बीसौँ शताब्दी
ग्रेगोरी पञ्चाङ्ग (क्यालेन्डर) अनुसार, इसाको २०औँ शताब्दी १ जनवरी १९०१[१] देखि ३१ डिसेम्बर २०००[२] सम्मको शताब्दी थियो। केही इतिहासकारहरूले १९१४ देखि १९९२ सम्म लाई संक्षिप्त बीसौं शताब्दीको पनि नाम लिन्छन्।
२०औँ शताब्दीमा यस्ता घटनाहरूको शृङ्खला हावी भयो जसले विश्व इतिहासमा महत्वपूर्ण परिपर्तनहरू ल्यायो र युगलाई पुन परिभाषित गर्यो : स्पेनीस फ्लु महामारी , पहिलो विश्वयुद्ध र दोस्रो विश्व युद्ध, परमाणु उर्जा र अन्तरिक्ष अन्वेषण , राष्ट्रवाद र वि-उपनिवेशीकरण, शीतयुद्ध र शीत युद्ध पश्चातको द्वन्द; अन्तरसरकारी संगठन र यातायात र सुचना प्रविधिको विकासको माध्यमबाट सांस्कृतिक आदानप्रदान ; गरिबी निवारण र विश्व जनसंख्या वृद्धि , वातावरण विनाश ;[३][४] मोस्फेट ट्रान्जिसटर र इन्टिग्रेटेड सर्किटको कारणले डिजिटल क्रान्ति। २०औँ शताब्दीमा उर्जा उत्पादन, सुचना र चिकित्मासा प्रविधि ठूलो विकास देखियो जसले १९८० को दशकको उत्तरार्धमा विश्वव्यापी कम्युटर संचार र जेनेटिक परिवर्तन सम्भव गरायो।
बीसौं शताब्दीमा मानव जीवनको प्रायः सबै पक्षहरू परिवर्तन भए।
बीसौं शताब्दी समय बितेको रेकर्डको अनुसार सन् १९०१ - २००० सम्म चलेको शताब्दी थियो।
- औसत मृत्यु
- औसत शिशु मृत्यु
- फैलिने रोग
- औसत उमेर
- प्रसूति हुँदा आमाको औसत मृत्यु
उल्लेखनीय उन्नति र घटनाहरू
[सम्पादन गर्नुहोस्]विज्ञान र प्रविधि
[सम्पादन गर्नुहोस्]- स्वचालित गाडीहरू सामान्य यात्राको माध्यम भए।
- उडान उपकरण र जेट इञ्जिनको आविष्कारले संसारलाई "सानो" हुन सम्भव भयो। अन्तरिक्ष उडानले ब्रह्माण्डको ज्ञान बढायो र उपग्रह मार्फत विश्वव्यापी सञ्चार सम्भव भयो।
युद्ध र राजनीति
[सम्पादन गर्नुहोस्]- बढ्दो राष्ट्रवाद र बढ्दो राष्ट्रिय जागरूकता पहिलो विश्वयुद्धका मुख्य कारणहरू थिए। यस शताब्दीमा दुई विश्व युद्धहरू थिए जसमा जर्मनी, फ्रान्स, इटली, जापान, संयुक्त राज्य अमेरिका र बेलायत लगायत सबै विश्वशक्तिहरू सामेल भएका थिए। प्रथम विश्वयुद्धले विशेष गरी पूर्वी यूरोपमा धेरै देशहरूको जन्म भयो।
- रुसमा साम्यवाद बढ्यो र रूसी क्रान्ति भयो। दोस्रो विश्वयुद्ध पछि कम्युनिज्म विश्वव्यापी राजनीति साम्यवाद यो विश्वमा एक प्रमुख शक्ति बन्न पुग्यो जुन पूर्वी यूरोप, चीन, ईन्डोचाइना र क्युबा लगायत सारा संसारभरि फैलियो। यसले पश्चिमी विश्वसँग शीत युद्धको नेतृत्व गर्यो जुन अमेरिकाको नेतृत्वमा थियो।
- १९८० को दशकको अन्तमा साम्यवादको पतनले अमेरिकालाई विश्वको एक मात्र महाशक्ति बनायो। यसै कारण सोभियत सङ्घ र युगोस्लाभिया विभिन्न राष्ट्रहरूमा बिखन्डन भए जसमा धेरै राष्ट्रवाद फैलिएको थियो।
- साम्राज्यवादको अन्त्यसँगै अफ्रिका र एसियाका धेरै देशहरू स्वतन्त्र भए। यस शीत युद्धको समयमा, तिनीहरू मध्ये केहि आफ्नो रक्षाको लागि अमेरिकाको साथ जोडिए भने केहि सोभियत सङ्घ र केहि चीन सँग जोडिए।
