ढाँचा:इतिहासमा आज/जनवरी
स्वरूप
जनवरी, {{{1}}}
[सम्पादन गर्नुहोस्]१, जनवरी (जन्म): विद्या बालन (सन् १९७८)
- वि.सं. १७०८ (सन् १६५१) - चार्ल्स द्वितीय स्कटल्यान्डका राजा बनेका थिए।
- वि.सं. १९६९ (सन् १९१२) - गणतन्त्र चीनको स्थापना भएको थियो।
- वि.सं. २००६ (सन् १९४९) - संयुक्त राष्ट्रको पहलमा भारत र पाकिस्तानबीच विवादित कश्मीर क्षेत्रमा मध्यरात हुन १ मिनेट अगावै युद्धविराम भएको थियो।
- वि.सं. २०७० (सन् २०१३) - बोको हरामका १३ सदस्यहरूलाई नाइजेरियाका सैनिकले मैदुगिरीमा मारेका थिए।
२, जनवरी (जन्म): केट बोस्वर्थ (सन् १९८३)
- वि.सं. २०११ (सन् १९५४) - भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्न र पद्म विभूषण स्थापना गरेको थियो।
- वि.सं. २०१६ (सन् १९५९) - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
- वि.सं. २०३२ (सन् १९७५) - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।
३, जनवरी (जन्म): मेल गिबसन (सन् १९५६) ~ जेविका कार्की (सन् १९९४)
- वि.सं. २०४४ (सन् १९८८) - संयुक्त अधिराज्यको इतिहासमा मार्गरेट थ्याचर शताब्दीको सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री भएकी थिइन् ।
४, जनवरी (जन्म): आइज्याक न्यूटन (सन् १६४३)
- वि.सं. २०६६ (सन् २०१०) - दुबईमा रहेको संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा खुला गरिएको थियो ।
- वि.सं. २०७० (सन् २०१४) - भारत, गोआमा तीन तल्ले निर्माणाधिन घर भत्किदा १४ जनाको मृत्यु भएको थियो ।
५, जनवरी (जन्म): दीपिका पादुकोण (सन् १९८६)
- वि.सं. २०२९ (सन् १९७२) - अन्टार्कटिकामा सबैभन्दा न्यानो तापक्रम +५९ °फे (+१५ °से) रेकर्ड गरिएको थियो ।
- वि.सं. २०३१ (सन् १९७४) - अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले स्पेस सटल कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए ।
६, जनवरी (जन्म): रोवान एटकिनसन (सन् १९५५)
हेर्ने – वार्ता – सम्पादन
७, जनवरी (जन्म): निकोलस केज (सन् १९६४)
- वि.सं. २०५६ (सन् १९९०) - पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो ।
- वि.सं. २०६९ (सन् २०१३) - लियोनेल मेस्सिले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।
- वि.सं. २०७१ (सन् २०१५) - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए ।
८, जनवरी (जन्म): स्टिफन हकिङ (सन् १९४२)
- वि.सं. २०६९ (सन् २०१३) - सिरियाली विद्रोहीहरूले अपहरण गरेका ४८ इरानी व्यक्तिहरूको बदलामा सीरियाको सरकारले २,१३० कैदीलाई मुक्त गरेका थिए ।
९, जनवरी (जन्म): फरहान अख्तर (सन् १९७४)
- वि.सं. १९७१ (सन् १९१५) - महात्मा गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्किएका थिए ।
- वि.सं. २०६३ (सन् २००७) - एप्पल का प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले आइफोन सार्वजनिक गरेका थिए ।
१०, जनवरी (जन्म): ऋतिक रोशन (सन् १९७४)
