ४-० २०१९ साफ महिला च्याम्पियनसिप
सेमिफाइनल
२६. २२ मार्च २०१९ सहिद रङ्गशाला, विराटनगर  भारत -१ १-३ २०१९ साफ महिला च्याम्पियनसिप
फाइनल
२७./२८.[८५] ०९ अप्रिल २०१९ बाह्ट्ओ रङ्गशाला, मन्डेल्या, म्यानमार  इन्डोनेसिया -०
-०
२-१ २०२० ओलम्पिक छनोट-दोस्रो चरण

अन्तर्राष्ट्रिय तथ्याङ्क[सम्पादन गर्ने]

वर्ष खेल गोल
२०१४
२०१५
२०१६ १४
२०१७
२०१८
२०१९ १० ११
जम्मा ३० २८

प्रतियोगिता अनुसार गोल[सम्पादन गर्ने]

प्रतियोगिता खेेल गोल
साफ च्याम्पियनसिप १२ १७
साफ गेम
मैत्रीपूर्ण
ओलम्पिक छनोट
हिरो गोल्डकप
जम्मा ३० २८

विपक्ष विरुद्ध विवरण[सम्पादन गर्ने]

सङ्ख्या विपक्ष खेेल गोल पहिलो खेल
१.  भूटान १२ नोभेम्बर २०१४
२.  पाकिस्तान १४ नोभेम्बर २०१४
३.  श्रीलङ्का १६ नोभेम्बर २०१४
४.  बङ्गलादेश १९ नोभेम्बर २०१४
५.  भारत २१ नोभेम्बर २०१४
६.  माल्दिभ्स ७ फेब्रुअरी २०१६
७.  मलेशिया १७ डिसेम्बर २०१६
८.  म्यानमार ११ नोभेम्बर २०१८
९.  इरान १३ फेब्रुअरी २०१९
१०.  इन्डोनेसिया ०९ अप्रिल २०१९
जम्मा कुल १० राष्ट्र विरुद्ध ३० २८ डेब्यु १२ नोभेम्बर २०१४

 भूटान विरुद्ध

देश बाहिरका क्लब[सम्पादन गर्ने]

  • सावित्रा नेपाली महिला फुटबल जगतमा सधैं सशस्त्र प्रहरी बलको महिला टिमबाट खेल्ने गर्दछन्, त्यस बाहेक नेपाल बाहिर रहेर सावित्रा सहभागीता जनाएको क्लब तथा खेलेका खेल तथा गोलका विवरणहरू :-
वर्ष टिम खेल गोल
२०१७ माल्दिभ्स माल्दिभ्स महिला यरपोर्ट कम्पनी टिम १३
२०१८ माल्दिभ्स माल्दिभ्स महिला पुलिस क्लब १५
२०१९ भारत सेतु महिला फुटबल क्लब १५
जम्मा २ देशका ३ क्लबहरू १६ ५३

उपाधिहरू[सम्पादन गर्ने]

नेपाल[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

एपीएफ क्लब[सम्पादन गर्ने]

एपीएफ क्लबबाट जितेको मुख्य उपाधिहरू,

माल्दिभ्स पुलिस टिम[सम्पादन गर्ने]

  • विमिन फुटसल फिस्टेल
    • उपविजेता :- २०१७-१८

सेथु क्लब[सम्पादन गर्ने]

  • भारतीय महिला लिग
    • विजेता :- २०१९

व्यक्तिगत-सम्मानहरू[सम्पादन गर्ने]

  • २०१६ साफ महिला च्याम्पियनसिप सर्वाधिक गोलकर्ता,
  • प्रधानसेनापती अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट खेलाडी २०७३,
  • सातौं राष्ट्रिय खेलकुद २०७३ महिला फुटबल उत्कृष्ट खेलाडी,
  • सातौं राष्ट्रिय खेलकुद २०७३ महिला फुटबल सर्वाधिक गोलकर्ता,
  • २०१७ विमिन फुटसल फिस्टेल क्वीन अफ द टुर्नामेन्ट,
  • २०१७ विमिन फुटसल फिस्टेल सर्वाधिक गोलकर्ता,
  • प्रधानसेनापती अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट स्ट्राइकर २०७५[८७],
  • महिला लिग फुटबल प्रतियोगिता २०७२ उत्कृष्ट खेलाडी,
  • प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता उत्कृष्ट स्ट्राइकर २०७२[८८],
  • २०१८ विमिन फुटसल फिस्टेल क्वीन अफ द टुर्नामेन्ट,
  • २०१८ विमिन फुटसल फिस्टेल सर्वाधिक गोलकर्ता,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ उत्कृष्ट खेलाडी,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ उत्कृष्ट स्ट्राइकर,
  • महिला लिग फुटबल प्रतियोगिता २०७४ सर्वाधिक गोलकर्ता (६ खेल २९ गोल),
  • महिला राष्ट्रिय लिग २०७५ उत्कृष्ट खेलाडी,
  • एनएनआइपी उत्कृष्ट फुटबल खेलाडी २०७४[८९],
  • २०१९ हिरो महिला गोल्डकप (भारत) सर्वाधिक गोलकर्ता[९०],
  • २०१९ साफ महिला च्याम्पियनसिप सर्वाधिक गोलकर्ता[९१],
  • प्लेयर अफ दि फाइनल २०१९ भारतीय महिला लिग
  • 'एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड-२०७५'[९२]