- संसारको अरबी भागमा रहेको यहूदी राष्ट्र इजरायलको स्थापनाले यस क्षेत्रको द्वन्द्व उत्पन्न गर्यो। अरबी देशहरूमा रहेका ठूला तेल कुवाहरूले पनि यसमा उनीहरूको प्रभाव बनायो।
बीसौं शताब्दीका पाँच ठूला दुर्घटनाहरू
[सम्पादन गर्नुहोस्]घटना | समयकाल | जनधनको क्षति |
---|---|---|
दोस्रो विश्वयुद्ध र एडोल्फ हिटलरको राज्य | १९३३-१९४५ | होलोकास्ट सहित ५ करोड भन्दा बढीको मृत्यु, जसमा युरोपको दुई तिहाइ यहूदी समुदाय मारिए (६० लाख)। |
माओ त्से तुङ् को राज्य र चीनमा भएको अनिकाल | १९४९-१९७६ | लगभग ५ करोडको ज्यान गयो |
जोसेफ स्टालिनको राज्य | १९२४-१९५३ | २ करोड भन्दा बढीको मृत्यु भयो |
पहिलो विश्व युद्ध | १९१४-१९१८ | १.५ करोड भन्दा बढीको मृत्यु भयो |
रूसी गृहयुद्ध | १९१८-१९२१ | ८५ लाख भन्दा बढीको मृत्यु भयो |
संस्कृति र मनोरन्जन
[सम्पादन गर्नुहोस्]२०औँ शताब्दीमा चलचित्र कलाको एक माध्यम बन्यो। पहिलो आधुनिक चलचित्र घर पिट्सबर्गमा १९०५ मा बन्यो। [५] हलिउड अमेरिकी चलचित्र निर्माणको केन्द्र बन्यो। पहिलेको चलचित्रहरू स्यामस्वेत हुन्थे भने १९२० को दशक पश्चात रङ्गीन चलचित्रहरू निर्माण सम्भव भयो।
- चलचित्र, संगीत र मिडिया फेसन र साझा जीवनको सबै पक्षहरूमा चित्रित थिए। अमेरिकामा बनेका चलचित्रहरूमा अत्यधिक पैसाको कारण, त्यहाँका चलचित्रहरू धेरै लोकप्रिय भए, जसको कारण अमेरिकी संस्कृति द्रुत रूपमा विश्वभर फैलियो।
- शताब्दीको उत्तरार्धमा अमेरिका र युरोपमा राजनीतिक अधिकार पाइसकेपछि यस शताब्दीमा महिलाहरू स्वतन्त्र भए।
- आधुनिक कलाले नयाँ रूपहरू सिर्जना गर्यो।
- खेलकुद समाजको महत्त्वपूर्ण हिस्सा भयो। दूरदर्शनमा खेलहरू पनि धेरै लोकप्रिय भयो।
बीसौं शताब्दीमा धेरै पैसा कमाउने चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- टाइटानिक (१९९७)
- स्टार वार्स (१९७७)
- स्टार वार्स एपिसोड १: द फेन्टम् मेन्स
- ई.टी. द एक्स्ट्रा-टेर्रेस्ट्रियल (१९८२)
- जुरासिक पार्क (१९९३)
धेरै प्रशंसित चलचित्र
[सम्पादन गर्नुहोस्]- बेटलशिप पोटेमकिन (१९२५)
- सिटिजन केन (१९४१)
- सायको (१९६०)
- द विजर्ड ओफ ओज (१९३९)
- २००१: अ स्पेस ओडिसी (१९६८)
- द गडफादर (१९७२)
- इट्स अ वन्डरफ़ुल लाइफ (१९४६)
रोग र औषधि
[सम्पादन गर्नुहोस्]- आधुनिक औषधीको धेरै राम्रो हुनुका बावजुद , इन्फ्लूएन्जामा १९१८ - १९१९ मा २.५ करोड मानिस को ज्यान गयो (स्पेनिश फ्लू), जबकि एड्सले धेरै खासगरि अविकसित देशमा उपचार नगरेकोले यस शताब्दीमा शताब्दीमा मारेको छ।
- औषधीमा भएका विकासहरू जस्तै एन्टिबायोटिकको उपलब्धताले रोगबाट मर्नेहरूको संख्या घटायो। गर्भनिरोधक औषधि र अङ्ग प्रत्यारोपण अनुसन्धान गरियो। क्लोनिंग सम्भव भयो।
प्रमुख व्यक्तिहरू
[सम्पादन गर्नुहोस्]विश्व नेता
[सम्पादन गर्नुहोस्]- इदी अमिन, युगांडा
- नेल्सन मंडेला, दक्षिण अफ्रिका
- रोबर्ट मुगाबे, जिम्बाबे
- गमाल अब्देल नासेर, इजिप्त
- कर्नल मुअम्मर गद्दाफी, लिबिया
- थियोडोर रूजवेल्ट, अमेरिका
