सामग्रीमा जानुहोस्

कत्युरी राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कत्युरी वंश
कुर्माञ्चल
७०० ईपू–१०६५ ईपू
वस्तु-स्थितिसर्वभौम राष्ट्र
राजधानीजोशीमठ (पछि बैजनाथमा सारिएको)
आम भाषाहरूसंस्कृत
धर्म
हिन्दु, बौद्ध
सरकारराजतन्त्र
राजा 
 ७००–८४९ ईपू
वासुदेव कत्युरी
 ८५०–८७० ईपू
वसन्तन देव (बैजनाथका संस्थापक)
 ८७०–८८० ईपू
खार्पर देव
 ९५५–९७० ईपू
भूदेव
 ईपू १०६५ सम्मको छोटो अवधि
वीर देव
इतिहास 
 स्थापित
७०० ईपू
 राजधानी कार्तिकेयपुरमा स्थानान्तरण, बैजनाथ,
८५० ईपू
 विस्थापित
१०६५ ईपू
उत्तरवर्ती
डोटी
चन्द राज्य
गढवाल अधिराज्य
अचेलभारत
नेपाल

कत्युरी राज्य जसलाई कत्युरी वंश पनि भनिन्छ, भारतको उत्तराखण्ड र पश्चिमी नेपालका क्षेत्रहरूमा ५०० देखि १२०० ईसापूर्व वा ७०० देखि १२०० ईसापूर्वसम्म शासन गर्ने एक मध्यकालीन राज्य थियो। यस वंशका संस्थापक राजा वासुदेव कत्युरी मूलतः बौद्ध धर्मावलम्बी भएतापनि पछि गएर उनले हिन्दू परम्पराहरू अपनाउन थालेका थिए जसकारण कहिलेकाहीँ उनलाई हिन्दु दार्शनिक आदि शङ्करको (७८८–८२० ईपू) सक्रिय अभियानसँग जोड्ने गरिन्छ।

राजा भू देवले आफ्नो राज्यमा बौद्ध अभ्यासहरूलाई परास्त पार्ने अभ्यासका लागि प्रसिद्ध थिए[] भने भू देवको बागेश्वर शिलालेखमा उनले आफूलाई "ब्राह्मण परायण" र "परम श्रमण रूपु" भनेर लेखेका छन्, जसको अर्थ ब्राह्मणहरूको अनुयायी र बौद्ध भिक्षुहरूको कट्टर प्रतिद्वन्द्वी हो।[]कत्युरी राजाहरूले ब्राह्मणीय अभ्यासहरू अपनाएका र हाल उत्तराखण्डमा रहेका धेरै हिन्दु मन्दिरहरू निर्माण गर्ने कामको लागि परिचित थिए। कत्युरी राज्यको विखण्डन र पतनपछि तिनका शाखाहरू पिथौरागढमा अस्कोट कत्युरी पाल राजवर, आधुनिक नेपालको डोटी जिल्लामा अर्को कत्युरी पाल डोटी रैका, राजा ब्रह्मदेवको शाखा राज्य सुईमा, अर्को कत्युरीका वंशज बारामन्डलमा र अर्काले वैजनाथमा आफ्नो सम्प्रभुता कायम राखे भने अन्ततः प्रत्येक कत्युरी वंशज द्वाराहाट र लखनपुरमा स्थापना भएका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Handa 2002, पृष्ठ 29-31.
  2. Handa 2002, पृष्ठ 31.