२१औँ शताब्दी
२१औँ शताब्दी शताब्दीमा इस्वी सम्वत् युगको वर्तमान शताब्दी हो। यो सन् २००१ जनवरी १ मा सुरु भयो र सन् २१०० डिसेम्बर ३१ मा समाप्त हुनेछ।[१] विक्रम सम्वत् पात्रो अनुसार यो वि.सं. २०५७ पौष १७ मा सुरु भएर वि.सं. २१५६ पौष १६मा समाप्त हुनेछ।
२१औँ शताब्दीको सुरुवातमा विश्वव्यापी अर्थतन्त्र र तेस्रो विश्व उपभोक्तावादको उदय र निजी उद्यममा बृद्धि देखिएको थियो। सन् २००१ मा सेप्टेम्बर ११ को हमलाको आतङ्कवादी हमलापछि, आतङ्कवाद विश्वव्यापी चिन्ताको विषय भएको छ।[२][३][४] सन् २००० को दशकको प्रारम्भमा अफगानिस्तान र इराकमा नाटो हस्तक्षेप र सन् २०१० को सुरुवातको अरब वसन्तको समयमा धेरै अरब मुलुकमा शासन परिवर्तन हुँदै अरब राष्ट्रहरूमा मिश्रित परिणामहरू निम्त्याएको थियो जसको परिणामस्वरूप धेरै देशमा गृहयुद्ध तथा राजनीतिक अस्थिरता वृद्धि भएको थियो।[५] संयुक्त राज्य अमेरिका विश्वव्यापी महाशक्तिमा कायम रहेको छ, जबकी चीनलाई अहिले एक उदीयमान महाशक्ति मानिन्छ।
प्रारम्भिक सन् २०२० को दशकको प्रारम्भमा कोभिड-१९ महामारी कारणले विश्वभरिका ५ लाख जनाको मृत्यु भएको थियो। सन् १९३० भीषण मन्दी यता कै ठूलो विश्वव्यापी आर्थिक शिथिलता देखा परेको छ।
ज्ञान र सूचना
[सम्पादन गर्नुहोस्]दस्तावेजीकरण गरिएको इतिहासको सुरुदेखि सन् २००३ सम्म मानवताको सम्पूर्ण लिखित कार्यहरूको, सबै ज्ञात भाषाहरूमा पाँच एक्साबाइट डेटा अनुमान गरिएको छ।[६][७] सन् २००३ देखि, सामाजिक सञ्जाल र "प्रयोगकर्ताद्वारा उत्पन्न सामग्री" को सुरुवातसँगै, समान मात्राको डेटा प्रत्येक दुई दिनमा सिर्जना गरिन्छ।[८] मानव ज्ञान र सूचनाको वृद्धि घातीय दरमा जारी रहेको छ।
२१औँ शताब्दीको प्रारम्भमा दूरसञ्चारहरू २०औँ शताब्दीको अन्ततिरको तुलनामा धेरै उन्नत र विश्वव्यापी छन्। सन् १९९० को दशकको उत्तरार्धमा विश्वको केही प्रतिशत जनसङ्ख्यासम्म मात्र इन्टरनेट र मोबाइल फोनको पहुँच थियो। सन् २०१८ को अनुसार, विश्वको ५५% जनसङ्ख्याले इन्टरनेटको प्रयोग गर्दछन् भने सन् २०१९ को तथ्याङ्क अनुसार, अनुमानित विश्वको ६७% मानिसमा मोबाइल फोन पुगेको छ।[९] सन २०१० को दशकमा, कृत्रिम बौद्धिकताको प्रयोग अत्याधिक मात्रामा बढेको देखिन्छ। इन्टरनेटको प्रयोग बढ्दो छ। सन् २०१७ मा, विश्वको जनसङ्ख्याको १४% अझै पनि बिजुलीको अभाव रहेको तथ्याङ्कमा उल्लेख छ।[१०]
अर्थशास्त्र, शिक्षा र सेवानिवृत्ति
[सम्पादन गर्नुहोस्]आर्थिक र राजनीतिक रूपमा, संयुक्त राज्य अमेरिका र पश्चिमी युरोप शताब्दीको सुरुमा प्रभावशाली थिए। सन् २०१० को दशकमा, चीन एक उदीयमान विश्वव्यापी महाशक्ति र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो। क्रय शक्तिको मामिलामा, सन् २०११ को छेउछाउ भारतको अर्थव्यवस्था जापानको भन्दा ठूलो भएको थियो।[११]
बिटकोइन र अन्य क्रिप्टो मुद्रा विकेन्द्रीकृत मुद्रा हुन् जुन कुनै पनि केन्द्रीय बैंकद्वारा नियन्त्रित हुँदैनन्। यी मुद्राहरू इन्टरनेटको विस्तारित उपलब्धताको कारणले विश्वव्यापी रूपमा लोकप्रियतामा बढ्दै गएको छ र मुख्य रूपमा मूल्यको भण्डारको रूपमा प्रयोग गरिन्छ।
