"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सुधार
पङ्क्ति १५: पङ्क्ति १५:
| father = [[धीर शमशेर राणा|धीर शमशेर]]
| father = [[धीर शमशेर राणा|धीर शमशेर]]
}}
}}
'''चन्द्र शमशेर'' (वि.सं. १९२० असार २६<ref name=":0">नेपालको तथ्य इतिहास :प्रा.[[राजाराम सुवेदी|डा राजाराम सुवेदी]]</ref>-वि.सं. १९८६ मंसिर ११) [[राणा शासन]]का पाचौँ श्री ३ महाराज तथा नेपालका १३ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]]लाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। [[पहिलो विश्वयुद्ध]] ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठूलो संख्यामा नेपाली सेना पठाएका थिए ।
'''चन्द्र शमशेर''' (वि.सं. १९२० असार २६<ref name=":0">नेपालको तथ्य इतिहास :प्रा.[[राजाराम सुवेदी|डा राजाराम सुवेदी]]</ref>-वि.सं. १९८६ मंसिर ११) [[राणा शासन]]का पाचौँ श्री ३ महाराज तथा नेपालका १३ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]]लाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। [[पहिलो विश्वयुद्ध]] ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठूलो संख्यामा नेपाली सेना पठाएका थिए ।


श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो ।<ref name=":0" /> सात महिना गर्बमा रहेर जन्मेका यिनलाई [[जङ्गबहादुर राणा|श्री ३ जंग]]ले फिस्टे भनेर बोलाउनो हुनाले उनलाई '''फिस्टे महाराज''' भनेर समेत चिनिन्छ । उनी [[जङ्गबहादुर राणा|श्री ३ जंगबहादुर राणा]]लाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे ।<br />
श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो ।<ref name=":0" /> सात महिना गर्बमा रहेर जन्मेका यिनलाई [[जङ्गबहादुर राणा|श्री ३ जंग]]ले फिस्टे भनेर बोलाउनो हुनाले उनलाई '''फिस्टे महाराज''' भनेर समेत चिनिन्छ । उनी [[जङ्गबहादुर राणा|श्री ३ जंगबहादुर राणा]]लाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे ।<br />

१६:२९, १० फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

चन्द्र शमशेर जङ्गबहादुर राणा
१३ औँ प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९५८ साउन १३ – वि.सं. १९८६ मंसिर ११
एकाधिपतिपृथ्वी वीर बिक्रम शाह
त्रिभुवन वीर बिक्रम शाह
पूर्वाधिकारीदेव शमशेर
उतराधिकारीभिम शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १९२० असार २५
मृत्युवि.सं. १९८६ मंसिर ११
अभिभावक

चन्द्र शमशेर (वि.सं. १९२० असार २६[१]-वि.सं. १९८६ मंसिर ११) राणा शासनका पाचौँ श्री ३ महाराज तथा नेपालका १३ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू देव शमशेरलाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठूलो संख्यामा नेपाली सेना पठाएका थिए ।

श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो ।[१] सात महिना गर्बमा रहेर जन्मेका यिनलाई श्री ३ जंगले फिस्टे भनेर बोलाउनो हुनाले उनलाई फिस्टे महाराज भनेर समेत चिनिन्छ । उनी श्री ३ जंगबहादुर राणालाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे ।

देव शमशेर विरुद्धको 'कु'

१९५८ मा अनुदार राणाहरूले उदारवादी श्री ३ देवशमशेरलाई 'कु' गरि पदच्युत गरे। यसको नेतृत्व प्रधानसेनापति चन्द्र शमशेरले गरेका थिए।

सिंहदरबार निर्माण

बेलायत भ्रमण

उनी प्रधानमन्त्री भएपछि बृटिसले तिब्बत माथी हमला गर्न योजना बनाए । चन्द्र शमशेरले त्यो कार्यमा पूर्ण सहयोग गरे। हुन त थापाथली सन्धि अनुसार नेपालले त्यस्तो गर्न हुदैनथ्यो । चन्द्र शमशेरको त्यो कदम पछि उनले बेलायत भ्रमण गर्ने मौका पाए । चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो ।

