विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/२०७६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आवेदन सारांश तालिका[सम्पादन गर्नुहोस्]

यस आवेदन सारांश तालिकामा २०७६ सालको माघ महिना देखिका आवेदनहरू मात्र प्रविष्ट छन्। प्रत्येक महिनामा परिवर्तन हुँदै आएको प्रमुख लेख सोही महिना देखि साप्ताहिक रूपमा परिवर्तन हुने गरेका कारण २०७६ सालको माघ महिना देखिका आवेदहरू यसमा समावेश गरिएका छन्।

महिना     प्रमुख लेखको आवेदन      मुख्य सम्पादक  आवेदक समर्थन ↑ विरोध ↓ प्रमुख लेख समन्वय समिति
माघ २०७६ (१) फेसबुक मेसेन्जर पर्वत सुबेदी पर्वत सुबेदी बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०३, १६ जनवरी २०२० (युटिसी(UTC))
माघ २०७६ (२) सिग्नल इडुना पार्क पर्वत सुबेदी पर्वत सुबेदी बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३७, २६ जनवरी २०२० (युटिसी(UTC))
माघ २०७६ (३) भिके पर्वत सुबेदी पर्वत सुबेदी बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५९, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))
माघ २०७६ (४) पहेँलो पुच्छ्रे कालो सुगा हिमाल सुबेदी हिमाल सुबेदी बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४४, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
फाल्गुन २०७६ (१) नेटालिया हिमाल सुबेदी हिमाल सुबेदी बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२६, २९ फेब्रुअरी २०२० (+0545)
फाल्गुन २०७६ (२) सासा बेङ्क्स हिमाल सुबेदी हिमाल सुबेदी बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२६, २९ फेब्रुअरी २०२० (+0545)
फाल्गुन २०७६ (३) बेइली हिमाल सुबेदी हिमाल सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) २०:१७, २९ फागुन २०७६ (नेपालको प्रमाणिक समय)
फाल्गुन २०७६ (४) सार्लेट फ्लेयर हिमाल सुबेदी हिमाल सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) २०:२३, २९ फागुन २०७६ (नेपालको प्रमाणिक समय)
चैत २०७६ (१) नउगाँ जिल्ला हिमाल सुबेदी हिमाल सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) १७:३७, ९ चैत २०७६ (नेपालको प्रमाणिक समय)
चैत २०७६ (२) उरिदू हिमाल सुबेदी पर्वत सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) १२:१५, २५ चैत २०७६ (नेपालको प्रमाणिक समय)
चैत २०७६ (३) एक सर्को माया पर्वत सुबेदी हिमाल सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) १२:१५, २५ चैत २०७६ (नेपालको प्रमाणिक समय)
चैत २०७६ (४) लियाम पेन हिमाल सुबेदी पर्वत सुबेदी पर्वत सुबेदी (कुरा गर्ने) ०१:१५, २५ चैत २०७६ (नेपालको प्रमाणिक समय)
सम्पादन
प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः सन् २०१४  • सन् २०१५  • सन् २०१६  • सन् २०१७  • सन् २०१८  • सन् २०१९  • २०७६ • २०७७  • २०७८  • २०७९

फेसबुक म्यासेञ्जर[सम्पादन गर्नुहोस्]

फेसबुक म्यासेञ्जरको लोगो

फेसबुक म्यासेञ्जर (सामान्य रूपमा म्यासेञ्जरको नामले पनि चिनिने) फेसबुक निगमद्वारा विकसित एक तत्काल सन्देश प्रवाह अनुप्रयोग वा मञ्च हो। मूल रूपमा सन् २००८ मा फेसबुक च्याटको रूपमा विकसित भएको यस सेवालाई यस कम्पनीले सन् २०१० मा आफ्नो सन्देश सेवामा पुन: सुधार गरि अगस्टमा २०११ मा स्वतन्त्र रूपमा आइओएसएन्ड्रोइडमा अनुप्रयोगहरू जारी गरेको थियो। कम्पनीले सन् २०१८ मा, म्यासेञ्जरमा आधारित सम्पर्कका लागि स्वतन्त्र फेसबुक पोर्टल हार्डवेयरको पनि जारी गरेको थियो। वर्षौंदेखि, फेसबुकले विभिन्न सञ्चालन प्रणालीहरूका लागि नयाँ अनुप्रयोगहरूको जारी गरिरहेको छ। यसले यसको समर्पित वेबसाइट (म्यासेञ्जर डटकम) सुरू गर्दै सन्देश कार्यक्षमतालाई मुख्य फेसबुक अनुप्रयोगबाट अलग गरेको थियो। यसले प्रयोगकर्ताहरूलाई वेबसाइट प्रयोग गर्न वा स्वतन्त्र अनुप्रयोगहरू मध्ये एक डाउनलोड गर्न अनुमति दिन्छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७८३, अक्षर: ४१६, स्पेस: ११०
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: यो लेख बहुचर्चित अनुप्रयोगको हो। विश्वव्यापी प्रयोगका कारण यसले प्राप्त गरेको सफलता र पृष्ठको मापदण्ड पुर्ण गरेको हुनाले यसलाई प्रमुख पृष्ठमा ल्याउन खोजिएको हो।
२०२० जनवरी २८, १५:३६:०० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:४४, १५ जनवरी २०२० (युटिसी(UTC))
प्रमुख लेखको लागि एउटा मात्र आवेदन प्राप्त भएकोले लेखलाई प्रमुख लेखको रुपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:४४, १५ जनवरी २०२० (युटिसी(UTC))

