वृतासुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

वृतासुर हिन्हूका एक पौराणिक पात्र हुन्। हिन्दू धर्म ग्रन्थका अनुसार उनि निकै ब्रह्मज्ञानी असुर थिए। देवताका राजा इन्द्रको बध गर्नको लागी एक जना त्वष्टा नाम गरेका ऋषीले यज्ञा गर्दा त्यसै यज्ञा कुन्डबाट वृतासुरको उत्पत्ती भएको थियो। [१]

वृतासुरको उत्पत्ती[सम्पादन गर्ने]

एक पटक स्वर्गका राजा इन्द्र र देवताहरूका गुरू वृहस्पती बीच तालमेल न मिलेका कारण देवराज इन्द्रले गुरू वृहस्पतीलाई छोडेर त्वष्टा पुत्र विश्वरुपलाई आफ्नो गुरू मानेका थिए। विश्वरुप असुर खानदानको थिए उनले नारायण कवच पाठ गरेर देवत्व प्राप्त गरेका थिए। एक दिन देवराज इन्द्रको यज्ञामा ऋषी विश्वरुपले इन्द्रको आँखा छली आफ्ना गोत्री खलक असुरहरूको पनि भाग लगाएको देखेर देवराज इन्द्रलाई रिश उठ्यो। यसैकुरालाई लिएर देवराज इन्द्रले त्वष्टा पुत्र विश्वरुपको हत्या गरिदिए। यसरी आफ्ना छोराको हत्या गरेकाले त्वष्टाले इन्द्रको बध गर्ने छोरो पैदा हवस् भन्ने माग राखेर पुत्रेष्ठी यज्ञा गर्न थाले। त्वष्टा ऋषी निकै तपस्वी थिए। उनको तपस्याको प्रभाव देखेर यज्ञाग्नी देखी एर पुत्र उत्पन्न भयो त्वष्टाले उनको नाम वृत राखे।[१] यसरी यज्ञाग्नीबाट उत्पन्न भएका वृतले त्वष्टालाई प्रणाम गरेर मैले के गर्नु पर्ने भयो पिता आज्ञा हवस्, तपाइँको आज्ञा पाएमा म आखाशका ग्रह र तारा जमिनमा झार्न सक्छु, यो पृथ्वीलाई उडाइदिन सक्छु, समुंद्रलाई सुकाइदिन सक्छु भनेर त्वष्टालाई खुसी गराउनको लागी साहस देखाउन थाले। यसरी आफ्नो पुत्रले साहस देखाएकोले त्वष्टाले पनि वृतलाई देवराज इन्द्रको बध गर्ने आज्ञा दिए।

देवराज ईन्द्र र बृतासुरको लडाई[सम्पादन गर्ने]

त्वष्टाको आज्ञा पाएर बृतासुरले देवराज ईन्द्रको बध गर्ने बर प्राप्तिको लागि ब्रह्माशिवजीको घोर तपश्या गरे। उनी असुर भए पनि एक ब्रह्म ज्ञानी महाँ पुरुष थिए।[१] उनको तपश्याबाट खुसी भएर ब्रह्मा र शंकरले उनलाई देवराज ईन्द्रलाई विजय गर्ने बर दिएका थिए। बर पाई सकेपछी उनी देवराज ईन्द्रसँग यूद्ध गर्न लागे आखिर देवतारुले बृतासुरको शेनासँग लड्न नसकेर स्वर्ग छोड्नै परेको थियो।[१] बृतासुरसँगको लडाईँमा हारेर स्वर्गको राज गद्दीबाट पद्यूचित भएका देवराज ईन्द्र सहितका सबै देवताहरूले धेरै दिन पृथ्वीमा भट्किरहनु परेको थियो। केही बर्षको दु:ख झेलाई पछि देवताहरू ब्रह्माजी र शंकरजीसँग मद्दत माग्न क्रमशः ब्रह्मलोक र कैलाश पर्वतमा पुगे। ब्रह्माले र शिवजीले देवताहरूलाई यथा सम्भव सम्झाएर सबै भगवान विष्णु भए ठाउँ "बैकुण्ठ धाम" गए। ब्रह्मादी देवताहरूले भगवान बिष्णुसँग प्रार्थना गरेर भनेकी "प्रभु ! त्वष्टा पुत्र बृतले हामीलाई स्वर्गबाट निकाली दियो आफु स्वर्गको गद्दीमा बसेर हामिहरू सबैमाथी आफ्नो हुकुम चलाउन लाग्यो। हामी बरुणादी ३३ कोटी देवता सूर्यादी ९ ग्रह सबै उसैको अधिनमा बाद्येतावस चल्नु परिरहेको छ। यसै भयो भने सृष्ठीको बिनास हुने छ। कोही उपाए निकाल्नु होस्।" भनि प्रार्थना गरे। यो सुनेर भगवान बिष्णुले देवताहरूलाई भनेकी देवताहरू हो! डराउनु पर्ने केही कुरा छैन म यसको उपाय भनि दिन्छु- "तिमिहरू सबै महर्षि दधिचि भए ठाउँ जाउ बृतासुरलाई दधिचिको हाडको बज्र बनाएर बज्रको प्रहारबाट मर्ने श्राप भएकाले ऋषिसँग हाड मागेर त्यसको बज्र तयार गर्न लगाउ त्यो बज्रको प्रयोग गरेर देवराज ईन्द्रले बृतासुरलाई मार्न सक्ने छन्।" भगवान विष्णुको यो कुरा सुनेर सबै देवताहरू मिलेर दधिचि आश्रम गएर उनको हाड मागे। दधिची पनि निकै परोपकारी भएकाले देवताहरूको सामुन्ने आफ्नो प्राण त्यागे। त्यस पछी दधिचिको हाड लगेर देवताहरूले वज्र बनाएर इन्द्रलाई दिए

