बराम जाति
बराम जाति नेपालमा बसोबास गर्ने एक जाति हो। नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिहरूमध्ये अतिसीमान्तकृत समूहमा पर्ने यो जाति नेपालको गोरखा जिल्लाको मूल आदिवासी हुन्।[१] यिनीहरूको आफ्नै जीवन पद्धति, रहनसहन, भाषा, संस्कृति र सामाजिक मूल्य तथा मान्यताहरू रहेको छ।[२]
बराम जातिलाई सूचकको रूपमा बराम र बरामु शब्दको प्रयोग गरिएको पाइन्छ। यो जाति नेपालको गोरखा जिल्ला, धादिङ जिल्ला, तनहुँ जिल्ला, मकवानपुर जिल्ला, चितवन जिल्ला, नुवाकोट जिल्ला, ललितपुर जिल्ला, नवलपरासी जिल्ला, बारा जिल्ला र सर्लाही जिल्लामा बसोबास रहेको छ।[३][४] यिनीहरूको मूलथलो गोरखा रहेपनि बसाइँसराइको क्रममा यो जातिका मानिसहरू नेपालको अन्य जिल्लाहरू पुगेका हुन्। बरामहरूको कुलदेवता चण्डी, भूमे, वनदेवता लगायतका देवीदेवताको पूजा अर्चना गर्छन्।[५] बराम जातिले मादल, खैँजडी, मुरली, झुरूम्मा, ढ्याङग्रो प्रयोग गर्दछन् ।[६]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बराम जातिको विशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्माण गर्न सर्वोच्चको आदेश", सार्वजनिक (नेपालीमा), २०१९-०७-०४, अन्तिम पहुँच २०२०-०९-०३।
- ↑ "आदिवासी जानजाति -बराम", इन्डिजेनस भ्वाइस (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२६ मिति
- ↑ "बराम जातिको जनजीवन", संकल्प खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२८ मिति
- ↑ "भाषा बचाउन ट्युसन", भाषा बचाउन ट्युसन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-०३।
- ↑ "बराम जातिका सामाजिक संस्कारहरू", तरुण खबर (नेपालीमा), २०१७-०८-१४, अन्तिम पहुँच २०२०-०९-०३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१८ मिति
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा", गोरखापत्र (नेपालीमा)। वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति