पनौती नगरपालिका
पनौती नगरपालिका | |
|---|---|
नगरपालिकाभित्र रहेको विशेश्वर महदेव मन्दिर दृश्य | |
| निर्देशाङ्क: २७°३५′उ ८५°३१′पू / 27.583°N 85.517°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | काभ्रेपलाञ्चोक |
| नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
| समावेश (गाविस) | सुब्बागाउँ, टौखाल, पनौती (इन्द्रेश्वर), मल्पी, सुन्थान र खोपासी |
| सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
| समावेश (गाविस) | कुशादेवी, रयाले बिहावर, कलाँती भूमिडाँडा, बल्थली, शारदा बतासे (३,४ र ९) र शंखुपाटीचौर (४) |
| सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
| सरकार | |
| • नगरप्रमुख | रामशरण भण्डारी (नेपाली काङ्ग्रेस) |
| • उपप्रमुख | गिता बन्जारा (नेकपा (एमाले)) |
| क्षेत्रफल | |
| • जम्मा | ११८ किमी२ (४६ वर्ग माइल) |
| उन्नतांश | १४४२ मिटर (४७३१ फिट) |
| जनसङ्ख्या | |
| • जम्मा | ५२,०७८ |
| • घनत्व | ४४०/किमी२ (११००/वर्ग माइल) |
| जातीय बनावट | |
| • पहाडी ब्राह्मण | २५.६८% |
| • क्षेत्री | २५.३९% |
| • तामाङ | २१.३६% |
| • नेवार | १७.२९% |
| धार्मिक बनावट | |
| • हिन्दु | ७९.०१% |
| • बौद्ध | १८.८७% |
| • ईसाई | १.७९% |
| • मुस्लिम | ०.२६% |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| हुलाक कोड | ४५२०९ |
| क्षेत्रीय सङ्केत | ०११ |
| वेबसाइट | www |
पनौती नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको एक नगरपालिका हो। यो नेपालको एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल हो। काभ्रेपलाञ्चोक जिल्लाका तत्कालिन सुब्बागाउँ, टौखाल, पनौती (इन्द्रेश्वर), मल्पी, सुनबान र खोपासी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर पनौती नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा कुशादेवी, रयाले, कलाँती भूमिडाँडा, बल्थली, शारदा बतासे (३,४ र ९) र शंखुपाटीचौर (४) गाउँ विकास समितिहरू यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[५][६][७] कुल १२ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ४६,५९५ रहेको छ। यो नगरपालिका भित्रको प्रारम्भिक मध्यकालीन पुरातात्विक धरोहरहरूको परिसरलाई संयुक्त राष्ट्रको युनेस्कोले सन् १९९६ देखि सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचीकृत गरेको छ।[८][९][१०]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पनौती नगरपालिकाको कुल जनसङ्ख्या ५१,५०४ रहेको छ भने यहाँ ७,१४८ घरधुरी रहेका छन्।[४] यस नगरपालिकामा २५.६८% पहाडी ब्राह्मण, २५.३९% क्षेत्री, २१.३६% तामाङ र १७.२९% नेवार समुदायहरु रहेका छन्। साथै, ७९.०१% हिन्दु, १८.८७% बौद्ध, १.७९% ईसाई र ०.२६%मुस्लिम धर्मालम्बीहरु रहेका छन् ।
वडागत विभाजन र जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार पनौती नगरपालिकाको कुल जनसङ्ख्या ५१,५०४ रहेको छ। यस नगरपालिकालाई १२ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:
| वडा नं. | समावेश साविकका वडाहरू/गाविसहरू | जनसङ्ख्या (२०७८) | क्षेत्रफल (वर्ग कि.मी.) | जनघनत्व (व्यक्ति/वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | रयाले | ४,२१४ | २४.६९ | १७०.६८ |
| २ | कुशादेवी (४-८) | ३,०७४ | १६.८४ | १८२.५४ |
| ३ | कुशादेवी (१-३,९) | ३,८६७ | ६.३६ | ६०८.०२ |
| ४ | पनौती (३, ४) | ७,७८५ | ५.४९ | १,४१८.०३ |
| ५ | पनौती (१, २) | ६,००४ | ६.३१ | ९५१.५१ |