विश्व घटनाहरू
[सम्पादन गर्नुहोस्]सन् २००१-२००९
[सम्पादन गर्नुहोस्]- २० जनवरी: जर्ज डब्लु बुसले संयुक्त राज्य अमेरिकाको ४३औँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका थिए। उनी बुस परिवारको दोस्रो राष्ट्रपति हुन्।
- १ अप्रिल: नेदरल्यान्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने विश्वको पहिलो देश बनेको थियो।
- १३ मे: पुरातन मिडिया म्याग्नेट सिल्भिओ बेर्लुस्कोनी इटालीमा आम निर्वाचन जितेर देशको प्रधानमन्त्री बनेका थिए। बर्लुस्कोनीले दशकभर इटालीको राजनीतिक जीवनमा प्रभुत्व जमाएका थिए।
- जुन १ (२०५८ जेठ १९): नेपालको राजतन्त्रको निवास नारायणहिटी राजदरबारमा दरबार हत्याकाण्ड भएको थियो। घरमा शाही परिवारको पार्टी वा मासिक पुनर्मिलन रात्रिभोजको क्रममा नेपालका राजा वीरेन्द्र र रानी ऐश्वर्या सहित शाही परिवारका दस सदस्यको मृत्यु भएको थियो।
- ११ सेप्टेम्बर: सेप्टेम्बर ११ आक्रमण - १९ जना अल-कायदा आतङ्कवादीहरूले चार व्यावसायिक विमान अपहरण गरेका थिए र तिनीहरूमध्ये दुईवटा विश्व व्यापार केन्द्र, र एउटा पेन्टागनमा ठोक्काइएको थियो र अर्को संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको सान्क्सभिलको मैदानमा दुर्घटना भएको थियो। यस घटनामा लगभग ३,००० मान्छे मारिएका थिए। राष्ट्रपति जर्ज डब्लू बुसले यस घटना पछि आतङ्कवाद विरुद्धको युद्धको घोषणा गरेका थिए।
- ११ डिसेम्बर: १५ वर्षको वार्ता पछि, जनवादी गणतन्त्र चीन विश्व व्यापार संगठन (WTO) को सदस्य बन्यो।
- २००१-२०१४ -अफगानिस्तानमा अक्टोबर ७, २००१ उत्तरी गठबन्धन र नाटो -नेतृत्वको आक्रमण, र अल-कायदा-समर्थित तालिबान सरकार अपदस्त भएको थियो। अल-कायदाका नेता ओसामा बिन लादेनको खोजी कार्य जारी रहेको थियो। लादेनलाई १० वर्ष पछि, मे २, २०११ मा अमेरिकी सेनाले हत्या गरेका थिए।
- २००२
- २० मे: इन्डोनेसियाद्वारा कब्जा गरेको लामो अवधि पछि, पोर्चुगल र संयुक्त राष्ट्र द्वारा पूर्वी टिमोरको स्वतन्त्रता मान्यता प्रदान गरेको थियो।
- १ जुलाई: अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापना भएको थियो।
- १० सेप्टेम्बर: स्विट्जरल्यान्ड संयुक्त राष्ट्र सङ्घको सदस्य बनेको थियो।
- नोभेम्बर १५:हु जिन्ताओ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बने र उनी जियाङ जेमिन पछि चीनको सर्वोच्च नेता भए।
- २००३-वर्तमान - फेब्रुअरी २००३ मा, सुडानको डार्फरमा द्वन्द्व सुरु भयो र चाँडै पूर्ण स्तरको युद्धमा परिणत भयो। सन् २००८ सम्ममा ४००,००० मानिसहरू मारिए र २५ लाख भन्दा बढी विस्थापित भएको विश्वास गरिएको थियो।
- २००३-२००५ - रङ्ग क्रान्ति भनेर चिनिने अहिंसात्मक क्रान्तिको शृङ्खलाबाट जर्जिया, युक्रेन, किर्गिस्तान र लेबनानमा सरकारहरू ढलेका थिए।
- २००३
