गाउँपालिका
यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
नेपाल पोर्टल |
गाउँपालिका गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई हो। हालै सरकारले गाविस विघटन गरी गाउँपालिका बनाएको हो ।[१] वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो ।[२][३][४] गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् ।[५] मन्त्रालयले साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाएको कारण साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६३ कायम भएका छन् ।[६][७]
संवैधानिक व्यबस्था
[सम्पादन गर्नुहोस्]नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ¸प्रदेशर स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यबस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका¸नगरपालिका र जिल्लासभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष¸संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यबस्था गरेको छ।
गाउँपालिकाको सूची
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सबै गाविस र जिविस खारेजः तपाईँ अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ?", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
- ↑ "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १०।