सामग्रीमा जानुहोस्

वीरगन्ज महानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विरगञ्जबाट अनुप्रेषित)
वीरगन्ज
नेपालको प्रवेशद्वार
वीरगन्ज महानगरपालिका
भारत-नेपाल सीमाद्वार
भारत-नेपाल सीमाद्वार
वीरगन्ज मा पर्दछ मधेश प्रदेश
वीरगन्ज
वीरगन्ज
नेपालमा रहेको वीरगञ्ज महानगरपालिका
वीरगन्ज मा पर्दछ नेपाल
वीरगन्ज
वीरगन्ज
वीरगन्ज (नेपाल)
निर्देशाङ्क: २७°०′उ ८४°५२′पू / 27.000°N 84.867°E / 27.000; 84.867
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
महानगरपालिका घोषितवि.स. २०७४/२/१७
सरकार
  प्रकारवीरगन्ज महानगरपालिका
  नगरप्रमुखराजेशमान सिंह (जसपा नेपाल)
  उपप्रमुखइम्तियाज आलम (नेका)
क्षेत्रफल
  जम्मा१३२.०७ किमी (५०.९९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२७२,३८२
  घनत्व२१००/किमी (५३००/वर्ग माइल)
  धर्मावलम्बी
हिन्दु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
४४३००,४४३०१
क्षेत्रीय सङ्केत०५१
वेबसाइटbirgunjmun.gov.np

वीरगन्ज महानगरपालिका नेपालको मधेश प्रदेश स्थित पर्सा जिल्लाको एक प्रमुख सहर तथा महानगरपालिका हो। यस महानगरपालिकालाई ‘नेपालको प्रवेशद्वार’ भनेर पनि चिनिन्छ। यो एउटा व्यापारिक सहर हो। यसलाई कतिपयले आर्थिक राजधानी भन्ने गरेका छन्। वीरगन्ज व्यापार तथा वाणिज्यको प्रमुख केन्द्र पनि हो। वि.सं २०७१ मङ्सिर १६ मा, अलौ, भवानीपुर, बिन्दबासिनी, हरपतगन्ज, लिपनी बिर्ता, मनियारी, रामगढवा, पर्सौनी बिर्ता, सिर्सिया दापु, सुगौली बिर्ताउदयपुर घुर्मी गरी ११ वट‍ा पूर्व गाविसहरूलाई गाभेर तात्कालीन वीरगन्ज उपमहानगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो भने २७ फागुन २०७३ मा, यसलाई महानगरपालिका घोषणा गर्दा साविकका चोर्नी, बगही, बसडिलवा, लाल पर्साबेलवा पर्सौनी गरि ५ वटा गाविसहरू यसमा गाभिएका थिए।

वीरगन्ज सबैभन्दा बढी भन्सार राजश्व दिने नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसँग आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौँ तथा पोखराका लागि सामान आयात निर्यात गरिन्छ।

श्री ३ वीर शमशेर जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगन्ज नामाकरण गरिएको हो। त्यहाँ गहवामाई मन्दिर पनि रहेको छ।

ठाकुरराम क्याम्पस का साथै केही अरू कलेज तथा विद्यालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होम समेत रहेको वीरगन्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू पनि छन्। वीरगन्जको एरिया कोड ०५१ हो।

वि.सं. १९०४ मा जङ्गबहादुरले राजा राजेन्द्रलाई गद्दिच्युत गरेपछि, जङ्गबहादुर विरुद्ध फौज खडा गरी राजेन्द्र अलौमा शिविर बनाएर बसेका थिए। जङ्गबहादुरको सेना सामु राजा राजेन्द्रको सेनाको केही लागेन र राजा राजेन्द्रलाई बन्दी बनाइयो। यस घटनालाई अलौ पर्व भनिन्छ।

तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा वीरगन्ज बजार स्थापना गरेको अनुमान छ। वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम वीरगन्ज रहन भएको हो भन्ने भनाइ रहेको छ। वीरगन्ज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो।

वीरगन्ज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए। कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो। []