- डिसेम्बर: लिबियाले स्वेच्छिक रूपमा सामूहिक विनाशका सबै हतियारहरू हटाउने लिबियाका नेता मुअम्मर गद्दाफीले घोषणा गरेका थिए।
- २००४
- ११ मार्च: स्पेनको म्याड्रिडकबध सेर्कानियास कम्युटर ट्रेन प्रणालीमा दश विष्फोट भएको थियो, जसमा १९१ व्यक्तिको मृत्यु र २,००० भन्दा बढी घाइते भएका थिए।
- १ मे: युरोपेली सङ्घ १० देश (८ पूर्व कम्युनिस्ट देश, माल्टा र साइप्रस)मा विस्तार भएको थियो।
- १ सेप्टेम्बर: चेचेन विद्रोहीहरूको समूहले तीन दिनसम्म हजारौंलाई बन्धक बनाएर बेस्लानको विद्यालयमा आक्रमण गरे। गोलीबारी र बम विष्फोटको शृङ्खलाले ३३४ जनाको ज्यान लियो र ७५० जना घाइते भए।
- ११ नोभेम्बर: प्यालेस्टाइनी नेता तथा प्यालेस्टाइन मुक्ति सङ्गठनका अध्यक्ष यासेर अराफातको ७५ वर्षको उमेरमा हेमोरेजिक स्ट्रोकका कारण फ्रान्समा निधन भएको थियो।
- १८ नोभेम्बर: म्यासेचुसेट्स समलिङ्गी विवाहलाई वैधानिकता दिने पहिलो अमेरिकी राज्य बनेको थियो।
- २००५
- ७ जुलाई: चार इस्लामी चरमपन्थी आत्मघाती आक्रमणकारीद्वारा लन्डनमा तीनवटा बम विष्फोट भएको थियो जसमा चार आत्मघाती हमलाकारी सहित ५६ जनाको मृत्युु भएको थियो।
- २२ नोभेम्बर: एन्जेला मर्केल जर्मनीको पहिलो महिला निर्वाचित चान्सलर बनेकी थिइन्।
२०११-२०२
[सम्पादन गर्नुहोस्]- २०१३-२०१४ - थाइल्यान्डमा राजनीतिक सङ्कट गहिरियो र सरकारद्वारा पछि सैनिक कानून घोषणा गरिएको थियो।
- २०१४
- २२ फेब्रुअरी: युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिचलाई युरोमैदान क्रान्तिको बीचमा अपदस्थ गरियो। त्यसपछि रूसद्वारा क्रिमियाको बिलय भयो र युक्रेन र रुस समर्थित पृथकतावादी बिच युद्ध सुरु भयो।
- २६ मे: निर्वाचनमा स्पष्ट बहुमतका साथ नरेन्द्र मोदी भारतको १४औँ प्रधानमन्त्री बने।
- ८ जुलाई–२६ अगस्ट:गाजा पट्टीमा हमास र इजरायल राज्यबीचको तनाव फेरि बढ्यो।
- १७ जुलाई: मलेसिया एयरलाइन्स उडान १७, एक नागरिक व्यावसायिक विमान, पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी-नियन्त्रित क्षेत्रमा गोली हानियो।
- १८ सेप्टेम्बर: स्कटल्याण्ड, २०१४ स्वतन्त्रता जनमत संग्रह, संयुक्त अधिराज्यको हिस्सा रहने निर्णय।
- सेप्टेम्बर देखि अक्टोबर: सिरियाली गृहयुद्धको समयमा, आतङ्कवादी समूह " इस्लामी राज्य"ले टर्कीको सीमा नजिकैको उत्तरी इराक र सिरियाका क्षेत्रहरू कब्जा गर्यो। संयुक्त राज्य अमेरिकाले आईएसआईएललाई नष्ट गर्न ३० भन्दा बढी देशहरूको गठबन्धनको नेतृत्व गरेको छ। यसैबीच, रुसद्वारा सिरिया, इराक र इरानसँगको गठबन्धनको नेतृत्व। रुसको सैन्य कारबाही सेप्टेम्बर ३०, २०१५ मा सुरु।
- ३१ अक्टोबर: बुर्किना फासोमा, राष्ट्रपति ब्लेज कम्पाओरेले व्यापक विरोधको बीचमा राजीनामा दिए पछी २७ वर्षको नेतृत्व समाप्त भयो।
- १६ नोभेम्बर: रोमानियामा, क्लाउस इओहानिस नोभेम्बर २०१४ को चुनावमा विजयी, जातीय अल्पसंख्यकबाट आउने पहिलो रोमानियाली राष्ट्रपति बने।
- १७ डिसेम्बर: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा र क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोद्वारा दुई राष्ट्र बीचको ५४ वर्षदेखि चलिरहेको शत्रुताको अन्त्य गर्दै, क्युवा र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया सुरु भएको घोषणा। यसैबीच, २० जुलाई २०१५ मा पूर्ण कूटनीतिक सम्बन्धका साथ दुवै देशका दूतावास पाँच दशकपछि खुला गरियो।
सन् २०२० को दशक
[सम्पादन गर्नुहोस्]नयाँ देश र क्षेत्रीय परिवर्तन
[सम्पादन गर्नुहोस्]२१औँ शताब्दीमा केही क्षेत्रहरू स्वतन्त्र भएका छन्। यो २१औँ शताब्दीमा स्वतन्त्रता प्राप्त गरेका र संयुक्त राष्ट्र सङ्घले मान्यता पाएका सार्वभौम राज्यहरूको सूची हो।
- पूर्वी टिमोर (टिमोर-लिस्टे)[१२] :मे २०, २००२
- मोन्टेनेग्रो :जुन ३, २००६
- सर्बिया :जुन ३, २००६
- दक्षिण सुडान :जुलाई ९, २०११
दूरसञ्चार
[सम्पादन गर्नुहोस्]नागरिक विरोध प्रदर्शन
[सम्पादन गर्नुहोस्]-
अर्जेन्टिनामा डिसेम्बर २००१ दङ्गा, जसलाई "अर्जेन्टिनाजो" पनि भनिन्छ।
-
२००७ मा जर्जियाली राष्ट्रपति मिखेल साकाशभिलीको सरकार विरुद्ध प्रदर्शन।
-
इजिप्टमा अरब वसन्तको समयमा तहरिर स्क्वायर विरोध प्रदर्शन।
-
म्याड्रिडमा शान्तिपूर्ण विरोध प्रदर्शन। अगस्त २०११ मा, स्पेनको बेरोजगारी २१.२% (युवाहरूमा ४६.२%) पुग्यो।
-
२०१९-२० हङकङको विरोध प्रदर्शन
प्रकोपहरू
[सम्पादन गर्नुहोस्]प्राकृतिक प्रकोप
[सम्पादन गर्नुहोस्]२००० को दशक
घटना | मिति | प्रभावित देश/क्षेत्र | क्षति | थप जानकारी |
---|---|---|---|---|
२००१ गुजरात भुकम्प | २००१ जनवरी २६ | भारत गुजरात | करिब २०,००० मानिसको मृत्यु | |
२००१ एल साल्भाडोर भूकम्प | २००१ जनवरी १३ | सयौंको मृत्यु, हजारौँ घाइते र धेरै घरबारविहीन | एल साल्भाडोर | ठूलो विनाशकारी पहिरो, गयो। एक महिना पछि, फेब्रुअरी १३, २००१ मा, देशमा- ६.७ तीब्रताको दोस्रो भूकम्प गयो |
२००३ युरोपेली तातो लहर | युरोप | ७०,००० मानिसको मृत्यु | ||
२००३ बाम भूकम्प | डिसेम्बर २७, २००३ | इरान | २६,००० भन्दा बढीको मृत्यु | |
२००४ तूफान जीन | सेप्टेम्बर २००४ | हाइटी | ३,००० भन्दा बढी मानिसको मृत्यु | |
२००४ हिन्द महासागर भूकम्प र सुनामी | डिसेम्बर २६, २००४ | दक्षिणपूर्वी एशिया | लगभग २३०,००० मानिसको मृत्यु | समुद्रमुनि एक विशाल भूकम्पको परिणामस्वरूप |
२००५ कश्मीर भूकम्प | अक्टोबर ८, २००५ | भारत र पाकिस्तान | ७४,५०० | |
२००८ चक्रवात नरगिस | १००,००० भन्दा बढीको मृत्यु लाखौँ घरबारविहीन | |||
२००८ सिचुआन भूकम्प | मे १२, २००८ | चीनको सिचुआन | ६८,७१२ जनाको मृत्यु
१७,९२१ बेपत्ता |
७.९ र ८.० म्याग्निच्युडको भूकम्प |
२००९ फ्लू महामारी | इन्फ्लुएन्जा ए भाइरस उपप्रकार H1N1 को विश्वव्यापी प्रकोप जुन २००९ सम्ममा विश्वव्यापी रूपमा महामारीको रूपमा फैलियो। | |||
२०१० हाइटी भूकम्प | जनवरी १२, २०१० | हाइटी | २३०,००० मानिसको मृत्यु
तीन लाख मानिस घरबारविहीन |
|
२०१० चिली भूकम्प | फेब्रुअरी २७, २०१० | मध्य चिलीको तट | ८.८ म्याग्निच्युड भूकम्प | |