| ६ | पनौती (११) | ३,५४७ | २.३४ | १,५१५.८१ |
| ७ | पनौती (५-७) | ४,६६५ | १.८२ | २,५६३.१९ |
| ८ | पनौती (८, ९) | ३,७०९ | ३.९४ | ९४१.३७ |
| ९ | पनौती (१०) र शारदा बतासे (३-४,९) | ४,५६९ | ५.३७ | ८५०.८४ |
| १० | पनौती (१२-१३) र शङ्खुपाटीचौर (४) | ४,२८६ | ९.३४ | ४५८.८९ |
| ११ | बल्थली | २,५३५ | ९.५३ | २६५.९९ |
| १२ | कलाँती भूमिडाँडा | ३,६३८ | २५.९५ | १४०.१९ |
| जम्मा | ५१,५०४ | ११७.९८ | ४३६.५५ | |
इतिहास
[सम्पादन गर्नुहोस्]लिच्छवि कालदेखि नै अस्तित्वमा रहेको यो स्थानको विकास मल्ल कालमा आएर भएको हो।[११]
पुरातात्विक स्थलहरू
[सम्पादन गर्नुहोस्]पनौती नगरपालिकाभित्र रहेका महत्वपूर्ण स्थलहरूमा इन्द्रेश्वर महादेव मन्दिर, भद्रकाली मन्दिर, बह्मायणी मन्दिर, तोलानारायण मन्दिर, उन्मत्त भैरवका मूर्ति तथा मन्दिरको वास्तुकला रहेका छ्न्। यी स्थलहरूले प्राचीन तथा मध्यकालीन युगको उत्कृष्ट शिल्पकारिताको नमुना प्रस्तुत गर्दछ।[१२]
सचि तिर्थ त्रिवेणिघाट
[सम्पादन गर्नुहोस्]सचि तर्थ त्रिवेणि घाट सन् १९९६ देखी UNESCO को विश्व संम्पदा सुचिमा सुचिकृत स्थान हो ।
पनौती तिर्थ बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्ला को पनौती नगरपालिकामा अवस्थित छ। यसको ऐतिहासिक तथ्य हिन्दू धर्मावलम्बीका निम्ति शिवको तेस्रो आँखाको महत्त्व जति छ, उति नै इन्द्रको तेस्रो आँखाको पनि। पावन भूमिका रूपमा चिनिएको पनौतीसँग यही तेस्रो आँखाको ऐतिहासिक तथ्य जोडिएको छ।
यस स्थानलाइ सचि तिर्थ वा त्रिबेणी धाम पनि भनिन्छ ।
पनौती आउने प्रायः भारतीय पर्यटक अहिल्याको सोधीखोजी गर्छन्। तर, नेपाली धर्मावलम्बीलाई भने अहिल्याका बारेमा उति साह्रो चासो हुँदैन। धर्मग्रन्थहरूका पौराणिक कथा अनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाट नजीकै बस्थे। अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्र एक समय गौतम ऋषिकै भेष धारण गरेर पृथ्वीमा ओर्लिए। समयभन्दा अगावै इन्द्रले भाले बासेको नक्कल गरेपछि सक्कली गौतम ऋषि स्नान गर्न त्रिवेणीघाट गए। यही मौकामा छद्मभेषी इन्द्र आश्रममा छिरी ऋषिपत्नी अहिल्यासँग शारीरकि सम्बन्ध बनाए। नदी तट नजीकै पुगेपछि मात्रै आफूले फेर्ने धोती नल्याएको थाहा पाएर सक्कली गौतम ऋषि आश्रम फर्किए। आश्रमको ढोकामा आफ्नै भेषधारी इन्द्रलाई देखेपछि क्रोधित भएका गौतम ऋषिले दुवैलाई श्राप दिए। श्रापको प्रभावका कारण अहिल्या ढुंगामा परण्िात भइन्। उक्त ढुंगा अहिले पनि इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वी कुनामा अवस्थित छ। श्रापकै कारण राजा इन्द्रको शरीरभरी हजारौँ योनि निस्किए।
कथा अनुसार श्रापपछि लज्जित भएका राजा इन्द्र श्रापमुक्त हुने उपाय खोज्दै आफ्ना गुरु बृहस्पतिको शरणमा पुगे। गुरुको सल्लाह अनुसार राजा इन्द्र मुक्तेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसे। तपस्यापछि प्रसन्न भएका मुक्तेश्वर महादेवले इन्द्रलाई एउटा सुकेको बाँस दिएर भने, "यसलाई टेक्दै यात्रा गर्नु, बाँसमा पालुवा निस्केर जरा हाल्न थालेपछि तिमी योनिमुक्त हुनेछौ।" मुक्तेश्वर महादेवको आज्ञा अनुसार पृथ्वीको यात्रामा निस्किएका इन्द्र त्रिवेणीको नजिकपुगेपछि उनले ढुंगामा टेकेको बाँसमा पालुवा आयो र त्यति नै खेर उनको निधारबाहेक शरीरभरी आएका योनि लुप्त भए।
