सामग्रीमा जानुहोस्

बगाले थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(थापा बगालेबाट अनुप्रेषित)
बगाले थापा/बगाल्या थापा
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा (खस कुरा)
धर्महरू
हिन्दु धर्ममष्टो धर्म[]
सम्बन्धित जातीय समूह
पौडेल, कालिकोटे खड्का, पानी पोखरेल, अर्याल
बगाले थापाहरूको क्षत्रिय वंश चिह्न
बगाले थापाहरूको निशानकालिका ध्वजा पताका जसको पहिलो प्रयोग युद्धमा गरिन्थ्यो

बगाले थापा वा बगाल्या थापा खस समुदायको क्षेत्री थापाहरूको एक कुलघरान हो । नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली थर थापाको एक उपसमुह हो । यिनीहरू क्षेत्री वर्गका भारोपेली भाषी पर्वते खस हुन् । राजा कालु थापा आत्रेयगोत्री बगाले थापाहरूका मूलपुरुष हुन् ।

बगाले थापा शुद्ध क्षत्री हुन् ः

[सम्पादन गर्नुहोस्]

पौड्याल, अर्याल, मल्ल लगायतका केही अन्य जातका वंशावलीहरुमा बगाले थापाहरुलाई आफ्नो वंशसँग जोडिएको पाइन्छ । पौड्याल वंशावलीमा कालु थापालाई वत्सराज भट्ट (ब्राम्हण)को छोराको रुपमा देखाइएको छ । एउटै व्यक्ति वत्सराजका पाँचभाइ छोराहरुलाई जेठो–सिग्देल, माइलो–शाही ठकुरी, साँइलो–थापा क्षत्री, काँइलो–मल्ल ठकुरी र कान्छो–पौड्याल ब्राम्हणको रुपमा देखाइएको छ । जुन विषय आफैमा तर्क र प्रमाणहिन त छँदै छ हाँसो लाग्ने पनि छ । हिन्दू धर्म र परम्परामा अन्यत्र कहीँ पनि एउटै बाबुका छोरा पाँच प्रकारका भिन्न जातहरु लिएर जन्मेको पाइँदैन र यस्तो हुँदैन पनि । हुन्छ के भने ? ब्राम्हणले क्षत्री स्त्री ल्याई त्यसबाट जायजन्म भएमा त्यस्तो सन्तान ‘खत्री क्षत्री’ हुन्छ, अन्य जातको हुँदैन । बगाले थापाहरु राजा भई सकेका र वीर योद्धाको रुपमा सेनाको उच्च पदमा प्रतिष्ठित भएकाले उनीहरुसँग आफ्नो रगतको साइनो देखाएमा समाजमा मान प्रतिष्ठा बढ्ने र अन्य जातिहरुको आक्रमण र अवहेलनाबाट सुरक्षित रहन सकिने हुँदा बगाले थापासँग वंशावली जोडिएको हुन सक्छ । बगाले थापा क्षत्रीहरु शुद्ध ‘क्षत्री’ हुन, अन्य कुनै जातसँग घिसिएर–मिसिएर आएका होइनन् ।

प्राचिन इतिहास

[सम्पादन गर्नुहोस्]
अभयनर राजा कालु थापा क्षत्री, आत्रेयगोत्री बगाले थापाहरूका मूलपुरुष

गोरखा राजवंशावलीका अनुसार बगाले थापाहरू जुम्लामा रहँदा शक्तिशाली देखिन्छन् ।[] थापा वंशावलीका अनुसार श्रीशाके ११११ (वि.सं. १२४६) मा डोटीको कांडामालिकामा आत्रेय गोत्रका राजा कालु थापाले राज्यारोहण गरेका थिए।[][] उनी त्रिप्रवर शुक्लयजुर्वेदी, धनुर्वेदी मध्यान्दिनी शाखाअध्यायी नामक उपाधिधारक राजा थिए।[] तिनै मूलपुरुष कालु थापाका सन्तानहरू वर्तमानको आत्रेयगोत्री बगाले थापा भनी चिनिन्छन्।[] पुलाचौर, म्याग्दी मा जेठा पूर्णखर (पुन्याकर) थापा, ताकम, म्याग्दीमा माहिँला तारापति थापा, रुकुमकोट, रुकुममा साहिँला विरु थापा र ज्यामरुककोट, म्याग्दीमा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।[] थापा वंशावलीको एक कथनः

