तामाङ जाति
तामाङ | |
---|---|
जम्मा जनसङ्ख्या | |
१६,३९,०५० नेपाल ................................................... ७,३४,००० +भारत | |
भाषाहरू | |
तामाङ |
तामाङ जाति , नेपालको मध्यपहाडी र पुर्व उत्तर भारतीय क्षेत्रमा आदिमकाल देखि बसोवास गर्ने मुलबासी हुन् । मातृभाषा तामाङ बोलिने यी जातिमा १२ तामाङ र १८ भन्दा बढी उपथर रहेका छन् । तामाङ समुदायको भाषा भोट बर्मेली परिवार भित्र पर्दछ । नेपालमा तामाङ जातिको जनसङ्ख्या वि.सं. २०७८ सालको जनगणना अनुसार १६,३९,०५० अर्थात ५.६२% रहेको पाइन्छ र भारतीय तामाङ हरु ७,३४,९०० को आसपासमा सिक्किम, दार्जीलिंग र कलिमपोंगमा बसोबास गर्छन ।
इतिहास
[सम्पादन गर्नुहोस्]बसोबास तथा नामकरण
[सम्पादन गर्नुहोस्]'तामाङ' जाति नाम (Ethno-name) शब्द हो । Ethnicity अर्थात जाति भन्ने UN को ILO 169 अनुसार कुनै पनि देशमा आदिम काल देखि बस्दै आइरहेका मुल जाति वा आफ्नै छुट्टै पहिचान भएका राष्ट्रलाई बुझाउँदछ । त्यसैले तामाङ जाति एक छुट्टै भाषा, धर्म, लिपि र संस्कृति भएका नेपालका एक प्रमुख जाति वा राष्ट्र हो । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरूपमा महायानी बौद्ध धर्म अन्तरति निङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरू प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौं सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार हुनु भन्द अगाडि नै तामाङहरूले बौद्ध धर्म अपनाइसकेका थिए । तामाङ जाति मुलरूपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटानसम्म फैलिएका छन ।
तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ 'ताम्बा' । ताम अर्थात 'भाषा' वा 'कुरा' हुन्छ र '-बा'को अर्थ 'व्यक्ति/कर्ता' हुन्छ तसर्थ 'ताम्-बा'को शाब्दिक अर्थ 'भाषा प्रारम्भ गर्ने व्यक्ति पनि भन्ने अर्थ हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्त्व र अहम भूमिका रहेको हुन्छ ।
नामकरण
[सम्पादन गर्नुहोस्]थर र उपथर
[सम्पादन गर्नुहोस्]{{columns-list|8|style=width: 100px;| १. दोङ २. गाङ्दन ३. गोले ४. बल ५. तितुङ ६. योञ्जन ७. बोम्जन ८. डुमजन ९. लोप्चन १०. मिक्चन ११. घिसिङ १२. लो १३. घ्लान १४. ग्याबाक/ग्याबा १५. नेगी १६. मोक्तान १७. स्याङतान १८. पाख्रिन १९. स्याङबो २०. थोकर २१. वाइवा २२. जिम्बा २३. रुम्बा २४. गोङबा २५. थिङ २६. तोइसाङ २७. ग्रोप २८. लुङवा २९. वाइवा ३०. ब्लोन ३१. च्यावा ३२. जेङदेन ३३. स्योङ ३४. लामाखोर ३५. बज्यू ३६. गोल्देन ३७. बल्देन ३८. दाम्देन ३९. होप्तेन ४०. विम्देन ४१. चोदङ ४२. दार्जो ४३. तुप्पा ४४. दारताङ ४५. काइतान ४६. ङेके ४७. काल्देन ४८. वोडगन ४९. नेरणेन ५०. झ्यूमी ५१. ङारदेन ५२. मारपा ५३. ब्लेन्देन ५४. ल्याङसेन ५५. कारदेन ५६. माम्बा ५७. डिम्डुङ ५८. गोम्बो ५९. गोम्जा ६०. ग्यान ६१. च्याङग्री ६२. छेमेन ६३. लोबा ६४. ग्येके ६५. ग्युजो ६६. ङयाङजो ६७. लोकर ६९. गेरम्बा ७०. च्याबा ७१. छेलेङार्तेन ७२. नाम्राङ ७३. पाजुन्देन ७४. गिङथन ७५. गाम्देन/गोम्देन ७६. दुर्पा ७७. कर्मावा ७८. ममेखोर ७९. म्लेन्देन ८०. क्युङवा ८१. दाम्राङ ८२. कार्ते ८३. गेमसिङ ८४. बालतोङ ८५. छेपेङकर ८६. सिङदन ६९. ङेसुर
