दक्षिण एसिया
दक्षिण एसिया | |
---|---|
सदस्य राष्ट्रहरू[१] | |
GDP (Nominal) | $2.561 trillion (2014) |
GDP (PPP) | $9.05 trillion (2014)[१] |
भाषाहरू | नेपाली, आसामी, बलुची, बङ्गाली, बोडो, बर्मी, दरी, दिवेही, डोगरी, जोङ्खा, अङ्ग्रेजी, गुजराती, हिन्दी, कन्नड, कश्मिरी, कोङ्कणी, मैथिली, मलयालम, मराठी, मणिपुरी, ओडिया, पश्तो, पञ्जाबी, संस्कृत, सन्थाली, सिन्धी, सिन्हाला, सराइकी, तमिल, तेलगु, तिब्बती, उर्दू, र अन्य |
समय क्षेत्र | युटिसी+०५:००, युटिसी+५:३०, युटिसी+५:४५, युटिसी+६:०० |
राजधानी सहरहरू | |
अन्य ठूला सहरहरू | सूची
|
एसिया महादेशको दक्षिणको भू-भागलाई दक्षिण एसिया भनेर चिनिन्छ अथवा हिमालय र हिमालयका वरिपरिका क्षेत्रलाई पनि दक्षिण एसिया भनेर चिनिन्छ। अर्को शब्दमा भन्ने हो भने भारतीय प्लेटमा रहेको भू-भाग अथवा हिमालय र हिन्दूकुशदेखि दक्षिणको भू-भाग जसलाई भारतीय उपमहाद्वीप पनि भनिन्छ दक्षिण एसिया हो। दक्षिण एसियाको दक्षिणको भाग समुद्रले घेरिएको छ र पश्चिम, उत्तर र पुर्वमा क्रमशः पश्चिम एसिया, मध्य एसिया, पूर्व एसिया छन् र दक्षिण-पूर्वमा दक्षिण पूर्व एसिया पर्दछ। कुन-कुन देश दक्षिण एसियामा पर्छ अथवा पर्दैन भन्ने मतमा भिन्न-भिन्न स्रोतका भिन्न-भिन्न विचार छन्। उदाहरणको लागि संयुक्त राष्ट्रसङ्घको भौगोलिक क्षेत्र वर्गिकरणमा, नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मालद्वीप तथा श्रीलङ्का दक्षिण एसियाका राष्ट्र हुन् भनेर उल्लेख गरिएको छ। दक्षिण एसिया विश्वमा एक पाँचौँ भागभन्दा अधिक जनसङ्ख्याको घर हो, जुन विश्वमा धेरै जनसङ्ख्या भएको र उच्च जनघनत्वो भएको भौगोलिक क्षेत्र हो। यस क्षेत्रमा दक्षिण एसियाली सहयोग सङ्गठन भन्ने एउटा आर्थिक सङ्गठन छ।
परिभाषा
[सम्पादन गर्नुहोस्]विभिन्न मुलुक जुन बेलायती साम्राज्यका अङ्ग थिए र केही अन्य देशलाई राखेर दक्षिण एसियाको परिभाषा पनि दिइने गरिन्छ। अहिलेको भारत, पाकिस्तान र बङ्गलादेश बेलायती साम्राज्यको अङ्ग थियो, तर श्रीलङ्का र वर्मालाई पनि कहिले काही सम्मिलित गर्ने गरिन्छ। एडेन कोलोनी, ब्रिटिस सोमालील्यान्ड र सिङ्गापुर माथि पनि बेलायती राजले शासन गरेको तर यी राष्ट्रहरूलाई एसियाको कुनै पनि भागमा समावेश गरिइँदैन दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन (दक्षेस) छिमेकी राष्ट्रहरूको एउटा समूह हो, जसको स्थापना १९८५ मा गरिएको थियो, जसका सदस्य राष्ट्रहरू थिए — नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, मालद्वीप तथा श्रीलङ्का — तर २००६ मा आठौँ सदस्यको रूपमा अफगानिस्तानलाई समावेश गरेपछि दक्षिण एसियाको क्षेत्र बढेको हो। विश्व बङ्कले दक्षिण एसियाको समूहमा दक्षेसको मात्र सात मुख्य सदस्यलाई राखेको छ र अफगानिस्तानलाई यस समूहबाट बाहिर राखेको छ। यस समूहमा तीन स्वतन्त्र मुलुकहरूलाई शामेल गरियेका छन जुन बेलायती शासनबाट स्वतन्त्र भएको थियो – नेपाल, भुटान तथा अफगानिस्तान। दक्षिण एसियाली स्वतन्त्र व्यापार सहमतिको अनुमति दक्षेस द्वारा दिइन्छ र यस पत्रमा सङ्गठनका मुख्य सात सदस्य द्वारा हस्ताक्षर गरिन्छ, यद्यपि मालद्वीपको लागि एक विशेष शर्त राखियेको छ। राष्ट्र-सङ्घको जनसङ्ख्या जानकारी संजाल (पपुलेशन इन्फरमेशन नेटवर्क – पोपीन) ले गरेको वर्गीकरणमा नेपाल, बङ्गलादेश, बर्मा, भारत, ईरान, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कालाई दक्षिण एसियाको श्रेणीमा वर्गीकृत गरेको छ, जबकि मालद्वीपलाई यसको स्थितीको हिसाबले पेसिफिक पोपीन सबरिजनल नेटवर्क इन प्रींसीपलको सदस्य ठानेको छ।
दक्षिण एसियामा पर्ने राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]दक्षिण एसियामा जन्मा ८ देशहरू पर्दछन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The World Factbook: South Asia", अन्तिम पहुँच २ मार्च २०१५। वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति
- ↑ Peel, M. C. and Finlayson, B. L. and McMahon, T. A. (२००७), "Updated world map of the Köppen–Geiger climate classification", Hydrol. Earth Syst. Sci. 11: 1633–1644, आइएसएसएन 1027-5606, डिओआई:10.5194/hess-11-1633-2007। (direct: Final Revised Paper)