भीमराव अम्बेडकर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

भीमराव रामजी अम्बेडकर
युवा अवस्थमा बाबा साहेब अम्बेडकर
जन्म (१८९१-०४-१४)अप्रिल १४, १८९१
महू, सेन्ट्रल प्रोभिन्स, ब्रिटिश भारत (वर्तमान मध्य प्रदेशमा)
मृत्यु ६ डिसेम्बर १९५६(१९५६-१२-०६) (६५ वर्ष)
दिल्ली, भारत
राष्ट्रियता भारतीय
अन्य नाम महान बोधिसत्त्व, बाबा साहेब
शिक्षा बी.ए., एम.ए., पी.एच.डी., एम.एससी., डी. एससी., एलएल.डी., डी.लिट., बार-एट-लॉ (जम्मा ३२ डिग्री अर्जीत)
अल्मा मेटर मुम्बई विश्वविद्यालय
कोलम्बिया विश्वविद्यालय
लण्डन विश्वविद्यालय
लण्डन स्कूल अफ इकनमिक्स
संस्थान समता सैनिक दल, स्वतन्त्र लेबर पार्टी, अनुसूचित जाति फेडरेशन, भारतको बौद्ध सोसायटी
उपाधि भारतका प्रथम कानून मंत्री, संविधान मसौदा समितिका अध्यक्ष
राजनीतिक दल भारतीय रिपब्लिकन पार्टी
राजनीतिक कृयाकलाप अम्बेडकरको बौद्ध धर्म
धर्म बौद्ध धर्म
जिवनसाथी रामाबाई अम्बेडकर (विवाह १९०६) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: रामाबाई to भीमराव अम्बेडकर" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A5%80%E0%A4%AE%E0%A4%B0%E0%A4%BE%E0%A4%B5_%E0%A4%85%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%87%E0%A4%A1%E0%A4%95%E0%A4%B0),
सविता अम्बेडकर (विवाह १९४८) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: सविता अम्बेडकर to भीमराव अम्बेडकर" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A5%80%E0%A4%AE%E0%A4%B0%E0%A4%BE%E0%A4%B5_%E0%A4%85%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%87%E0%A4%A1%E0%A4%95%E0%A4%B0)
पुरस्कार भारत रत्‍न (१९९०)

डा० भीमराव रामजी अम्बेडकर ( १४ अप्रिल , १८९१ -- ६ डिसेम्बर , १९५६ ) एक भारतीय विधिवेत्ता तथा सुधारवादी हुन्। उनी एक राजनीतिक नेता, सुधारवादी बौद्ध गुरु तथा भारतीय संविधान का निर्माता पनि थिए। उनलाई बाबासाहेब नामले पनि चिनिन्छ। यिनको जन्म एक गरीब अस्पृश्य (अछूत) परिवारमा भएको थियो। बाबासाहेब अम्बेडकरले आफ्नो सारा जीवन हिन्दू धर्मको हिन्दू वर्ण व्यवस्था, र भारतीय समाजमा व्याप्त जातीय व्यवस्थाका विरुद्धको संघर्षमा बिताए। हिन्दू धर्ममा मानव समाजलाई चार वर्णहरूमा वर्गीकृत गरिएको छ। अम्बेडकरलाई बौद्ध महाशक्तिहरूको दलित आन्दोलन प्रारम्भ गर्ने श्रेय पनि जान्छ। बाबासाहेब अम्बेडकरलाई भारत रत्नले पनि सम्मानित गरिएको छ, जो भारतको सर्वोच्च नागरिक पुरस्कार हो।