१९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका १९६५ बैशाख २७ गते शुक्रबार बेलायत पुगे । करिव १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे । त्यस भ्रमणमा आफ्ना भाइ भतिजा छोराहरूमा जुद्धशम्शेर, रुद्रशम्शेर, मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, हिरण्यशम्शेर, ज्वाँइ जयपृथ्वीबहादुर सिंह, मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्रजङ्ग थापा, निजी सचिव मरिचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गङ्गाबहादुर बस्न्यात, नरनारायण शाही, शुभगोविन्द प्रसाद, बैद्यमा रत्नदास बैद्य, दरवार हाइस्कुलका हेडमाष्टर वटुकृष्ण मैत्रय, पंडित काशिनाथ तथा अन्य १९ जना नोकरचाकर लगेका थिए । बेलायतीहरूको तर्फबाट नेपालका लागि बेलायती रेसिडेन्ट (राजदुत) जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाचौ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौ राइफलका अन्य दुइ अर्दली पनि गएका थिए ।

भ्रमणका क्रममा अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए । उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो । [२]

पहिलो विश्व युद्ध

पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। पहिलो विश्व युद्धमा चन्द्र शमशेरले अंग्रेज ब्रिटिसको बेलायतको पक्ष लिए । यिनले ब्रिटिस फौजको तर्फबाट लड्न ठूलो संख्यामा नेपाली सेना पठाएका थिए । त्यस वापत नेपाल बेलायत १९२३ को सन्धि भयो ।

वि.सं. १९१४ मा श्री ३ जंगले भारतीय विद्रोह दमन गरे बापत १९१७ मा नयाँ मुलुक फिर्ता पाए। पहिलो विश्वयुद्धमा पनि बाँकी तराई र गुमेको नेपाल फिर्ता पाउने आशा थियो तर चन्द्र शमशेरले वार्षिक दस लाख नगद आफ्नो खल्तीमा हाल्न ललचाएका हुँदा भारतका गभर्नर जनरलको सिफारिस कार्बाही हुन पाएन। [३]

नेपाल बेलायत १९२३ को सन्धि

मुख्य लेख : नेपाल बेलायत १९२३ को सन्धि

नेपाल बेलायत १९२३ को सन्धिलाई महाराज चन्द्र शमशेरको २५ वर्षे कुटनैतिकको यात्राको एक मुख्य उपलब्धि मानिन्छ। यो सन्धिबाट बेलायतले नेपाललाई पहिलो पटक सर्वभैतासत्ता सम्पन्न मुलुकको रूपमा मान्यता दिएको थियो र नेपालले आफ्नो स्वार्थ अनुरुप विदेश नीति अङ्गिकार गर्न पाउन स्वतन्त्रता पाएको थियो।[४]

ए बि सी क्लास राणा

मुख्य लेख : ए बि सी क्लास राणा

कार्यहरु

टुँडिखेल पारिबाट देखिएको त्रिचन्द्र सैनिक अस्पताल (बाया पट्टि वीर अस्पताल ट्रमा सेन्टर)

सति प्रथा अन्त्य

लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई सती प्रथा भनिन्छ। यो प्रथा प्राचिन कालदेखी नै नेपाल र भारतमा प्रचलित थियो। यो प्रथा रोक्ने प्रयासहरूमा राजा मानदेवकी आमा सती नजानु तथा मुलुकी ऐन १९१० को सुधार‚ वीर शमशेरको सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो । [६]

वि.सं. १९१० को मुलुकी ऐनको सुधारः- १६ वर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ वर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिलालाई सती जानु नपर्ने ।

सदियौ देखि नारी माथी लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे। चन्द्रशम्शेरले आषाढ २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रूपमा अन्त्य गरेका थिए । श्री ५ त्रिभुवनवीरविक्रम शाहको राज्यकालमा श्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गतेदेखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनी रुपमै यो प्रथा नेपालमा बन्द भयो ।

