बाकु (राजधानी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाकु
Bakı
बाकुको प्रतीक चिह्न
उपनाम: 
हावाको शहर
निर्देशाङ्क: ४०°२३′४३″उ॰ ४९°५२′५६″पू॰ / ४०.३९५२८°N ४९.८८२२२°E / 40.39528; 49.88222निर्देशाङ्कहरू: ४०°२३′४३″उ॰ ४९°५२′५६″पू॰ / ४०.३९५२८°N ४९.८८२२२°E / 40.39528; 49.88222
देश अजरबैजान
क्षेत्रफल
 • नगर२८५ किमी (११० वर्ग माइल)
उन्नतांश
−२८ मिटर (−९२ फिट)
जनसङ्ख्या
 (2012)[३]
 • नगर३,२०२,३००
 • घनत्व९९६.३८/किमी (२५८०.६/वर्ग माइल)
 • सहरी
२८१[२]
 • महानगर
४,३०८,७४०
वासिन्दाBakuvian[४] अजरबैजानी: Bakılı
समय क्षेत्रयुटिसी+4 (AZT)
Postal code
AZ1000
क्षेत्रीय सङ्केत(+994) 12
सवारी दर्ता10–90 AZ
वेबसाइटwww.baku-ih.gov.az

बाकु (अङ्ग्रेजी: Baku /bəˈk/ bə-KOO, /ˈbɑːku/ BAH-koo; अजरबैजानी: Bakı, IPA: [bɑˈcɯ]) अजरवैजानको राजधानी तथा क्यासपियन समुद्रमा अवस्थित ठूलो शहर पनि हो । यो शहर समुद्री सतह भन्दा २८ मिटर माथि अवस्थित छ, जसले गर्दा यो शहर संसारको सबैभन्दा तल्लो सतहमा अवस्थित राजधानी रहेको छ । सन् २००९ को शुरूवातमा बाकुको शहरी जनसङ्ख्या जम्मा २० लाख रहेको अनुमान गरिएको थियो । आधिकारिक रूपमा देशको जनसङ्ख्याको २५ प्रतिशत जनसङ्ख्या यस शहरमा बसोबास गर्दछन् ।

बाकु १२ प्रशासनिक जिल्लाहरू तथा ४८ शहरी क्षेत्रमा बाडिएको छ । लोन्ली प्लानेटको सूचीकरण अनुसार बाकु शहरी रात्री जीवनको लागि संसारको प्रमुख दश शहरहरू मध्ये पर्दछ । [५]

यो शहर अजरवैजानको बैज्ञानिक, सांस्कृतिक तथा औद्योगित केन्द्रको रूपमा रहेको छ । अजरवैजानका ठूला संस्थाहरूका केन्द्रीय कार्यालयहरू यस शहरमा रहेको छ । बाकु अन्तरराष्ट्रिय समुद्रीय व्यपारिक बन्दरगाहले प्रत्येक वर्ष बीस लाख टन कार्गो लाई धान्न सक्दछ । [६]

यो शहर यहाँको कडा हावाको लागि पनि प्रसिद्ध छ, त्यस कारण यस शहरलाई हावाको शहर भनेर पनि चिनिने गर्दछ ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

बाकुको ठूलो उद्योग भनेको पेट्रोलियम पदार्थ हो र यसको पेट्रोलियम पदार्थको निर्यातले अजरवैजानको भुक्तानी सन्तुलन गर्न मद्दत गरी रहेको छ । पेट्रोलियम पदार्थ रहेको जानकारी ८ औँ शताब्दिमा भएको थियो । १० औँ शताब्दिमा अरेबियन यात्रु मुरूडे बाकुबाट सेतो तथा कालो तेल प्राकृतिक रूपमा निकालेको जानकारी दिएका थिए ।[७] १५ औँ शताब्दि भित्र बत्तीको लागि आवश्यक तेल हाले खोदेको कुँवाबाट लिने गरिन्थ्यो । व्यावसायिक रूपमा पेट्रोलियक पदार्थको उत्खन्न सन् १८७२ देखि शुरूवात भएको थियो र २० औँ शताब्दिको शुरूवातमा बाकुको तेल संसारको ठूलो तेल उत्खन्न क्षेत्र रहेको थियो । २० औँ शताब्दिको अन्त्य तिर मैदानमा रहेको पेट्रोलियम पदार्थ समाप्त भए पश्चात समुद्रि क्षेत्रमा उत्खन्न शुरूवात भएको थियो । सन् १९०० सम्म बाकुमा ३००० तेलको कुँवाहरू रहेको थियो, जस मध्येको २००० तेलको कुँवाले व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्ने गर्दथ्यो । दोश्रो विश्व युद्ध भन्दा अघि बाकु पेट्रोलियम पदार्थ उत्पादनको ठूलो केन्द्रको रूपमा रहेको थियो । दोश्रो विश्व युद्धको स्टालिनग्राडको युद्ध बाकुको तेल रहेको क्षेत्र कसले नियन्त्रण गर्दछ भन्ने बारेमा भएको थिइव । युद्धको पचास वर्ष अघि बाकु संसारको तेल आपूर्तिको आधामा तेल उत्पादन गर्ने गर्दथ्यो ।[८]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Administrative, density and territorial units and land size by economic regions of Azerbaijan Republic for January 1. 2007", मूलबाट २४ नोभेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Demographia: World Urban Areas – Demographia, 2016
  3. The State Statistical Committee of the Republic of Azerbaijan, 2.5 Population by sex, economic and administrative regions, urban settlements at the beginning of 2012, retrieved on October 2, 2012 वेब्याक मेसिन अभिलेखिकरण २३ अक्टोबर २०१२ मिति[dead link]
  4. Thomas de Waal (२०१०), The Caucasus: An Introduction, Oxford University Press, पृ: १६, आइएसबिएन 0-19-975043-2 
  5. "Travel Picks: Top 10 cities to party the night away", Reuters, १३ नोभेम्बर २००९, २३ नोभेम्बर २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २१ नोभेम्बर २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "Port of Baku", World Port Source, अन्तिम पहुँच २३ डिसेम्बर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०११ मिति
  7. "The History of Oil in Azerbaijan by Natig Aliyev", Azer.com, २४ अप्रिल २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. Aghazade, Emil (४ जुलाई २००५), "Азербайджан: сто лет надежд", BBC News, अन्तिम पहुँच १२ मे २०११ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]