जङ्गलले ढाकेको स्थानमा वीरगन्ज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई वीरगन्जमा खटाएका थिए। त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै वीरगन्जमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए। उक्त कार्यले पछि चन्द्र शमशेरको पालामा सिद्धवीर माथेमालाई मृत्युदण्डको सजाय समेत भुक्तान गर्नु पर्ने अवस्था आइसकेको थियो।

चन्द्र शम्शेर

[सम्पादन गर्नुहोस्]

वीर शम्शेरको वि.सं. १९५७ मा मृत्यु भए पछि श्री ३ देवशम्शेर महाराज भए। तर चन्द्र शम्शेरले षडयन्त्र गरी तीन महिना भित्रै देवशम्शेरलाई अपदस्त गरी आफैं श्री ३ महाराजा बने। स्व. वीरशम्शेर र देवशम्शेरका मान्छेहरूलाई चन्द्र शम्शेर देखी सहँदैनथे। वीर शम्शेरका खास मान्छे सिद्धवीर माथेमामाथि रिसइवी साँधी उनले सम्हालेको माल अड्डा जाँच गराउन लगाई माथेमामाथि तीन लाख अनियमितता गरेको आरोप लगाइयो।

सिद्धवीरले वीरगन्ज बजार बसाल्नमा खर्च गरिएको हिसाब देखाउँदा त्यसलाई अमान्य ठहर गरियो र तत्काल रकम तिर्न आदेश जारी भयो। माथेमाले आफूले नखाएकाले रकम तिर्न नसक्ने जवाफ दिएपछि सजाय स्वरूप छातीमा साइनबोर्ड टाँसेर बाजागाजा सहित बजार परिक्रमा गराउँदै मच्छाखुशीमा लगेर काटी मारीदिनु भन्ने मृत्युदण्डको मौखिक फैसला भयो। खाइ नखाई अहोरात्र खटेर वीरगन्ज बजार स्थापनामा वीर शम्शेरलाई सहयोग पुर्याउने माथेमा माथि मृत्युदण्डको फैसला भएको खबर सुनेपछि स्व. श्री ३ वीरशम्शेरकी महारानीले आफ्नो तर्फबाट रु. तीन लाख रकम तिरिदिएर माथेमालाई मृत्युदण्डको सजायबाट छुटकारा दिलाइन्।

चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको वीरगन्ज बजारलाई समेत विस्थापित गर्न चाहेका थिए। उनी वीरगन्जको बजारलाई त्यहाँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे। बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि वीरगन्जको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे। लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर वीरगन्जबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन्। पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार वीरगन्ज महानगरपालिकाको कुल जनसङ्ख्या २,७२,३८२ रहेको छ। यस महानगरपालिकालाई ३२ वटा वडाहरूमा विभाजन गरिएको छ। महानगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

