राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८ - २०३२ )

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ नेपालको शिक्षाको प्रणालीगत विकास गर्ने उद्देश्यले लागू गरिएको शिक्षा योजना थियो। नेपालमा शिक्षाको योजेना अन्तर्गत राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८ - २०३२) शिक्षाको विकासको लागि २०२८ सालमा आयोग को स्थापना भयो। राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ (रा. शि. प २०२८ ) सुरुमा चितवनकास्की जिल्लामा २०२८ सुरु गरि क्रमसः नेपालका अन्य सम्पूर्ण भागमा २०३२ सालमा लागु गरि सकेको हुनाले एस लाई राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८ - २०३२) भनियको हो ।[१]

रा. शि. प २०२८ लागुका चरणहरु[सम्पादन गर्ने]

चरण मिति जिल्लाहरू
प्रथम चरण २०२८-७-१५ (दुई जिल्लाहरू) चितवन, कास्की
२०२९-६-१ (१३ जिल्ला )दाङ, बाँके , बाग्लुङग, रुपन्देही , मोरङ ,धनुषा, सप्तरी, धनकुटा, झापा, जुम्ला , कैलाली, कञ्चनपुर, काभ्रे
दोश्रो चरण २०३०-७-१ (१६ जिल्ला) इलाम, पाँचथर, ताप्लेजुङ्, तेह्रथुम, संखुवासभा,सुनसरी,सिन्धुपाल्चोक, काठमाडौं , भक्तपुर, ललितपुर, गोरखा, मनाङ्, लमजुङ्, तनहुँ, स्याङ्जा, सुर्खेत
२०३१-७-१ (२० जिल्ला ) सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ , भोजपुर, उदयपुर, सिराहा, दोलखा , रामेछाप, सिन्धुली , सर्लाही, महोत्तरी, नुवाकोट, पर्बत , म्याग्दी मुस्ताङ् , गुल्मी ,अर्घाखाँची , पाल्पा, नवलपरासी, कपिलवस्तु
तेस्रो चरण २०३२-७-१ (२४ जिल्ला ) दार्चुला, बैतडी, बझाङ ,हुम्ला, डोल्पा , रसुवा, बाजुरा, मुगु, रुकुम, धादिङ, डडेलधुरा, डोटी , रोल्पा, तिब्रिकोट (हाल कालिकोट ) , मकवानपुर , अछाम , दैलेख , सल्यान, पर्सा , बारा, बर्दिया, जाजरकोट, प्यूठान, रौतहट

राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८ – २०३२)[सम्पादन गर्ने]

वि.सं. २०२८ साल वैशाख ५ गते तत्कालिन राजा महेन्द्रद्वारा राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ जारी, रा.शि.प.को योजना २०२८ देखि २०३२ सालसम्ममा ५ वर्षमा देशभर लागू भएको त्यसैले यसलाई रा.शि.प.को योजना २०२८ – २०३२ पनि भनिन्छ । रा.शि.प. को योजनाको कार्यान्वयन अवधिलाई ३ चरणमा विभाजग गरिएको थियो (क) प्रयोगात्मक चरण ः २०२८ (पहिलो वर्ष) – २ जिल्ला चितवन र कास्की र दोस्रो वर्ष (वि.सं. २०२९) मा १३ जिल्ला लागू (ख) मध्यावधि चरण तेस्रो वर्ष (२०३०) मा १६ जिल्ला र चौथो वर्ष (वि.सं. २०३१) मा २० जिल्लामा लागू (ग) स्थायी चरण ः पाँचौ वर्ष (२०३२) मा २४ जिल्लामा लागू तर लागू गर्ने योजना भने निम्नानुसारको थियो ः पहिलो वर्ष २ जिल्ला, दोस्रो वर्ष १३ जिल्ला, तेस्रो वर्ष १५ जिल्ला, चौथो वर्ष २० जिल्ला र पाँचौ वर्ष २५ जिल्ला (सुर्खेत जिल्लामा पाँचौ चरणमा लागू गर्ने योजना बनाइएको भएता पनि तेस्रो चरणमा लागू भएको)


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. शिक्षासम्बन्धि योजना तथा परियोजनाहरु