उनी त्यसबेला अछूतहरू मानिएका दलित मध्येका पहिलो व्यक्ति थिए जसले धेरै सामाजिक र वित्तीय बाधाहरू पार गरेर, भारतमा कलेजको शिक्षा प्राप्त गरे। अम्बेडकरले कानूनको उपाधि प्राप्त गर्नका साथै विधि, अर्थशास्त्र अनि राजनीतिक विज्ञानमा आफ्नो अध्ययन र अनुसन्धानका कारण कोलम्बिया विश्वविद्यालयलण्डन स्कूल अफ इकनमिक्सबाट धेरै डक्टरेट डिग्रीहरू पनि अर्जित गरे। अम्बेडकर एक प्रसिद्ध विद्वानका रूपमा आफ्नो देश फर्के र केही वर्ष उनले वकालतको अभ्यास गरे। उनले केही पत्रिकाहरूको प्रकाशन पनि गरे, जसद्वारा उनले भारतीय अस्पृश्यहरूका राजनैतिक अधिकारहरू र सामाजिक स्वतन्त्रताको वकालत गरे डा. अम्बेडकरलाई भारतीय बौद्ध भिक्कूले बोधिसत्वको उपाधि प्रदान गर्यो।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

भीमराव रामजी अम्बेडकरको जन्म ब्रिटिसद्वारा केन्द्रीय प्रान्त (अहिले मध्य प्रदेशमा) मा स्थापित नगर अनि सैन्य छावनी मऊमा भएको थियो।[१] उनी रामजी मालोजी सकपालभीमाबाई मुरबादकरको १४ औं अनि अन्तिम सन्तान थिए।[२] तिनको परिवार मराठी थियो र त्यो अंबावडे नगर जो आधुनिक महाराष्ट्रका रत्नागिरी जिल्लाहरूमा छ, सँग सम्बन्धित थियो। उनी हिन्दू महार जाति सँग सम्बन्ध राख्थे, जसलाई अछूत भनिन्थ्यो र तिनीहरूका साथ सामाजिक र आर्थिक रूपले गहिरो भेदभाव गरिन्थ्यो। अम्बेडकरका पूर्वज लामो समयसम्म ब्रिटिश ईस्ट इण्डिया कम्पनी को सेनामा कार्यरत थिए, र तिनको पिता, भारतीय सेनाको मऊ छावनीमा सेवामा थिए र यहाँ काम गर्दै तिनी सूबेदारका पदसम्म पुगेका थिए। उनले मराठी र अंग्रेजीमा औपचारिक शिक्षाको डिग्री प्राप्त गरेका थिए, आफ्ना नानीहरूलाई स्कूलमा पढने र कडा मेहनत गर्नका लागि सधैं प्रोत्साहित गर्थे।

कबीर पन्थसित सम्बन्धित यस परिवारमा, रामजी सकपाल, आफ्ना नानीहरूलाई हिन्दू ग्रन्थहरू, विशेष रूपले महाभारतरामायण पढनका लागि प्रोत्साहित गरिन्थ्यो। उनले सेनामा आफ्नो हैसियतको उपयोग आफ्ना नानीहरूलाई सरकारी स्कूलदेखि शिक्षा दिलाउनमा गरे, किनभनें आफ्नो जातिका कारण तिनलाई यसका लागि सामाजिक प्रतिरोधको सामना गर्नु परिरहेथ्यो। स्कूली पढाईमा सक्षम भएर पनि अम्बेडकर र अन्य अस्पृश्य नानीहरूलाई विद्यालयमा अलग बसाइन्थ्यो र अध्यापकहरू द्वारा न त ध्यान नैं दिइन्थ्यो, न कुनै सहायता गरिन्थ्यो। उनहरूलाई कक्षा भित्र बस्ने अनुमति थिएन, साथै तिर्खा लागेमा कुनै ठूलो जातिको व्यक्तिले माथिबाट पानी तिनका हातमा दिइन्थ्यो, किनभनें तिनिहरूलाई पानी अनि पानीका भाँडालाई छुने अनुमति थिएन। मानिसहरूका मुताबिक यस्तो गरेमा लागि पात्र र पानी दुइटै अपवित्र हुन्थे। विशेषतयामा यो काम स्कूलका चपरासी द्वारा गरिन्थ्यो जसको अनुपस्थितिमा बालक अम्बेडकरले पनि दिन भरि पानी बिना रहनु पर्थ्यो। १८९४ मा राम सकपाल सेवानिवृत्त भएपछि सपरिवार सतारा गए र यसका दुइ वर्ष पछी, अम्बेडकरकी आमाको मृत्यु भयो। नानीहरूको देखभाल तिनीहरूकी काकीले कठिन परिस्थितिमा रहँदै गरिन् रामजी सकपालका केवल तीन छोरा, बलराम, आनन्दराव र भीमराव र दुइ छोरीहरू मंजुला र तुलासा मात्र कठिन हालतमा जीवित बाँचे। आफ्ना भाइहरू र बहिनीहरूमा केवल अम्बेडकर नैं स्कूलको परीक्षामा सफल भए र यसका पछि ठूला स्कूलमा जानमा सफल भए। आफ्नो एक देशस्त ब्राह्मण शिक्षक महादेव अम्बेडकर जो उनी सँग विशेष स्नेह राख्थे (को भनाई अनुसार) अम्बेडकरले आफ्नो नामले सकपाल हटाएर अम्बेडकर जोडे जो तिनको गाउँको नाम "अम्बावडे"मा आधारित थियो।