कीर्तामानहरू[सम्पादन गर्ने]

  • एकै खेलमा सर्वाधिक ६ अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली महिला खेलाडी,
  • एकै अन्तर्राष्ट्रिय खेलमा दोहोरो ह्याटि्रक गर्ने पहिलो नेपाली खेलाडी (महिला/पुरूष)
  • कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी । (१२ गोल २०१६ साफ च्याम्पियनसिप)
  • नेपाल राष्ट्रिय महिला लिग को एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी (६ खेल २९ गोल),
  • नेपाली फुटबलमा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी (महिला/पुरूष),
  • हिरो महिला गोल्डकप (भारत) को सर्वाधिक गोलकर्ता (४ गोल)
  • सबैभन्दा पहिले अन्तर्राष्ट्रिय व्यवसायिक महिला प्रतियोगितामा सहभागीता जनाउने नेपाली खेलाडी,
  • भारतीय महिला लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी (२९ सेकेन्ड),

खेल्ने शैली[सम्पादन गर्ने]

सावित्रा भण्डारी खेल समयका क्रममा खेल मैदानमा निकै आक्रमक रुपमा प्रस्तुत हुने गर्छिन् । उनको तीव्र गतिका कारण विपक्ष टोलीका रक्षापङ्तिका खेलाडी तथा गोलरक्षकहरू उनलाई रोक्न हम्मेहम्मे पर्ने गर्दछिन् । उनी मैदानमा गोल गर्नकै लागि उत्रने गर्दछिन् । त्यसैले पनि उनलाई नेपाली महिला फुटबल जगतमान गोल मेसिनका रुपमा पनि लिइने गरिन्छ । उनको तीव्र गति तथा कुसल खेल क्षमता एवम् शैलिकै कारण उनलाई दक्षिण एसियाकै उत्कृष्ट महिला फुटबल खेलाडीहरूको सुची राखिने गरिन्छ । साथै उनी विपक्षी खेलाडीहरूलाई छलाउदै आफ्नो खेलाडी साथीहरूलाई राम्रो गोल अवसर प्रदान गर्न समेत माहिर रहेकि छन् ।

अन्य खेलमा[सम्पादन गर्ने]