प्रमुख लेखको लागि एउटा मात्र आवेदन प्राप्त भएकोले यस आवेदनलाई स्वीकृत गरिएको भएतापनि यस लेखसँग आवद्ध रहेका महत्वपूर्ण अनिर्मित लेखहरू निर्माण गर्नुका साथै यस लेखलाई अन्तर्विकी लेखहरूसँग जोड्नुपर्ने आवश्यकता रहेको हुँदा त्यस उपर यथाशीघ्र काम गर्नुपर्ने देखिन्छ। सबैको सहयोगको अपेक्षा सहित धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:४९, १५ जनवरी २०२० (युटिसी(UTC))

सिग्नल इडुना पार्क[सम्पादन गर्नुहोस्]

सिग्नल इडुना पार्क रङ्गशाला

सिग्नल इडुना पार्क डिसेम्बर २००५ सम्म वेस्टफालिया वा वेस्टफाल्नस्टेडियनको नामले पनि चिनिने, जर्मनीको उत्तरी राइन राज्यको डर्टमन्ड सहरमा अवस्थित एक अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला हो। राष्ट्रिय खेलका लागि यस रङ्गशालाले ८१,३६५ दर्शक अटाउन सक्दछ जसमा जर्मनीका बहुचर्चित लिगहरू जस्तै बुन्डेसलिगा र डिएफबि कप समावेश छ। यो युरोपको सातौँ सबैभन्दा ठूलो र जर्मनीको सबैभन्दा ठूलो रङ्गशाला पनि हो। तथापि, अन्तर्राष्ट्रिय खेलहरूका लागि यस रङ्गशालले ६६,०९९ दर्शक अटाउने गर्दछ। अन्तर्राष्ट्रिय स्तरमा यस रङ्गशालामा युइएफए च्याम्पियन्स लिगयुरोपा लिगका विभिन्न खेलहरू सञ्चालित भएका थिए। यो रङ्गशाला सन् १९७४ देखि जर्मनीको फुटबल क्लब बोरूसिया डर्टमन्डको गृह मैदान पनि हो र यसले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू जस्तै १९७४ फुटबल विश्वकप२००६ फुटबल विश्वकप पनि आयोजन गरिसकेको छ। यो जर्मनी राष्ट्रिय फुटबल टोलीको पनि गृह मैदान हो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८३२, अक्षर: ४३८, स्पेस: १२१
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: उत्कृष्ट लेखन तथा प्रमुख लेखको सामान्य मापदण्डहरू पुरा गरेको हुनाले।
२०२० जनवरी २८, १२:३०:०० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५१, २२ जनवरी २०२० (युटिसी(UTC))
प्रमुख लेखको लागि एउटा मात्र आवेदन प्राप्त भएकोले लेखलाई प्रमुख लेखको रुपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३२, २६ जनवरी २०२० (युटिसी(UTC))
  • इतिहासमै पहिलो नेपाली विकिपिडियामा निर्मित जर्मनीको एक अन्तर्राष्ट्रिय रङ्गशाला  समर्थन पर्वत सुबेदी (कुरा गर्ने) ०३:३८, २३ जनवरी २०२० (युटिसी(UTC))

केही भाषिक सुधार आवश्यक रहेको देखिन्छ।--Nirajan pant (कुरा गर्ने) १७:२४, २७ जनवरी २०२० (युटिसी(UTC))