रामजी सकपालले १८९८मा पुनर्विवाह गरे र परिवारका साथ मुम्बई गए। त्यहाँ अम्बेडकर एल्फिंस्टोन रोडमा स्थित सरकारी हाई स्कूलका पहिला अछूत छात्र बने।[३] पढाईमा आफ्नो उत्कृष्ट प्रदर्शनका बावजूद, अम्बेडकर लगातार आफ्नो विरुद्ध भैरहेको यस अलगाव र, भेदभावदेखि व्यथित थिए। १९०७मा मैट्रिक परीक्षा पास गरेपछि अम्बेडकरले बंबई विश्वविद्यालयमा प्रवेश लिए र यस प्रकार उनी भारतमा कलेजमा प्रवेश लिने पहिला अस्पृश्य बनेका थिए। तिनको यस सफलताबाट तिनको पूरा समाजमा एक खुशीको लहर चल्यो, र पछि एक सार्वजनिक समारोह तिनको सम्मान गरिएको यसै समारोहमा तिनको एक शिक्षक कृषणजी अर्जुन केलूसकरले तिनलाई महात्मा बुद्धको जीवनी भेंट गरे, श्री केलूसकर, एक मराठा जातिका विद्वान थिए। अम्बेडकरको विवाह एक वर्ष पहिला हिन्दू रीतिका अनुसार दापोली की, एक नौ वर्षीय लडकी, रमाबाईसित तय गरिएको थियो। १९०८ मा, उनले एलिफिंस्टोन कलेजमा प्रवेश लिए र बडौदाका गायकवाड शासक सहयाजी राव तृतीयबाट संयुक्त राज्य अमेरिकामा उच्च अध्धयनका लागि एक पच्चीस रूपया प्रति माहिनाको छ्त्रवृत्ति प्राप्त गरे। १९१२मा उनले राजनीतिक विज्ञानअर्थशास्त्रमा आफ्नो डिग्री प्राप्त गरे, र बडौदा राज्य सरकारको नौकरी गर्न तैयार भए। तिनकी पत्नीले आफ्नो पहिलो छोरो यशवंतलाई यसै वर्ष जन्म दिइन्। अम्बेडकर आफ्नो परिवारका साथ बडौदा आए तर चाँडै नैं तिनलाई आफ्नो पिताको बीमारीको कार बंबई फिर्ता जानु पर्‍यो, जसको मृत्यु २ फेब्रुअरी १९१३मा भयो।

महान बोधिसत्त्व भीमराव अम्बेडकरको बाइसवटा प्रतिज्ञाहरू[सम्पादन गर्ने]