इन्द्रले ढुंगामा बाँस बिसाएकै हुनाले उक्त ठाउँको नाम पनौती रहन गएको विश्वास छ। किनभने, नेवारी भाषामा 'पँ' भनेको बाँस र 'ल्होँ' भनेको ढुंगा भन्ने बुझिन्छ। ढुंगामा बाँस बिसाउँदा पालुवा आएको हुनाले उक्त ठाउँ 'पँल्होँ' हुँदै कालान्तरमा पनौती नामकरण भएको मानिन्छ।
निधारको योनि नहटेपछि राजा इन्द्र पनौती नजीकै रहेको भालेश्वर महादेवको बाह्रवर्षे तपस्यामा बसेको धार्मिक मान्यता छ। यस तपस्यापछि भालेश्वर महादेवले इन्द्रको निधारमा रहेको योनिलाई आँखामा परिणत गरिदए। भालेश्वर महादेवलाई अहिले पनि पनौतीमा देख्न सकिन्छ। त्यही बेलादेखि संसारका सबै हिन्दू धर्मावलम्बीहरूका निम्ति तेस्रो आँखा भएका इन्द्रको पूजा महत्त्वको विषय रहँदै आएको छ। जसको ऐतिहासिकता पनौतीसँग जोडिएको छ।
इन्द्रले जुन ढुंगामा बाँस टेकाउँदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए। इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ। उक्त स्थानमा अहिले रहेको मन्दिर भने ईस्वीको १३औँ शताब्दीमा राजा जयसिंहराम मल्लले बनाएका हुन्। ऐतिहासिक तथ्यका आधारमा पनौतीको महत्त्व यति मात्रै छैन। यही इन्द्रेश्वर महादेवको मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मान्न सकिन्छ। अहिले पनि उक्त मन्दिर १३औं शताब्दीकै स्वरूपमा छ -हेर्नूस्, तस्बिर)। समयका हिसाबले चाँगुनारायण र पशुपति सबैभन्दा पुराना धार्मिक स्थल हुन्। तर, ती दुवै स्थानमा मन्दिरको अहिलेको स्वरूप भने क्रमशः १४औँ र १५औँ शताब्दीमा बनेका हुन्।
ऐतिहासिकता र धार्मिक मान्यताका हिसाबले पवित्र पनौतीका बारेमा हिन्दू धर्मावलम्बीहरू नै अनभिज्ञ छन्। सम्पदाहरूको महत्त्व त्यसको धार्मिक पक्षसँगै त्यसका पछाडि जोडिएको इतिहासले पनि निर्धारण गरेको हुन्छ। पनौती यी दुवै पक्षबाट सबैभन्दा अगाडि छ।
सचि तिर्थ त्रिवेणिघाट
[सम्पादन गर्नुहोस्]काभ्रे जिल्लाको पनौतीमा नगरपालिकामा अवस्थित छ । दुइ नदिको सघंम भएको सचि तिर्थ त्रिवेणिघाट काठमाडौँबाट करीव ३६ कि.मी.को दुरीमा रहेको यो धार्मिक तथा पर्यटकिय स्थल हो । सचि तिर्थको दिक्षिण तर्फ रोसी नदि र उत्तर तर्फबाट पुण्ड्य माता नदी बग्दछन् ।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- उन्नत भैरव मन्दिर
- सचि तिर्थ त्रिवेणिघाट र रोसि खोला
- पनौतीको सांस्कृतिक धरोहर
- उन्नमत्त भैरव मन्दिर र ढोका झ्यालमा कुदिएका कलाकृति
- मूर्ति
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाल राजपत्र" (नेपालीमा), नेपाल सरकार, पृ: ५–६, अन्तिम पहुँच २०२२-०१-०१, "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको"
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ "Khopasi (Panauti) Rainfall Station (Index 848)", Department of Hydrology and Meteorology, Nepal, अन्तिम पहुँच २०२६-०३-२७।
- 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३। अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
- ↑ "पच्चीस वर्षपछि पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३०।
- ↑ "‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३०।
- ↑ "The early medieval architectural complex of Panauti" [पनौतीको प्रारम्भिक मध्यकालीन वास्तुकला परिसर], युनेस्को विश्व सम्पदा केन्द्र (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-३०।
- ↑ "नगर परिचय", नगर कार्यपालिकाको कार्यालय, पनौती नगरपालिका, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "पनौतीमा १२ वर्षे ‘मकर मेला’", कालिका न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३०।