सामग्रीमा जानुहोस्

बीसौँ शताब्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(२०औं शताब्दीबाट अनुप्रेषित)
द ब्लु मार्बल, १९७२ डिसेम्बर मा अपोलो-१७ बाट देखिएको पृथ्वी। २०औँ शताब्दीको दोश्रो खण्डमा मानवताले पहिलो अन्तरिक्ष अन्वेषण देख्यो।

ग्रेगोरी पञ्चाङ्ग (क्यालेन्डर) अनुसार, इसाको २०औँ शताब्दी १ जनवरी १९०१[] देखि ३१ डिसेम्बर २०००[] सम्मको शताब्दी थियो। केही इतिहासकारहरूले १९१४ देखि १९९२ सम्म लाई संक्षिप्त बीसौं शताब्दीको पनि नाम लिन्छन्।

२०औँ शताब्दीमा यस्ता घटनाहरूको शृङ्खला हावी भयो जसले विश्व इतिहासमा महत्वपूर्ण परिपर्तनहरू ल्यायो र युगलाई पुन परिभाषित गर्यो : स्पेनीस फ्लु महामारी , पहिलो विश्वयुद्धदोस्रो विश्व युद्ध, परमाणु उर्जाअन्तरिक्ष अन्वेषण , राष्ट्रवादवि-उपनिवेशीकरण, शीतयुद्ध र शीत युद्ध पश्चातको द्वन्द; अन्तरसरकारी संगठन र यातायात र सुचना प्रविधिको विकासको माध्यमबाट सांस्कृतिक आदानप्रदान ; गरिबी निवारण र विश्व जनसंख्या वृद्धि , वातावरण विनाश ;[][] मोस्फेट ट्रान्जिसटरइन्टिग्रेटेड सर्किटको कारणले डिजिटल क्रान्ति। २०औँ शताब्दीमा उर्जा उत्पादन, सुचना र चिकित्मासा प्रविधि ठूलो विकास देखियो जसले १९८० को दशकको उत्तरार्धमा विश्वव्यापी कम्युटर संचार र जेनेटिक परिवर्तन सम्भव गरायो।

बीसौं शताब्दीमा मानव जीवनको प्रायः सबै पक्षहरू परिवर्तन भए।

बीसौं शताब्दी समय बितेको रेकर्डको अनुसार सन् १९०१ - २००० सम्म चलेको शताब्दी थियो।

  • औसत मृत्यु
  • औसत शिशु मृत्यु
  • फैलिने रोग
  • औसत उमेर
  • प्रसूति हुँदा आमाको औसत मृत्यु

उल्लेखनीय उन्नति र घटनाहरू

[सम्पादन गर्नुहोस्]

विज्ञान र प्रविधि

[सम्पादन गर्नुहोस्]
  • स्वचालित गाडीहरू सामान्य यात्राको माध्यम भए।
  • उडान उपकरण र जेट इञ्जिनको आविष्कारले संसारलाई "सानो" हुन सम्भव भयो। अन्तरिक्ष उडानले ब्रह्माण्डको ज्ञान बढायो र उपग्रह मार्फत विश्वव्यापी सञ्चार सम्भव भयो।

युद्ध र राजनीति

[सम्पादन गर्नुहोस्]

बीसौं शताब्दीका पाँच ठूला दुर्घटनाहरू

[सम्पादन गर्नुहोस्]
घटना समयकाल जनधनको क्षति
दोस्रो विश्वयुद्धएडोल्फ हिटलरको राज्य १९३३-१९४५ होलोकास्ट सहित ५ करोड भन्दा बढीको मृत्यु, जसमा युरोपको दुई तिहाइ यहूदी समुदाय मारिए (६० लाख)।
माओ त्से तुङ् को राज्य र चीनमा भएको अनिकाल १९४९-१९७६ लगभग ५ करोडको ज्यान गयो
जोसेफ स्टालिनको राज्य १९२४-१९५३ २ करोड भन्दा बढीको मृत्यु भयो
पहिलो विश्व युद्ध १९१४-१९१८ १.५ करोड भन्दा बढीको मृत्यु भयो
रूसी गृहयुद्ध १९१८-१९२१ ८५ लाख भन्दा बढीको मृत्यु भयो

संस्कृति र मनोरन्जन

[सम्पादन गर्नुहोस्]

२०औँ शताब्दीमा चलचित्र कलाको एक माध्यम बन्यो। पहिलो आधुनिक चलचित्र घर पिट्सबर्गमा १९०५ मा बन्यो। [] हलिउड अमेरिकी चलचित्र निर्माणको केन्द्र बन्यो। पहिलेको चलचित्रहरू स्यामस्वेत हुन्थे भने १९२० को दशक पश्चात रङ्गीन चलचित्रहरू निर्माण सम्भव भयो।

  • चलचित्र, संगीत र मिडिया फेसन र साझा जीवनको सबै पक्षहरूमा चित्रित थिए। अमेरिकामा बनेका चलचित्रहरूमा अत्यधिक पैसाको कारण, त्यहाँका चलचित्रहरू धेरै लोकप्रिय भए, जसको कारण अमेरिकी संस्कृति द्रुत रूपमा विश्वभर फैलियो।
  • शताब्दीको उत्तरार्धमा अमेरिकायुरोपमा राजनीतिक अधिकार पाइसकेपछि यस शताब्दीमा महिलाहरू स्वतन्त्र भए।
  • आधुनिक कलाले नयाँ रूपहरू सिर्जना गर्‍यो।
  • खेलकुद समाजको महत्त्वपूर्ण हिस्सा भयो। दूरदर्शनमा खेलहरू पनि धेरै लोकप्रिय भयो।
बीसौं शताब्दीमा धेरै पैसा कमाउने चलचित्रहरू
[सम्पादन गर्नुहोस्]
  1. टाइटानिक (१९९७)
  2. स्टार वार्स (१९७७)
  3. स्टार वार्स एपिसोड १: द फेन्टम् मेन्स
  4. ई.टी. द एक्स्ट्रा-टेर्रेस्ट्रियल (१९८२)
  5. जुरासिक पार्क (१९९३)

धेरै प्रशंसित चलचित्र

[सम्पादन गर्नुहोस्]
    • बेटलशिप पोटेमकिन (१९२५)
    • सिटिजन केन (१९४१)
    • सायको (१९६०)
    • द विजर्ड ओफ ओज (१९३९)
    • २००१: अ स्पेस ओडिसी (१९६८)
    • द गडफादर (१९७२)
    • इट्स अ वन्डरफ़ुल लाइफ (१९४६)
  • आधुनिक औषधीको धेरै राम्रो हुनुका बावजुद , इन्फ्लूएन्जामा १९१८ - १९१९ मा २.५ करोड मानिस को ज्यान गयो (स्पेनिश फ्लू), जबकि एड्सले धेरै खासगरि अविकसित देशमा उपचार नगरेकोले यस शताब्दीमा शताब्दीमा मारेको छ।
  • औषधीमा भएका विकासहरू जस्तै एन्टिबायोटिकको उपलब्धताले रोगबाट मर्नेहरूको संख्या घटायो। गर्भनिरोधक औषधि र अङ्ग प्रत्यारोपण अनुसन्धान गरियो। क्लोनिंग सम्भव भयो।

प्रमुख व्यक्तिहरू

[सम्पादन गर्नुहोस्]

अर्थशास्त्र र व्यापार

[सम्पादन गर्नुहोस्]
१९०० का दशक १९०० १९०१ १९०२ १९०३ १९०४ १९०५ १९०६ १९०७ १९०८ १९०९
१९१० का दशक १९१० १९११ १९१२ १९१३ १९१४ १९१५ १९१६ १९१७ १९१८ १९१९
१९२० का दशक १९२० १९२१ १९२२ १९२३ १९२४ १९२५ १९२६ १९२७ १९२८ १९२९
१९३० का दशक १९३० १९३१ १९३२ १९३३ १९३४ १९३५ १९३६ १९३७ १९३८ १९३९
१९४० का दशक १९४० १९४१ १९४२ १९४३ १९४४ १९४५ १९४६ १९४७ १९४८ १९४९
१९५० का दशक १९५० १९५१ १९५२ १९५३ १९५४ १९५५ १९५६ १९५७ १९५८ १९५९
१९६० का दशक १९६० १९६१ १९६२ १९६३ १९६४ १९६५ १९६६ १९६७ १९६८ १९६९
१९७० का दशक १९७० १९७१ १९७२ १९७३ १९७४ १९७५ १९७६ १९७७ १९७८ १९७९
१९८० का दशक १९८० १९८१ १९८२ १९८३ १९८४ १९८५ १९८६ १९८७ १९८८ १९८९
१९९० का दशक १९९० १९९१ १९९२ १९९३ १९९४ १९९५ १९९६ १९९७ १९९८ १९९९

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Twentieth Century's Triumphant Entry". The New York Times. January 1, 1900
  2. "The 21st Century and the 3rd Millennium When Did They Begin?", United States Naval Observatory, अन्तिम पहुँच २०१३-०६-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०२ मिति
  3. Wilson, E.O., The Future of Life (2002) (आइएसबिएन ०-६७९-७६८११-४). See also: Leakey, Richard, The Sixth Extinction : Patterns of Life and the Future of Humankind, आइएसबिएन ०-३८५-४६८०९-१
  4. "The Sixth Extinction – The Most Recent Extinctions", मूलबाट २०१५-१२-१८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-१८ मिति
  5. "You saw it here first: Pittsburgh's Nickelodeon introduced the moving picture theater to the masses in 1905", Pittsburgh Post-Gazette, १८ जुन २००५, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८