सांस्कृतिक धार्मिक
[सम्पादन गर्नुहोस्]आफ्नै प्रकारको विशिष्ट पुख्यौली एवं सामाजिक संस्कार बोकेर, मानेर हिडेका तामाङ जातिको सामाजिक संस्कार एवं व्यवहारहरूलाई तल उल्लेख गरिएको छ ।
जन्म संस्कार
[सम्पादन गर्नुहोस्]क. छेवार
[सम्पादन गर्नुहोस्]तामाङहरु चुडाकर्मलाई छेवार भन्ने गर्छन् । छेवारलाई तामाङहरु टाप्चे पनि भन्ने गर्दछन् । छोवार तामाङहरुको तेस्रो संस्कार हो । यो समुदायको विभिन्न संस्कारहरु मध्ये छेवार पनि महत्वपूर्ण संस्कार मानिन्छ । छोराहरूको मात्र छेवार गरिन्छ । ५ देखि १५ वर्ष भित्र गर्ने गरिन्छ । छेवरलाई मामामुखी संस्कार पनि भनिन्छ । मामाको अनुपस्थितिमा छेवार गर्न सकिंदैन र छेवार नभए अरू कर्म गर्न सकिंदैन । मामा नहुनेले नजिकको कुटुम्बलाअी मामा मानेर काम चलाइन्छ । मामाको हातबाट शुभसाइत ठहर्याइ विशेष गरेर मामाको निर्देशन र सरसल्लाह अनुसार यो कार्य गरिन्छ । मामाको हातबाट केश मुण्डन गर्ने, वस्त्र दिने, टीका लगाउने र दक्षिणा दिने यो कार्यमा मामा, बाजे, बज्यै र मामाका सन्तानलाई सगुन लिएर मान्न जाने, निर्देशन लिने र विशेष सम्मान गरिन्छ । विशेष सम्मानका साथ खसी, राँगा, भैँसी, कुखुरा, रक्सी, रोटी लिएर सुगनसूत गर्छन् । छेवरको दिन ताम्बा, बोन्बो, गान्बा, चोहो, दिम्बा, छ्याङम्बा सहितले कार्य घरभन्दा केहि परसम्म गएर लिन जानु पर्दछ । त्यसरी लिन जाँदा डम्फुरेले डम्फु गीत गाएर गीतबाट स्वागत गर्छन् भने दिम्बाले सम्पूर्ण मामा खलकलाअी खादा लगाअी ढोग गर्दै स्वागत गर्छन् । यसरी स्वागत र सगु्न गरेर मामालाअी घरमा ल्याउने गरिन्छ र आसनमा बसालेर विधिपूर्वक मार्यादिन सम्मान गरिन्छ । साथै कार्य सकिए पछि भोज, नाचगान, भेला गराइन्छ र विदा हुने बेलामा मामाले भान्जालाई आर्शिवाद दिने र गच्छे अनुसार उपहार दिएर मामालाई विदा गरिन्छ । काटेको कपाल १५ दिनपछि लामाको हातले बुद्ध धर्मको शरणमा जाओस भन्दै कपालको ठुटो काटिन्छ । यस कार्यलाई भने “टाप्चे” भनिन्छ ।
ख. जन्म संस्कार (थाप्साङ–सुतक चोख्याउने काम, मिन्दो–न्वारण)
[सम्पादन गर्नुहोस्]गर्भधारणदेखि विवाह हुन अघिसम्म गरिने सबै संस्कारहरूलाई जन्मसंस्कार अन्तरगत समावेश गर्न सकिन्छ । तामाङ जातिमा निम्न संस्कारहरु गरेको पाइन्छ ।
- न्वारन - लामाद्वारा जन्मेको ७ दिनदेखि १३ दिनभित्र,
- अन्नप्रशान - जन्मेको ६ महिनादेखि ९ महिनाभित्र ,
- छेवर - जन्मेको ३ वर्षदेखि ९ वर्षभित्रसम्म,