... श्रीशाके ११११ सम्वत् १२४६ साल देषि थापाहरूका सन्तति कुलका आदि कालु थापा हुनः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिँला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिँला हुनः ।। रुकुमकोटका साहिँला हुनः ।। जमरिकका कान्छा जशोधर (धर्मराज) हुनः तिनले जमरिकमा राज्य पनि गर्याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।।...[]

तर चन्द्रप्रकाश बानियाँले ३ भाइहरू पुण्याकर, तारापति र धर्मराज क्रमशः पुला, ताकम र ज्यामरुककोटका राजा हुन् भनी लेखेका छन् भने रुकुमकोटका विरुको नाम उल्लेख छैन।[] कर्णाली प्रदेशबाट उत्पत्ति भएका बगाले थापाहरू पश्चिमबाट पूर्व सर्ने क्रममा गण्डकी प्रदेशमा प्रवेश गरेका थिए।[]

मध्य इतिहास

[सम्पादन गर्नुहोस्]
राष्ट्रिय विभूति मुख्तियार जर्नेल भीमसेन थापा, एक बगाले थापा

बगाले थापाहरू इतिहासदेखि सशक्त पदहरू जस्तै मुखिया, जिम्मल, पञ्चप्रधान, बडाहाकिम, काजी आदिबाट सुशोभित छन् । उनीहरू नेपाली राजनीतिको वृतमा अग्रज देखिन्छन् ।[] १८ औँ शताब्दीमा बगाले थापाहरू प्रशासनिक एवम् सैनिक कार्यभारमा दक्ष मानिन्थे ।[] त्यसैले पलाञ्चोकका बगाले थापाहरूका अग्रज काजी काशीराम थापालाई कान्तिपुरका राजा जयप्रकाश मल्लले राज्य नियन्त्रण गर्न र गोरखाली सेनाहरूलाई पराजित गर्न नियुक्त गरेका थिए ।[][] काशीरामलाई छली गरी गौरीघाटमा मृत्युदण्ड दिएपश्चात पलाञ्चोके थापाहरूले गोरखाका लागि युद्ध लडे र नेपालको एकीकरणमा भाग लिए ।[]

ज्युँदो बाघ भनिएका राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा पनि बगाले थापा हुन् ।[१०] उनी पलाञ्चोकको युद्धमा वीरगति पाएका गोरखाका बाघ बुढा भीमसिंह थापाका छोरा हुन् । उनले स्वयम् पनि सम्पूर्ण नेतृत्व लिँदै लम्जुङ्ग देखि काँगडासम्म विजय गरेका थिए । अमरसिंहका पुत्र रणजोर सिंह थापा पनि नेपाल-अंग्रेज युद्धका सर्जक हुन् भने पुत्र रणध्वज थापा काठमाण्डौ केन्द्रका सहायक काजी थिए । त्यसैगरी राष्ट्रिय विभूति मुख्तियार जर्नेल भीमसेन थापा गोरखाको बगाले थापा काजी वीरभद्र थापाका नाति हुन् । वीरभद्र थापाले नेपालको एकीकरणमा सिन्धुलीगढीको युद्धमा इस्ट-इन्डिया कम्पनीलाई पराजित गरेका थिए । उनका कान्छा छोरा र भीमसेनका पिता सानुकाजी अमरसिंहले नेपाली-तिब्बत युद्ध लडेका थिए । भीमसेनले पनि १९ औँ शताब्दीमा केन्द्रिय राजनीतिक शक्तिमा थापा खलकको उदय गराएका थिए । उनका भतिजा माथवरसिंह थापा पनि नेपालको प्रधानमन्त्री हुन् [१०] भने भतिजी महारानी नायबी ललित त्रिपुरा सुन्दरी हुन् ।