२०१० युसु भूकम्प | अप्रिल १४, २०१० | तिब्बत नजिकैको छिन्घाइमा चीनको युसु क्षेत्र | २,२०० भन्दा बढी मानिसको मृत्यु | ६.९ म्याग्निच्युडको ठूलो भूकम्प |
२०१० को दशक
घटना | मिति | प्रभावित देश/क्षेत्र | क्षति | थप जानकारी |
---|---|---|---|---|
२०७२ को भूकम्प | २०१५ अप्रिल २५ | मध्य नेपाल | करिब ९,००० मानिसको मृत्यु
२२,००० घाइते र झण्डै ३० लाख मानिस घरबारविहीन |
७.८ म्याग्निच्युडको भूकम्प। भूकम्पको धक्का भारत, पाकिस्तान र बंगलादेशमा महशुस गरिएको थियो । |
२०२० को दशक
घटना | मिति | प्रभावित देश/क्षेत्र | क्षति | थप जानकारी |
---|---|---|---|---|
२०२०-२०२१ मा सुडान बाढी | २०१५ अप्रिल २५ | सुडान र दक्षिण सुडान | लाखौं मानिस विस्थापित | |
२०२१ मा चीनको हेनान बाढी | कम्तिमा २० व्यक्तिको मृत्यु | भारी वर्षा सहित कम्तिमा २० से. प्रति घण्टाक गतिको आँधी इन-फाको | ||
२०२१ युरोपेली बाढी | बेल्जियम, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्रोएसिया, स्विट्जरल्यान्ड, इटाली र लक्जेम्बर्ग | १८८ भन्दा बढी मानिसको मृत्यु | जर्मनीमा आएको बाढी सन् १९६२ को उत्तरी समुद्री बाढीपछि कै सबैभन्दा घातक साबित भएको थियो। |
महामारी
[सम्पादन गर्नुहोस्]- २००२-२००४ - सर्भ एक्युट रेस्पिरेटरी सिन्ड्रोम, सार्स (Serve Acute Respiratory Syndrome, SARS) धेरै देशमा सार्सको प्रकोपम फैलियो।
- २००९ - इन्फ्लुएन्जा ए भाइरस उपप्रकार एच१एन१ (H1N1)विश्वभर फैलियो, विश्वव्यापी महामारी बन्यो।
- २०१४ - पश्चिम अफ्रिकामा इबोला भाइरस फैलियो, २०,००० भन्दा बढी केसको साथ, तत्कालीन समयको सबैभन्दा ठूलो महामारी बन्यो। अफ्रिका बाहिर पहिलो केसहरू रिपोर्ट गरिएको छ।
- २०१९-वर्तमान: SARS-CoV-2 भाइरसको कारणले गर्दा विश्वव्यापी कोरोना महामारी फैलियो। यसले व्यापक सामाजिक र आर्थिक सङ्कट निम्त्याएको छ र २०२१ को शुरुवातमा २० लाख भन्दा बढीको मृत्यु भएको छ। [१५]
अर्थशास्त्र र उद्योग
[सम्पादन गर्नुहोस्]- २००० को दशकको उत्तरार्धको वित्तीय सङ्कटले ठूलो मन्दी निम्त्यायो, जुन २०१० को दशकको प्रारम्भमा रह्यो।
- २०१० को प्रारम्भमा युरोपेली सार्वभौम-ऋण सङ्कटले युरोपेली राजनीतिमा ठूलो प्रभाव पारेको थियो र शक्ति परिवर्तन र विभिन्न देशहरूमा मितव्ययिता नीति लागु गर्न बाध्य बनायो।
- विकासशील देशहरूले विश्वको वृद्धिको ९७% ओगटेका छन्, र औद्योगिकीकरणले ब्रिक अर्थतन्त्रहरूको द्रुत वृद्धि भयो र विश्वव्यापी अर्थतन्त्रमा अमेरिकी प्रभुत्वलाई कमजोर बनायो।
- कोरोना भाइरस विश्वव्यापी महामारीको कारण धेरै सरकारद्वारा आर्थिक क्षेत्रहरु
- विश्वव्यापी जलवायु परिवर्तनका कारण धेरै अर्थतन्त्रहरूमा आर्थिक पुनर्संरचना गरिएको थियो।