भिके[सम्पादन गर्नुहोस्]

भिके (रुसी: ВКонтакте, नेपाली: सम्पर्कमा रहने) एक रूसी अनलाइन सामाजिक सञ्चार माध्यम र सामाजिक सञ्जाल सेवा हो। यो ९० भन्दा बढी भाषाहरूमा उपलब्ध भएतापनि यो रूसी भाषा बोल्ने प्रयोगकर्ताहरूबीच बढी लोकप्रिय रहेकोछ। यसमा तस्वीर, श्रव्य र श्रव्य दृश्य साझेदारी गर्ने सुविधा रहेको छ र ब्राउजरमा आधारित खेल्ने खेलहरू र यसले निजी र सार्वजनिक रूपमा सन्देश पठाउन अनुमति दिन्छ। यसको मुख्य सर्भर सेन्ट पिटर्सवर्ग, रूसमा रहेको छ।

अगस्ट २०१८ सम्ममा, भिकेमा कम्तीमा ५०० मिलियन खाताहरू दर्ता भएका छन्। अलेक्साको विश्वव्यापी शीर्ष ५०० साइटहरूमा यो १९औँ स्थानमा रहेको छ (डिसेम्बर २०१९ अनुसार)। यो रूसमा सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो। सिमिलर वेबका अनुसार भिके संसारकै ९औँ सबैभन्दा धेरै ब्राउज गरिने वेबसाइट हो। मार्च २०१८ सम्ममा, भिके रूस बाहेक बेलारुसकजाख्स्तानमा पनि सबैभन्दा लोकप्रिय समाजिक सञ्जाल वेबसाइटको रूपमा रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७८३, अक्षर: ४०६, स्पेस: १२६
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: विश्व प्रख्यात सामाजिक सञ्जाल भएकाले
२०२० फेब्रुअरी १४, १५:३६:०० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:१५, ३० जनवरी २०२० (युटिसी(UTC))
प्रमुख लेखको लागि एउटा मात्र आवेदन प्राप्त भएकोले लेखलाई प्रमुख लेखको रुपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४०, ४ फेब्रुअरी २०२० (युटिसी(UTC))

पहेँलो पुच्छ्रे कालो सुगा[सम्पादन गर्नुहोस्]

अस्ट्रेलियाको न्यु वेल्समा एक वयस्क भाले

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यो चराको औसत लम्बाई ५५-६५ सेन्टिमिटर (२२-२६ इन्च) हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको प्वाँख तथा भुत्लाहरू प्रायजसो खैरो तथा कालो हुन्छ भने यसको ठुँडो (चुच्चो) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ।

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको घना जङ्गलमा दक्षिण देखि मध्य पूर्वी र क्वीन्सल्यान्ड देखि दक्षिणपूर्वी क्षेत्रमा पाइन्छ। यो प्रजातिको पन्छी अस्ट्रेलियाको आयरा प्रायद्वीपमा पनि भेटिन्छन्। अन्य प्रजातिका सुगा जस्तै पहेँलो पुच्छ्रे कालो सुगाले मुख्यतया बीउहरू खाने गर्दछ। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २२, १३:५५:५५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०९, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
प्रमुख लेखको लागि एउटा मात्र आवेदन प्राप्त भएकोले लेखलाई प्रमुख लेखको रुपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०९, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
  • प्रमुख लेखको लागि तय गरिएको मापदण्ड बमोजिम यस लेखलाई कम्तीमा १० वटा लेखसँग जोड्नुपर्ने, श्रेणीकरणमा आवश्यक सुधार गर्नुपर्ने, लेखसँग सम्बन्धित आवश्यक विषयको लेख निर्माण गर्नुपर्ने तथा सामुदायिक छलफल सहमतिमा पुगिसकेपछि मात्रै यस लेखलाई प्रमुख लेख घोषित गर्दा उपयुक्त होला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४५, ९ फेब्रुअरी २०२० (युटिसी(UTC))

नेटालिया[सम्पादन गर्नुहोस्]

नेटालिया

नेटाली क्याट्रिन नाइडहर्ट-विलसन (जन्म: २७ मे १९८२) एक क्यानडेली-अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको मा कार्यरत छिन् जहाँ उनी नेटालिया नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्यूडब्ल्यूईमा दुईवटा च्याम्पियनसिप जितेकी छिन् जसमा उनी एक पटक डिभास विजेता र एकपटक स्म्याकडाउन महिला विजेता बनेकी छिन्।

