रामानन्द गिरि
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
| डा.स्वामी रामानन्द गिरि | |
|---|---|
| जन्म तिथि | 2003-02-10 |
| जन्म स्थान | धादिङ, वाग्मती, नेपाल |
| जन्म | रामप्रसाद सुवेदी |
| मृत्यु तिथि | 2074-03-24 |
| गुरु/शिक्षक | स्वामी महेशानन्द गिरि |
| दर्शन | वेदान्त |
| कथन | {{{quote}}} |
डा.स्वामी रामानन्द गिरि जन्म: वि.सं २००३/२/१० मा भएको हो । वेदान्तविषयका विख्यात र प्रभावशाली आध्यात्मिक गुरू हुन् । उनको वास्तविक नाम रामप्रसाद सुवेदी थियो। उनले नेपाल स्थित देवघाटमा वि.सं. २०५०मा महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलको स्थापना गरेका छन् । जो आज पनि आफ्नो काम गरिरहेको छ। उनी स्वामी महेशानन्द गिरिको सुयोग्य शिष्य हुन्। [१]
उनको पीठमा हाल स्वामी रमणानन्द गिरि रहेका छन् । वर्तमानमा युगीन आवश्यकताअनुसार संस्कृत वाङ्मयका प्राचीन ज्ञानविज्ञानको आधुनिक पद्धतिले अनुसन्धान गरेमात्र प्रविधिमैत्री नयाँ पुस्तालाई प्रशिक्षित गर्न सकिने भएको छ । यसका साथै नेपालको प्राचीन ज्ञानगौरवलाई विश्वसामु परिचित गराउन र यसको ज्ञानसम्पदाबाट विश्वलाई लाभान्वित तुल्याउन समेत संस्कृत वाङ्मय एवम् नेपाली माटोमा हुर्केका विविध सांस्कृतिक परम्पराहरूको गहन अनुसन्धान अपरिहार्य बनेको छ । यो आवश्यकताको पूर्ति एउटै गुरुकुलबाट मात्र नहुने भएकाले महेश संन्यास आश्रमले नेपालभरका गुरुकुलहरूमा उत्पादित जनशक्तिलाई विश्वस्तरीय अनुसन्धान कार्यमा संलग्न गराउन र परस्पर सहकार्यको आधार उपलब्ध गराउनका लागि अनुसन्धान केन्द्रको अवधारणा अघि बढाएको हो । अनुसन्धान केन्द्रका शिवसङ्कल्पकर्ता सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको नाममा अनुसन्धान केन्द्र वेब्याक मेसिन अभिलेखिकरण २०२५-०४-२७ मितिका प्रस्तावक महेश संन्यास आश्रमका वर्तमान अध्यक्षको अवधारणा अनुसार नेपालको सनातन ज्ञानसम्पदा, बृहत्तर संस्कृत वाङ्मय र परम्परागत ज्ञानविज्ञानका विविध पक्षहरूको आधुनिक प्रविधिले अध्ययन, अनुसन्धान गर्ने अनुसन्धान केन्द्रको रूपमा वि.सं २०७८ आषाढ ६ गते गङ्गादशहराको दिन प्रातः ९:४१ बजे ब्रह्मवित् परमहंस सन्तहरूको पावन हस्ताक्षरबाट केन्द्र स्थापनाको औपचारिक निर्णय र घोषणा भएको हो ।[२]
जीवनवृत्त
[सम्पादन गर्नुहोस्]डा.स्वामी रामानन्द गिरिको जन्म वि.सं २००३/२/१० मा भएको भएको थियो। यिनको बाल्यकालको नाम रामप्रसाद सुवेदी थियो। यिनको बुबा एक नैष्ठिक ब्राह्मण थिए। उनको बुबा पूर्वीय सभ्यता एवं धर्म संस्कृतिमा अति नै विश्वास राख्दथे। उनी आफ्नो छोरा रामप्रसादलाई पनि संस्कृत पढाएर पूर्वीय सभ्यताको महान् विद्वान् बनाउन चाहन्थे।
कृति तथा ग्रन्थहरु
[सम्पादन गर्नुहोस्]- अध्यात्म रामायण (नेपाली अनुवाद तथा व्याख्या)
- जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ)
- माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या)
- रामगीता (नेपाली अनुवाद तथा व्याख्या)
- वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या)
- श्रीमद्भागवतमहापुराण (नेपाली अनुवाद–रामनन्दी टीका)
- देवीगीता (नेपाली अनुवाद तथा व्याख्या)
- दुर्गासप्तशती (नेपाली अनुवाद एवं व्याख्या)[३]
मान–पदवी
[सम्पादन गर्नुहोस्]- पाणिनि पुरस्कार
- गुणराज पुस्कार
- डा. बलराम जोशी ज्ञानविज्ञान पुरस्कार
- राजश्रीजनकस्मृति सम्मान
- पृथ्वीबहादुरसिंह कार्की–भक्तकुमारी पुरस्कार
- भारती खरेल पुरस्कार
- प्रबल गोरखा दक्षिणबाहु
- अन्य विविध सम्मान तथा पुरस्कारहरू [४]
निधन
[सम्पादन गर्नुहोस्]पूर्वीय दर्शनका विद्वान डा. स्वामी रामानन्द गिरिको निधन काठमाडौंको पशुपतिनाथस्थित शङ्कराचार्य मठमा असार २४, २०७४ साँझ ७ बजे (गुरूपूर्णिमाको दिन) निधन भएको हो । उहाँलाई देवघाटमा जलसमाधी दिईएको थियो [५]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ महेश गुरुकुलको वेवसाइट[स्थायी मृत कडी]
- ↑ "Ramananda Research Center|", rrcnepal.com, अन्तिम पहुँच २०२५-०५-२४। वेब्याक मेसिन अभिलेखिकरण २०२५-०४-२७ मिति
- ↑ पूर्वीय दर्शनका विद्वान रामानन्द गिरिको निधन-थाहा खबर
- ↑ महेश गुरुकुलको वेवसाइट
- ↑ पूर्वीय दर्शनका विद्वान रामानन्द गिरिको निधन-थाहा खबर
५. www.facebook.com/msgurukul६. www.gurukulam.edu.np