युइएफए युरो २०२० च्याम्पियनसिप, सामान्यतः २०२० युइएफए युरोपेली च्याम्पियनसिप, युइएफए युरो २०२० वा सोझै युरो २०२०, १६औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता थियो।[१] मूल रूपमा यो प्रतियोगिता युरोपका ११ वटा सहरहरूमा सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म आयोजना गर्न निर्धारित गरिएको थियो। युरोपमा कोरोना भाइरस प्रकोपको कारण यो प्रतियोगितालाई सन् २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुने गरि पुनः अनुसूचित गरिएको थियो।[२] प्रतियोगिताको नाम भने युइएफए युरो २०२० नै राखिएको छ।[३]
युइएफएको अध्यक्ष मिसेल प्लातिनीले सन् २०१२ मा युरोपेली च्याम्पियनसिप प्रतियोगिताको ६०औँ जन्मदिनको खुसीयाली मनाउनको लागि प्रतियोगितालाई युरोपका विभिन्न देशहरूमा मनोरम प्रतियोगिताको रूपमा आयोजन गरिने बताएका थिए।[४]फ्रान्समा आयोजित सन् २०१६ प्रतियोगिताको उपाधि विजेता पोर्चुगल भने यो प्रतियोगिताको राउन्ड अफ १६ मा बेल्जियमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।[५] प्रतियोगिताको फाइनल खेलमा अतिरिक्त समयसम्म १-१ को बराबरीपछि इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै दोस्रो युरोपेली च्याम्पियनसिप उपाधि जितेको हो।[६]
प्रतियोगिता आयोजनाको लागि छनौट भएका रङ्गशालाहरू मध्ये लन्डनमा रहेको वेम्बली रङ्गशालालाई दोस्रो पटक यस प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल आयोजना गर्नको लागि निर्धारित गरिएको छ। यो रङ्गशालाको पूर्व स्वरूपमा सन् १९९६ प्रतियोगिताको फाइनल खेलको आयोजना गरिसकेको छ। प्रतियोगिताको उद्घाटन खेल रोमको स्तादियो ओलिम्पिको[७] रङ्गशालालाई छानिएको थियो जसमा टर्की र आयोजक इटालीबीच खेल खेलिएको थियो।
मूल रूपले १३ स्थानहरूमा खेल आयोजना गर्ने भनिएको थियो तर सन् २०१७ डिसेम्बरमा युरो स्टेडियमको निर्माणमा ढिलाइको कारण ब्रसेल्स र सन् २०२१ अप्रिलमा खेल हेर्नको लागि दर्शकलाई प्रवेश दिने वा नदिने अन्यौलको कारण डबलिनलाई आयोजक सहरको सूचीबाट हटाइएको थियो। खेलमा दर्शकहरूलाई अनुमति दिनको लागि स्पेनले आफ्नो आयोजन सहर बिलबाओबाट सेभिले परिवर्तन गरेको थियो।[८]भिडियो सहायक रेफरी (भिएआर) प्रणालीले यस प्रतियोगिताको युरोपेली च्याम्पियनसिपमा प्रवेश गर्नेछ।[९]
युरोपका केही देशहरूले यस प्रतियोगिताको आयोजना गर्न बोलपत्रमा चासो देखाएका थिए[१०][११][१२][१३][१४][१५][१६][१७] जसको कारण युइएफएका तत्कालीन अध्यक्ष मिसेल प्लातिनीले सन् २०१२ जुन ३० को दिन, युइएफए युरो २०१२ फाइनलभन्दा एक दिन अघि एक पत्रकार सम्मेलनमा सन् २०२० को प्रतियोगिता एउटा आयोजक देशको सट्टा (वा संयुक्त रूपमा विभिन्न देशहरूद्वारा आयोजन) प्रतियोगितालाई युरोप महादेशका १२ वा १३ वटा सहरहरूमा आयोजना गर्न सकिने सुझाव दिएका थिए।[१८]त्यस समयमा, युइएफएले पहिले नै युइएफए युरोपेली १७ वर्ष मुनिको च्याम्पियनसिपको उत्कृष्ट चरणको खेल आयोजनाको लागि त्यस्तै प्रणालीको प्रयोग गरेको थियो, जहाँ सात समूहहरूको खेल आयोजना प्रत्येक फरक देशले आयोजन गरेको थियो।
प्रतियोगिताको प्रवेशको लागि कुनै स्वचालित स्थान थिएन। सबै ५५ युइएफए राष्ट्रिय टोलीहरू जसमा प्रारम्भिक चरणको छनौट प्रतियोगिताको लागि छानिएका १२ राष्ट्रिय टोलीहरू समेतले मुख्य फाइनल प्रतियोगिताको लागि निर्धारण गरिएको २४ स्थानका लागि छनौट चरणको खेलमा भाग लिनुपरेको थियो।[१९][२०] छनौट चरणका खेलहरू अगावै युइएफएद्वारा सन् २०१४ सेप्टेम्बरमा आयोजक सहरहरूमाथि निर्णय गरिसकेकोले आयोजक सहरका राष्ट्रिय टोलीहरू प्रतियोगिताको फाइनल खेलहरू खेल्न अयोग्य हुन सक्ने सम्भावना थियो।
यस प्रतियोगितामा सहभागी हुनको लागि छनौट भएका २४ राष्ट्रिय फुटबल टोलीहरू मध्ये १९ वटा टोलीहरूले सन् २०१६ संस्करणको प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका थिए। छनौट भएका टोलीहरू मध्ये बेल्जियम र इटालीले छनौट प्रतियोगिताको १० मध्ये १० वटै खेल जितेका थिए,[२२][२३] गत वर्षको युरोपेली च्याम्पियनसिप विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स, सहित जर्मनीले कीर्तिमानी १३औँ पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा छनौट भएको हो।[२४]फिनल्यान्ड र उत्तर म्यासेडोनियाले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन नपाएकोमा पहिलो पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन पाएको छ।[२५][२६] प्रतियोगिताको सह-आयोजक स्कटल्यान्डले सन् १९९८ फिफा विश्वकप र सन् १९९६ युरो कप पछि पहिलो पटक कुनै प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भइरहेको छ।[२७]नेदरल्यान्ड र डेनमार्क दुवै टोलीले सन् २०१६ को युरो कपमा सहभागिता जनाए पछि पूर्वागमन गरेको छ भने डच टोलीले सन् २०१४ फिफा विश्वकपमा सहभागिता जनाए पछि पहिलो पटक कुनै प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भइरहेको छ।[२८][२९] पहिलो पटक, अस्ट्रेलिया, हङ्गेरी, स्लोभाकिया र वेल्स फुटबल टोलीहरूले लगातार युरोपेली च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाइरहेको छ।[३०][३१] सन् २००४ युरो कपको विजेता टोली ग्रिस, एउटा मात्र पूर्व विजेता टोली हो जसले यस वर्षको प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सकेन् र लगातार दोस्रो पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा तथा तेस्रो प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन पाएको छैन।[३२] सन् २०१६ युरो कपमा सहभागिता जनाएको अल्बानिया, आइसल्यान्ड, उत्तर आयरल्यान्ड, गणतन्त्र आयरल्यान्ड र रोमानियाले यस पटकको प्रतियोगितामा आफ्नो स्थान पक्का गर्न असफल भएको थियो।[३३]
११ वटा आयोजक राष्ट्रहरू मध्ये सात वटा राष्ट्रिय फुटबल टोलीले यस वर्षको प्रतियोगिताको लागि सोझै छनौट भएको थियो भने हङ्गेरी र स्कटल्यान्डले प्ले-अफको माध्यमद्वारा छनौट भएको थियो। रोमानिया प्ले-अफको सेमी-फाइनलमा पराजित भएर बाहिरिएको थियो भने[३४]अजरबैजान छनौट खेलको समूह चरणबाट बाहिरिएको थियो।[३५] आयोजकको रूपमा छनौट भएको गणतन्त्र आयरल्यान्ड प्ले-अफको सेमी-फाइनल खेलमा बाहिरिए पछि[३४] उसको आयोजन अधिकार खोसिएको थियो।
सन् २०१४ सेप्टेम्बर १९ मा युइएफएद्वारा प्रतियोगिताको लागि १३ वटा स्थानहरू छनौट गरि घोषणा गरिएको थियो।[३६]