- गुफा बस्ने - विद्याकर्म ।
- थाप्साङ - तामाङ भाषामा थाप भनेको कोही सुत्केरी भएकाले भएको वा मानिने अशुद्ध वा सुतक र साङ भनेको त्यसरी हुन पुगेको अशुद्धलाई चोख्याउने काम वा विधि भन्ने अर्थ हुन्छ । अर्थात् थाप्साङ भनेको न्वारन नभइ सुतकले भएको अशुद्धीलाई चोख्याउने काम मात्र हो । तर न्वारन होइन । तामाङ भाषामा न्वारन अर्थात् नाम राख्ने कार्यलाई मिन्दो (मिन दोन्बा) भनिन्छ ।
- बुढो अन्नप्राशन - वृद्ध भएर दाँत झरेर फेरी उम्रेमा गर्ने अन्न प्राशन ।
विवाह संस्कार
[सम्पादन गर्नुहोस्]मंगोल नश्लका तामाङ बौद्ध, बोन र प्रकृति पुजक समुदाय हो । तामाङहरुको कुनै थर हुँदैन । तामाङहरुको समूह हुन्छ । त्यस समूह वा खलकलाअी ह्रुअी भनिन्छ । तामाङ समुदायमा स्वाँगे परम्परा हुन्छ । यस परम्परालाअी तामाङहरु ङारु भन्ने गर्छन् । ङारु ङाम ह्रुअीबाट बनेको शब्द हो । ङाम (नजिक) र ह्रुअी (हड्डी समूह) मिलेर ङारु बनेको देखिन्छ । तामाङहरु विवाहको लागि ङारु भित्र नपर्ने ह्रुअीका मानिससँग मात्र गर्नु पर्ने सामाजिक नियमलाअी मान्दैआएका छन् । तामाङहरूको विवाहपद्धतिलाई हेर्दा मागी, चोरी, प्रेम, जारी तथा विधुवा विवाह गर्ने गर्दछन् । यो समुदायमा मामाचेला, फुपुचेला (आफ्नो नजिको थरको नभई अर्कै थरको,जस्तै:थिङ थर भएकोले थिङ वंशको नजिकको नाता पर्ने बाहेकको) विवाह गर्ने प्रचलन व्यापक रूपमा पाइन्छ । यो विवाह संस्कार सम्पन्न गर्न चाङ म्हाअीबा, चाङह्रीबा, पोङथान्बा, छिबाखिबा, विभिन्न प्रकार र मान्यताका स्ह्याल्गार, चारताम लगायतका विधिकार्यहरु विधिवत अनिवार्य सम्पन्न गर्नु पर्दछ ।
मृत्युसंस्कार
[सम्पादन गर्नुहोस्]तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्त्वपुर्ण संस्कारको रूपमा लिएको पाइन्छ । यिनीहरु बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरु पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्दछन् । मृत्यु पश्चात् आत्मालाई मोक्ष दिन बौद्ध धर्म ग्रन्थ अनुसार लामाको विधिले मृत्यु संस्कार कार्य सम्पन्न गरिन्छ । तामाङ जातिमा मृत्यु संस्कार भित्र पर्ने विधिहरूलाई यहाँ राखिएको छ ।
क. शव उठाउने र शवयात्रा
[सम्पादन गर्नुहोस्]व्यक्तिको मृत्युपछि आफन्तले कुङताङमा गच्छे अनुसार भएमा १०८ बत्तिभन्दा बढी म्हाँरमेन बत्ति बाल्ने गरिन्छ । बौद्ध परम्परा अनुसार लामाहरूलाई खबर गरी फोवा गर्ने, धुपी आदि र अगरबत्तीको धुपबध्वार गर्ने गरिन्छ ।
ख्. दाह संस्कार
[सम्पादन गर्नुहोस्]तामाङ जातिमा शव यात्रा पछिको मृत्यु संस्कारमा दाहसंस्कारको क्रम आउँछ ।
ग. पंचशीलको पालना
[सम्पादन गर्नुहोस्]तामाङ जाती बौद्ध धर्मको महायान सम्प्रादायका हुन । महायानी बुद्ध धर्म अनुसार आफन्तको मृत्यु भएको ४९ औँ दिनसम्म पंचशीलको पालना गर्नु पर्दछ । हिन्दु समुदायको जस्तो कपाल खौरिने, नुन बार्ने, सेतो लुगा लगाउने आदि गर्नु पर्दैन ।