साबित्रा भण्डारी नेपाली राष्ट्रिय महिला फुटबल टिममा लाग्नु भन्दा अगाडि भलिबल तथा एथलेटिक्स खेलमा सक्रिय रहेकी थिइन् । उनले प्रतिनिधित्व गरेको भलिबल टिमले जिल्ला र क्षेत्रको छनौट चरण पार गर्दै काठमाडौंमा प्रतिस्पर्धा गरेको थियो र अन्तमा काश्य पदक प्राप्त गर्न समेत उनको टिम सफल भएको थियो । साथै साबित्राले एथ्लेटिक्स खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । मुख्य गरि उनी एथलेटिक्समा १०० र २०० मीटर दौडका खेलाडी हुन् । उनीले एथलेटिक्समा पनि केही पदकहरू वित्न सफल भएकी थिइन् । तर पछि भलिबल तीर आकर्षित भएपछि उनको एथलेटिक्स खेल खस्किएको थियो ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. website=हाम्रो खेलकुद "चिन्नुहोस नेपाली टोली (सम्पूर्ण तथ्यांकसहित)", अन्तिम पहुँच सोमवार, फाल्गुन २७, २०७५ 
  2. "हट–शट (सावित्रा भण्डारी)", khelpati 
  3. "पाँचौं साफ वुमेन्स च्याम्पियनसिप : नेपाल र भारत फेरि भिड्ने", kantipurdaily, अन्तिम पहुँच ७ चैत्र, २०७५ 
  4. "सावित्रा भन्छन्–खेलमा अनुशासन र महेनत नै महत्वपूर्ण सावित्राः द बर्निङ स्टार", suvadin.com, अन्तिम पहुँच असार ४, २०७५ 
  5. "Hero Women’s Gold Cup: Sabitra Bhandari steers Nepal to maiden win over India", thehimalayantimes.com, अन्तिम पहुँच फेब्रुअरी ११, २०१९ १०:४७ pm 
  6. "सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि", https://www.hamropatro.com/news/details/5666112891650048?ns= 
  7. "सावित्रा भण्डारीको टिम सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि", ujyaaloonline.com, अन्तिम पहुँच जेठ ०८, २०७५ 
  8. "साम्बाको दशैं गिफ्ट : 'देशका लागि गोल दिने हो'", पहिलो पोष्ट, अन्तिम पहुँच १६ अक्टोबर २०१८ 
  9. "ह्याट्रिक गर्ल", himalkhabar.com, अन्तिम पहुँच १ माघ , २०७३ खेलकुद 
  10. "भिडिओ स्टोरी : केटाहरूसँगै फुटबल खेल्दै हुर्केकी साम्बा", setopati.com, अन्तिम पहुँच चैत १५ , २०७५ खेलकुद 
  11. "साबित्राः नेपाली महिला फुटबलकी शान", suvadin.com, अन्तिम पहुँच जेठ ७, २०७५ 
  12. "साम्बाको दशैं गिफ्ट : 'देशका लागि गोल दिने हो'", पहिलो पोष्ट, अन्तिम पहुँच १६ अक्टोबर २०१८ 
  13. "दुई वर्षभित्रै महिला फुटबलमा सावित्राको छलाङ", अनलाइन खबर, अन्तिम पहुँच २०७३ जेठ २१ गते २०:२६ 
  14. "सावित्रा भण्डारी अर्थात साम्बा", kantipurtv, अन्तिम पहुँच चैत्र ७, २०७५ 
  15. "साताका चर्चित (सावित्रा भण्डारी)", कान्तिपुर 
  16. "Women's Tournament Best Forward", GoalNepal, ३ मे २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  17. "राष्ट्रिय लिग महिला फुटबलको उपाधि सशस्त्र प्रहरीलाई", kathmandupati.com, अन्तिम पहुँच २८ पुष २०७४, शुक्रबार ०७:२६ 
  18. "प्रधानसेनापति अन्तर्राष्ट्रिय फुटबलकाे उपाधि एपिएफलाई", कान्तिपुर पोष्ट, अन्तिम पहुँच  २०७५, १२ मंसिर बुधबार २०:१८ 
  19. "राष्ट्रिय महिला लिग : एपीएफ च्याम्पियन", कान्तिपुर पोष्ट, अन्तिम पहुँच १६ साउन २०७५ 
  20. "आठौं राष्ट्रिय खेलकुदको महिला फुटबलको उपाधि एपीएफले जित्यो", kharibot.com, अन्तिम पहुँच ११ वैशाख २०७६ 
  21. "माल्दिभ्समा सावित्रा र अनिता दुवैको ह्याट्रिक", headlinenepal.com, अन्तिम पहुँच : १८ चैत्र २०७४, आईतवार १५:५४ 
  22. "सावित्रा र अनिता सम्मिलित माल्दिभ्स एयरपोर्टको जित", hamrokhelkud.com, अन्तिम पहुँच : सोमवार, चैत्र २८, २०७३ 
  23. "माल्दिभ्समा चम्किँदै सावित्रा, भन्छिन्– बिदेसिन बाध्य नबनाऊ", baahrakhari.com, अन्तिम पहुँच : २०७४ चैत ९ शुक्रबार १३:५२:० 
  24. "सावित्रा भण्डारी र निरु थापालाई माल्दिभ्सबाट आमन्त्रण", kheldainik.com, अन्तिम पहुँच : फाल्गुन ११, २०७३ 
  25. "माल्दिभ्समा नेपाली खेलाडी सावित्रा भण्डारी ‘सर्वोत्कृष्ट खेलाडी’", नयाँ पेज, अन्तिम पहुँच : १८ अप्रिल, २०१८ २:२३ pm 
  26. "माल्दिभ्समा व्यवसायिक फुटबल खेलेर स्वदेश फर्किए साबित्रा र अनिता", खेलकुद दैनिक, अन्तिम पहुँच बैशाख ९, २०७५ 