वीरगन्ज महानगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
वीरगन्ज (१)८,८४१०.८६१०,२८०.२३
वीरगन्ज (२)९,२८१२.०५४,५२७.३२
वीरगन्ज (३)७,६०४०.५७१३,३४०.३५
वीरगन्ज (४-५)३,२८५०.२५१३,१४०.००
वीरगन्ज (६)४,४४००.१८२४,६६६.६७
वीरगन्ज (७-८,११)३,५६४०.२६१३,७०७.६९
वीरगन्ज (९)४,१४१०.१५२७,६०६.६७
वीरगन्ज (१०)५,००८०.३८१३,१७८.९५
वीरगन्ज (१२)४,१३३०.२६१५,८९६.१५
१०वीरगन्ज (१३)१४,९४३१.३११,४९४.६२
११वीरगन्ज (१४)१४,७१८०.९८१५,०१८.३७
१२वीरगन्ज (१५)९,४९९०.६११५,५७२.१३
१३वीरगन्ज (१६)१२,१९३१.०२११,९५३.९२
१४वीरगन्ज (१७)१२,६६७२.६५४,७८०.००
१५वीरगन्ज (१८)१५,७७१४.७५३,३२०.२१
१६वीरगन्ज (१९)२१,३७५४.९३४,३३५.७०
१७अलौ९,७६५५.०९१,९१८.४७
१८भवानीपुर८,१९८५.३४१,५३५.२०
१९बिन्दबासिनी५,९७१३.५९१,६६३.२३
२०हरपतगन्ज७,६४८४.४१,७३८.१८
२१लिपनी बिर्ता८,४२६५.७४१,४६७.९४
२२मनियारी४,७९७५.०८९४४.२९
२३पर्सौनी बिर्ता५,३४३३.०११,७७५.०८
२४रामगढवा१०,२७७४.६७२,२००.६४
२५सिर्सिया दा.पु.४,३६२२.८३१,५४१.३४
२६सुगौली बिर्ता६,५०९४.८८१,३३३.८१
२७उदयपुर घुर्मी७,४००९.४४७८३.९०
२८बगही७,३८०७.३५१,००४.०८
२९बसडिलवा७,८५८६.८८१,१४२.१५
३०लालपर्सा५,१३८४.८६१,०५७.२०
३१बेलवा पर्सौनी१०,४४४२८.३४३६८.५३
३२चोर्नी११,४०३९.४१,२१३.०९
जम्मा२,७२,३८२१३२.१२,०६१.९४

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक सहर वीरगन्जको स्थापना राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं.१९५४)मा गरेको हुनाले उनकै नाउँमा उक्त सहरको नाम रहेको हो। भारत चम्पारण जिल्लाको सीमावर्ती बजार रक्सौलबाट करिब तीन कि.मी. को दूरीमा र नेपालको दक्षिणी तराई क्षेत्रमा अवस्थित उक्त सहर समुद्री सतहदेखि सरदर ९१ मीटर उचाइमा छ। पूर्व र उत्तरमा बारा जिल्ला, पश्चिममा रामगठवा, पर्सैनीविर्ता र सिर्सिया खतवाटोल गाविस र दक्षिणमा छिमेकी मुलुक भारत रहेको उक्त सहर पर्सा जिल्लाको सदरमुकाम पनि हो। त्रिभुवन राजपथमहेन्द्र राजमार्ग जोड्ने पथलैयाबाट २८ कि.मी. उत्तर र काठमाडौँ हवाइमार्गबाट १५ मिनेटको दूरीमा अवस्थित तथा सिमरा विमानस्थलबाट अत्यन्त नजीकै वीरगन्जमा नेवार, बाहुन, क्षेत्री, मुसलमान, थारू, कुर्मी, यादव, कानु, तेली, कलवार, कोइरी, चमार, दुसाध, मल्लाह, मारवाडी, तामाङ आदि जाति पारस्परिक सद्भावका साथ बसोवास गर्दै आएका छन्। वीरगन्ज पर्सा जिल्लाको सदरमुकाम हो। पर्सा जिल्लाको नामकरण यहाको महुवन् मथवलमा रहेको पारसनाथको मन्दिरको नामबाट गरिएको हो।

वि.सं. २०१० मा नगरपालिका घोषणा भएको वीरगन्जमा विशेषगरी दशैं, तिहार, छठ, मकर संक्रान्ति, रामनवमी, फागु, कृष्णाष्टमी, भीमसेन जात्रा, शिवरात्रीश्रीपञ्चमी आदि चाडपर्व मनाउने हिन्दु, बौद्ध, इस्लाम, जैनईसाई धर्मावलम्वी छन्। धार्मिक सहिष्णुता रहेको उक्त महानगरपालिकामा हिन्दुधर्म र दर्शनको दिग्दर्शन हुने शंकराचार्य द्वार (वीरगन्ज), वौद्ध चैत्य-विहार, सङ्गीतमय फोहरासहित घडिअर्वा पोखरी, गहवामाई मन्दिर, नैतले काली मन्दिर, घण्टाघर (वीरगन्ज), भारतीय रेल्वे सञ्जालसँग जोडिएको नेपालको एक मात्र सुख्खा बन्दरगाह (वीरगंज आन्तरिक सुक्खा बन्दरगाह ), तरण ताल (स्वीमिंग पुल), महावीर मन्दिर, विर्तामाई मन्दिर, हनुमान मन्दिर (वीरगन्ज)अलखिया लगायत विविध धार्मिक तथा पर्यटकीय स्थल छन् भने काठमाडौँ बाहिर भारतीय महावाणिज्य दूतावास र परराष्ट्र मन्त्रालयको सम्पर्क कार्यालय वीरगन्जमा मात्र स्थापना भएको छ। विशेषगरी भोजपुरी, नेपाली, नेवारी, मैथिलीमारवाडी भाषा भाषी बसोबास गरेको वीरगन्ज महानगरपालिका ३५ वर्ग कि.मी.मा फैलिएको र १९ वडामा विभाजित छ। राष्ट्रिय जनगणना २०५८ अनुसार ६० हजार ९ सय ५६ पुरूष र ५१ हजार ५ सय २८ महिला गरी कुल एक लाख १२ हजार ४ सय ८४ जना जनसङ्ख्या भएको उक्त महानगरपालिकामा कुल १९ हजार ९ सय १० घरपरिवार सङ्ख्या छ भने ४ दशमलव ८९ प्रतिशत जनसङ्ख्या वृद्धि दर छ।

घण्टाघर वीरगन्ज

नगरपालिकाको घोषणा भएपछि नगरप्रमुखमा क्रमशः केशरबहादुर मानन्धर (२०१०-२०१८), स्व. पशुपति घोष (२०१९-२०२५), गणेशबहादुर रावल (२०२५-२०३०), स्व. गोपालप्रसाद प्रधान (२०३०-२०३८) र विमलप्रसाद श्रीवास्तव (२०३९-२०४६) कार्यरत रहनु भएको थियो। बहुदलीय प्रजातन्त्र पुन:स्थापना पछि २०४९ सालमा नगर प्रमुखमा नेपाली काँग्रेसका स्व. माधवलाल श्रेष्ठ र उपप्रमुखमा अजय द्विवेद्वी निर्वाचित हुनु भएको थियो भने २०५४ को दोस्रो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विमलप्रसाद श्रीवास्तव नगरप्रमुख र नेपाली काङ्ग्रेसका कृष्णमुरारी रौनियार उपप्रमुखमा निर्वाचित हुनु भएको थियो। वि.सं. २०६० पछि करिव एक वर्ष श्री ५ को सरकारले राप्रपाका गोपाल गिरीलाई प्रमुख र कृष्णमुरारी रौनियारलाई उपप्रमुख पदमा मनोनयन गरेकोमा २०६० माघ १ गते नगर प्रमुख गिरीलाई माओवादीले गोली हानी हत्या गरेपछि सरकारले राप्रपाका प्रदीपकुमार सुवेदीलाई नगरप्रमुखमा मनोनयन गरेको थियो। वि.सं. २०७४ मा सम्पन्न स्थानिय निर्वाचनमा महानगरपालिकाको प्रमुखमा बिजय सरावगी र उपप्रमुखमा शान्ति कार्की निर्वाचित हुनु भएको थियाे भने २०७९ मा सम्पन्न निर्वाचनमा महानगरपालिकाकाे प्रमुखमा राजेशमान सिंह र उपप्रमुखमा इम्तियाज आलम निर्वाचित हुनु भएकाे छ । सिंह ४६२१५ मत ल्याउँदै प्रमुखमा निर्वाचित हुनुभएकाे हाे भने आलमले २३६७१ मत ल्याएर उपप्रमुखमा निर्वाचित भएका हुन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "वीरगन्जको नालीबेली" जयविक्रम शाह जयारानी शाह प्रकाशन २०६१ बैशाख
  4. वीरगन्ज महानगरपालिका "औद्योगिक तथा व्यापारिक शहर सुसंस्कृत, सभ्य हाम्रो वीरगन्ज महानगर" » परिचय » सङ्क्षिप्त परिचय

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]