घ. उनन्चास (४९) जुठो फुकाउने तथा घेवा
[सम्पादन गर्नुहोस्]तामाङहरूको अन्तिम संस्कार (समग्रमा) उनन्चास गर्ने , जुठो फुकाउने आदि सबै कार्यलाई घेवा भनिन्छ । तामाङ जातिमा मृत्युसंस्कार हुने क्रिया तथा घेवा ३ किसिमको पाइन्छ :
- एक दिने घेवा--लामाको विधि अनुसार पहिलो दिनको घेवाको नाम एक दिने घेवा वा एक विहाने घेवा भनिन्छ । तर यो पनि गर्न दिनभरी लाग्दछ ।
- एकराते घेवा--लामाकै विधि विधान अनुसार दोश्रो एक राते घेवा बिहान शुरु भएर दिनभरदेखि रातभर गरेर त्यसको भोलिपल्टको विहान सकिन्छ । जसको सन्तान छैन त्यस्ताले जीवित अवस्थामा आफैले पनि यस किसिमको घेवा गर्दछन् ।
- रंगे घेवा-- यो घेवालाई तेस्रो घेवा मानिन्छ । तामाङहरूले मृतकको नाममा चैत्य तथा माने बनाउने गर्दछन् । यसलाई हिकी तथा माने पनि भनिन्छ । यसमा ཨོཾ་ མཎི་ པདྨེ་ ཧུྃ་ भन्ने मन्त्र अंकित हुन्छ । कसै कसैले जीवित हुँदै चैत्य बनाउने गर्दछन् ।
बसोबास
[सम्पादन गर्नुहोस्]नेपालको राजधानी काठमाण्डौ उपत्यकाका आसपासका केहि जिल्ला ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ्ग,नुवाकोट र यससँग सिमाना जोडिएका दोलखा, रामेछाप, मकवानपुर, धनकुटा लगायत केहि अन्य ठाउँहरूमा तामाङहरूको बस्ती रहेको छ । यी जिल्लामा तामाङ जातिको बसोबास आवादी वहुसंख्यक रूपमा रहेको छ।
भेषभूषा तथा गरगहना
[सम्पादन गर्नुहोस्]बौद्ध धर्म अध्ययन गर्ने लामाहरु पहेंलो र रातो बस्त्र चिवर धारण गर्दछन् । बौद्ध धर्मावलम्बी अनुयायीहरू अथवा उपासाक उपासिकाले चही तामाङको मौलिक पोशाकहरू लगाउने गरिन्छ भने अन्य पोशाकलाई पनि अत्यन्तै आस्था र महत्त्व दिन्छन्।
द्रष्टव्य - चिवर (बौद्ध भिक्षुहरूले लगाउने वस्त्र)
चाडपर्वहरु
[सम्पादन गर्नुहोस्]तामाङ जाति बौद्ध धर्मावलम्बी भएकोले बुद्ध धर्म सङ्ग सम्बन्धित महोत्सव/ पर्व र बौद्ध धर्मको चार महोत्सवलाई धेरै मान्यता दिने गरिन्छ। बुद्धका लिला सङ्ग आधारित पर्व / महापर्व मनाउदैं आएका छ्न्।
ल्होछार (ल्हो= बर्ष, छार= नयाँ)
[सम्पादन गर्नुहोस्]प्रत्येक बर्षमा एउटा ह्लोछारको आरम्भ हुने गर्छ। जुन तामाङ जातिको नया बर्षको सुरूवात पनि हो। ह्लोछार 2 सब्दको अर्थ मिलेर बनेको हुन्छ। ह्लो = बर्ग , छार = नयाॅ । जुन शब्दले प्रत्यक बर्षमा नया वर्ग(ह्लोछार)को आरम्भ भयो भन्ने बुझाउछ।
सिंगुन खास्योर ङ्या (तेमाल जात्रा)
[सम्पादन गर्नुहोस्]गोने ङ्या
[सम्पादन गर्नुहोस्]दुगु ङ्या (बुद्ध जयन्तु)
[सम्पादन गर्नुहोस्]सोकराती ङ्या
[सम्पादन गर्नुहोस्]बोइतापा ङ्या
[सम्पादन गर्नुहोस्]लोक बाजाहरू
[सम्पादन गर्नुहोस्]तामाङ जातिले डम्फु, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन्।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np।