विशाल नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बिशाल नेपालबाट अनुप्रेषित)
नेपालको एकीकरण
गोर्खा अधिराज्य
नेपालको वृहत रूप
नेपाल अधिराज्यको वृहत रूप (१८०५) मा।
गोर्खा अधिराज्यको स्थापना१५०० ई
पृथ्वीनारायण शाहको जन्म१७२३
पृथ्वीनारायण शाह राजा बनेको१७४३
गोर्खा अधिराज्य नाम परिवर्तन१७६९ (नेपाल अधिराज्य)
विभिन्न क्षेत्रको एकीकरण
नुवाकोट१७४४
किर्तिपुर१७६६
सिक्किम, दार्जीलिंग१७८८-१७९०
कान्तिपुर, भक्तपुर१७६८
ललितपुर१७६९
सेन अधिराज्य१७७३
किराती राज्य१७७५
बाइसे राज्य१७८७
चौबिसे राज्य१७८१
कुमाउँ१७९०
गढवाल१८०४
विशाल नेपालको दुर्भाग्य
नेपाल अंग्रेज युद्ध१८१४-१६
सुगौली सन्धि२ डिसेम्बर १८१५

विशाल नेपाल वा बृहत नेपाल (अङ्ग्रेजी: Greater Nepal) भनेको वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। आजको नेपाल इतिहासको असमान सन्धि र त्यो सन्धिको कार्यन्वयन हुन नसकेको कारणको नतिजा हो। त्यही इतिहासको विशाल भू-भागलाई सम्झेर नेपालीहरूले प्राचीन नेपालको भौगोलिक स्वरूपलाई विशाल-नेपाल अर्थात ग्रेटरनेपाल भनिन्छ। यो शब्द नेपाली राष्ट्रवादीहरूले एङ्ग्लो-नेपाल युद्ध भन्दा अघिको नेपालको भूभागलाई जनाउन प्रयोग गर्ने शब्द हो। अङ्ग्रेजसँग नेपालले गुमाएको भूमि लडेको युद्ध जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ हुनुभन्दा अगाडि नेपालको भूभागभित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाञ्चल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारिसम्मका भूभाग काँगडा सम्म, पूर्वतर्फ सिक्किम, दार्जिलिङ, समेटने टिष्टा नदी सम्मका भूभाग जसको क्षेत्रफल ३,३४,२५० थियो लाई पनि मिठो ऐतिहसिक स्मरणका साथ विशाल नेपाल भनेर सम्झन चाहन्छन्। यो भूभाग नेपाल अङ्ग्रेज युद्धको समाप्ति भएको घोषणा गर्ने सुगौली सन्धिसँगै नेपालले इस्ट इन्डिया कम्पनीको स्वामित्वमा छोडिदिनुपरेको थियो। तर वर्तमान समयमा ती गुमेका भूभाग फिर्ता लिन नेपालमा अहिलेसम्म बनेका सरकार संयन्त्रहरूले कुनै चासो न देखाएको हेर्दा एउटा राष्ट्रका लागि लज्जास्पद विषय हुन पुगेको छ । पर्याप्त प्रमाण, अन्तराष्ट्रिय कानुन अनुसार पनि र तमाम सन्धि सम्झौताहरूमा फिर्ता भइसकेको अवस्थामा पनि नेपालका सरकारहरूले फिर्ता लिनुको साटो उल्टै भाएको भूभाग पनि इंडियालाई बुझाउने गरेको र इंडियाको चाकरी गरेको अवस्था देखिएको छ। नेपालको महान् इतिहासलाई परचक्रीको पाउमा चढाएको अवस्था छ। देश र जनताको अवस्था पनि उस्तै प्रकारको हुँदा जनतामा यो भावना जगाउन र जनआन्दोलनद्वारा विदेशीको गोटी बनेका सबै सरकारहरूलाई दवाब दिनका लागि समस्त नेपाली जनतामा विशाल नेपाल सम्बन्धित जानकारीको प्रचार प्रसार गर्न एकदम अपरिहार्य देखिन्छ..

"पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ।"
"कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ।"
जय राष्ट्र! जय नेपाल !!

इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन खसकाल र किराँत कालमा नेपाल विशाल थियो र यसको सिमाना पूर्वमा कामरु, कामक्ष, दक्षिणमा कतूर र पश्चिममा काँगडासम्म थियो। र यसका आधारहरू “स्कन्द पुराण”को ८१औँ अध्यायमा स्पष्ट व्याख्या छ, ईसा पूर्व १००० वर्ष पहिलेको अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि नेपाल बारेको व्याख्या छ।

२२०० वर्ष पुरानो सम्राट् अशोकको लुम्बिनीमा स्थापित स्तम्भ “अशोक स्तम्भ” जहाँ 'हिंद-बुद्ध गाते नेपाल' अथवा बुद्ध यस ठाँउमा जन्मेका थिए र यो नेपाल हो भनेर प्रस्ट गरेको छ। सम्राट समुंद्रगुप्तको इलाहाबाद स्थित शिलालेखमा नेपालको पूर्वी सिमाना कामरु, कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्याख्या गरिएको छ। कामक्ष भनेको आसाममा पर्दछ, पाटलीपुत्र भनेको पटना र कतुर भनेको इलाहाबाद नजिकर उधमपुर भनेको उत्तर-पश्चिम पञ्जाब हो र यो ईसाको ३५० वर्ष पूर्वको शिलालेख हो।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि आफ्नो एक कवितामा नेपालको गुणगान गर्दै यस्तो लेख्नुभएको छ : ञञ

पश्चिम किला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ।
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ।

पूर्वको शासन प्रणाली[सम्पादन गर्नुहोस्]

पूर्वको शासन प्रणाली विकेन्द्रीकृत थियो, आजको भारतमा पहिला लगभग ५६५ साना साना राज्यहरू थिए र नेपालमा पनि पहिला छ दर्जन जति स-साना बाईसे, चौबीसे राज्य-रजौटाहरू थिए। पूर्वको खकुलो शासन प्रणाली र कमजोर राजनीतिको फाईदा उठाएर युरोपेली शासकहरूले पूर्वको क्षेत्रहरूलाई आफ्नो उपनिवेश बनाउन थाले। उनिहरूले पूर्वमा चलिरहेको जातिवाद, धर्मवाद र विविध संस्कृतिवादबाट धेरै फाईदा उठाए। जति बेला पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने निधो गरे, त्यति बेला नेपाल यिनै स-साना भुरे-टाकुरे राज्यहरूमा विभाजित थियो।

विशाल नेपालको विभाजन[सम्पादन गर्नुहोस्]

खस र किराँत कालमा नेपाल विशाल थियो। किराँत कालको अन्त र लिच्छवीहरूको शासन नेपालमा शुरु हुनु नेपालको दुर्भाग्य कालको सुरुवात थियो। गुणकामदेवको शासनकालमा विशाल नेपालको शासकीय सुदृढीकरणमा प्रयत्न भएका छनक देखिन्छन् तर स्पष्ट प्रमाणको अभाव रहेको छ। लिच्छवीहरू कमजोर हुँदै गएपछि विशाल नेपाल ५३ टुक्रामा विभाजित भयो। लिच्छवी शासन पछि मल्लहरूको शासन नेपालमा शुरु भयो, तर मल्लहरूले नेपालको एकिकरण गर्ने तर्फ भन्दा पनि राज्य बिभाजनको संस्कृतिलाई बढावा दिए। पाल्पाका मुकुन्द सेनले एकिकरणको केही प्रयत्न गरेको देखिएता पनि अन्तत: उनका उत्तराधिकारीहरूले पाल्पा राज्यलाई ३ खण्डमा बिभाजन गर्न पुगे। त्यसपछि शाह वंशको शासन नेपालमा आयो। शाह वंशलाई नेपालको आधुनिक युगको सुरुवात भन्ने गरिन्छ।

एकीकरणको उद्देश्य[सम्पादन गर्नुहोस्]

पृथ्वीनारायण शाह दूरदर्शी राजा थिए। उनले नेपाललाई अङ्ग्रेजहरूको उपनिवेशबाट बचाउनको निम्ति स-साना राज्य-रजौटाहरूलाई जोडेर एउटा सिंगो बलियो देशको आधार बसाल्ने कार्य गरे। राम्रा सोच भएका सबै बुद्धिजीवीहरू र त्यतिबेलाका सबै देशभक्तहरूको ‍‍‍उनलाई पुरा समर्थन थियो।

