पाँचऔँले

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

बैज्ञानिक नामः Dactylorhiza hatagirea (D.Don) Soo

वानस्पतिक परिवार : Orchidaceae

पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसलाई कतै कतै "पाँच पाते" भनेको पनि सुनिन्छ। यसको पात हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ। यो एक लहरा प्रजातीको वनस्पति हो। विभिन्न प्रकारका रोगहरू निको पार्नको लागि यसको प्रयोग आयुर्वेदी औषधीको रूपमा गरिन्छ। यस्लाई संस्कृतमा सालममिश्री भनिन्छ र हिन्दिमा सालमपन्जा भनिन्छ भने अङ्ग्रेजीमा Salep भनिन्छ|

पाँचऔँलेको बोट र फुल
औषधिको रूपमा प्रयोग गरिने पाँचऔले

नेपालीमा यस्लाई पाँचऔँले , हत्ताजडी , हाते पनि भनिन्छ|यो करीब ३०–९० से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायृक्त विरुवा हो। यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ। त्यसैले यसको नाम पाँचऔँले तथा सालम पन्जा रहेको छ। यसका पातहरू पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन्। यसमा जेठ असारमा फूलहरू लाग्दछन्। डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरू वरीपरी मिलेर फूल्दछन्। फुलहरूका झुप्पा १२ देखि २० से.मी सम्म लामा र घना हुन्छन्।यो पश्चिमी पाकिस्तान, हिमालय–गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बत (२५०० – ५००० मिटर), सम्म फैलिएको छ। यो विरुवा नेपालको पश्चिम र मध्ये भागमा करिब २८०० – ४००० मिटर सम्मको उचाईमा पाइन्छ।

यसको फुल मनमोहक हुन्छ् तापनि यसको उपयोग गरिने अंग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ।यसको फैलावट प्राकृतिक अवस्थामा एकदमै कम छ। त्यसैले श्री ५को सरकारले यसको संकलन , प्रयोग , विक्री वितरण , ओसा्र पसार र निर्यातमा प्रतिबन्ध लगाएको छ। यो एक वलवर्धक जडिबुटी मानिन्छ र यसको सुकेको जराको धुलो दुध सँग खाने गरिन्छ। यसको सुकेको जरा घोटेर काटेको घाउमा लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ।शरद ऋतुमा यसका पातहरू पहेँला भई डाँठ सुक्न थालेपछि यसको संकलन गाना निकालिन्छ। गानालाई चोट नलाग्ने गरि खन्नु पर्दछ। खनिसकेपछि गानालाई राम्ररी धोएर घाममा सुकाउनु पर्दछ।

[सम्पादन गर्ने] हेर्नुहोस्

ढाँचा:औषधीहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा