पन्जाब, भारत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पन्जाब (भारत)बाट अनुप्रेषित)
पन्जाब
ਪੰਜਾਬ
पन्जाबको नक्सा
पन्जाबको नक्सा
उपनाम: 
पाँच नदीहरूको भूमी
भारत को नक्सामा पन्जाबको अवस्थितीको अवस्थिति
भारत को नक्सामा पन्जाबको अवस्थिती
माथिबाट घडीको दिशा: हरमन्दिर साहिब, किला मुबारक, गान्धी भवन, वाघा बोर्डर, जलियावाला बाग मेमोरियलको अवस्थिति
माथिबाट घडीको दिशा: हरमन्दिर साहिब, किला मुबारक, गान्धी भवन, वाघा बोर्डर, जलियावाला बाग मेमोरियल
राष्ट्र भारत
स्थापना१९६६-११-०१
राजधानीचण्डिगढ
ठुलो सहरलुधियाना
जिल्ला२२
सरकार
 • राज्यपालShivraj Patil[१]
 • मुख्यमन्त्रीParkash Singh Badal (SAD)
 • व्यवस्थापिकाएक सदनात्मक (११७ seats)
 • संसदीय निर्वाचन क्षेत्र१३
 • उच्च अदालतपन्जाब तथा हरियाणा उच्च अदालत
क्षेत्रफल
 • जम्मा५०,३६२ किमी (१९४४५ वर्ग माइल)
 • क्रम19th
जनसङ्ख्या
 (2011)[२]
 • जम्मा२७,७०४,२३६
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+05:30 (IST)
आइएसओ ३१६६ सङ्केतIN-PB
HDIवृद्धि 0.679 (medium)
HDI rank9th (2005)
साक्षरता७६.६८%
सरकारी भाषापन्जाबी, हिन्दी
वेबसाइटpunjab.gov.in

पन्जाब अथवा पन्जाब (पन्जाबी: ਪੰਜਾਬ) भारतको एक राज्य हो। यो राज्य वृह्द पन्जाब क्षेत्रको एक भाग हो। यसको अर्को भाग पाकिस्तानमा छ। पन्जाब क्षेत्रका अन्य भाग भारतको हरियाणाहिमाचल प्रदेश राज्यमा पर्दछन्। यस राज्यको पश्चिममा पन्जाब (पाकिस्तान), उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश, दक्षिण तथा दक्षिण-पूर्वमा हरियाणा, दक्षिण-पूर्वमा केन्द्र शासित प्रदेश चण्डीगढ र दक्षिण-पश्चिममा राजस्थान राज्य पर्दछ। यस राज्यको कुल जनसङ्ख्या २,४२,८९,२९६ छ भने कुल क्षेत्रफल ५०,३६२ वर्ग किलोमीटर रहेको छ। केन्द्र शासित प्रदेश चण्डीगढ पन्जाबको राजधानी हो। चण्डिगढ हरियाणा राज्यको पनि राजधानी हो। पन्जाबका प्रमुख शहरहरूमा अमृतसर, लुधियाना, जालन्धर, पटियालाबठिन्डा पर्दछन्।

सन् १९४७ मा भारतको विभाजन पछि तत्कालिन बृह्द पन्जाबलाई विभाजन गरेर आधा पन्जाब भारतमा र आधा पाकिस्तानमा राखिएको थियो। सन् १९६६ मा भारतीय पन्जाबको पनि विभाजन भयो। यसमा पन्जाबलाई विभाजन गरेर हरियाणा, हिमाचल प्रदेश र पन्जाब गरेर तिन राज्य बनाइए। यो भारतको एकमात्र राज्य हो जहाँ सिख धर्मावलम्बीहरूको बहुमत छ।

युनानीहरू पन्जाबलाई पैंटापोटाम्या नामले जान्दथे। पैंटापोटाम्यो अर्थ पाँचवटा सहायक नदीहरू मिलेर बनेको नदी समूह भन्ने हो। पारसीहरूको पवित्र ग्रन्थ अवैस्टामा पन्जाब क्षेत्रलाई पुरातन हप्ता हेंदू या सप्त-सिंधु (सात नदीहरूको धरती)सँग जोडिएको छ। बर्तानवीहरू यसलाई "हाम्रो प्रशिया" भनेर बोलाउने गर्थे। ऐतिहासिक तौरमा पन्जाब युनानि, मध्य एसियाई, अफगानी र ईरानीहरूको लागि भारतीय उपमहाद्वीपको प्रवेश-द्वार रहेको छ।

कृषि पन्जाबको सबै भन्दा ठुलो उद्योग हो; यो भारतको सबै भन्दा ठुलो गहूँ उत्पादक क्षेत्र हो। यहाँका प्रमुख उद्योगहरूमा वैज्ञानिक साज, कृषि, खेल र बिजली सम्बन्धित सामान, सिलाई मशीन, मशीन यन्त्रहरू, स्टार्च, साइकल, मल आदिको निर्माण, वित्तीय रोजगार, सैर-सपाटा र देवदारको तेल तथा चिनी उत्पादन पर्दछन्। पन्जाबको गोबिन्दगढमा भारतकै सबै भन्दा बढी स्टिल को मील अथवा कारखानाहरू छन्।

नामोत्पत्ति[सम्पादन गर्नुहोस्]

'पन्जाब' शब्द, फारसी शब्द 'पंज' (پنج) पाँच र 'आब' (آب) पानीका मेलबाट बनेको छ। यसको शाब्दिक अर्थ 'पाँच नदीहरूको क्षेत्र' हो। यि पाँच नदीहरू हुन्: सतलुज, व्यास, रावी, चिनाबझेलम। धार्मिक आधारमा सन् १९४७ मा भएको भारत विभाजनका दौरान चिनाब ल झेलम नदीहरू पाकिस्तान को पन्जाब राज्यमा पर्न गए।

इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन पन्जाब कुनै बेलामा विस्तृत भारत-ईरानी क्षेत्रको एक भाग थियो। पछिल्ला वर्षहरूमा यहाँ मौर्य, बैक्ट्रियन, यूनानी, शक, कुषाण, गुप्त जस्ता अनेक शक्तिहरूको उत्थान र पतन भयो। मध्यकालमा पन्जाब मुसलमानहरूको अधीनमा रहयो। सब भन्दा पहिले गजनवी, गौरी, गुलाम वंश, खिलजी वंश, तुगलक, लोधीमुगल वंशहरूको पन्जाबमा अधिकार रहयो। पन्ध्रौँ र सोह्रौँ शताब्दीमा पन्जाबको इतिहासले नयाँ मोड लियो। गुरु नानक देव का शिक्षाले गर्दा यहाँ भक्ति आन्दोलन मच्चियो। सिख पन्थहरूले एक धार्मिक तथा सामाजिक आन्दोलनलाई जन्म दिए, आन्दोलनको मुख्य उद्देश्य धर्म र समाजमा फैलिएका कुरीतिहरूलाई हटाउनु थियो। दशौँ गुरु गोबिन्द सिंहले सिखहरूलाई खालसा पन्थका रूपमा संगठित गरे तथा एकजुट गरे। उनले देशभक्ति, धर्मनिरपेक्षता र मानवीय मूल्यमा आधारित पन्जाबी राज्यको स्थापना गरे। एक फारसी लेखको शब्दहरूमा महाराजा रणजित सिंहले पन्जाबलाई सिख साम्राज्यमा बदली दिए। उनको देहावसान पछि भित्री मतभेद र अङ्ग्रेजहरूक चालका कारण पूरा साम्राज्य छिन्न-भिन्न भयो। अङ्ग्रेज र सिखहरू बीच दुईवटा निष्फल युद्धहरू पश्चात सन् १९४९ मा पन्जाब बेलायती शासनको अधीनमा भयो।

स्वतन्त्रता आन्दोलनमा गान्धी जीको आगमन भन्दा पहिले नै पन्जाबमा बेलायती शासनका विरुद्व सङ्घर्ष शुरु भइ सकेको थियो। अङ्ग्रेजहरूका विरुद्व यो सङ्घर्ष सुधारवादी आन्दोलनको रूपमा प्रकट भइरहेको थियो। सबै भन्दा पहिले आत्म अनुशासन र स्वशासनमा विश्वास गर्ने नामधारी सम्प्रदायले सङ्घर्षको बिगुल फुके। त्यसपछि लाला लाजपत रायले स्वतन्त्रता सङ्ग्राममा अग्रणी भूमिका निभाए। चाहे देशमा होस् या विदेशमा, पन्जाब स्वतन्त्रता सङ्ग्रामको हर मोर्चामा अगाडि रहयो। देशको स्वतन्त्रता पछि पन्जाबलाई विभाजनको सामना गर्नु पर्यो जसले गर्दा ठुलो सङ्ख्यामा रक्तपात तथा विस्थापन भयो। विस्थापितहरूलाई पुनर्वासका साथै राज्यलाई नयाँ ढङ्गले संगठित गर्नु पर्ने चुनौती थियो।

पूर्वी पन्जाबका आठ रियासतहरूलाई मिलाएर नयाँ राज्य 'पेप्सू' तथा पूर्वी पन्जाब राज्य "सघ-पटियाला" निर्माण गरिए। पटियालालाई यसको राजधानी बनाइयो। सन् १९५६ मा पेप्सूलाई पन्जाबमा मिलाइयो। पछि गएल पन्जाबी सूबा आन्दोलनका कारण १९६६ मा पन्जाबबाट केही हिस्सा निकालेर हरियाणा बनाइयो।

पन्जाब भारतको उत्तर-पश्चिमी भागमा स्थित छ। यसको पश्चिममा पाकिस्तान, उत्तरमा जम्मू कश्मीर, उत्तर-पूर्वमा हिमाचल प्रदेश र दक्षिणमा हरियाणा तथा राजस्थान राज्यहरू पर्दछन्।

जनसङ्या[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

धर्म धर्मानुसार मान्छेहरूको सङ्ख्या जम्मा %
जम्मा जनसङ्ख्या २,४३,५८,९९९[३] १००%
सिख १,४५,९२,३८७ ५९.९१%
हिन्दु ८९,९७,९४२ ३६.९४%
मुस्लिम ३,८२,०४५ १.५७ %
ईसाई २,९२,८०० १.२० %
बौद्ध ४१,४८७ ०.१७ %
जैन ३९,२७६ ०.१६ %
अन्य ८,५९४ ०.०४ %

सिख धर्म पन्जाबको मुख्य धर्म हो। यस राज्यमा लगभग ६० प्रतिशत नागरिक सिख धर्मको अनुयायी छन्। पन्जाब भारतको ती छ राज्यहरूमा एक हो जहाँ हिन्दुहरूको बहुमत छैन। सिखहरूको प्रमुख धार्मिक स्थल, हरिमन्दिर साहिब, पन्जाबको अमृतसर शहरमा छ, यो सिखहरूको पवित्र नगर मानिन्छ। अमृतसर जैन धर्म को अनुयायीहरूका लागि पनि विशेष महत्त्वपूर्ण स्थान हो।

भाषा[सम्पादन गर्नुहोस्]

अन्तरराष्ट्रिय सीमाको दुवै तर्फका पन्जाबहरूको भाषा पन्जाबी हो, तर लिपि भिन्न छ। भारतीय पन्जाबमा गुरुमुखी लिपीको प्रयोग हुन्छ भने पाकिस्तानी पन्जाबमा शाहमुखी लिपिको प्रयोग हुन्छ। भारतीय पन्जाबको लगभग २५ % जनता हिन्दी बोल्छन्, विशेष रूपमा हरियाणा र राजस्थानसँग गाँसिएका भुभागहरूमा हिन्दीको प्रयोग भएको पाइन्छ। हिन्दी लगभग पूरा जनसङ्ख्याले बुझ्दछन्। शहरमा बस्नेहरू त धाराप्रवाह हिन्दी बोल्न पनि सक्दछन्।

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

पन्जाब राज्यमा २२ वटा जिल्लाहरू छन्। यि जिल्ला हुन्:

अर्थव्यवस्था[सम्पादन गर्नुहोस्]

पन्जाबको सन् २००४ को अनुमानित कुल सकल घरेलू उत्पाद २७ अरब डलर छ। यो एक विकसित राज्य हो।

कृषि[सम्पादन गर्नुहोस्]

पन्जाब एक कृषि प्रधान राज्य हो। यहाँ गहूँको सबै भन्दा बढी खती गरिन्छ। अन्य मुख्य बालीहरूमा चामल, कपास, उखु, बाजुरो, मकै, चना तथा फल शामिल छन्। प्रमुख उद्योगहरूमा कपडापिठो शामिल छन्। सडक, रेल र जल यातायात मार्गहरूको पूरा क्षेत्रमा जाल फिंजिएको छ।

पन्जाब (पाँच नदीहरूको क्षेत्र) पृथ्वीको सर्वाधिक उपजाउ क्षेत्र रहेको छ। यो गहूँ उत्पादनको लागि आदर्श क्षेत्र हो। चामल, उखू, तरकारी एवं फलहरू पनि यहाँ राम्रै उत्पादन हुन्छ। भारतीय पन्जाबलाई भारतको "अन्न-भण्डार" भनिन्छ। यहाँ भारतको कुल गहूँ उत्पादनको ६०% र चामलको ४०% उत्पादन हुन्छ। विश्वको परिदृश्यमा यि बालिहरूको विश्वको कुल उत्पादनको १/३०औँ अथवा ३% को योगदान गर्दछ।

भारतीय पन्जाबको आधारभूत ढाँचा पूरा भारतमा सर्वाधिक बेहतरमा एक छ। यहाँका बासिन्दा औसतको आधारमा भारतका सर्वाधिक धनीहरू छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]