विशाल नेपालको एकीकरण[सम्पादन गर्नुहोस्]

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल इतिहासमा विशाल थियो भनेर थाहा पाई सके पछि, नेपाल एकिकरणको अभियान शुरु गरेको बुझिन्छ। हुनत उनका पिता नरभूपालले पनि एकिकरणको प्रबल ईच्छा र यत्न गरेका कुरा इतिहासमा उल्लेख छ तर त्यसमा भएको असफलता कै कारण उनी विक्षिप्त बन्न पुगेका पनि बताइन्छ। वि.सं. १७९९ मा पृथ्वीनारायण शाह गोरखाको राजा बनेको १ वर्ष पछि कान्तिपुर अधिनस्थ नुवाकोट माथि हमला गरी विजय प्राप्त गरेर एकिकरण अभियानको सुरुवात गरे। पछि उनले वि.सं. १८१९ मा सेन राज्य मकवानपुरलाई एकिकरण गर्न सफल भएपछि झनै उत्साहित पृथ्वीनारायण शाहले वि.सं. १८२३ मा किर्तीपुर माथि पनि विजय पाए। लगतै वि.सं. १८२५ मा कान्तिपुर, ललितपुर तथा १८२६ मा भक्तपुरलाई आफ्नो अधिकारमा लिई काठमाडौँ उपत्यकालाई एकिकरण गरी काठमाडौँलाई नेपालको राजधानी बनाए।

त्यसपछि श्री ५ पृथ्वीनारायण शाह पूर्व तर्फ एकिकरण गर्न तम्सिए र वि.सं. १८३० मा चौडण्डीमाथि विजय गरे। अर्को वर्ष विजयपुर राज्यलाई एकिकरण गरी पूर्वको सिमाना मेची नदीको आस-पास पुय्राए। पृथ्वीनारायण शाहको निधन पछि उनका जेठा छोरा प्रताप सिंहको पालामा चित्तवनलाई नेपालमा गाभियो तर उनी स्त्री-लम्पट तन्त्र साधनामा लिप्त हुँदा हुँदै असमयमै निधन भएका कारण नाबालक रण बहादुर नेपालका राजा बने। नाएबीको रूपमा राजमाता राजेन्द्रलक्ष्मीले शासनको बागडोर आफ्नो हातमा लिई ससुराको एकिकरण अभियानलाई निरन्तरता दिइने्। वि.सं. १८३४ देखी १८४२ सम्म चौबीसे राज्य अन्तर्गतको लमजुङ, तनहुँ तथा कास्की नेपालमा एकीकरण गरियो।

राजमाता राजेन्द्रलक्ष्मीको मृत्युपछि नाबालक रण बहादुरको नायबीमा पृथ्वीनारायण शाहका कान्छा छोरा (फत्ते) बहादुर शाह सत्तामा आए र उनले आफ्नो पिताको एकिकरण अभियानलाई पूर्व तर्फको सिमाना सिक्किमको तीन तिहाई भू-भाग जितेर टिष्टा नदी सम्म पुय्राए। त्यसपछि उनले पश्चिम तर्फ ध्यान केन्द्रित गरे र बाँकी रहेका चौबीसे राज्यहरूमाथि वि.सं. १८४४ सम्ममा अधिकार जमाए। बहादुर शाहले बाइसे राज्यहरूमाथि पनि आक्रमण गरे र कर्णाली प्रदेशका राज्यहरूलाई जित्दै जुम्लालाई आफ्नो अधिनमा पारि सके पछि १८४७ मा डोटी राज्यलाई विजय गरेर नेपालको पश्चिमी सिमाना महाकाली नदी सम्म पुय्राए। त्यसै वर्ष उनले कुमाँऊको राजधानी अल्मोडामा आक्रमण गरी कुमाँऊमा पनि विजय प्राप्त गरे। अर्को वर्ष उनले गढवालको राजधानी श्रीनगरमाथि हमला गरी यसलाई आश्रित राज्य बनाए, तर तिब्बत संगको युद्धले गर्दा यो एकीकरण रोकियो।

