गायत्री मन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गायत्री
गायत्री मन्त्र
गायत्री मन्त्र
संबंधितहिन्दू देवी
आवाससत्य लोक
मंत्रॐ भू: भुवः स्वः
तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात्
अस्त्र-शस्त्रवेद और कमंडल
जीवनसाथीब्रह्मा
वाहनहाँस


गायत्री (सुन्ने) हिन्दू धर्मको सर्वाधिक महत्त्वपूर्ण मन्त्र हो ।

यसको महत्त्व ' बराबर मानिन्छ । यो यजुर्वेदको मन्त्र ॐ भूर्भुवः स्वः र ऋग्वेदको छंद ३.६२.१०को सयोजनबाट निर्माण भएकोविश्वास गरिएको छ । यसको अर्थ आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौँ । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।

मन्त्र[सम्पादन गर्नुहोस्]

ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥[१]

भावार्थ[सम्पादन गर्नुहोस्]

  • लाई प्रणव भनिएको छ । प्रणव भनेको साराको सारा मन्त्रको पनि सारतत्व हो । त्यसैले ॐ आफैँमा पनि पूर्ण मन्त्र हो । यसले निराकार तत्त्व -परमेश्वर परमात्माको) प्रति लक्ष्यित गराउँछ र उनको शरणागत, उपाशना र आहृवान जनाउँछ भनी मानिएको छ । यो यस्तो ध्वनि विशेष हो, जसले शरीरमा स्फूर्तता प्रदान गर्दछ । यो अ, उ, म र चन्द्रविन्दुको मिश्रणबाट बन्दछ । ॐले लक्ष्यित गरेको परम आत्मा अर्थात् परब्रहृम परमात्मा सत् हो । त्यसैले यो नित्य छ । ॐ वाचनाको साधनाले साधकलाई नित्यतर्फ अर्थात् सत्तर्फ उन्मुख गराउँदछ ।

त्यसैगरी ॐ चित् हो । चित् भनेको चेतनस्वरूप हो । उनकै चैतन्य सत्ताका आधारमा चेतन प्रकृति चल्दछ । त्यसैगरी प्रत्येक प्राणीमा चेतना जाग्दछ । त्यही चैतन्य नै चित् हो । चित् ज्ञानस्वरूप हुन्छ ।

  • भूर्भुवः स्वः

भूर्भुवः स्वःले व्यापक ब्रहृमाण्ड जगत्मा परमेश्वर परमात्माको अवस्थिति एवं प्रभावको विषय दर्शाउँछ । व्यापक ब्रहृमाण्डलाई बुझाउने भएकाले यस

-भूर्भुव स्वः लाई गायत्री मन्त्र भित्र पारिँदैन । ब्रहृमाण्ड जगत्मा दुई थरी कुरा छन् दृष्टि र द्रष्टा । भोक लागेको थाहा पाउँदा भोक दृष्टि हो भने भोक थाहा पाउने -प्रज्ञान) द्रष्टा हो । दृश्यमा विषयवस्तु, शरीर, इन्द्रीय, मन, बुद्धि, आवाज, योजना, कल्पना, भावना, प्रपञ्च, क्रियाकलाप, उद्देश्य, प्राप्ति, नियत, स्वभाव, समय आदि पर्दछन् । ती सबका सब थाहा पाउने द्रष्टा हो । संसारमा दुईथरी कुरा : दृष्टि र द्रष्टा वा क्षेत्र र क्षेत्रज्ञ छन् या नित्य र अनित्य छन् या जरा र चेतन छन् या आत्मा र अनात्मा छन् या सत् र असत् छन् आदि । भूर्भुवः स्वःले सङ्केत गर्ने ब्रहृमाण्ड जगत् पनि यत्ति नै छन् ।

