कुवैत सिटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुवैत सिटी (शहर)
مدينة الكويت
मदीनत एल कुवैत
Kuwait city at night.jpgकुवैत शहरमा रात्रिका विहंगम दृश्य
निर्देशाङ्क: २९°२२′११″ उत्तर ४७°५८′४२″ पूर्व / २९.३६९७२° उत्तर ४७.९७८३३° पूर्व / 29.36972; 47.97833निर्देशाङ्क: २९°२२′११″ उत्तर ४७°५८′४२″ पूर्व / २९.३६९७२° उत्तर ४७.९७८३३° पूर्व / 29.36972; 47.97833
देश कुवैत
राज्य अल असीमाह
क्षेत्रफल
 - मेट्रो २०० किमी (७७.२ वर्ग मी)
जनसङ्ख्या (2005 अनुमान)
 - नगर ९६,१००
 - महानगरीय क्षेत्र २,३८०,०००
समय क्षेत्र EAT (युटिसी+3)

कुवैत सिटी (अरबी: مدينة الكويت, लिप्यन्तरण: मदीनत-अल-कुवैत) कुवैतको राजधानी हुनको साथ-साथै यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यसलाई कुवैतको मुटु पनि भनिन्छ । यसै शहरमा संसद भवन तथा अधिकांस सरकारी कार्यालयहरू स्थित छ । देशको राजनीतिक राजधानी हुनको साथ-साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ । यसको अनुमानित जनसङ्ख्या शहरीय सीमामा ६३,६०० (२००६) र महानगरीय क्षेत्रमा २३.८ लाख छ । शहरको क्षेत्रफल २०० वर्ग किलोमीटर छ

यो शहर फारसको खाडी तटमा स्थित छ र कुवैतको सम्सद (मजलिस अल-उम्मा), अधिकांश सरकारी कार्यालय, कुवैतको धेरै नै ठुलो कम्पनी यहाँ स्थित छ । निर्विवाद रूप्ले यो कुवैतको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र हो । यसको साथ नै यो अरब जगतको एक महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । लिबरेशन टावर, कुवैत टावर, नेशनल म्‍यूजियम, फैलाका द्वीप, इन्टरटेनमेन्ट सिटी, साइन्स एण्ड नेचुरल हिस्‍ट्री म्‍यूजियम, लिबरेशन स्‍मारक, साइन्टिफिक सेन्टर, तारिक रजाब म्‍यूजियम, बयात अल- बदीर, जूलाजिकल पार्क, सङ्गीतमय फव्‍वारा आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।[१][२][३]

प्रमुख आकर्षण[सम्पादन गर्ने]

लिबरेशन टावर[सम्पादन गर्ने]

यो टावर कुवैतको मुक्ित तथा उसको पुनरुत्थानका प्रतीक हो । यो विश्वको सबैभन्दा अग्लो टावरमध्ये एक हो । यो टावर ३७२ मीटर अग्लो छ । लिबरेशन टावर एफिल टावरभन्दा ४० मीटर धेरै अग्लो छ । यस टावरको नाम इराकी कब्जाबाट मुक्ति पछि दिएको हो । यो टावर इमारत सिरेमिक टाइलले बनाएका हुन् ।

कुवैत टावर[सम्पादन गर्ने]

१९७९ मा निर्मित, यो मीनार, कुवैत शहरको लैन्डमार्क हो।
मजलिस-अल-उमा (مجلس الأمة, "राष्ट्रका परिषद"), कुवैत शहरमा संसद भवन
कुवैत सिटीमा बर्गन बैङ्क

यो कुवैत सिटीको प्रमुख दर्शनीय स्थलमध्ये एक हो । यो टावर दशमनमा अरब सागरको तट मा सिटी सेन्टरको पूर्वमा स्थित छ । यो टावर १८७ मीटर अग्लो छ ।

नेशनल म्यूजियम[सम्पादन गर्ने]

यो म्यूजियम नेशनल एसेम्बलीको नजिक स्थित छ । यस म्यूजियम परिसरमा चार भवन तथा एक तारामन्डल छ । नेशनल म्यूजियममा इस्लामिक कलाको अल सबाह शैलीका सुन्दर सङ्ग्रह छ । यसको अतिरिक्त यसमा अरबी शैलीका हस्तशिल्पको पनि अदभूत सङ्ग्रह छ । यस म्यूजियममा इस्लामिक शैलीको वस्तुको पनि प्रदर्शनको लागि राखिएको छ । नेशनल म्यूजियमलाई इराकी आक्रमणकारियाले जलाइदिएको थियो ।

फैलाका द्वीप[सम्पादन गर्ने]

१२ किलोमीटर लम्बाइ र ६ किलोमीटर चौडाइ यो द्वीप कुवैत सिटी सेन्टरभन्दा २० किलोमीटर उत्तर-पूर्वमा स्थित छ । यो कुवैतको एक प्रमुख पुरातात्विक स्थल हो । यस द्वीपको सम्बन्ध काङ्स्य युगले जोडिन्छ । मानिन्छ कि त्यस समय यहा मानिसहरूको निवास थियो । यसै द्वीपमा ग्रीक आक्रमणकारियाले आफ्नो बस्ती बबसाएको थियो । यहा एक प्राचीन मन्दिरको अवशेष प्पाणी देखिन सकिन्छ ।

इन्टरटेनमेन्ट सिटी[सम्पादन गर्ने]

कुवैत शहरको गगनरेखा

यो कुवैत सिटीभन्दा २० किलोमीटर टाधा दोहोरमा स्थित छ । यो विश्वको प्रमुख मनोरन्जन केन्द्रमध्ये एक हो । यहा मनोरन्जनको पूरा बन्दोबस्त छ । यो सिटी अरब वर्ल्ड, फ्यूचर वर्ल्ड तथा इन्टरनेशनल वर्ल्डरमा तीन भागमा बाढीएको छ । यसको रेक-देख के. टी. ई. सी. गर्छन् ।

विज्ञान तथा प्राकृतिक इतिहास सङ्ग्रहालय[सम्पादन गर्ने]

यो साइन्स एण्ड नेचुरल हिस्ट्री म्यूजियम अब्दुल्लाह मुबारक गलीमा स्थित छ । यस म्यूजियममा प्राकृतिक इतिहास, तेल उद्योग, उड्यन उद्योग, वनस्पति शास्त्र, इलेक्टोनिक्स तथा अन्तरिक्ष सम्बन्धित वस्तुको प्रदर्शित गरिएको छ । यो म्यूजियम शनिवारदेखि लिएर बुधवारसम्म बिहान र बेलुका खुला रहन्छ ।

लिबरेशन स्मारक[सम्पादन गर्ने]

यो स्माकर कुरेन हाउसिङ्ग क्षेत्रमा स्थित छ । यो क्षेत्र इराक र कुवैत बीच भएको युद्धको सबुत हो । अब यस क्षेत्रलाई स्मारकको रुपमा परिवर्तित गरिएको छ । यस स्मारकमा यस युद्ध सम्बन्धित वस्तुलाई प्रदर्शनीको लागि राखिएको छ । यसको बाहेक यस स्मारकमा इराकी आधिपत्यलाई चित्रको माध्यमले प्रदर्शित गरिएको छ ।

साइन्टिफिक सेन्टर[सम्पादन गर्ने]

यो मध्य-पूर्वको सबैभन्दा ठुलो एक्वेरियम हो । यसका निर्माण कुवैत फाउन्डेशनले गराएको हो । यस एक्वेरियममा समुद्री जीव तथा समुद्रमा पाइने रुख-बिरुवाको प्रदर्शित गरिन्छ ।

तारिक रजाब म्यूजियम[सम्पादन गर्ने]

यो एक रजाब परिवारका निजी म्यूजियम हो । यस म्यूजियमको निर्माण कार्य १९५० देखि दशक मा आरम्भ भहेको थियो । यसलाई १९८० मा मानिसको लागि खिलिदिएको थियो । यो म्यूजियम दुई भागमा बाटिएको छ । यसमा माटोको भाडा, सुलेखन, धातु शिल्प, लठ्ठीको हस्तशिल्प, हाथीको वस्तु, सिसाको सामान आदि देखिन सकिन्छ । यस म्यूजियमको भित्तामा कुरान उकेरा भएको छ । म्यूजियमको दोश्रो भागमा इस्लामिक शैलीको आभूषण, कपडा आदिलाई प्रदर्शनको लागि राखिएको छ ।

बयात अल[सम्पादन गर्ने]

बदीर: यो एक पुराना भवन हो, जुन अल-सादू भवनलो निकट स्थित छ । यस इमारतका निर्माण १८३८ ई. देखि १८४८ ई. को बीच भएको थियो ।

जूलाजिकल पार्क[सम्पादन गर्ने]

यो पार्क एयरपोर्टको नजिक ओमारियामा छ । यो पार्क १८०००० वर्ग मीटरमा फैलिएको छ । यस पार्कमा जानवरका ६५ प्रकार, पक्षिका १२९ प्रकार तथा ५ प्रकारका रेङ्गने वाला जीव देखिन सकिन्छ ।

सङ्गीतमय फव्वारा[सम्पादन गर्ने]

यो फव्वारा रिङ्ग रोड १ मा आईस स्केटिङ्ग रिङ्कको छेउमा स्थित छ । यहा प्रत्येक बेलुमा ६ बजेदेखि रात १० बजेसम्म सङ्गीतमय फव्वाराको शो देखाइन्छ ।

यस बाहेक यहा कुवैत साइन्स क्लब, सादु हाउस, मस्जिद, पार्क, आर्ट आदि पनि देख्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]