सन्काहा स्वभावका रणबहादुर वालिग हुँदै गएपछि मनमौजी र अविवेकी बन्दै जाँदा नेपाल दरबार षडयन्त्र र जालझेलको गुँडमा परिवर्तित हुन थाल्यो। बहादुर शाहलाई नाना थरिका आरोप लगाई बन्दी बनाइयो। यातनापूर्ण बन्दी अवस्थामै उनको हत्या गरिएको बताइन्छ। उनको रहस्यपूर्ण मृत्यु पछि यो अभियान प्रधानमन्त्री भीमसेन थापा र सेनापति अमर सिंह थापाको नेतृत्वमा अगाडि बढ्यो। वि.सं. १८६१ मा श्रीनगरमाथि पुनः आक्रमण गरियो र गढवाललाई पुर्ण रूपमा नेपालमा गाभियो। यसरी नेपालको पश्चिमी सिमाना यमुना नदी सम्म पुग्यो। त्यसपछि तुरुन्तै नेपाली सेनाले यमुना नदी तरि यमुना नदी देखी सतलज नदी बीचका १२ र १८ ठकुराईका नाममा रहेका थुप्रै स-साना राज्यहरूलाई एकिकरण गरे। वि.सं. १८६३ मा अमरसिंह थापाको फौजले सतलज पार गरी विभिन्न ठाउँहरू जित्दै कांगडा शहरमा आक्रमण गरे तर रावी नदी सम्म पुगी सकेका नेपाली सेनाले काम्हगडा किल्लालाई जित्न भने सकेन। एकिकरणको क्रममा नेपाली सेनाले काँगडाका राजा संसारचन्दलाई चार वर्ष सम्म काँगडा किल्लामा घेराबन्दी गरेर राखे। पछि संसारचन्दको सहायताको लागि आएका पञ्जाब केशरी रणजित सिंहको फौजसँग नेपाली सेनाको युद्ध भयो फलस्वरूप ज्वालामुखी सन्धि गरियो र यस सन्धि अनुसार नेपाली सेना सतलज नदी वारि आएर बस्न बाध्य भये। यसरी विशाल नेपालको पुन: एकीकरण गरियो र नेपालको पूर्वी सिमाना टिस्टा नदी र पश्चिमको सिमाना सतलज नदी सम्म विस्तारित भयो।

पृथ्वीनारायण शाहले मुख्य राज्यहरूलाई एकिकृत गरेर एउटा सिंगो देशको स्थापना गरे। सन् १७४४ मा नुवाकोट माथि विजय प्राप्त भईसके पछि मुख्य उद्देश्य तिब्बतसँग व्यापार गर्नु थियो। सन् १७४८ मा सिन्धुपालचोक, काभ्रेपाल्चोक र केही अन्य राज्यहरू यसको पूर्वमा स्थित थिए। मकवानपुरसिमरौनगढ नेपालमा गाभिसकेपछि, छिट्टै उनले बारा, पर्सा, रौतहट, र सिन्धुलीगढीलाई सन् १७६२ मा आफ्नो अधिन गरे। त्यसपछि गोर्खा अधिराज्यको सिमाना इस्ट इन्डिया कम्पनीसँग ठोक्किन पुग्यो। सन् १७६८ मा राजधानीलाई गोरखाबाट काठमाडौँ सारियो। यति गरी सके पछि सन् १७७५ मा पृथ्वीनारायण ५३ वर्षको उमेरमा परलोक हुनु भयो। उहाँको चौडण्डीविजयपुरलाई आफ्नो राज्यमा गाभ्ने सपना अधुरोनै रह्यो। पृथ्वीनारायणका छोरा प्रताप सिंहको शासनमा तीनवटा राज्य दाङ, कपिलवस्तुचितवन नेपालमा गाभियो। त्यसैगरी, तनहुँ, पाल्पा, पर्वत, माथिल्लो नुवाकोट, गरहु, सतहु, भिरकोट, र कास्की राज्यहरू सन् १७८५ मा नेपालमा गाभिए। त्यस पछि, मकवानपुर, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, सिन्धुली, र उदयपुर क्षेत्रहरू गाभिए। सन् १७६९ मा जाजरकोट अधिराज्यका राजा गोर्खा अधिराज्यमा आफ्नो राज्य मिलाउन तयार भए। सन् १७७७ मा २५ वर्षको उमेरमा प्रताप सिंहको मृत्यु भयो। त्यस पछि कोशी, लमजुङतनहुँ साथै चौबीसे अधिराज्य सन् १७८९ मा नेपालमा गाभियो। त्यस पछि काली गण्डकी पश्चिमको बाईसे अधिराज्य र सल्यानपाल्पा नेपालमा गाभिए।