  • तत् सवितुर्वरेण्यं

तत् ले ॐलाई, भूर्भुवः स्वःको अधिष्ठान चैतन्यलाई, सर्व उपास्य सूर्यको समेत नियमन गर्ने तत्त्वलाई एवं तेजोमय शक्तिलाई सङ्केत गर्दछ । सविताले तेजोमय प्रकाशपुञ्ज सूर्यलाई जनाउँछ । यहाँ वरेण्यंको अर्थ वरण गर्न योग्य वा अपनाउन योग्य भन्ने लाग्छ । महान् शक्तिशाली प्रकाश पुञ्ज सूर्यनारायणसमेत उनै परमात्म चैतन्यका आधारमा प्रकाशित हुन्छन् भनेर देखाउन गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं राखिएको छ । सर्वउपास्य सूर्यको महानताको कारण नै साकार सूर्यवरणको माध्यमबाट निराकार परमात्म तेजसम्मका शृङ्खला मिलेको छ । सूर्य सर्वद्रष्टा हुन् । उनको तेजको पहुँच सर्वत्र छ । उनको त्यो चौतर्फी पहुँच र दृष्टिबाट कुनै पनि अरिष्ट/अनिष्ट छिप्दैनन् । आफूउपर कुनै अरिष्ट/अनिष्ट आउँदैछ भने ती सबै सूर्यको रश्मिबाट खिचिएर नाश हुन् भन्ने भावमय प्रार्थना सूर्यवरणमा छिपेको हुन्छ । यसरी साकारमा सूर्य महान् छन् । उनै जगत्का सञ्चालक हुन् । उनै जगत्का प्रकाशक हुन् । सूर्यमा जुन दिव्य ताप र प्रकाश छ त्यो एकनास छ । सूर्य सधैँ जाज्ज्वल्यमान छन् र उनको प्रकाशमा रतिभर घटबढ छैन । त्यस्ता सबैका हितकारक र सबैबाट कुनै न कुनै तरहले वरण हुने तेजयुक्त सूर्यसमेतको नियमनमा अर्को त्योभन्दा महान् तत्त्व प्रति लक्षित गर्न सर्व सहज प्रस्तुतिका लागि गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं समावेश छ ।

  • भर्गो देवस्य धीमहि

भर्गो भन्नाले तेज भन्ने बुझिन्छ जुन तेज हाम्रो अन्तःकरणमा भएको विकार एवं अज्ञान नाश गर्न सक्षम छ । जीवलाई जीवत्त्व प्रदान गर्न सक्षम छ । तेजसँग प्रकाश सम्बन्धित हुन आउँछ । त्यस्तो प्रकाश जसले दिव्य प्रकाशित सूर्यलाई समेत नियमन गर्दछ, त्यस्तो तेज जसले बुद्धिलाई स्फूरण हुन सत्ता प्रदान गर्दछ, यसको चेतना स्फूरणको अधिष्ठान चैतन्यलाई लक्ष्यित गरेर त्यसैमा बुद्धिवृत्ति लक्ष्यित गराउने प्रयोजन छ । भर्गो देवस्यलाई जनाउने प्रतीक ॐ हो ।

देवस्यको अर्थ देवको भन्ने लाग्छ, दैवी तत्त्वको भन्ने बुझिन्छ । सूर्य तेजमा निरन्तरता हुनुमा त्यसलाई नियमन गर्ने अर्को थप शक्ति हुनैपर्दछ भन्ने दृढताबाट अघि बढ्दै गायत्री मन्त्रमा भर्गो देवस्यबाट निराकारको फाँटमा पुर्‍याइएको छ । त्यसको सङ्केत भर्गोमा गएर टुङ्गिएको छ । त्यस्ता दिव्य प्रकाशमय एवं अलौकिक खालका र सूर्यभन्दा पनि महान सङ्केत भर्गोलाई गर्दछ ।

गायत्री मन्त्रमा चैतन्य तेजको ध्यानको प्रतिवद्धता आएको छ । धीमहिको अर्थ ध्यान गर्छु भन्ने प्रतिबद्धता हुन्छ । ध्यान गर्नु भनेको तप गर्नु हो । तपको दायरामा भक्ति, उपाशना, सेवा, अर्पण, चिन्तन, दास्यभाव आदि सबै पर्दछन् । यसका सहयोगसिद्ध कुराहरू दम र कर्तव्य कर्म हुन् । दम भनेको मन, इन्द्रीयको अनावश्यक सञ्चालनमा संयमता र नियन्त्रण हो । जीवन निर्वाहको हकमा नगरी नहुने कर्म र परमात्म विषयक कार्यहरू कर्तव्य कर्मको दायरामा पर्दछन् । यस्ता कुरामा निरन्तरता आएपछि सोही संस्कार सूक्ष्म शरीरमा बस्दै जान्छ । यस्तो संस्कारले अन्तःकरणका दूषित मलिनता हट्नमा बल मिल्दछ ।

