सामग्रीमा जानुहोस्

बोडो भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेचे भाषाबाट अनुप्रेषित)
बोडो भाषा
बोरो भाषा
बर'/बड़
देवनागरी लिपिमा लेखिएको 'बोरो राव'
मूलभाषीउत्तरपूर्व भारत
रैथाने(हरू)बोडो मानिस
मातृभाषी वक्ता१.४ मिलियन
चिनियाँ-तिब्बती
देवनागरी लिपि (आधिकारिक)
रोमन (प्रयोग बढ्दो)
पूर्वी नागरी (पूर्व)
देवढाई (अप्रमाणित)
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत (बोडोल्यान्ड, आसाम)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३brx
ग्लोटोलगbodo1269[]
अन्तर्गत एक शृङ्खलाको भाग
भारतको संवैधानिक मान्यता प्राप्त भाषाहरू
श्रेणी
भारतीय गणतन्त्रको २२ आधिकारिक भाषाहरू

असमिया  · बङ्गाली  · बोडो  · डोगरी  · गुजराती
हिन्दी  · कन्नड  · कश्मीरी  · कोङ्कणी  · मैथिली
मलयालम  · मराठी  · मणिपुरी  · नेपाली
ओडिया  · पन्जाबी  · संस्कृत  · सन्थाली  · सिन्धी
तमिल  · तेलगु  · उर्दु

सम्बन्धित

भारतीय संविधानको आठौँ अनुसूची
आधिकारिक भाषा आयोग
भारतका शास्त्रीय भाषाहरू
भारतका वक्ता अनुसार भाषाहरूको सूची




बोडो[] (बर'/बड़ [bɔɽo]), र बोरो,[] चिनियाँ तिब्बती भाषा हो जसलाइ खास गरी प्राथमिक रूपमा उत्तरपूर्व भारत, नेपालबङ्गाल क्षेत्रका बोडो जातिहरूद्वारा बोल्ने गरिन्छ। यो भारतको स्वायत्त क्षेत्र बोडोल्यान्डको आधिकारिक भाषा र आसामको सह-आधिकारिक भाषा हो।[] यो भाषा भारतीय संविधानको विशेष संवैधानिक दर्जा प्राप्त २२ अनुसूचित भाषाहरू मध्ये एक हो।[] सन् १९६३ देखि यो भाषा देवनागरी लिपिमा लेख्ने गरिन्छ। पहिले यो भाषा रोमन तथा आसामी लिपिमा लेख्ने गरिन्थ्यो। केही भाषाविद्हरूका अनुसार यो भाषाको आफ्नै लिपि थियो जसलाई देवढाई लिपि भन्ने गरिन्थ्यो, समयको परिवर्तनसँगै हराउँदै गएको हो।

सन् १९१३ देखि विभिन्न बोडो सङ्गठनहरूद्वारा सुरु गरिएको सामाजिक-राजनीतिक जागरण र आन्दोलनहरूको परिणाम स्वरूप, यो भाषालाई सन् १९६३ मा बोडो बहुल क्षेत्रहरूको प्राथमिक विद्यालयमा शिक्षा माध्यमको रूपमा प्रयोगमा ल्याइएको थियो। वर्तमान समयमा, बोडो भाषा माध्यमिक स्तरसम्मको शिक्षाको माध्यमको रूपमा अध्ययन गराउने गरिएको छ र यो भाषा आसाम राज्यको सम्बद्ध आधिकारिक भाषा हो। सन् १९९६ देखि गुवाहाटी विश्वविद्यालयमा स्नातकोत्तर स्तरको पाठ्यक्रममा बोडो भाषा र साहित्यलाई स्थान दिइएको छ। कविता, नाटक, लघु कथाहरू, उपन्यास, जीवनी, यात्रा वृतान्त, बच्चाहरूको साहित्य र साहित्यिक आलोचना माथि धेरै सङ्ख्यामा बोडो भाषाका पुस्तकहरू छन्। बोडो भाषाको विभिन्न बोलीहरू रहेका छन् तर कोकराझाड जिल्लाको वरिपरीको क्षेत्रमा प्रयोग गरिने बोलीलाई स्तरीय र मानक बोली मानिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "बोडो-मेच", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. [१]
  3. "In terms of nomenclature, both Bodo and Boro are equally prevalent. The influential Bodo Sahitya Sabha (Bodo Literary Society) has approved the use of both Boro and Bodo to name the language. Many past and recent studies on the language like Burton-Page (1955), Bhat (1968), Bhattacharya (1977), Joseph and Burling (2001, 2006), Basumatary (2005), Boro (2007) and DeLancey (2010, 2011) have described the language as Boro. In this paper, we follow the name frequently used in these works on Boro and therefore use Boro." (Das & Mahanta 2019:1f)
  4. "Table 1 - LSI: Bodo; Modern name: Boro" (Jaquesson 2017:101)
  5. "OMG! These 8 famous facts about India are actually myths | Free Press Journal", freepressjournal.in (en-GBमा), मूलबाट १९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-१८ 
  6. "Languages Included in the Eighth Schedule of the Indian Constitution" 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]