रामलाल जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामलाल जोशी
पेशालेखक
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकथा, उपन्यास
उल्लेखनीय कार्यहरूऐना
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०७२

रामलाल जोशी नेपाली भाषाका साहित्यकार हुन्।[१] उनले वि.सं. २०७२ सालमा ऐना कथा संग्रहका लागि मदन पुरस्कार पाएका हुन् ।[२]

व्यक्तिगत जीवनी[सम्पादन गर्नुहोस्]

साहित्य यात्रा[सम्पादन गर्नुहोस्]

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • ऐना (कथा सङ्ग्रह, २०७२)

सुदूर–पश्चिमको दूर–दराजमा रहेका पीडा समाजका सुख–दुःख र किनारीकृत वर्गका व्यथालाई कथामा कलात्मक र निजात्मक शैलीले लेखेका रामलाल जोशीले यही कृतिबाट २०७२ सालको मदन पुरस्कार प्राप्त गरेका छन् । सुदूर–पश्चिमले केन्द्र हल्लाएको यो पुस्तक नेपाली साहित्य बजारमा कम समयमा बिक्रीको रेकर्ड बनाएको कृति हो ।

  • सखी (उपन्यास, २०७५)

हो, मेरो अभागमा त घाम पनि अस्ताउनमात्रै आउँछ र डामेर जान्छ । मेरो भागमा त पानी पनि गहुँतजस्तो छ, हावा पनि विषाक्त छ । जुठा भाँडा, गोठको भकारो, धुलो र मैलोमात्रै छ । झुम्रो बेरेर बाँचेको कायामा सयौं घात–प्रतिघात र चोटहरूमात्रै छन् तर पनि म हार खान्नँ । यिनै आँसुको घडा, पीडाको पिरामिड र दुःखको दहलाई अवसरमा परिणत गरी आफ्नो जीवनलाई अनुपम बनाउन खोज्ने म एउटी सीमान्तकृत कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा हो, सखी !

  • बाआमा (कथा सङ्ग्रह, २०७९)

यस संग्रहमा १२ वटा कथा छन् । ‘बाआमा’ले समाजको भौतिक परिस्थितिमा आएको परिवर्तनसँगै सन्तान र बाआमा बीचको सम्बन्धमा आएको नवीनतालाई आख्यानिक अभिव्यक्ति दिएको छ । कथाकारले बाआमा र छोराछोरीको सम्बन्धका बहुआयाम केलाएका छन्। कथाहरूमा राजनीतिक द्वन्द्व, विधवा जीवन, बुढेसकालको विरक्ति, बाआमाको ममताको अभावमा लागेको कुलत, दाम्पत्य, विदेशगमन, सम्बन्ध विच्छेद, गाउँले जीवनप्रतिको मोहजस्ता पारिवारिक र सामाजिक विषय छन्। तर, जुनसुकै विषयको भावभूमिमा लेखिएको भए पनि कथाको मूलतत्व भने आमाबुवाको सन्तान प्रतिको प्रेम नै छ।[३] लेखकले आफू सुदूरपश्चिममा बस्ने भएका हुनाले 'बाआमा' मा त्यहाँको समाजको मनोविज्ञान, भूगोल आएको बताएका छन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]