यस्ता दूषित मलिनता पूर्व जन्मबाट पनि सरेर आउने हुनाले वर्तमानलाई मात्र अन्दाज गरेर हुँदैन । परिस्कृत संस्कार बसेपछि यस अघिका दूषित गुणहरू पनि क्रमिक रूपमा हट्दै जाने हुन्छन् । यस्तो साधनाको परिपाक अवस्था नै सूक्ष्म शरीरको नाश र परमात्मा एकाकार हो । त्यही ध्येय तत्त्व परमात्म चैतन्य तेज एवं सोको शक्ति उपर केन्दि्रत हुनु पर्दछ । आफ्नो यथार्थ स्वरूप तत् अर्थात् त्यो दैवी तेज नै हो । त्यही तेज नै आफ्नो चेतना हो र चेतना नै सर्वस्व हो । यसको अनुपस्थितिमा शरीर मृत नै हुन्छ । दूषित विकारीपनमा सञ्चित कर्म र क्रियमाण कर्म स्थापित रहेको हुन्छ । सञ्चित कर्म र क्रियमाण कर्मको समुच्च रूप नै प्रारब्ध हो ।

  • धियो यो नः प्रचोदयात्

धियो भनेको बुद्धि हो । योले दैवी शक्तिमा लक्ष्यित गरेको छ । नः भनेको हाम्रो भन्ने बुझिन्छ । प्रचोदयात् भनेको अभिपे्ररित होओस् वा उन्मुख होओस् वा उत्प्रेरित होओस् भन्ने अर्थ लाग्छ अर्थात् हाम्रो बुद्धिवृत्ति सोही परमात्म तेजतर्फ उन्मुख होओस् भन्ने बुझिन्छ । अतः यहाँ बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने प्रसङ्ग छ ।

यसरी गायत्री मन्त्रको छोटकरी अर्थ हुन आउँछ आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौँ । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस्

[२][३]

गायत्रीका प्रकारहरु[सम्पादन गर्नुहोस्]

शिव गायत्री[सम्पादन गर्नुहोस्]

 (क) शिव गायत्री
 ॐ महादेवाय विद्महे, रुद्रमुर्तय धीमहि तन्नो शिव: प्रचोदयात
 (ख) रूद्र गायत्री मन्त्र
 ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि, तन्नो रूद्र: प्रचोदयात!
 ॐ पञ्चवक्त्राय विद्महे, सहस्राक्षाय महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात्

दत्तात्रय गायत्री[सम्पादन गर्नुहोस्]

(दत्तात्रेय हरे कृष्ण उन्मत्तानन्ददायक दिगंबर मुने बाल पिशाच ज्ञानसागर ॐ गुरु दत्त नमो नम:) 
ॐ दत्‍तात्रेयाय विद्महे अवधूताय धीमहि. तन्‍नो दत्‍त: प्रचोदयात्‌
ॐ दत्‍तात्रेयाय विद्महे योगीश्वराय धीमहि. तन्‍नो दत्‍त: प्रचोदयात्‌
ॐ दिगम्बराय विद्महे योगीश्वराय धीमहि. तन्‍नो दत्‍त: प्रचोदयात्‌
ॐ दत्‍तात्रेयाय विद्महे दिगम्बराय धीमहि. तन्‍नो दत्‍त: प्रचोदयात्‌
ॐ दत्‍तात्रेयाय विद्महे अत्रीपुत्राय धीमहि. तन्‍नो दत्‍त: प्रचोदयात्‌

गणेश गायत्री[सम्पादन गर्नुहोस्]

ॐ तत्पुरुषाय विद्महे वक्र तुन्डाय धीमहि, तन्नो दन्ति प्रचोदयात!

षन्मुख गायत्री[सम्पादन गर्नुहोस्]

ॐ तत्पुरुषाय विद्महे महासेनाय धीमहि, तन्नो षन्मुख: प्रचोदयात!

नन्दी गायत्री[सम्पादन गर्नुहोस्]

ॐ तत्पुरुषाय विद्महे चक्रतुण्डाय धीमहि, तन्नो नन्दी: प्रचोदयात!

सूर्य गायत्री[सम्पादन गर्नुहोस्]

ॐ अदित्याय विद्महे भास्कराए धीमहि तन्नो भानु: प्रचोदयात
ॐ आदित्याय च विद्महे प्रभाकराय धीमहि, तन्नो सूर्य: प्रचोदयात
ॐ आदित्याय विद्महॆ दिवाकराय धीमही तन्नॊ सूर्यः प्रचॊदयात्
ॐ भास्कराय विद्महे महातेजाय धीमहि !तन्नो सूर्य: प्रचोदयात !
ॐ अश्वध्वजाय विद्महे पासहस्थाया धीमहि तन्नो सूर्य: प्रचोदयात !

चन्द्र गायत्री[सम्पादन गर्नुहोस्]

ॐ अमृतंग अन्गाये विद्ममहे कलारुपाय धीमहि,तन्नो सोम प्रचोदयात
ॐ अत्रि पुत्राय विद्महे सागरोद्भवाय धीमहि तन्नो चन्द्रः प्रचोदयात्
ॐ क्षीरपुत्राय विद्महे अमृत तत्वाय धीमहि, तन्नो चन्द्र: प्रचोदयात!

मङ्गल (भौम) गायत्री[सम्पादन गर्नुहोस्]

ॐ अंगारकाय विद्महे शक्तिहस्ताय धीमहि, तन्नो भौम: प्रचोदयात
ॐ क्षिति पुत्राय विद्महे लोहितान्गाय धीमहि तन्नो भौमः प्रचोदयात्

बुध गायत्री[सम्पादन गर्नुहोस्]

ॐ सौम्यरुपाय विद्महे वानेशाय च धीमहि, तन्नो सौम्य प्रचोदयात
ॐ चन्द्र पुत्राय विद्महे रोहिनि प्रियाय धीमहि तन्नो बुधः प्रचोदयात्

गुरु गायत्री[सम्पादन गर्नुहोस्]

ॐ अन्गिर्साय विद्महे दिव्यदेहाय धीमहि, तन्नो जीव: प्रचोदयात
ॐ अंगिरोजाताय विद्महे वाचस्पतये धीमहि तन्नो गुरुः प्रचोदयात्
ॐ गुरु देवाय विद्महे परब्रह्माय धीमहि, तन्नो गुरु: प्रचोदयात!

शुक्र गायत्री[सम्पादन गर्नुहोस्]

ॐ भृगुजाय विद्महे दिव्यदेहाय, धीमहि तन्नो शुक्र: प्रचोदयात
ॐ भृगुपुत्राय विद्महे श्वेतवाहनाय धीमहि तन्नः शुक्रः प्रचोदयात्

शनि गायत्री[सम्पादन गर्नुहोस्]

ॐ भग्भवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरी:प्रचोदयात
ॐ कृष्णांगाय विद्महॆ रविपुत्राय धीमही तन्नॊ सौरिः प्रचॊदयात्

राहू गायत्री[सम्पादन गर्नुहोस्]

ॐ शिरोरुपाय विद्महे अमृतेशाय धीमहि, तन्नो राहू:प्रचोदयात
ॐ नील वर्णाय विद्महे सौंहिकेयाय धीमहि तन्नॊ राहुः प्रचोदयात्

केतु गायत्री[सम्पादन गर्नुहोस्]

ॐ पद्मपुत्राय विद्महे अम्रितेसाय धीमहि तन्नो केतु: प्रचोदयात
ॐ धूम्र वर्णाय विद्महे कपोत वाहनाय धीमहि, तन्नो केतुः प्रचोदयात्

ब्रम्हा गायत्री[सम्पादन गर्नुहोस्]

ॐ वेदात्मने च विद्महे हिरण्यगर्भाय धीमहि, तन्नो ब्रह्मा प्रचोदयात!