  1. म ब्रह्मा, विष्णु र महेशमा कुनै विश्वास छैन न त म तिनीहरूलाई पूजा गर्नेछ।
  2. म राम र कृष्ण, जुन भगवानको अवतार मानिन्छन, त्यसमा कुनै विश्वास गर्दिनँ न त म तिनीहरूलाई पूजा गर्नेछ।
  3. म गौरी, गणपति र हिन्दुहरूको अन्य देवताहरूमा आस्था राख्ने छैन र न त म तिनीहरूलाई पूजा गर्नेछ।
  4. म भगवानको अवतार मा विश्वास गर्दिनँ।
  5. भगवान् बुद्ध विष्णुको अवतार थियो भन्ने कुरालाई म विश्वास गर्दिनँ र कहिलै पनि गर्ने छैन, म यसलाई पागलपन र झूटा प्रचारमा मान्दछु।
  6. म श्रद्धामा भाग लिने छैन र न त पिंड-दान दिनेछ।
  7. म बुद्धको सिद्धान्तहरू र शिक्षाका उल्लङ्घन हुने प्रकारले व्यवहार गर्ने छैन।
  8. म कुनै पनि ब्रह्माहरू द्वारा हुने समारोहको स्वीकार गर्दैन।
  9. म मानिसको समानतामा विश्वास गर्दछु।
  10. म समानता स्थापना गर्न प्रयास गर्नेछु।
  11. म बुद्धको आष्टांगिक मार्गका अनुशरण गर्नेछु।
  12. म बुद्ध द्वारा निर्धारित पारमिताका पालना गर्नेछु।
  13. म सबै जीवित प्राणीहरू प्रति दयामाया र प्यार राख्नेछु तथा तिनीहरूलाई सुरक्षा गर्नेछु।
  14. म चोर्न छैन।
  15. म झूठ बोल्ने छैन।
  16. म कामुक पापहरू गर्ने छैन।
  17. म रक्सी, लागूपदार्थ र मादकपदार्थको सेवन गर्ने छैनन्।
  18. म महान् आष्टांगिक मार्गका पालनको प्रयास गर्नेछु एवं सहानुभूति र दयामायाको दैनिक जीवनमा अभ्यास गर्नेछु।
  19. म हिन्दु धर्मको त्याग गर्नेछु जुन मानवताको लागि हानिकारक छन् र उन्नति र मानवताको विकासमा बाधक छन्, किनकि यो असमानतामा आधारित छन्, र आफ्नो धर्मको रूपमा बौद्ध धर्मलाई अपनाउने छु।
  20. म दृढ साथ विश्वास गर्नेछु कि बुद्ध धर्म नै सत्य धर्म हो।
  21. मलाई विश्वास छ कि म फेरि जन्म लिने छ।
  22. म गम्भीरता एवं दृढताको साथ घोषित गर्नेछु कि म यस (धर्म परिवर्तन) पछि आफ्नो जीवनलाई बुद्धको सिद्धान्त र शिक्षा एवं उनको धर्म अनुसार मार्गदर्शन गर्नेछु।

महापरिनिर्वाण[सम्पादन गर्ने]

सन् १९४८ देखि नै अम्बेडकर मधुमेह बाट पीडित थियो। जून देखि अक्टूबर १९५४ सम्म उहाँ एकदमै बिमार रहिन, उस समयमा उहाँ कमजोरी भैरहेको दृष्टि बाट ग्रसित थियो। राजनीतिक मुद्दा हरू द्वारा उदास अम्बेडकरको स्वास्थ्य असाध्यै खराब हुँदै गयो र सन् १९५५ को समयमा गरिएको निरन्तर कामले उहाँलाई सिकिस्त बनाइदियो। आफ्नो अन्तिम पाण्डुलिपि "बुद्ध र उनको धर्म" को पुरा गरिएको तीन दिन पछि ६ दिसम्बर १९५६ मा अम्बेडकरको महापरिनिर्वाण दिल्ली उहाँको घरमै भएको थियो। ७ दिसंबर को दिन मुम्बईमा दादर चौपाटी समुद्र तट मा बौद्ध शैलीले अन्तिम संस्कार गरिएको थियो जसमा उहाँको लाखौं समर्थकहरु, कार्यकर्ताहरू र प्रशंसकहरू ले भाग लिए। उहाँको अन्तिम संस्कारको समय उहाँलाई साक्षी राखेर उहाको लगभग १०,००,००० अनुयायी हरूले बौद्ध धर्मको दीक्षा लिएको थियो, जुन विश्वको इतिहासमा पहिलो चोटि भएको थियो। मृत्युपछि अम्बेडकर को परिवारमा उहाको दोस्रो श्रीमती डा० सविता अम्बेडकर रहेको थियो जो जन्म देखि नै ब्राह्मण थियो तर उहाँको साथै उनी पनि धर्म परिवर्तन गरी बौद्ध भएको थियो, तथा दलित बौद्ध आन्दोलनमा बाबासाहेब अम्बेडकर पछि (बाबासाहेब को साथ) बौद्ध बन्ने पहिलो व्यक्ति थियो। विवाह भन्दा पहिले उहाँको पत्नीको नाम डा० शारदा कबीर थियो। डा० सविता अम्बेडकर को एउटा बौद्धको रूपमा सन् २००२ मा मृत्यु भए, अम्बेडकर नाति, प्रकाश यशवंत अम्बेडकर, भारिपा बहुजन महासंघको नेतृत्व गर्दछन् र भारतीय संसदको दुवै घरमा सदस्य पनि रहेको थियो।