  27. "सावित्रा र अनिता भारत प्रस्थान", deshsanchar.com, अन्तिम पहुँच बैशाख १६, २०७६ 
  28. "पहिलो पटक इन्डियन लिग खेल्न जाँदै सावित्रा र अनिता", deshsanchar.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  29. "भारतमा सावित्रा र अनिता", baahrakhari.com, अन्तिम पहुँच बैशाख २०, २०७६ 
  30. "नेपाली महिला फुटबलरद्वय साम्बा र अनिताको छलाङ, ब्यावसायिक लिग खेल्न सोमबार भारत जाँदै", kathmandutoday.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  31. "इतिहास रच्दै सावित्रा र अनिता", pahilopost.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  32. "सावित्रा र अनिता भोलि भारत जाँदै", baahrakhari.com, अन्तिम पहुँच बैशाख १५, २०७६ 
  33. "सावित्रा सुरुवाती रोजाईमा, अनिता बेन्चमा", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  34. "भारतीय लिगमा सावित्राको गोल बर्षा !", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  35. "सावित्राको २९ सेकेन्डमै गोल !", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  36. "पहिलो हाफमै सावित्राको ४ गोल !", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  37. "सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुको विजयी सुरुवात", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  38. "'डेब्यु' खेलमै सावित्राको ह्याट्रिक !", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  39. "डेब्यु खेलमा सावित्रालाई ‘वुमन अफ द म्याच’", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  40. "सावित्राको ह्याट्रिकमा सेथुको प्रभावशाली सुरुवात", khelpati.com, अन्तिम पहुँच बैशाख २३, २०७६ 
  41. "सावित्रा भन्छिन् – ‘लिग जिताउने लक्ष्य छ ‘", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २४, २०७६ 
  42. "सेथुको जितमा सावित्रा र अनिताको गोल", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  43. "सावित्रा र अनिताको गोलमा सेथुको सहज जित", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  44. "डेब्यु खेलमा अनिताको गोलमा", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  45. "सावित्राकाे गाेलमा सेथुलाई अग्रता", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  46. "दोस्रो खेलमा समेत सावित्राको गोल", khelpati.com, अन्तिम पहुँच बैशाख २५, २०७६ 
  47. "सावित्रा बेन्चमा, अनितलाई मौका", khelpati.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  48. "सावित्रा बेन्चमा, अनितलाई मौका", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  49. "सेथुको फराकिलो जित, सावित्राको निरन्तर गोल", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  50. "सावित्राको गोलमा सेथुको गोल बर्षा", khelpati.com, अन्तिम पहुँच बैशाख २७, २०७६ 
  51. "सावित्रा सेथुको प्लेईङ सेटमा", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  52. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  53. "सावित्राको ह्याट्रिकमा सेथुकाे फराकिलो जित", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  54. "सेथुका लागि सावित्राको ह्याट्रिक", hamrokhelkud.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  55. "लगातार पाँचौ जितसँगै सेथु सेमिफाइनलमा", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ४, २०७६ 
  56. "सावित्राको सेथु समूह विजेता बन्दै सेमिफाइनलमा", khelpati.com, अन्तिम पहुँच जेठ ०४, २०७६ 
  57. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  58. "सावित्रा र अनिताको टिम सेथु फाइनल प्रवेशका लागि खेल्दै", khelpati.com, अन्तिम पहुँच जेठ ०६, २०७६ 
  59. "सावित्रा पहिलो रोजाईमा", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  60. "सेथुको अग्रतामा सावित्राको पनि गोल", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  61. "सेथु आइडब्लूएलको फाइनलमा, सावित्राको ४ गोल", hamrokhelkud.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  62. "सेमिफाइनलमा सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच जेठ ६, २०७६ 