- फ्र्याङ्क्लिन डिलानो रुजबेल्ट, अमेरिका
- ड्वीट डेभिड आइजेनहावर, अमेरिका
- जोन एफ केनेडी, अमेरिका
- रिचर्ड निक्सन, अमेरिका
- रोनल्ड रेगन, अमेरिका
- बिल क्लिन्टन, अमेरिका
- विल्फ्रिड लारियर, केनेडा
- विलियम ल्योन म्याकेन्जी किङ, केनेडा
- पिएर ट्रुडो, केनेडा
- अर्नेस्ट चे ग्वेभारा, क्यूबा
- फिडेल क्यास्ट्रो, क्यूबा
- महात्मा गान्धी, भारत
- माओ त्से तुङ्, चीन
- देङ शियाओ पिङ, चीन
- पोलपोट, कम्बोडिया
- इन्दिरा गान्धी, भारत
- भीमराव अम्बेडकर, भारत
- मोहम्मद अली जिन्नाह, पाकिस्तान
- महातिर मोहम्मद, मलेशिया
- जवाहरलाल नेहरू, भारत
- हिरोहितो, जापान
- हो चि मिन्ह , भियतनाम
- सन यात सेन, चीन
- चियाङ काइसेक, चीन
- सुकार्नो , इन्डोनेशिया
- ली कुआन यु, सिंगापूर
- कमाल अतातुर्क , टर्की
- आर्थर नेविल चाम्बरलेन , संयुक्त अधिराज्य
- विन्स्टन चर्चिल, संयुक्त अधिराज्य
- मार्गरेट थ्याचर, संयुक्त अधिराज्य
- फ्रान्ज फर्दिनानड , अस्ट्रियाको आर्कड्युक , अस्ट्रिया हंग्रेरी
- कैजार विलियम द्वितीय, जर्मनी
- एडल्फ हिटलर, जर्मनी
- हेल्मुट श्मिट, जर्मनी
- हेल्मुट कोल, जर्मनी
- गेर्हार्ड श्र्योडर , जर्मनी
- बेनिटो मुसोलिनि, इटली
- फ्रान्सिस्को फ्रान्को, स्पेन
- जोसेफ् पिल्सुड्स्की, पोल्यान्ड
- जोसिप ब्रोज टिटो, युगोस्लाभिया
- ओलोफ पाल्मे, स्वीडन
- निकोलाई चाउचेस्कु, रोमानिया
- लेक वालेसा, पोल्यान्ड
- गमाल अब्देल नासेर, इजिप्ट/ संयुक्त अरब गणतन्त्र
- अनवर सादात, इजिप्ट / संयुक्त अरब गणतन्त्र
- डेभिड बेन गुरियोन, इजरायल
- गोल्डा मेयर, इजरायल
- मेनाकेम बेगिन, इजरायल
- हफेज अल असद, सिरिया
- सद्दाम हुसेन , इराक
- राजा हुसेन, जोर्डन
अर्थशास्त्र र व्यापार
[सम्पादन गर्नुहोस्]- जोन मेनार्ड कीन्स
- जोन केनेथ गालब्रेथ
- मिल्टन फ्राइडम्यान
- हेनरी फोर्ड
- थोमस जे. वाटसन
- बिल गेट्स
- स्टिभ जब्स
दशक र वर्ष
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Twentieth Century's Triumphant Entry". The New York Times. January 1, 1900
- ↑ "The 21st Century and the 3rd Millennium When Did They Begin?", United States Naval Observatory, अन्तिम पहुँच २०१३-०६-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०२ मिति
- ↑ Wilson, E.O., The Future of Life (2002) (आइएसबिएन ०-६७९-७६८११-४). See also: Leakey, Richard, The Sixth Extinction : Patterns of Life and the Future of Humankind, आइएसबिएन ०-३८५-४६८०९-१
- ↑ "The Sixth Extinction – The Most Recent Extinctions", मूलबाट २०१५-१२-१८-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-१८ मिति
- ↑ "You saw it here first: Pittsburgh's Nickelodeon introduced the moving picture theater to the masses in 1905", Pittsburgh Post-Gazette, १८ जुन २००५, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८।