प्रथम प्रधानमन्त्री माथवरसिंह थापा, एक बगाले थापा काजी

त्यस्तै भीमसेनका भाइ नैनसिंह थापा भारदार र जनरल थिए । उनी थापाथली दरबारका मालिक थिए । अर्का भाइ रणवीर सिंह थापाले नेपाल-अंग्रेज युद्धमा मकवानपुर देखि हरिहरपुरसम्मको मोर्चा सम्हालेका थिए । नैनसिंहका जेठा छोरा काजी उजीर सिंह थापाले पाल्पामा अंग्रेज विरूद्ध गरेको रणनीतिक चतुर्याइँ चरितार्थ छ । पछिल्लो समयमा नेपाली सेनाका प्रधान सेनापति भएका धर्मपालवरसिँह थापा पनि बगाले थापा नै हुन् ।[१०]

माथवरसिंह थापा, एक बगाले थापा

यिनीहरूले नेपालको कुल जनसङ्ख्याको ठूलै हिस्सा ओगेटेको छन् । म्याग्दी जिल्ला, बाग्लुङ जिल्ला, पर्वत जिल्लामा यिनीहरूको पूर्वजको शासन रहँदा त्यहाँ बगाले थापाहरूको ठूलो बस्ती छ । गोरखाको बोर्लाङ गाविसमा ऐतिहासिक बगाले थापा वंशजहरूले बसोबास गरे । यिनीहरूलाई जुम्ली खस मानिने हुनाले मध्यपश्चिम नेपालतिर पनि बगाले थापा पाइन सक्दछन् । उनीहरू ठूला दरबारिया परिवार बन्न पुगे र काठमाण्डौको थापाथलीमा बसोबास गर्न पुगे। यिनै परिवारका काजी नैनसिंह थापाले थापाथली दरबार निर्माण गरेका हुन् । ओखलढुङ्गा जिल्लाको पोखरे गाविसमा पर्ने हिलेछाप चिसङ्खुगढीमा बगाले थापाहरू लामो समयदेखि बसिआएका छन् । त्यसैगरी धादिंग जिल्लाको कर्किडाडा, सिम्ले ,रानिबारी तथा रामेछाप जिल्लाको भलुवाजोर अनि सिन्धुली जिल्लाको अमारेमा पनि बगाले थापा धेरै अघि देखि बसोबास गर्दै आएका छन् l सिन्धुपाल्चोक जिल्लाको बतासे र थाङपाल्कोटमा धेरै अघि देखी बसोबास गर्दै आएका छन् ।

थापा बगालेले मान्ने विशेष पर्वहरू

[सम्पादन गर्नुहोस्]
प्रधानमन्त्री माथवरसिंह, एक बगाले थापा

पूर्वी नेपालमा निम्न कथन एवम् परम्परा प्रचलित छ। नौ मुरी चामल नङले उधार्नुपर्ने र अमलाको पातको सङग्रह गर्ने झन्झटले मष्टो पुजा (देवाली) त्यागी भीमसेनको पाँच पत्थर घरमा स्थापित गरी पुजा गर्न थाले। दसैंमा घटस्थापनाको दिन देखि बली दिने राँगोको क्रियापुत्री बस्न एक खस बाहुन मनोनित गर्छन्। फुलपाती डोलीमा चढाई बाजा बजाउँदै भित्र्याउँछन्। कालरात्रीको दिन प्रत्येक बगालेको घरबाट एक पुरूष प्रचण्ड व्रत बस्छन् र रातमा कालरात्रीमा मौलो पुजा गरी राँगो बली दिई विधिपूर्वक मनाउँछन्। नेपालका शाह वंशका राजाले हिलेछाप, पोखरेका बगाले थापा क्षत्रीलाई मौलो दिएको पूर्वी नेपालमा प्रचलित छ ।

उल्लेखनीय बगाले थापाहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी स्रोत

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]