विष्णु गायत्री[सम्पादन गर्नुहोस्]

(क) नारायण गायत्री

 ॐ नारायाणाय विद्महे वासुदेवाय धीमहि । तन्नो विष्णुः प्रचोदयात् । 
 ॐ श्री विष्णवे च विद्महे वासुदेवाय धीमहि, तन्नो विष्णु: प्रचोदयात !
 ॐ नारायण: विद्महे वासुदेवाय धीमहि, तन्नो नारायण: प्रचोदयात !
 ॐ नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो नारायण प्रचोदयात् । 

(ख) श्रीनिवास गायत्री

 ॐ निरन्जनाय विद्महे निरापासाय धीमहि तन्नो श्रीनिवास प्रचोदयात् । 

(ग) कृष्ण गायत्री

 ॐ देवकिनन्दनाय विद्ममहे, वासुदेवाय धीमहि तन्नो कृष्ण:प्रचोदयात
 ॐ दामोदराय विद्महे वासुदेवाय धीमहि । तन्नः कृष्णः प्रचोदयात् । 

(घ) गोपाल गायत्री

 ॐ गोपालाय विद्महे गोपीजन वल्लभाय धीमहि, तन्नो गोपाल: प्रचोदयात

(ङ) परशुराम गायत्री

 ॐ जामदग्न्याय विद्महे महावीराय धीमहि, तन्नो परशुराम प्रचोदयात

(च) नृसिंह गायत्री

 ॐ उग्रनृसिंहाय (नरसिंहाय) विद्महे वज्रनखाय धीमहि, तन्नो नृसिंह: (नरसिंह) प्रचोदयात
 ॐ वज्रनखाय विद्महे तीक्ष्णदंष्ट्राय धीमहि । तन्नो नृसिंहः (नरसिंह) प्रचोदयात
 ॐ नरहसिंहाय विद्महे वज्रनखाय धीमहि । तन्नो विष्णु प्रचोदयात
 ॐ नरहसिंहाय विद्महे वज्रनखाय धीमहि । तन्नो सिंह प्रचोदयात

(छ) हयग्रीव गायत्री

 ॐ वाणीश्वराय विद्महे हयग्रीवाय धीमहि तन्नो हयग्रीव :प्रचोदयात

(ज) राम गायत्री

 ॐ दाशरथये विद्महे सीतावल्लभाय धीमहि, तन्नो राम: प्रचोदयात!

(झ) त्रैलोक्य गायत्री

 ॐ त्रैलोक्य मोहनाय विद्महे आत्मारामाय धीमहि, तन्नो विष्णु: प्रचोदयात!

(ञ) हंसा गायत्री

 ॐ परम्ह्न्साय विद्महे महा हंसाय धीमहि तन्नो हंस: प्रचोदयात
 ॐ वागीश्वराय विद्महे हयग्रीवाय धीमहि । तन्नो हंसः प्रचोदयात् । 

(ट) सुदर्शन गायत्री

 ॐ सुदर्शनाय विद्महे हेतिराजाय धीमहि । तन्नश्चक्रः प्रचोदयात् । 

(ठ) वराह गायत्री

 ॐ धनुर्धराय विद्महे वक्रदंष्ट्राय धीमहि तन्नो वराह प्रचोदयात् । 
 ॐ भू: रक्षकाय विद्महे श्रीकराय धीमहि तन्नो वराह प्रचोदयात्
 ॐ भू-वराहाय विद्महे हिरण्यगर्भाय धीमहि तन्नो क्रोध प्रचोदयात्

(ड) मत्स्य गायत्री

 ॐ तत्पुरुशाय विद्महे माहा-मीनाय धीमहि तन्नो विष्णु प्रचोदयात । 

(ढ) वेङ्कटेश गायत्री

 ॐ श्रीनिलायाय विद्महे वेङ्कटेशाय धीमहि तन्नो हारि: प्रचोदयात् । 

(ण) राजागोपाल गायत्री

 ॐ तत्पुरुशाय विद्महे सन्तान पुत्राय धीमहि तन्नो विष्णु प्रचोदयात् । 

(त) कूर्म गायत्री

 ॐ कच्छपेसाय विद्महे माहाबलाय धीमहि तन्नो कूर्म प्रचोदयात् । 

(थ) वामन गायत्री

 ॐ तप रूपाय विद्महे श्रृष्टिकर्ताय धीमहि तन्नो वामन प्रचोदयात् । 

(द) बलराम गायत्री (बुद्ध अवतारको गायत्री मन्त्र भेटिएन - दशावतार विकिपेडियामा बलरामलाई ९औ अबतार बताइएको छ)

 ॐ अश्त्रहस्ताय विद्महे पीताम्वराय धीमहि तन्नो बलराम प्रचोदयात् । 

(ध) कल्कि गायत्री

 ॐ भूमि नेत्राय विद्महे माहापुरुशाय धीमहि तन्नो कल्कि प्रचोदयात् । 

लक्ष्मी गायत्री[सम्पादन गर्नुहोस्]

 (क) लक्ष्मी गायत्री
 ॐ महालाक्ष्मये विधमहे, विष्णु प्रियाय धीमहि तन्नो लक्ष्मी:प्रचोदयात
 ॐ नमो भाग्य लक्ष्मी च विदमहे, अस्ट लक्ष्मी च धीमहि तन्नो लक्ष्मी प्रचोदयात
 (ख) राधा गायत्री
 ॐ वृषभानु: जायै विद्महे, कृष्णप्रियाय धीमहि तन्नो राधा :प्रचोदयात
 ॐ वृषभानुजायै विद्महे कृष्णप्रियायै धीमहि, तन्नो राधिका प्रचोदयात!
 (ग) तुलसी गायत्री
 ॐ श्री तुलस्यये विद्महे, विष्णुप्रियाय धीमहि तन्नो वृंदा:प्रचोदयात
 ॐ त्रिपुराय विद्महे तुलसीपत्राय धीमहि, तन्नो तुलसी प्रचोदयात!
 (घ) लक्ष्मी गायत्री
 ॐ महादेव्यै च विद्महे विष्णु पत्न्ये [यै] च धीमहि, तन्नो लक्ष्मी: प्रचोदयात!
 (ङ) जानकी गायत्री
 ॐ जनकजायै विद्महे राम प्रियायै धीमहि, तन्नो सीता प्रचोदयात!
 (च) सीता गायत्री
 ॐ जनक नंदिन्ये विद्महे भुमिजाय धीमहि तन्नो सीता :प्रचोदयात

लक्ष्मण गायत्री[सम्पादन गर्नुहोस्]

ॐ दासरथये विद्महे अलाबेलाय धीमहि, तन्नो लक्ष्मण प्रचोदयात!

हनुमान गायत्री[सम्पादन गर्नुहोस्]

ॐ अन्जनीजाय विद्महे वायु पुत्राय धीमहि, तन्नो हनुमान प्रचोदयात!

गरुड़ गायत्री[सम्पादन गर्नुहोस्]

ॐ तत्पुरुषाय विद्महे सुवर्ण वरणाय धीमहि, तन्नो गरुड़: प्रचोदयात!

सरस्वती गायत्री[सम्पादन गर्नुहोस्]

ॐ वाग देव्यै विद्महे काम राज्या धीमहि तन्नो सरस्वती: प्रचोदयात । 
ॐ ऐं वाग्देव्यै च विद्महे कामराजाय धीमहि, तन्नो देवी प्रचोदयात!

दुर्गा गायत्री[सम्पादन गर्नुहोस्]