देवताहरू दधिचि ऋषिसँग उनको हाड माग्दै

बृतासुरको बध[सम्पादन गर्ने]

बृतासुरलाई मार्नकोलागी देवराज ईन्द्रले घोर परिश्रम गर्नु परेको थियो। महर्षि दधिचिको हाडबाट निर्माण गरिएको "ईन्द्र बज्र"प्रहार गरेर देवराज ईन्द्रले पहिले बृतासुरका दुबैहात काटी दिएका थिए आफ्ना दुबै हातहरू काटीए पछि बृतासुरले देवराजलाई जिउदै निलेर पेटमा एक बर्ष सम्म राखेको थियो।[१] एक बर्ष सम्म देवराज ईन्द्रले नारायण कवचको पाठ गरेका थिए देवराजलाई नारायण कवच विश्वरूप ऋषिले सिखाएका थिए। ऋषि विश्वरूप पनि नारायण कवच जपेर शुद्ध भएका थिए। नारायण कवचका प्रतापले गर्दा देवराज इन्द्र बृतासुरको पेटबाट बाहिर आएको दुईटा मत रहेको छ।

  • सरस्वती देविले बृतासुरको आलस्य बढाई दिईन् बृतासुरलाई हाई आएर देवराज बाहिर निस्के।[२]
  • बज्रको प्रयोग गरेर बृतासुरको पेट चिरेर देवराज ईन्द्र बाहिर निस्केका थिए।[१] बृतासुरको पेटबाट बाहिर आएर देवराज इन्द्रले बृतासुरसँग मित्रता गाँसेका थिए। एक साल पछि बृतासुरलाई धोका दिएर देवराज ईन्द्रले बज्रको प्रयोग गरी बृतासुरको बध गरेका थिए। धोका दिएर एक ब्रह्म ज्ञानी व्याक्तिको हत्या गरेका कारण देवराज ईन्द्रलाई ब्रह्म हत्या लागेको थियो। ब्रह्म हत्याको पाप काट्नको लागी ईन्द्रले मानसरोवरमा गएर भारी तपस्या गरेका थिए। पछी गएर यो ब्रह्म हत्यालाई देवराजले अग्नी, जल, वनस्पती र स्त्री लाई चार भागमा बाँटेका थिए। आगोमा जे बाले पनि भस्म हुने, पानि जती फोहोर गरे पनि सुद्ध मानिने, स्त्रीहरूले सधैं सहवास गराउन सक्ने र वनस्पतिहरू जति काटे पनि पलाउने देवराज ईन्द्रले आफ्नो पाप लगेको बदलामा बर दिएका थिए। स्त्रीहरू रजश्वाला हुनु, रुख काट्दा चोप निस्कनु, आगोमा धुवाँ निस्कनु र पानीमा फिंज आउनु यसै ब्रह्म हत्याको प्रभाव मानिन्छ। साथै रजस्वाला स्त्रीसँग सहवास गरेमा, फलेको वनस्पति काटेमा, आगोमा खाना पकाएर आहुती नदिएमा र पानीमा दिशा पिसाब गरेमा ब्रह्म हत्या जत्तिकै पाप लाग्ने कुरा पौराणीक ग्रंथहरूमा उल्लेख छ।[१]

वृतासुरको पूर्व जन्मको कथा[सम्पादन गर्ने]

वृतासुर असुर भए पनि निकै ज्ञानी र इश्वर भक्त थिए। उनि दानव कुलमा जन्म लिएका भए पनि उनलाई सबै देवर्षी महर्षीहरूले ब्रह्म ज्ञानी भनेर चिन्दछन्। उनी त्यस्तो ज्ञानी भएर पनि दानवत्वमा गनिनाको कारण उनको पहिलो जन्मको भाव थियो। [१] पहिले जन्ममा उनी एक चित्रकेतु नाम गरेका राजा थिए। धेरै समय सम्म राजा चित्रकेतुलाई कुनै सन्तान भएनन्। त्यस पछी ती राजाले आफ्ना गुरूको उपदेश अनुसार पुत्रेष्ठी यज्ञा गरेर उनलाई एक छोरो भयो। केही दिन पछी राजाको छोरा मरेकोले राजा पुत्र शोकमा परेर विलाप गर्न थाले। उनको त्यो हाल देखेर नारदले धेरै सम्झाउनुको साथै राजपुत्रको जिवात्मालाई डाकेर राजासँग कुरा गराए। राजपुत्रले राजालाई आत्मज्ञान दिएर देह छोडे। त्यस पछी राजा चित्रकेतुले आफ्नो राजपाठ छोडेर वनमा गएर तपस्या गर्न थाले। केही दिन पछी राजा चित्रकेतु स्वर्गमा गएर देवताहरूका साथमा सुखसँग रहन थाले। एक दिन चित्रकेतु महादेव दर्शन गर्न कैलाश गए। त्यती खेर उनले भगवान शिवजीलाई पार्वती काखमा राखेर शभामा बसेका देखे। यो देखेर चित्रकेतुले सबैसँग महादेव त लाज नमान्ने रहेछन्, ज्ञानी भएर पनि सबैको सामुन्ने यसरी पत्नीलाई काखमा राखेका छन् भनेर शिवजीको खिल्ली उढाउन थाले। यो देखेर पार्वतीलाई रिस उठ्यो उनले चित्रकेतुलाई तिम्रो दानवको जस्तो मती रहेछ दानव बन्नु परोस् भनेर श्राप दिएकीले ती पछिल्लो जन्ममा वृतासुर बनेका थिए।[१]

बाहिरिय लिंकहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ सुब्बा होमनाथ केदारनाथ कृत सुक सागर
  2. देवी भागवत पुराण