मुम्बईमा उहाँकोधेरै अधुरा टंकलिपित तथा हस्तलिखित मसौदहरू अम्बेडकरको नोट र पत्रमा पाएको छन्। त्यस मध्ये Waiting for a Visa (Autobiography) जुन सन् १९३५-३६ बीचको आत्मकथानात्मक काम हो र Untouchables or the Children of India's Ghetto जुन सन् १९५१ को जनगणनामा सम्बन्धित् छन्। एउटा स्मारक अम्बेडकरको दिल्ली स्थित उहाँको घर २६ अलीपुर रोड मा स्थापित गरिए को थियो। अम्बेडकर जयन्तीमा सार्वजनिक अवकाश राखिन्छन। सन् १९९० मा उहाँले मरणोपरांत भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न ले सम्मानित गरे को थियो। धेरै सार्वजनिक संस्थानका नाम उहाँको सम्मान को लागि उहाँको नाम मा राखिएको छन्, जस्तै हैदराबाद, आंध्र प्रदेश को डा० अम्बेडकर मुक्त विश्वविद्यालय, बी आर अम्बेडकर बिहार विश्वविद्यालय- मुजफ्फरपुर, डा० बाबासाहेब अम्बेडकर अंतरराष्ट्रीय हवाई अड्डा नागपुर मा छन्, जुन पहिले सोनेगांव हवाई अड्डको नाम ले चिनिन्थियो। अम्बेडकर को एउटा विशाल आधिकारिक चित्र भारतीय संसद भवन मा प्रदर्शित गरिए। मुम्बईमा उहाँको स्मारक हरेक साल लगभग पन्ध्र लाख मानिसहरू वार्षिकोत्सव (14 अप्रैल), पुण्यतिथि (6 दिसम्बर) र धर्मचक्र प्रवर्तनको दिन (14 अक्टूबर) नागपुरमा, उहाँलाई आफ्नो श्रद्धांजलि अर्पित गर्नुको लागि जम्मा हुने गर्दछन। अम्बेडकरको सयकडौ पुस्तकालय स्थापित भए र लाखौं रुपियाँको पुस्तकहरू बिक्री गरिन्छन। आफ्नो अनुयायि हरूको लाई उहाँको महान् संदेश थियो, शिक्षित बन्नु, सङ्गठित रहन्नु र संघर्ष गर्नु!

महान बोधिसत्त्व भीमराव अम्बेडकरको किताब एवं ग्रन्थ[सम्पादन गर्ने]

डा० बाबासाहेब अम्बेडकर ज्ञानको भण्डार नै थियो। उहाँले अंग्रेजी, हिन्दी, मराठी, पालि, संस्कृत, गुजराती, जर्मन, पर्शीयन, फ्रेंच तथा बंगाली भाषा को पूर्ण ज्ञान थियो। बाबासाहेब अम्बेडकर ले सबै राजनेताहरू को तुलनामा सबै भन्दा अधिक लेख लेखिएको छन्। सामाजिक संघर्षमा सधै सक्रिय र व्यस्त भएको बावजुद पनि उहाँले यति धेरै किताबहरू, निबन्ध, लेख एवं भाषणको ज्यादै सङ्ग्रह साँच्चै नै अद्भुत छन्। उहाँ असामान्य प्रतिभाको धनी थियो र यस प्रतिभा एवं क्षमता उहाँले आफ्नो कठिन परिश्रम द्वारा हासिल गरेको थियो। उहाँ एकदम साहसी लेखक वा ग्रंथकर्ता थिए, उहाँको हरेक किताबमा उहाँको असामान्य विद्वता एवं उहाँको दुरदर्शता को परिचय हुन्छन्। डा० बाबासाहेब अम्बेडकरको किताबहरू भारतमा मात्र नभई विश्वमा नै एकदम प्रसिद्ध छन्, र पुरा विश्वमा पढ्दछन्। उहाँले लेख्नु भएको भारतीय संविधान लाई भारत को राष्ट्रग्रंथ मानिन्छन, भारतीय संविधान कुनै पनि धर्मग्रन्थ भन्दा कम छैनन् तथा विश्व को प्रमुख महानत् किताब मध्ये एक हुन्। भगवान बुद्ध र उनको धर्म नामक उहाँको ग्रन्थ भारतीय बौद्धका धर्मग्रन्थ हुन् र बौद्ध देशहरूमा धेरै प्रसिद्ध र महत्वपूर्ण छ। उहाँको ग्रन्थ रुपयाँ को समस्या बाट भारतको केन्द्रिय बैंक अथवा रिज़र्व बैंक ऑफ इंडिया को स्थापना भए। राजनिती, अर्थशास्त्र, मानवविज्ञान, धर्म, समाजशास्त्र, कानुन आदि क्षेत्रमा उहाँले किताब लेख्नु भएको थियो।

डॉ. अम्बेडकर द्वारा रचित किताबका सूची

  • Administration and finance of the East India Company (Thesis for MA Degree, May 2015)
  • The Evolution of Provincial Finance in British India (Thesis for PhD, 1917, published 1925)
  • The problem of the Rupees: Its Origin and Its Solution (Thesis for DSc, Published 1923)
  • Annihilation of Caste (May 1936)
  • Which way to Emancipation? (May 1936)
  • Federation versus Freedom (1936)
  • Pakistan or the Partition of India / Thoughts on Pakistan (1940)
  • Rande, Gandhi and Jinaah (1943)
  • Mr. Gandhi and the Emancipation of the Untouchables (Sep 1943)
  • What Congress and Gandhi Have Done to the Untouchables (June 1945)
  • Communal Deadlock and a Way to Solve It (May 1946)
  • Who Were the Shudras? (October 1946)
  • A critique of The Proposals of Cabinet Mission for Indian Constitution changes in so far as they affect the Scheduled Castes (Untouchable) (1946)
  • The Cabinet Mission and the Untouchables (1946)
  • States and Minorities (1947)
  • Maharashtra as a Linguist Province (1948)
  • The Untouchables: Who Were They are Why The Become Untouchables (October 1948)
  • Thoughts on Linguistic States: A critique of the Report of the States Reorganization Commission (Published 1955)
  • The Buddha and His Dhamma (1957)
  • Riddle's in Hinduism
  • Dictionary of Pali Language (Pali-English)
  • The Pali Grammar
  • Waiting for a Visa (Autobiography)
  • A people at Bay
  • Untouchables or the Children of India's Ghetto
  • Can I be a Hindu?
  • What the Brahmins Have Done to the Hindus
  • Essays of Bhagwat Gita
  • India and Communism
  • Revolution and Counter-revolution in Ancient India
  • The Buddha or Karl Marx
  • Constitution and Constitutionalism
  • On Franchise and Framing Constituencies (1919)
  • Statement of Evidence to the Royal Commission of Indian Currency (1926)
  • Protection of the Interests of the Depressed Classes (May 29, 1928)
  • State of Education of the Depressed Classes in the Bombay Presidency (1928)
  • Constitution of the Government of Bombay Presidency (May 17, 1929)
  • A Scheme of Political Safeguards for the protection of the Depressed in the Future Constitution of a Self- governing India (1930)
  • The Claims of the Depressed Classes for Special Represention (1931)
  • Franchise and Tests of Untouchability (1932)
  • The Cripps Proposals on Constitutional Advancement (July 18, 1942)
  • Grievances of the Schedule Castes (Oct 29, 1942)
  • Castes in India: Their Genius, Mechanism and Development (1918)
  • Mr. Russel and the Reconstruction of Society (1918)
  • Small Holding In India and Their Remedies (1918)
  • Currency and Exchanges (1925)
  • The Present Problem of Indian Currency (Apr 1925)
  • Report of Taxation Enquiry Committee (1926)
  • Thoughts on the Repform of Legal Education in the Bombay Presidency (1936)
  • The Rise and Fall of Hindu Women (1950)
  • Need for checks and Balances (Apr 23, 1953)
  • Buddha Pooja Path (Marathi) (Nov 1956)

सन्दर्भ[सम्पादन गर्ने]

  1. Jaffrelot, Christophe (2005). Dr. Ambedkar and Untouchability: Fighting the Indian Caste System. New York: Columbia University Press. p. 2. ISBN 0-231-13602-1 . 
  2. Pritchett, Frances. "In the 1890s" (PHP). http://www.columbia.edu/itc/mealac/pritchett/00ambedkar/timeline/1890s.html. अन्तिम पहुँच मिति: 2006-08-02. 
  3. Pritchett, Frances. "In the 1900s" (PHP). http://www.columbia.edu/itc/mealac/pritchett/00ambedkar/timeline/1900s.html. अन्तिम पहुँच मिति: 2006-08-02. 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  • Arun Shourie: "Worshipping False Gods: Ambedkar and the Facts that have Been Erased", Publisher: Rupa Publications. (2005)
  • Mahar, Buddhist. Religious Conversion and Socio-Political Emancipation by Johannes Beltz, २००५, New Delhi, Manohar.
  • Reconstructing the World: B.R. Ambedkar and Buddhism in India edited by Johannes Beltz and S. JondhaleNew Delhi: OUP.
  • Dr. Ambedkar and Untouchability: Analyzing and Fighting Caste by Christophe Jaffrelot (२००५) ISBN ०-२३१-१३६०२-१
  • Ambedkar and Buddhism by Urgyen Sangharakshita ISBN ०-९०४७६६-२८-४
  • Ambedkar: Towards an Enlightened India by Gail Omvedt ISBN ०-६७०-०४९९१-३
  • Life of Babasaheb Ambedkar by C. Gautam, Published by Ambedkar Memorial Trust, London, Milan House, ८ Kingsland Road, London E२ ८DA Second Edition, May २०००
  • Thus Spoke Ambedkar Vol-I* (Selected Speeches of Dr. B.R. Ambedkar) Compiled and edited by Bhagwan Das, published by Dalit Today Parkashan,१८/४५५,Indira Nagar, Lucknow (U.P.)India-२२६०१६
  • Revival of Buddhism in India and Role of Dr. BabaSaheb B.R. Ambedkar by Bhagwan Das, published by Dalit Today Prakashan,१८/४५५,Indira Nagar, Lucknow (U.P.)India-२२६०१६
  • Dr. Ambedkar: A Critical Study by W.N. Kuber, published by People's Publishing House, New Delhi, India.
  • Dr Dr. Baba Saheb Ambedkar : Anubhav Ani Athavani by Bhaskar Laxman Bholay, A Sahitya Akademi translation award winning book, २००१, Nagpur
  • Dr. Ambedkar: Life and Mission by Dhananjay Keer published by Popular Prakashan, Mumbai, India.
  • Economic Philosophy of Dr. B.R. Ambedkar by M.L. Kasare published by B.I. Publications Pvt. Ltd.,New Delhi, India.
  • The Legacy Of Dr. Ambedkar by D.C. Ahir published by B.R.Publishing Corporation, Delhi-११०००७,India. (ISBN ८१-७०१८-६०३-X Code No. L००५२२)
  • Ajnat, Surendra: Ambedkar on Islam. Buddhist Publ., Jalandhar १९८६.
  • Fernando, W. J. Basil: Demoralisation and Hope: Creating the Social Foundation for Sustaining Democracy—A comparative study of N. F. S. Grundtvig (१७८३ -१८७२) Denmark and B. R. Ambedkar (१८८१-१९५६) India. AHRC Publication., Hong Kong २०००. (ISBN ९६२-८३१४-०८-४)
  • http://www.columbia.edu/itc/mealac/pritchett/00ambedkar/ambedkar_partition/index.html Pakistan or the Partition of India

बाह्य कडीहरू[सम्पादन गर्ने]