ॐ गिरिजाये विद्महे शिवप्रियाय धीमहि तन्नो दुर्गा :प्रचोदयात
त्वरिता गायत्री मन्त्र–
 (या श्री: स्वयम स्वकृतिनां भवनेष्वलक्ष्मी:
 पापात्मनां कृतधियां हृद्येशु बुद्धि: । 
 श्रृद्धा शतां कुलजन प्रभवस्य लज्जा,
 ता त्वां नतास्म परिपालय देवि विश्वं ।  । )
ॐ त्वरिता देव्यै च विद्महे महानित्यायै धीमहि, तन्नो देवी प्रचोदयात!
महिष मर्द्दिनी गायत्र मन्त्र—
ॐ महिषमर्द्दियै च दुर्गायै च धीमहि, तन्नो देवी प्रचोदयात!
मातंगी गायत्री मन्त्र—-
ॐ मातं गये मतंग्ये [यै] च उच्छिष्ट चाण्डाल्यै च धीमहि, तन्नो देवी प्रचोदयात!
बागला मुखी गायत्री मन्त्र—-
ॐ बागला मुख्यं च विद्महे स्तंभिन्यै च धीमहि, तन्नो देवी प्रचोदयात!
धूमावती गायत्री मन्त्र—-
ॐ धूमावत्यै च विद्महे संहारिन्यै च धीमहि, तन्नो धूमा प्रचोदयात !
छिन्नमस्ता गायत्री मन्त्र—-
ॐ वैरोचन्यै च विद्महे छिन्नमस्तायै धीमहि, तन्नो देवी प्रचोदयात!
भैरवी गायत्री मन्त्र—-
ॐ त्रिपुरायै च विद्महे भैरव्यै च धीमहि, तन्नो देवी प्रचोदयात!
भुवनेश्वरी गायत्री मन्त्र—-
ॐ नारायन्यै च विद्महे भुवनेश्वर्यै धीमहि, तन्नो देवी प्रचोदयात!
त्रिपुर सुंदरी गायत्री मन्त्र—–
ॐ त्रिपुरा दैव्यै विद्महे क्लीं कामेश्वर्यै धीमहि, तन्नो देवी प्रचोदयात!
तारा गायत्री मन्त्र–
ॐ तारायै च विद्महे महोग्रायै च धीमहि, सौस्तन्न: क्लिन्नै प्रचोदयात!
काली गायत्री मन्त्र—
ॐ कालिकायै च विद्महे श्मशान वासिन्यै धीमहि, तन्नो अगोरा प्रचोदयात!
अन्नपूर्णा गायत्र मन्त्र–
ॐ भगवत्यै च विद्महे माहेश्वर्यै च धीमहि, तन्नो अन्नपूर्णा प्रचोदयात!
गौरी गायत्री मन्त्र—
ॐ सुभगार्यै च विद्महे काम मालायै धीमहि, तन्नो गौरी प्रचोदयात!
देवी गायत्री मन्त्र—
ॐ देव्यै विद्महे महाशक्त्यै च धीमहि, तन्नो देवी प्रचोदयात!
शक्ति गायत्री मन्त्र—
ॐ सर्व सम्मोहिन्यै विद्महे विश्वनन्यै धीमहि, शक्ति प्रचोदयात

इन्द्र गायत्री[सम्पादन गर्नुहोस्]

ॐ सहस्त्र नेत्राए विद्महे वज्रहस्ताय धीमहि तन्नो इन्द्र:प्रचोदयात
ॐ तत्पुरुषाय विद्महे सहत्राक्षाय धीमहि, तन्नो इंद्र: प्रचोदयात

अग्नि गायत्री[सम्पादन गर्नुहोस्]

ॐ महाज्वालाय विद्महे अग्नि मध्ये धीमहि, तन्नो अग्नि प्रचोदयात!

जल गायत्री[सम्पादन गर्नुहोस्]

ॐ जलबिंबाय विद्महे नील पुरुषाय धीमहि, तन्नो अम्बु: प्रकोदयात!

आकाश गायत्री[सम्पादन गर्नुहोस्]

ॐ आकाशाय च विद्महे नभो देवाय धीमहि, तन्नो गगनं प्रचोदयात!

वायु गायत्री[सम्पादन गर्नुहोस्]

ॐ पवन पुरुषाय विद्महे सहस्त्र मूर्त्ये च धीमहि, तन्नो वायु: प्रचोदयात!

यम् गायत्री[सम्पादन गर्नुहोस्]

ॐ सुर्यपुत्राय विद्महे महाकालाय धीमहि तन्नो यम् :प्रचोदयात

वरुण गायत्री[सम्पादन गर्नुहोस्]

ॐ जल बिम्बाय विद्महे नील पुरु शाय धीमहि तन्नो वरुण :प्रचोदयात

काम गायत्री[सम्पादन गर्नुहोस्]

ॐ मन्मथेशाय विद्महे काम देवाय धीमहि, तन्नो अनंग प्रचोदयात!

पृथ्वी गायत्री[सम्पादन गर्नुहोस्]

ॐ पृथ्वीदेव्यै विद्महे सहस्र मूरतयै धीमहि तन्नो पृथ्वी :प्रचोदयात
ॐ पृथ्वी देव्यै च विद्महे सहस्र मूर्त्ये च धीमहि, तन्नो मही प्रचोदयात!

स्रोत तथा बाहिरिय लिङ्क[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]