- वि.सं. २०५३ (सन् १९९७) - इटालीको नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनीलाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटालीले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थियो ।
११, जनवरी (जन्म): राहुल द्रविड (सन् १९७३)
- वि.सं. २०२८ (सन् १९७२) - पुर्वी पाकिस्तानद्वारा आफ्नो राष्ट्रको नाम बङ्गलादेश नामाकरण गरेको थियो ।
- वि.सं. २०५० (सन् १९९४) - अन्तराष्ट्रिय धन्यवाद दिवस मनाउन सुरुवात गरिएको थियो ।
- वि.सं. २०६४ (सन् २००८) - एडमण्ड हिलारीको मृत्यु भएको थियो ।
१२, जनवरी (जन्म): स्वामी विवेकानन्द (सन् १८६३)
- वि.सं. २०५४ (सन् १९९८) - उन्नाइस युरोपेली राष्ट्रहरुद्वारा ह्युमन क्लोनिङमा रोक लगाउन सहमति गरिएको थियो ।
१३, जनवरी (जन्म): अस्मित पटेल (सन् १९७८)
- वि.सं. २०७० (सन् २०१४) - क्रिस्टियानो रोनाल्डोले २०१३ फिफा वर्ष खेलाडीको उपाधि जितेका थिए।
१४, जनवरी (जन्म): डेभ ग्रोहल (सन् १९६९)
- वि.सं. १९९९ (सन् १९४३) - आफ्नै राष्ट्रपति कालमा हवाइजहाजमा चढ्ने पहिलो राष्ट्रपति फ्रयाक्लिन रूजभेल्ट बनेका थिए ।
- वि.सं. २०१३ (सन् १९५७) - श्री कृपालु महाराजलाई पाचौं जगत गुरुको उपनाम दिइएको थियो ।
१५, जनवरी (जन्म): मार्टिन लुथर किङ, जुनियर (सन् १९२९ – १९६८)
- वि.सं. १६१६ (सन् १५५९) - एलिजाबेथ प्रथम इङ्ल्यान्डकी रानी बनेकी थिइन्।
- वि.सं. २०५८ (सन् २००१) - विकिपिडिया अनलाइनमा उपलब्ध भएको थियो।
१६, जनवरी (जन्म): सिध्दार्थ मल्होत्रा (सन् १९८५)
- वि.सं. १९९० (सन् ) नेपालमा महाभूकम्प जाँदा १६ हजार भन्दा बढी मानिस मरे (माघ २ गते)
- वि.सं. १६१३ (सन् १५५६) - फिलिप द्वितीय स्पेनका राजा बनेका थिए ।
१७, जनवरी (जन्म): जिम केरी (सन् १९६२)
- वि.सं. २००२ (सन् १९४६) - संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पहिलो बैठक बसिएको थियो ।
- वि.सं. २०४७ (सन् १९९१) - सद्दाम हुसेनको विरूद्धमा अपरेशन डेजर्ट स्टोर्म शुरू गरिएको थियो ।
१८, जनवरी (जन्म): डेभ बाटिस्टा (सन् १९६९)
- वि.सं. २०६४ (सन् २००८) - संयुक्त राष्ट्र संघले जोर्ज क्लुनीलाई संयुक्त राष्ट्र संघको शान्ति दुतको रूपमा नियुक्त गरेका थिए ।
१९, जनवरी (जन्म): जेम्स वाट (सन् १७३६ - १८१९)
- वि.सं. २०७१ (सन् २०१५) - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए ।
२०, जनवरी (जन्म): एडविन एडरियन (सन् १९३०) ~ आप्पा शेर्पा (सन् १९६०)
- वि.सं. २०६५ (सन् २००९) - बाराक ओबामा पहिलो अफ्रिकी-अमेरिकी राष्ट्रपतिको रूपमा अमेरिकाको ४४औँ राष्ट्रपति भएका थिए ।
- वि.सं. २०७० (सन् २०१४) - दक्षिण कोरियामा २ करोड बराबरको क्रेडिट कार्ड ह्याक भएको थियो ।
२१, जनवरी (जन्म): सुसान्त सिंह राजपुत (सन् १९८६)
- वि.सं. २०६३ (सन् २००७) - अलास्काको इयाक भाषा बोल्ने अन्तिम व्यक्तिको मृत्यु पश्चात इयाक भाषा लोप भएको थियो ।
- वि.सं. २०६४ (सन् २००८) - विश्वभरिको शेयरबजारमा भारी गिरावट आएको थियो ।
- वि.सं. २०६६ (सन् २०१०) - टोयोटाले विक्री गरेका सवारीमा समस्या देखिए पछि ५२ लाख सवारी साधनहरूलाई सुधार गर्ने घोषणा गरेको थियो ।
- वि.सं. २०६९ (सन् २०१३) - नेदरल्याण्डका अर्थ मन्त्री जोरोयन डिजेसेलब्लोअम युरो समुहको अध्यक्ष भएका थिए ।
२२, जनवरी (जन्म): नम्रता शिरोडकर (सन् १९७२) ~ सुभाषराम प्रजापति (सन् १९८०)
- १९४६- अमेरिकाका तात्कालिन राष्ट्रपतिले केन्द्रिय खुफिया एजेन्सी (सिआईए) चित्रमा को गठन गरेका थिए ।
२३, जनवरी (जन्म): सुभाषचन्द्र बोस (सन् १८९७)
- वि.सं. १८५० (सन् १७९३) - पोल्याण्डको दोस्रो विभाजन भएको थियो ।
- वि.सं. २०५९ (सन् २००२) - पाकिस्तानको कराची सहरमा पत्रकार ड्यानियल पर्लको अपहरण गरी हत्या गरिएको थियो ।
- वि.सं. २०७१ (सन् २०१५) - साउदी अरबका राजा अब्दुल्लाहा विन अब्दुल्लाजिजको ९२ बर्षको उमेरमा निधन भएको थियो ।
२४, जनवरी (जन्म): लुइस स्वारेज (सन् १९८७)
- वि.सं. १९१३ (सन् १८५७) - दक्षिण एसियाको पहिलो विश्वविद्यालयको रूपमा कलकत्ता विश्वविद्यालयको स्थापना भएको थियो ।
- वि.सं. २०४० (सन् १९८४) - एप्पल कम्पनीले पहिलो म्याकिन्टोश कम्प्यूटर सार्वजनिक गरेको थियो ।
२५, जनवरी (जन्म): जावी हर्नान्डेज (सन् १९८०)
- वि.सं. २०५४ (सन् १९९८) - स्पाइस गर्लकी गायिका भिक्टोरिया एड्मस तथा चर्चित फुटबल खेलाडी डेभिड बेक्ह्याम सम्बन्धमा बाँधिएका थिए ।
- वि.सं. २०६६ (सन् २०१०) - इथोपियन एयरलाइन्सको फ्लाइट ४०९ उडान भरेको केही समयमै भुमध्यसागरमा दुर्घटनाग्रस्त भई जहाजमा सवार ९० जनाको मृत्यु भएको थियो ।
- वि.सं. २०६७ (सन् २०११) - इजिप्टमा सन् २०११ को विरोध कार्यक्रमको आरम्भ भएको थियो ।
२६, जनवरी (जन्म): रवि तेजा (सन् १९६८)
- वि.सं. १८९४ (सन् १८३७) - मिचिगनलाई अमेरिकाकको २६औं राज्यको रुपमा दर्जा दिइएको थियो ।
- वि.सं. २०२२ (सन् १९६५) - भारतमा हिन्दीलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको थियो ।
- वि.सं. २०६१ (सन् २००४) - हमिद कारजाईले चित्रमा अफगानिस्तानको नयाँ संविधानमा हस्ताक्षर गरेका थिए ।
२७, जनवरी (जन्म): बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)
- वि.सं. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए ।
- वि.सं. २०७० (सन् २०१३) - ब्राजिलको सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए ।
२८, जनवरी (जन्म): श्रुति हासन (सन् १९८६)
- वि.सं. २०६७ (सन् २०१०) - राष्ट्रपति शेख मुजिबुर रहमानका पाँचैजना हत्याराहरूलाई फाँसी दिइएको थियो ।
२९, जनवरी (जन्म): ओपेरा विनफ्रे (सन् १९५४) ~ भीम विराग (सन् १९३५)
- वि.सं. १९९७ (सन् १९४३) - सहिदहरु दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो
३०, जनवरी (जन्म): थिया मेगिया (सन् १९९५)
- वि.सं. १९९० (सन् १९३३) - एडल्फ हिटलर जर्मनीको चान्सलर बनेका थिए ।
- वि.सं. २००५ (सन् १९४८) - भारतका राष्ट्रपिता महात्मा गान्धीलाई नाथुराम गोड्सेले गोली हानेर हत्या गरेका थिए ।
३१, जनवरी (जन्म): जस्टिन टिम्बरलेक (सन् १९८१)
- १९७२ - नेपालको ११ औं राजाको रूपमा बीरेन्द्र वीर विक्रम शाहको राज्याविशेष भएको थियो ।