स्टालिन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इ.भि. स्टालिन
Stalin office.jpg

पद बहाली
3 April 1922
अग्रज : लेनिन
व्यक्तिगत जानकारी
जन्म जोसेफ विसारियोनोविच ज़ुगाशविली
(१८७८-१२-१८)डिसेम्बर १८, १८७८
जर्जियाको "गोरी"
मृत्यु 5 March 1953 (aged 74)
राजनीतिक दल सोभियत संघ कम्युनिष्ट पार्टी

ढाँचा:सैन्य सेवा

इ.भि. स्टालिन (सन् १८७१-१९५३) - सोभियत रजनैतिक नेता । सन् १८९८ देखि रसियाली सामाजिक-जनवादी मजदुर पार्टी सदस्य, बोल्सेविक । अक्टोबर १९२० राजकीय नियन्त्रणसम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि सोभियत संघ कम्युनिष्ट पार्टीको समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि सोभियत संघको मन्त्री परिषद्का अध्यक्ष ।

एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्टालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्वपूजाकोरूपमा चित्रण ररेको छ ।[१]

सोवियत संघका शासक जोसेफ स्टालिनलाई कहिले कम्युनिस्टका आदर्श मानिन्थ्यो।ऊनी  सोवियत संघका बहुत ठुलो हीरो थिए।तर आज उनलाई नरसंहार गर्ने नेताको रूपमा लिइन्छ। उनको जिन्दगीमा नजर लगाउदा,लाग्छ ऊनी नायक पनि थिए र खलनायक पनि। स्टालिन नामको अर्थ हुन्छ लौह पुरुष. स्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए,लाग्छ उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि दोस्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाई समेत पराजित गरे।ऊनी करिब एक चौथाई शताब्दीसम्म सोवियत संघका सर्वोच्च  नेता रहे.

एक सामान्य परिवारका थिए स्टालिन[सम्पादन गर्ने]

स्टालिनको जन्म 18 डिसेम्बर 1879 मा जर्जियाको "गोरी"मा भएको थियो।उनको बाल्यकालको नाम थियो, जोसेफ विसारियोनोविच ज़ुगाशविली।त्यस समयमा जर्जिया रूसका बादशाह जारको साम्राज्यको भाग थियो। स्टालिनको पिता पेसाले एक सार्की थिए। आमा  कपडा धुने काम गर्थिन। सात बर्षको उमेरमा स्टालिन बिरामी भए।जसको कारण उनको अनुहारमा दाग बस्यो।यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।


बाल्यकालमा स्टालिन एकदम कमजोर थिए।अरु बच्चाहरुले उनलाई निकै सताउथे।उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे।जब स्टालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो।उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।

स्टालिन पादरी बन्न अस्वीकार[सम्पादन गर्ने]

स्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्टालिनलाई पादरी बन्न पढाई गर्न जॉर्जिया की राजधानी तिफ़्लिस पठाए।तर स्टालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन।उनी लुकिलुकी कार्ल मार्क्सका किताबहरु पढ्ने गर्थे।स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा संगठनको सदस्यता पनि लिएका थिए।यो संगठन रूसको बादशाहको बिरोधमा मानिसहरुलाई एकजुट गर्थे।आमाको इच्छा बिपरित स्टालिनले पादरी बन्न इन्कार गरे।1899मा उनलाई धार्मिक स्कूलबाट निकालियो।

एक बाग़ी[सम्पादन गर्ने]

बिसौ शताब्दीको शुरुआतमा स्टालिनले तिफ़्लिसको मौसम विभागमा काम गर्न शुरू गरे।यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्टालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे। जारको गुप्तचर बिभागलाई स्टालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्टालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। 1905 मा स्टालिनले पहिलो पटक रूसी साम्राज्यको विरुद्ध गुरिल्ला युद्धमा भाग लिए। रूसमा बोल्शेविक क्रांतिको अगुवा व्लादिमीर लेनिनसंग स्टालिनको पहिलो भेट फिनल्यान्डमा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। 1907 मा स्टालिनले तिफ़्लिसमा एक बैंकबाट साढे दुई लाख रूबल लुटे।यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्टालिन जोसेफ़ स्टालिनले 1906 मा पहिलो बिहे केटेवान स्वानिज़ेसंग गरे।बिबाहको एक बर्ष पछि स्टालिनको एक छोराको जन्म भयो। तिफ़्लिसमा बैंक डकैती पछि स्टालिन जर्जिया छोडेर भाग्नु पर्यो।उनी अजरबैजान बाकू शहरमा बस्न थाले। बिबाहको एक वर्षपछि 1907 मा स्टालिनको पत्नी केटेवानको टाइफाइडले निधन भयो।यो घटनाले स्टालिनलाई गहिरो चोट पर्यो। स्टालिनले आफ्नो छोरालाई उसके नाना-नानी छोडेर पुर्ण रुपले क्रान्तिको लागि लागे।यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्टालिन राखे। बिद्रोहीको आरोपमा स्टालिनलाइ कयौं पटक गिरफ्तार गरिएको थियो।1910 मा उनलाई साइबेरिया पठाइएको थियो।