नाइडहर्ट तेस्रो पुस्ताको पहिलो महिला कुस्ती खेलाडी हुन् र उनी हर्ट कुस्ती परिवारकी एक सदस्य पनि हुन्। उनले हर्ट परिवार अन्तर्गतका आफ्ना काकाहरू रोज र ब्रुस हर्टमार्फत कुस्तीको प्रशिक्षण लिएकी थिइन्। सन् २०००२००१ मा उनले म्याट्रेस कुस्ती शिक्षण केन्द्र गई आफ्नो कुस्ती खेललाई पदोन्नति गरेकी थिइन् भने उनले सन् २००३ मा स्ट्यामपेड रेस्लिङमा पर्दापण गरेकी थिइन्। सन् २००४ देखि २००५ सम्म नाइडहर्टले दुवै इङ्ल्यान्डजापानमा आयोजित विभिन्न कार्यक्रमहरूमा कुस्ती खेलेकी थिइन्। सन् २००५ जुनमा उनी पहिलो स्ट्यामपेड महिला प्यासिफिक विजेता बन्न सफल भएकी थिइन् र त्यसै गरि उनले सन् २००६ अक्टोबरमा सुपरगर्ल्स च्याम्पियनसिप पनि जितेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९६९, अक्षर: ४९०.५, स्पेस: १४५
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: प्रसिद्ध महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १६:५७:१३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३९, १८ फेब्रुअरी २०२० (+0545)
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले प्रमुख लेख घोषित गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:३९, १८ फेब्रुअरी २०२० (+0545)

सासा बेङ्क्स[सम्पादन गर्नुहोस्]

मार्सिडेस केस्ट्नर-भर्नाडो (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको मा कार्यरत छिन् जहाँ उनी सासा बेङ्क्स नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक बेइलीसँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्।

उनले सुरुवाती चरणमा स्वतन्त्र श्रृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक महिला विजेता र हाल बेइलीसँग एकपटक पहिलो महिला ट्याग टिम विजेता हुन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७१२, अक्षर: ३६९.५, स्पेस: १०७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: प्रसिद्ध महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १६:५४:५७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १५:१७, २४ फेब्रुअरी २०२० (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १५:२५, २४ फेब्रुअरी २०२० (+0545)

बेइली (कुस्ती खेलाडी)[सम्पादन गर्नुहोस्]

पामेला रोज मार्टिनेज (जन्म: १५ जुन १९८९) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको मा कार्यरत छिन् जहाँ उनी बेइली नामले कुस्ती खेल्ने गर्छिन्। उनी हाल पहिलोपटक स्म्याकडाउन महिला विजेता हुन् र त्यसको साथसाथै उनी पूर्वी डब्ल्यूडब्ल्यूई महिला ट्याग टिम विजेता (सासा बेङ्क्ससँग), र महिला विजेता र एनएक्सटी महिला विजेता पनि बनेकी थिइन्। डब्ल्यूडब्ल्यूईमा आफ्नो कार्यकाल सुरुवात गर्नु भन्दा पूर्व मार्टिनेजले स्वतन्त्र सर्किटमा डेभिना रोजको नामले कुस्ती खेल्ने गर्थिन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४९८, अक्षर: २४२, स्पेस: ७१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: विश्व प्रसिद्ध महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १६:५२:३७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १५:१७, २४ फेब्रुअरी २०२० (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १०:४२, १८ फागुन २०७६ (नेपालकाे प्रमाणिक समय)

सार्लेट फ्लेयर[सम्पादन गर्नुहोस्]

एस्ली एलिजाबेथ फ्लेयर (जन्म:५ अप्रिल १९८६) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी, लेखिका र अभिनेत्री हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग आवद्ध छिन् जहाँ उनी स्म्याकडाउन ब्रान्डमा कार्यरत छिन्। उनी हाल सार्लेट फ्लेयर नामले कुस्ती खेल्ने गर्छिन्। उनी चर्चित कुस्ती खेलाडी रिक फ्लेयरकी छोरी हुन्।

सार्लेटले व्यवसायिक कुस्ती जीवनको सुरुवाती चरणमा आफ्नो बुबासँग वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा देखा परेकी थिइन् भने उनले सन् २०१२ देखि डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५९९, अक्षर: २९५, स्पेस: ८३
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: एक विश्व प्रख्यात महिला कुस्ती खेलाडी भएकाले
२०२० फेब्रुअरी २४, १५:३९:१८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
-- सामुदायिक समर्थनको आधारमा यस हप्ताको लागि प्रमुख लेख घोषित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२७, १० मार्च २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नउगाँ जिल्ला[सम्पादन गर्नुहोस्]