दास प्रथा अन्त्य

जंग बहादुरले वि.सं. १९१० को मुलुकी ऐन मार्फत १६ वर्ष भन्दा कम उमेरकालाई दास दासी राख्न नपाउने‚ बिक्री गर्न नपाउने तथा नयाँ ठाउँमा दास गएमा पुरानो ठाउँमा फिर्ता हुन बाध्य बनाउन नपाउने जस्ता सुधार गरे भने कानुनी रूपमा वि.सं.१९८२ बैसाख १ गते चन्द्रशमशेरले दासप्रथाको उन्मुलन (घोषणा १९८१ मंसिर २४ गते) गरे ।

दास प्रथा उन्मुलन गर्दाः

कुल जनसङ्ख्या ५५‚७३‚७८८ ।

जम्मा दास दासीको संख्या : ५९‚५७३।

क्षतिपुर्ती तिरेर मुक्त गरिएका दास दासिहरु: ५१‚७८३।

मालिकको संख्या: १५‚७१९।

मालिकलाई दिएको क्षतीपुर्ती : ३६ लाख ७० हजार ।

ग्याल्पो काण्ड

मुख्य लेख :ग्याल्पो काण्ड

प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेको थियो तर त्यसको तयारी हुदाहुदै श्री ३ चन्द्रको स्वर्गवास भयो। पछि अंग्रेजको मध्यस्ततापछी सो युद्धको सम्भावना टर्यो ।

चन्द्रकालमा प्रचलित भनाइहरु

  • भित्ताको पनि कान हुन्छन्।
  • चन्द्रे हाँस्यो त नास्यो
काठमाडौंको घण्टाघर र त्रिचन्द्र क्याम्पस

शैक्षिक योगदान

शिकारका क्रममा नेपालको तराई पुगेका बेलायती महाराजा जर्ज पाँचौंलाई स्वागत गर्दै चन्द्र शमशेर (बायाँ) सन् १९११

चन्द्र शमशेरको समयको मध्य काटिरहँदाको अवस्थामा विश्व, खासगरी भारतीय उपमहाद्विपको राजनीतिक वातावरणमा उल्लेख्य भिन्नता आउन थाल्यो। पहिलो विश्वयुद्धमा डेढलाख बढी नेपाली लाहुरेहरू विश्वका विभिन्न भागमा पुगेर फर्केपछि तिनले गाउँ गाउँमा आफूले ठाउँ ठाउँमा देखे-भोगेको ज्ञानगुन र चमत्कारका कुरा सुनाउन थाले। भारतमा पनि वि्रटिश विरुद्धको स्वतन्त्रता संग्राम उल्लेख्य मात्रामा बढेर गयो। यो अवस्थामा नेपाली विद्यार्थीलाई पढाइका लागि भारत पठाउँदा त्यहाँको चेतवाट दीक्षित भएका युवा विद्यार्थीले नेपालको आफ्नो जहानिया शासनमा घातक प्रभाव पार्न सक्ने भएपछि कूटिल प्रधानमन्त्री चन्द्र शमशेरले नेपालमै उच्च शिक्षा हासिल गर्न सकिने व्यवस्था बाँध्ने निश्चित गरे। परिणामतः त्रिचन्द्र क्याम्पसको स्थापना भयो।

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ नेपालको तथ्य इतिहास :प्रा.डा राजाराम सुवेदी
  2. रित्तो हात फर्किएका राजा
  3. (डा. राजाराम सुवेदी, "नेपालको तथ्य इतिहास" पृष्ठ २५६)
  4. हुसैन, असाद (१९७०), नेपाल राज्यको ब्रिटिस भारतसँगको सम्बन्ध, लण्डन: जर्ज एलेन, पृ: २०८। 
  5. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २५५, आइएसबिएन 99933-2-406-X 
  6. सतीप्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार

बाह्य कडीहरू