यद्यपि, युइएफए कार्यकारी समितिले सन् २०१७ डिसेम्बर ७ मा युरोस्टेडियमको निर्माणमा ढिलाइको कारण ब्रसेल्सलाई आयोजक सहरको सूचीबाट हटाएको थियो। योजना अनुरूप ब्रसेल्समा हुने भनिएको चार खेलहरू (तीन समूह चरण, एउटा राउन्ड अफ १६) लन्डनको वेम्बली रङ्गशालामा सारिएको थियो।[७]सन् २०२१ अप्रिल २३ मा युइएफएले कोरोना भाइरस प्रकोप तथा खेल हेर्न दर्शकहरूलाई प्रवेश सम्बन्धमा अन्यौलको कारण, डबलिनको अभिभा रङ्गशालालाई प्रतियोगिता आयोजकको रूपमा हटाएको थियो। त्यहाँ हुने भनिएको चार खेलहरू मध्ये तीन समूह चरणका खेलहरू सेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालामा र राउन्ड अफ १६ को एउटा खेल लन्डनको वेम्बली रङ्गशालामा सारिएको थियो। यसै प्रकार युइएफएले स्पेनलाई आयोजना गर्न दिइएको चार खेलहरू सेभिलेको ला कार्तुजा रङ्गशालाबाट सारेर बिलबाओको सान मामेस रङ्गशालालाई दिने घोषणा गरेको थियो।[८]
सन् २०१७ डिसेम्बर ७ मा प्रतियोगिताको उद्घाटन खेल रोमको स्तादियो ओलिम्पिकोमा हुने घोषणा गरिएको थियो जसले आम्स्टर्डम, ग्लासगो र सेन्ट पिटर्सबर्गलाई उछिन्न सफल भएको थियो। युइएफएले उद्घाटन खेलको लागि रोम चयन भएको खण्डमा सो खेलमा अनिवार्य रूपमा इटालीले खेल्ने पूर्व घोषणा गरेको थियो।[७][३७]
चयन गरिएका एघार सहर र देशहरू मध्ये सात सहर र छ देशहरूले यो भन्दा पहिले युरोपेली च्याम्पियनसिप फाइनल खेलको आयोजना गरेको छैन। सन् १९६४ मा स्पेनले युरोपेली नेसन्स कपको आयोजना गर्दा सेभिलेमा खेल आयोजना गरिएको थिएन, र अजरबैजान, डेनमार्क, हङ्गेरी, रोमानिया, रुस वा स्कटल्यान्डमध्ये कुनै पनि देशले यो प्रतियोगिताको आयोजना गरेको थिएन। चयन गरिएका एघार रङ्गशालाहरू मध्ये स्तादियो ओलिम्पिकोले (१९६८ र १९८०) र जोहान क्रुफ एरिनाले (२०००) को युरोपेली च्याम्पियनसिप खेलको आयोजना गरिसकेको छ। मूल वेम्बली रङ्गशालाले सन् १९९६ को युरो कपको खेल र फाइनलको आयोजना गरिसकेको छ, तर वर्तमान वेम्बली रङ्गशालालाई छुट्टै रङ्गशालाको रूपमा वर्गीकृत गरिएको छ।
प्रत्येक सहरले तीन समूह चरणका खेलहरू र एउटा राउन्ड अफ १६ वा क्वार्टर फाइनल खेलको आयोजना गर्नेछ तर सेन्ट पिटर्सबर्गले छ वटा समूह चरणका खेलहरूको आयोजना गर्नेछ भने लन्डनले दुई वटा राउन्ड अफ १६ खेलको आयोजना गर्नेछ। एघार वटै रङ्गशालामा हुने खेलहरूको विवरण यस प्रकार रहेको छ:
समूह चरण, राउन्ड अफ १६, सेमी-फाइनल र फाइनल:लन्डन (इङ्ल्यान्ड)
युइएफएले सन् २०१८ मे २४ मा प्रतियोगिताको मूल समय तालिका कार्यक्रमको घोषणा गरेको थियो, जसमा उद्घाटन खेल र क्वार्टर फाइनलपछिका खेलहरूको खेल समय मात्र समावेश गरिएको थियो।[३८][३९] बाँकी समूह चरण र राउन्ड अफ १६ का खेलहरूको अन्तिम चिठ्ठापछि सन् २०१९ नोभेम्बर ३० मा घोषित गरिएको थियो।[४०]
सन् २०२० जुन १७ मा, युइएफएले सन् २०२१ मा हुने प्रतियोगिताको लागि संशोधित खेल तालिका घोषणा गरेको थियो।[४१][४२]सबै खेलको लागि तय गरिएको मिति, खेल खेलिने समय र स्थान एक समान राखिएता पनि हप्ताको समान दिनमा सबै खेलहरू अनुकूलित गर्नको लागि एक दिन आगाडि सारिएको थियो (उदाहरणको लागि शुक्रबार नै खेल हुनको लागि उद्घाटन खेल १२ देखि ११ जुन राखियो)।
सन् २०२१ अप्रिल २३ मा युइएफएले प्रतियोगिताको लागि सूचिकृत गरिएको रङ्गशालालाई हटाएपछि त्यसलाई अर्कोसँग परिवर्तित गरेर संशोधित आयोजन तालिका सार्वजनिक गरेको थियो।[४३]
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए वर्गीकरणको नियम: १) अङ्क; २) गोल भिन्नता; ३) समर्थन गोल; ४) विजयी; ५) कुल अनुशासन अङ्क; ६) युरोपेली छनौट सम्पूर्ण वरीयता।