दूरसञ्चार र यातायातमा भएको प्रगति, पूँजीवाद र लोकतन्त्रको विस्तार १९८० को दशक, र पछि स्वतन्त्र व्यापार सम्झौताहरू अभूतपूर्व विश्वव्यापी आर्थिक र सांस्कृतिक एकीकरण परिणाम छन्। अधिकांश अर्थशास्त्रीहरू स्वतन्त्र व्यापारले आर्थिक वृद्धि र साना व्यवसायहरू सहित अधिकांश मानिसहरूलाई फाइदा पुऱ्याउने विश्वास गर्छन्। [१६] हालैका वर्षहरूमा, तथापि, भूमण्डलीकरण विरुद्ध प्रतिक्रिया र केही नेता र राष्ट्रहरूमा संरक्षणवादी मनोवृत्तिमा फर्किएको छ, विशेष गरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उदय र संयुक्त अधिराज्यद्वारा युरोपेली सङ्घ छोड्ने निर्णय यसका उदाहरण हुन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The 21st Century and the 3rd Millennium", aa.usno.navy.mil (अङ्ग्रेजीमा), मूलबाट २०१९-१०-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-११-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०२ मिति
- ↑ "Majority of Americans distrust the government", Reuters, अप्रिल १९, २०१०, अन्तिम पहुँच जुन १, २०१५।
- ↑ Lake, David A., "Rational Extremism: Understanding Terrorism in the Twenty-first Century according to Kathii Erick Gitonga", quote.ucsd.edu, अन्तिम पहुँच जुन १, २०१५।
- ↑ "Working with Private Industry | Research Pages | The Stimson Center | Pragmatic Steps for Global Security", www.stimson.org, मूलबाट फेब्रुअरी ३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १, २०१५। वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ३, २०१६ मिति
- ↑ Fisher, Marc (डिसेम्बर २०, २०११), "Arab Spring yields different outcomes in Bahrain, Egypt and Libya", The Washington Post, आइएसएसएन 0190-8286, अन्तिम पहुँच मार्च १९, २०२०।
- ↑ Carlson, Benjamin (जुलाई ३, २०१०), "Quote of the Day: Google CEO Compares Data Across Millennia", The Atlantic।
- ↑ "Eric Schmidt: Every 2 Days We Create As Much Information As We Did Up To 2003"। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१० मिति
- ↑ https://i.imgur.com/gpXRWoq.png
- ↑ "Number of mobile phone users worldwide 2015–2020", Statista।
- ↑ "Database", iea.org।
- ↑ Reporter, B. S. (अप्रिल ३०, २०१४), "India larger than Japan in PPP terms, says WB", Business Standard India – Business Standardद्वारा।
- ↑ Grolier- the new book of knowledge, section "E"
- ↑ "'Our children die in our hands': Floods ravage South Sudan", AP NEWS, १ जनवरी २०२१, अन्तिम पहुँच जनवरी २, २०२१।
- ↑ "Floods-hit Sudan facing 'unprecedented challenges', UN warns", aljazeera.com (अङ्ग्रेजीमा) (Al Jazeera English), सेप्टेम्बर २५, २०२०, अन्तिम पहुँच जनवरी २, २०२१।
- ↑ Abraham, Roshan; Maan, Anurag (जनवरी ११, २०२१), "Global coronavirus cases surpass 90 million in battle on new variant", Reuters, अन्तिम पहुँच जनवरी ११, २०२१।
- ↑ Partington, Richard (अगस्ट १३, २०१८), "Is free trade always the answer?"।