कुमाँऊ र गढवाल माथि विजय[सम्पादन गर्नुहोस्]

नेपाली (गोर्खाली) फौजले कुमाउँ माथि विजय प्राप्त गरेपछि ‍प्रधुमन शाह ५००० रूपयाँ शुल्क वार्षिक भुगतान गर्ने शर्तमा त्यहाँको शासक बने। पाल्पा अधिराज्यलाई नेपालमा गाभिसके पछि नेपालको दक्षिणी सीमाना इलाहाबाद सम्म विस्तारित भयो। सन् १८०१ मा बुटवल र बुटवलको तराई खण्ड सहित अवधको राजाबाट पाल्पाको राजाले भाडामा प्राप्त गरे। सन् १८०६ मा नेपाली (गोर्खाली) फौजले गढवाल र सतलज पारीका सबै स-साना अधिराज्यहरू जस्तै सिरमौर, हिन्दुर र बेसहरलाई नेपालमा गाभे र यस प्रकार नेपालको पश्चिमको सिमाना सतलज पारि सम्म पुग्यो र नैनीताल, अल्मोडा, गढवाल, देहरादुन सबै नेपालका अंश बन्न पुगे।

सिक्किम र दार्जिलिङमाथि विजय[सम्पादन गर्नुहोस्]

त्यति बेला दार्जीलिङ सिक्किमे राजाको अधिकारमा थियो, जो गोर्खालीहरूसँग असफल युद्धमा लागेका थिए। सन् १७८० देखि नै गोर्खालीहरूले सिक्किम माथि निरंतर पैठ बनाई राखे। सिनो-नेपाल युद्धमा सिक्किमले केही भूभाग नेपाललाई हस्तान्तरण गरे र १९औँ शताब्दीको सुरुसँगै गोर्खालीहरूले सिक्किममाथि कब्जा गरेर नेपालको सिमाना पूर्वमा टिस्टा नदी सम्म पुर्‍याए र सबै तराई भूभागहरू पनि आफ्नो कब्जामा गरे। [१]

इस्ट इण्डिया कम्पनिसँगको युद्ध[सम्पादन गर्नुहोस्]

१ नोभेम्बर १८१४ का दिन इस्ट इण्डिया कम्पनिका तर्फबाट जनरल हेस्टिग्सले नेपाल विरुद्ध विधिवत रूपमा युद्धको घोषणा गरे। नेपाल-अङ्ग्रेज बिचको पाँच मोर्चा मध्ये सुदूर पश्चिम तर्फको रक्षाको भार अमर सिंह थापा माथि थियो र उनी यही ठाउँबाट युद्धको मोर्चा सम्भाल्थे। सतलज भेगबाट नेपालमा आक्रमण गर्न खटिएका अङ्ग्रेज जनरल अक्टर लोनीले अमर सिंह थापालाई विभिन्न प्रकारका प्रलोभन दिएर आफुसँग मिलाउन कोशिश गरे, तर उनी वीरतापूर्वक लडेर किल्ला जोगाई राखे। यसरी सतलज हत्याउन नसके पछि, अङ्ग्रेजहरू अर्को युद्ध मार्गबाट नेपाली भूमिमा छिरे। अङ्ग्रेजहरू सतलजमाथि काबू गर्न नसके पछि अर्को भेग नालापानी तर्फ बढे। नालापानी किलामा युद्धको मोर्चाको भार बलभद्र कुँवर माथि थियो। सन् १८१४ अक्टोबर देखि नोभेम्बर सम्म भएको नालापानीको भिषण युद्धमा जनरल जिलेस्पी सहित कम्पनिका १००० सेना मारिए। अन्तमा नेपाली सेनालाई युद्ध कौशलबाट हराउन नसके पछि अङ्ग्रेजहरूले किलामा आउने पानीको मुहाननै काटि दिए। धेरै दिन सम्म पानी पीउन नपाए पछि बाध्य भएर बलभद्र कुंवर बाँचेका आफ्ना ७० जना योद्धाहरू सहित नाङ्गो खुकुरी नचाउँदै किल्ला छाड्दा अङ्ग्रेजहरू चकित भएका थिए। नालापानी युद्ध पछि अर्को निर्णायक युद्ध मलाउँको देवथल किल्लामा भयो। अङ्ग्रेजहरूले आफ्नो सम्पुर्ण शक्ति लगाई यो किल्ला हत्याउन सफल भएपछि ७० वर्ष नाघेका वीर योद्धा भक्ति थापा पुन: यो किला फर्काउन अङ्ग्रेज फौजसंग जाइ लागे तर अङ्ग्रेजहरूको तोपबाट छुटेको आगोको गोला उनको छातीमा लाग्यो र उनी त्यहीं ढले। यसरी नेपालको जम्मा पाँच मोर्चामध्ये तीन मोर्चामा नेपालको जित भयो र दुई मोर्चामा अङ्ग्रेजहरूको जित। अङ्ग्रेजहरूको त्यहि जितले गर्दा नेपालले सुगौली सन्धि जस्तो असमान सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनु पर्‍यो।