नउगाँ (बाङ्ला: নওগাঁ জেলা) बाङ्लादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा पर्दछ। नउगाँ सहर यस जिल्लाको प्रमुख सहर हो। यो जिल्ला २४°३२' देखि २५°२३' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पूर्व देशान्तरणमा अवस्थित छ। नउगाँ जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये ३४३५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तरबाट घेरेको छ भने यस जिल्ला दक्षिणमा राजशाहीनाटोर जिल्ला रहेका छन्। त्यस्तै गरि यस जिल्लाको पूर्वमा जयपुरहाट, बगुडानाटोर जिल्ला रहेका छन् भने पश्चिममा नवावगञ्ज जिल्ला रहेको छ। यस जिल्ला आत्राई, पुनर्भाह, जमुना, शिव, नगर आदि नदिहरू रहेका छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६१७, अक्षर: ३२६.५, स्पेस: ९६
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: बाङ्लादेश एक ऐतिहासिक तथा महत्त्वपूर्ण जिल्ला
२०२० फेब्रुअरी २४, १४:१९:२९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १३:५८, २८ फागुन २०७६ (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १३:५८, २८ फागुन २०७६ (नेपालकाे प्रमाणिक समय)

उरिदू[सम्पादन गर्नुहोस्]

उरिदू कतारी सेयरधनी कम्पनी (अरबी: أوريدو‎‎}) पूर्व कुतल, एक अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो कतारमा दूरसञ्चार सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि हो। सन् २०१४ सम्म, यो देशको सबैभन्दा ठूलो सार्वजनिक कम्पनीहरू मध्ये एक हो जसमा १४,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनी सफलतापूर्वक विभिन्न वित्तीय बजारहरूमा सूचीकृत भएको छ जसमा यो दोहामा सन् १९९८, लन्डनमा १९९९, बहराइनमा सन् २००१ र अबु धाबीमा सन् २००२ मा सूचीत भएको थियो। क्यूटेलले सन् २००५ मा, खाडी सफल पुरस्कार र सन् २००६ मा खाडी आर्थिक पुरस्कार समेत जित्न सफल भएको थियो। यो संसारको सबैभन्दा ठूलो मोबाइल दूरसञ्चार कम्पनीहरु मध्ये एक हो, जसको सेप्टेम्बर २०१५ सम्ममा विश्वभरि ११५ मिलियन भन्दा बढी ग्राहकहरू रहेका थिए। यो सन् २००५ देखि छिटो वृद्धि हुने दूरसञ्चार कम्पनी पनि हो। कतारमा यस कम्पनी, विश्वको उत्कृष्ट दूरसञ्चार सेवा प्रदानका लागि व्यक्तिगत, संयुक्त र घरेलू ग्राहकहरूको छनौट बन्न सफल छ। उरिदूले ओमानमा उरिदू ओमान मार्फत सेवा पुर्‍याएको छ। यो १५औँ एसियाली खेलकुदको आयोजक समितिको मुख्य सदस्य पनि हो। १५औँ एसियाली खेलकुद दोहामा १ देखि १५ डिसेम्बर २००६ सम्म आयोजना गरिएको थियो र यसले कार्यक्रमको बेलामा विशेष रूपमा दूरसञ्चार सेवा प्रदान गरेको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११२४, अक्षर: ५९६.५, स्पेस: १८१
  • मुख्य सम्पादक: पर्वत सुबेदी, हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एसियाली बहुराष्ट्रिय दूरसञ्चार कम्पनी
२०२० फेब्रुअरी २५, १३:१९:१३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) ११:१९, १० चैत २०७६ (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) ११:१९, १० चैत २०७६ (नेपालकाे प्रमाणिक समय)

एक सर्को माया[सम्पादन गर्नुहोस्]

एक सर्को माया जिएस पौडेलद्वारा लिखित एक नेपाली उपन्यास हो। यो उपन्यास वि.स. २०७५ साल वैशाख २९ गतेका दिनमा बुलबुल प्रकाशनद्वारा प्रकाशन गरिएको थियो। यस एक सर्को उपन्यास जिएस पौडेलको पहिलो उपन्यास सङ्ग्रह हो। यो उपन्यास लगातार नेपाली उपन्यास जगतमा प्रकाशित उपन्यासहरू भन्दा फरक धारमा रहेको छ। यस्तै यस उपन्यासको देशका विभिन्न ठाउँमा नेपाली साहित्यक प्रेमीहरूले समीक्षा गरेर उपन्यास उत्कृष्ट भएको भनि धरै ठाउँबाट धेरै जनाले सकारात्मक प्रतिक्रिया जनाएका थिए। जिएस पौडेल पहिलो कृति सार्वजनिक भएपछि उनी नेपाली साहित्यिक क्षेत्रमा र साहित्य प्रेमी माझ प्रख्यात बन्न पुगेका थिए। पौडेलले एक सर्को माया उपन्यासमा भ्रमको संसारभित्र वास्तविकता र वास्तविक भनिएका तथ्यहरूभित्र नीहित भ्रमसँग खेलेर एउटा लोभलाग्दो कथानक रचेका छन्। यो उपन्यास काठमाण्डौका विभिन्न स्थान र नवलपुरमा पनि विमोचन गरिएको थियो। यस उपन्यासमा प्रख्यात साहित्यकार कृष्ण धरावासीको भूमिका रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८५१, अक्षर: ४३६, स्पेस: १२७
  • मुख्य सम्पादक:Bhupendra Shresthaपर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: पहिलाे पटक एक नेपाली उपन्यास प्रमुख लेखका रूपमा हुने भएकाले
२०२० मार्च १३, ०७:०१:४३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) ११:१४, १७ चैत २०७६ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) ११:१४, १७ चैत २०७६ (नेपालकाे प्रमाणिक समय)

लियाम पेन[सम्पादन गर्नुहोस्]

लियाम पेन सन् २०१८ मा

लियाम जेम्स पेन (जन्म २९ अगस्ट १९९३) एक बेलायती गायक तथा सङ्गीतकार हुन्। उनी एक बेलायती साङ्गीतिक समूह वान डिरेक्सनको सदस्यको रूपमा चर्चित भएका थिए। उनले सन् २००८ मा बेलायती दूरदर्शन कार्यक्रम 'द एक्स फ्याक्टर'को लागि अडिसन दिएर आफूलाई पहिलो पटक एक गायकको रूपमा उभ्याएका थिए। एकल गायकको रूपमा उनी सो दूरदर्शन कार्यक्रमबाट बाहिरिए पछि सन् २०१० मा उनले पुन: अडिसन दिएका थिए र चार सदस्यहरूका साथ एक साङ्गीतिक समूहको स्थापना गरिएको थियो जसको नाम वान डिरेक्सन राखिएको थियो। यस साङ्गीतिक समूहले त्यसपछि पाँच गिती सङ्गालो जारी गर्नुका साथै चार विश्व भ्रमण गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत जित्न सफल भएको थियो। पेनले अन्य केही निर्माताहरूसँग सहकार्य गरि गायिका सेरिल तथा आफ्नो साङ्गीतिक समूहका सदस्यहरूको सहायतामा गीतहरूलाई समायोजन गर्ने काम पनि गरेका थिए।

सन् २०१६ मा पेनले उत्तर अमेरिकामा रिपब्लिक रेकर्ड्ससँग एक रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेका थिए। मे २०१७ मा, पेनले स्ट्रिप द्‌याट डाउन नामक गीतलाई आफ्नो आगामी पहिलो गिती सङ्गालोबाट एकल गीतको रूपमा सार्वजनिक गरेका थिए। यो गीत बेलायती एकल चार्टमा तेस्रो स्थान र संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १००मा १०अौँ स्थानमा पुग्न सफल भएको थियोे। यससँगै यो गीत दुवै देशहरूमा प्लेटिनम प्रमाणित भएको थियोे। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ११८५, अक्षर: ६२१, स्पेस: १८७
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: मापदण्ड पुरा
२०१८ डिसेम्बर ३०, ०६:०१:४८ (युटिसी) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित— २६ जनवरी २०१९ १०:०४ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १२:४८, २५ चैत २०७६ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १२:४८, २५ चैत २०७६ (नेपालकाे प्रमाणिक समय)
  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever १०:४१, १६ जनवरी २०१९ (युटिसी(UTC))
  •  असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:४८, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • लेखमा अत्यधिक व्याकरणिय गल्तिहरू रहेकोले  असमर्थन - Nirjal stha (कुरा गर्ने) १६:३१, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC))