सामग्रीमा जानुहोस्

वर्णाश्रम धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वर्णाश्रमबाट अनुप्रेषित)

वैदिक सनातवर्णाश्रम हिन्दू धर्म दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । खप्तड स्वामीले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ । []

[[हिन्दु वर्ण व्यवस्था|वर्ण व्यवस्था]]

[सम्पादन गर्नुहोस्]

वर्णको अर्थ हो रङ्ग । त्यसैले वर्णले खास समूहलाई बुझाउंछ । वर्ण र जातिमा अन्तर हुन्छ । जातिको आधार जन्म हुन्छ भने वर्णको आधार जन्म होइन । वर्णलाई एक प्रकारको सामाजिक विभाजन भन्न सकिन्छ तर यो विभाजन मर्यादाक्रममा आधारित भने थिएन । वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन । उपनिषद्कालमा सामाजिक सङ्गठनका दुइ आधारहरू मानिएका छन्– वर्ण व्यवस्था र आश्रम व्यवस्था । वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ ।[] वर्ण व्यवस्थाको आधार ऋग्वेद पुरुष सूक्तमा निहित छ ।[] यस अनुसार समाजका चार विभाजन निम्नलिखित छन्

  • १. ब्राह्मण
  • २. क्षत्रिय
  • ३. वैश्य
  • ४. शूद्र

प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।

वर्ण कार्य विभाजन वर्ग
ब्राह्मण समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु बौद्धिक
क्षत्रिय समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु सैन्य
वैश्य देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु व्यवसायी
शूद्र समाजको सेवा गर्नु कर्मचारी

सामाजिक जीवनलाई जस्तै व्यक्तिगत जीवनलाई पनि हिन्दु दर्शनकारहरूले चार भागमा विभाजित गरेका छन्–

  • १. ब्रह्मचर्य
  • २. गृहस्थ
  • ३. वानप्रस्थ
  • ४. संन्यास

वर्ण र आश्रमको संयुक्त स्वरुप नै वर्णाश्रम हो । प्राचीन दर्शनकारहरूले यी दुवै व्यवस्थालाई एक अर्काको परिपूरक मानेका थिए । जसको प्रयोगले व्यक्ति र समाजले पुरुषार्थ प्राप्तिका प्रयास गर्दथे । यसलाई उनीहरूले वर्णाश्रम भनेका छन् । वर्णाश्रम व्यवस्थामा त्यागमय भोग र आध्यात्मिक सांसारिकताको अनौठो संयोग पाइन्छ । चार पुरुषार्थको प्राप्तिका लागि यस व्यवस्थालाई आवश्यक ठानिएको छ । वर्णाश्रमको स्थापना अन्तिम लक्ष्य होइन । यसको उद्देश्य व्यक्ति र समाजले पुरुषार्थ प्राप्त गरोस् भन्नेहो । पुरुषार्थ त्यो मानवीय क्रियाकलाप हो जबसबाट व्यक्ति र समाजको जीवन सुखी र सन्तोषपूर्ण हुन जान्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. खप्तड स्वामी (वि.सं.२०५१), धर्मविज्ञान, सार संक्षेप सम्पादक चूडानाथ भट्टराय, काठमाडौँ: बबी शाह, पृ: ६९–७०। 
  2. शर्मा, जनकलाल (वि.सं.२०३९), हाम्रो समाज, काठमाडौ“: साझा प्रकाशन, पृ: ५९। 
  3. ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः। अर्थात् विराटपुरुष भगवान् का मुखबाट ब्राह्मण वर्णको उत्पत्ति,भुजाबाट क्षत्रिय वर्णको उत्पत्ति,तिघ्राबाट वैश्यवर्णको उत्पत्ति र पाउबाट शूद्रवर्णको भएको हो | ऋग्वेद., पुरुषसूक्त १०.९०.१२ ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]