सुगौली सन्धि[सम्पादन गर्नुहोस्]

इस्ट इन्डिया कम्पनीनेपाल बीच सुगौली सन्धिमा सन् २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएको थियो र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धिले सन् १८१४ देखि १८१६ सम्म चलेको अङ्ग्रेज-नेपाली युद्धलाई समाप्त गर्यो। सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए। सन्धिमा नेपालले लडाइँमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौँमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्‍यो। यस अघि फ्रान्सका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। यस सन्धिमा नेपालले एक तिहाई भूभाग गुमाउनु पर्‍यो। यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अङ्ग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। यसका साथै नेपालले काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू गुमाउनु पर्यो। 🇳🇵यद्यपि त्यति बेलाको समयमा छलपूर्वक बेलायती शासनले नेपालसँग खोसेका भूभाग र वर्तमानको अन्तरास्ट्रिय कानुन अनुसार अवैध र छलपूर्वक गरिएको सुगौली सन्धिलाई नै हामीले मानिराख्नुपर्ने कुनै आवस्यकता नै छैन. सुगौली सन्धि कारीपक्ष ब्रिटिस हुकुमतको उत्तराधिकार प्राप्त (इस्ट इंडिया कम्पनी) ले हामी संग ती भू भाग लगेको थियो. तेही ब्रिटिश सरकार ले स्वयम् सुगौली सन्धि लाइ रद्द गरी सकेको छ.1950 को OCTOBER मा काठमान्डूमा नेपाल र अङ्ग्रेज शासन बीच भएको सन्धि धारा (8)र सुगौली सन्धिमा गुमेको भूभाग जुन अहिले इंडियाले अतिक्रमण गरेको छ.तेही इंडिया नि स्वतन्त्र भए पश्चात इंडियाले नेपालसँग गरेको 1950 को शान्ति तथा मैत्रीपूर्ण भनाउँदो सन्धिको नि धारा(8)ले र अहिले को अन्तरास्ट्रिय कानुन अनुसार र सयुङ्क्त राष्ट्र सङ्घद्वारा संसारबाट अब सबै उपनिवेश ध्वस्त हुनुपर्छ भन्नी resolution पास गरेको हुदा र नेपाल र इंडिया दुवै देश संयुङ्क्त राष्ट्र सङ्घको सदस्य हुनुको नाताले दुवैले संयुक्त राष्ट्र सङ्घको नियम नियम पालना गर्ने हुनाले र अरु पनि तमाम आधार हरू ले नेपाल को भूभाग पूर्व टिस्टा नदी (नगरकट्टा) देखि पश्चिममा सतलुज नदी(शिमला)सम्म स्वतः नै फिर्ता भएको छ.तर नेपालको शासकीय वर्ग पूर्व (1947) कालदेखि नै बाह्य शक्तिको खेलौना बन्नाले ती भूभाग अहिलेसम्म पनि नेपालको नियन्त्रणमा नहुनु एउटा दुखद र लज्जास्पद कुरो हो. B.S. Wagle

हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. darjeeling.gov.in वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२० मिति

बाह्य लिंक[सम्पादन गर्नुहोस्]