  63. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिक", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  64. "कोल्हापुरविरुद्ध सावित्राको ह्याट्रिकज", khelpati.com, अन्तिम पहुँच बैशाख २९, २०७६ 
  65. "सावित्रा चम्केपछि सेथु च्याम्पियन", hamrokhelkud.com, अन्तिम पहुँच ८ जेठ , २०७६ 
  66. "फाइनलमा सावित्राको गोल", khelpati.com, अन्तिम पहुँच ०८ जेठ, २०७६ 
  67. "फाइनलमा सावित्राको दोस्रो गोल", khelpati.com, अन्तिम पहुँच ०८ जेठ, २०७६ 
  68. "सावित्राको नायकत्वमा सेथु लिग च्याम्पियन", khelpati.com, अन्तिम पहुँच ०८ जेठ, २०७६ 
  69. "Bhandari’s goal ensures Nepal victory over Malaysia", The Himalayan Times, १७ डिसेम्बर २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  70. "सावित्रा भण्डारी अर्थात साम्बा", kantipurtv, अन्तिम पहुँच चैत्र ७, २०७५ 
  71. "SAG: Kamala Devi stars in India’s title triumph", The Hindu, १५ फेब्रुअरी २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  72. "Sabitra inspired Nepal routs Bhutan", The All Nepal Football Association, २६ डिसेम्बर २०१६, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  73. "अन्तिम प्रशिक्षणका लागि महिला फुटबल टोली झापामा, साफ च्याम्पियनसिप जित्ने लक्ष्य (फोटोफिचर सहित)", The All Nepal Football Association, २०७३ माघ २०, अन्तिम पहुँच २७ डिसेम्बर २०१६ 
  74. "सावित्रा भन्छन्–खेलमा अनुशासन र महेनत नै महत्वपूर्ण सावित्राः द बर्निङ स्टार", suvadin.com, अन्तिम पहुँच काठमाडौ, २०७२ असार ४ 
  75. "नेपाली महिला फुटबल टिम एएफसी महिला ओलम्पिक खेलमा छनोट", कञ्चनरूप न्युज, अन्तिम पहुँच १३ नोभेम्बर २०१८ 
  76. "सारा नेपालीलाई सम्झिएर रुन पुगे : सावित्रा भण्डारी (अन्तरवार्ता)", खेलपाती, अन्तिम पहुँच सोमवार, माघ २८, २०७५  
  77. "‘भारतविरुद्ध नेपालको पहिलो जित !", हाम्रो खेलकुद, अन्तिम पहुँच मंगलबार, माघ २९, २०७५  
  78. "‘भारतलाई उसकै मैदानमा दबाबमा राख्यौं’ – फरवार्ड सावित्रा भण्डारी", हाम्रो खेलकुद, अन्तिम पहुँच मंगलबार, माघ २९, २०७५  
  79. "नेपालले इरानलाई पनि हरायो", हाम्रो खेलकुद, अन्तिम पहुँच बुधबार , फागुन २०७५  
  80. "उपाधि, सावित्रा र एन्फा", khelpati.com, अन्तिम पहुँच शुक्रवार, चैत्र ८, २०७५ 
  81. "नेपाल हिरो गोल्डकपको उपविजेतामा सिमित !", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबार, फाल्गुन ३, २०७५ 
  82. "Bhandari on course of becoming all-time best", kathmandupost.ekantipur, अन्तिम पहुँच Mar २१, २०१९ 
  83. "सावित्रा भण्डारी र इन्दुमतिलाई सर्वाधिक गोलकर्ताको अवार्ड", नेपालखबर, अन्तिम पहुँच २०७५ चैत ८ 
  84. "नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्णमा मलेसियालाई बराबरीमा रोक्यो", baahrakhari.com, अन्तिम पहुँच २०७४ जेठ ९ मंगलबार ०६:२९:०० 
  85. http://stats.the-afc.com/match_report/15308
  86. महिला फुटबलको उपाधि एपीएफलाई (kantipurdaily.com) १२ वैशाख २०७६ बिहीबार
  87. न्युज "एपीएफले जित्यो प्रधानसेनापति कप महिला फुटबल अनलाइनखबर", अन्तिम पहुँच २०७५ मंसिर १२ गते १८:२६ 
  88. "एपिएफ दोस्रोपल्ट च्याम्पियन", नागरिक न्युज, अन्तिम पहुँच बिहिबार, २५ कार्तिक २०७३, ०९ : ४३ 
  89. खेलकुद "करातेकी अनु र भारोत्तोलनका कमल सर्वोत्कृष्ट खेलाडी , गुप्ता गजराज आदर्श खेल व्यक्तित्व", अन्तिम पहुँच शुक्रबार, पौष १३, २०७५ 
  90. "Sabitra Bhandari Receives The Highest Goal Scorer Award", goalnepal.com, अन्तिम पहुँच Feb १५, २०१९ २०:१५ 
  91. "सावित्रा र इन्दुमति सर्वाधिक गोलकर्ता, डालीमा सर्वोत्कृष्ट", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबार, चैत्र ८, २०७५ 
  92. "सावित्राले जितिन् 'वर्ष महिला खेलाडी' अवार्ड", खेलपाटी, अन्तिम पहुँच मंगलबार, असर १७, २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]