1917 मा लेनिनको अगुवाईमा रूसमा कम्युनिस्ट क्रांति सफल भयो। लेनिनले जनतासामु शान्ती,जमिन र रोटीको बाचा गरेका थिए।स्टालिनले यो क्रांतिमा ठुलो भुमिका निभाएका थिए।उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार प्रावदा चलाउथे। जब उनले लेनिनलाई जारको सेनाबाट मुक्त गरेर फिनल्याण्ड पुग्न मद्दत गरे, स्टालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। गृह युद्धको दौरान स्टालिनले पार्टीका भगौडा र बिरोधीहरुको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।

जब स्टालिन बने रूस को तानाशाह[सम्पादन गर्ने]

1924 मा लेनिनको मृत्यु भयो।त्यसपछि स्टालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे।तर पार्टीका बहुमत नेता लेनिनपछि लियोन ट्राटस्की नै उनको उत्तराधिकारी मान्थे। लेकिन ट्रॉटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धांत  असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य सोवियत संघलाई मजबूत बनाउन हो, पुरा  दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्टालिनको योजनाको विरोध गरे,तब स्टालिनले उनलाई देश निकाला गरे। 1920को दशकको अन्त्य आउँदा आउदै, स्टालिन सोवियत संघको तानाशाह बनिसकेका थिए।

सोवियत संघ का औद्योगीकरण[सम्पादन गर्ने]

बीसको दशकमा नै स्टालिनले पंचवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे. उनलेे सोवियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाई लाग्थ्यो ; यदि सोवियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट क्रांति असफल हुन्छ। देश बर्बाद हुन्छ।छिमेकको पूंजीवादी देशले कब्जा गर्छन् । स्टालिनको शासनमा सोवियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो ।देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो।स्टालिनले आफ्नो योजनाहरुलाइ बहुत कडाइका साथ लागू गरे।कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो।कति चोटि त यो लक्ष्य पुर गर्न असम्भव जस्तो लाग्थ्यो ।जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।

रूसमा भयंकर भोकमरीको समय[सम्पादन गर्ने]

जब स्टालिन सत्तामा आए, रूसमा धेरैजसो ज़मीन सानो सानो टुक्रामा बाडिएका थिए।भोकमरी परिरहन्थ्यो।खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्टालिनले खेतीको आधुनिकीकरण शुरू गरे।उनले तमाम ज़मीनको राष्ट्रीयकरण गरे।धेरै किसान्हरुले यसको बिरोध गरे।किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे।यसको कारण करिब पचास लाख मानिस भोकमरीले मरे। यसले निराश भएका स्टालिनले जमाखोरी र उनको नीतिको विरोध गर्ने किसानहरुलाइ मार्न शुरू गरे।दसौं लाख मानिस मारिए।तीसको दशकको आख़िर आउँदा आउदै, सोवियत संघमा जमीन पुर्णतः राष्ट्रीयकरण भयो। अन्नको उत्पादन कयौं गुणाले बड्यो।

स्टालिनको आतंक[सम्पादन गर्ने]

जोसेफ़ स्टालिन आफैलाई एक नरम र देशभक्त नेता रूपमा प्रचार गर्थे।तर स्टालिन मानिसहरुलाई मार्थे ,जो उनको बिरोध गर्थे।चाहे त्यो सेनाको मान्छे होस वा कम्युनिस्ट पार्टीको। आरोप त यो छ कि स्टालिनले पार्टी सेंट्रल कमिटिको 139 मध्ये 93को हत्या गरे।यसबाहेक उनले सेनाको 103 जनरल र एडमिरल मध्ये 81 को हत्या गरे।

स्टालिनको गुप्तचर प्रहरी (ख़ुफ़िया पुलिस) बडो कडाइका साथ उनको नीतिहरु लागू गर्थ्यो।साम्यवादको विरोध गर्ने तीस लाख मानिसलाई साइबेरियाको गुलाग इलाकामा जबरदस्ती पठाइदिए। यश बाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरियो।

स्रोतहरू[सम्पादन गर्ने]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ५६५