कालीकोट जिल्ला
| कालीकोट जिल्ला | |
| अञ्चल: | कर्णाली अञ्चल |
|---|---|
| सदरमुकाम: | मान्मा, |
| क्षेत्रफल: | १,७४१ वर्ग कि.मि. |
| जनसंख्या: | |
| गाविस संख्या: | ३० |
| नगरपालिका(हरू): | |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | १ |
| भौगोलिक अवस्थिति: | हिमाल |
| सबै भन्दा अग्लो स्थान: | मिटर |
| सबै भन्दा होचो स्थान : | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०८७ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | जि.वि.स.कालीकोट |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
कालीकोट नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो। यो जिल्ला कर्णाली अञ्चलमा पर्दछ। यहाँको मुख्य पेशा कृषि हो। यहाँको सरदर आयु ४० वर्ष छ।
वि.स. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणा कालिन बैधानिक कानून २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पर्दथ्यो। बि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिब्रीकोटको रूपमा यस जिल्लाको नाम रहन गयो। यस जिल्लालाई कालीकोट भनी २०३२।८।२६गते नामाकरण गरीएको हो। यस अघि यस जिल्लालाई तिब्रीकोट भनिन्थ्यो। त्यसैले यस जिल्लालाई "नेपालको कान्छो" जिल्ला भनिन्छ।
बि.सं. २०४०मा जिल्ला सदरमुकाम मान्मबाट माथी लेकको चुचुरो खांडाचक्रमा सारियो। भुरे टाकुरे मल्ल बशका अन्तिम राजा मलैब्रम्हको दरवार सामरिक हिसावले महत्वपूर्ण यही खांडाचक्रमा थियो भन्ने गरिन्छ जहाँ पुरानो दरवारको भत्केको जगको भग्नावशेष हाल पनि देख्न सकिन्छ।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
कालिकोट जिल्लाकोको नामाकरण सम्बन्धी निम्न किँवदन्तिहरू पाइएका छन् :- १-मुग्राहाँ गा.वि.स.को कालिका गाउमा अवस्थीत रहेको कालिकादेवीको मन्दिर (मांडु) बाट नै यस जिल्लाको नाम कालिकोट रहन गएको २-कालिकोट जिल्लाको "कालिकोट" भन्ने गाउँको नामबाट तत्कालिन रा.पं.स.श्री धर्म दत्त संज्याल ज्यूले यो जिल्लाको नामाकरण गर्नु भएको थियो।
भौगोलिक अवस्थिति [सम्पादन गर्ने]
- अक्षास: २९ डीग्री ५ मिनेट देखि २९ डीग्री २८ मिनेट उत्तरी अक्षास
- देशान्तर: ८१ डीग्री २८ मीनेट देखि ८२ डीग्री ०२ मिनेट पूर्वी देशान्तर
- सीमाना: पूर्व जुम्ला जिल्ला, पश्चिम अछाम, उत्तर बाजुरा जिल्ला र मुगु जिल्ला, दक्षिण दैलेख र जाजरकोट जिल्ला।
- कुल क्षेत्रफल: १७४१ ब.कि.मी.
मुख्य नदीहरू [सम्पादन गर्ने]
कर्णाली जिल्लाको मध्य भूभाग हुंदै उत्तरबाट दक्षिण तर्फ बगेको छ। तिला जुम्ला जिल्लाको पूर्वी भागबाट पश्चिम हुंदै कालिकोट जिल्लामा प्रवेश गरी सेरीगाड नजीक कर्णालीमा मिसिन्छ।
गाडहरू [सम्पादन गर्ने]
सान्नीगाड, फुगाड, खुलालुगाड, जुगाड, खलागाड, पाद्मगाड, नाग्मगाड, बालीगाड, भर्तागाड, लापुगाड, दाम्नीगाड, पिपगाड, उखाडीगाड, जाफेगाड, सीम्लेगाड, खल्लागाड, झयागाड।
ताल [सम्पादन गर्ने]
- त्रीदेवी ताल (बढीमालीकाको लेक पाटनमा)
- गडुलरलानिह दह (रकुको लेकमा)
- लाकेदह (मुम्राको लेकमा)
- पान दह (पाखाको लेकमा)
- राखेरवाडादह (फुकोटको लेक पाटनमा)
झरना [सम्पादन गर्ने]
- पचाल झरना (राम्नाकोट गा.वि.स.)
- फुगाड झरना (फुकोट गा.वि.स.)
- पचछहरी झरना (बदालकोट गा.वि.स.)
प्रमुख पहाड एवं चुचुराहरू [सम्पादन गर्ने]
- महाबुलेख- ओदानुक गा.वि.स.
- चुलीमालीका- दाहा र बदालकोट गा.वि.स.
- भवानिधाम -सुकाटिया गा.वि.स.
- पुगमालीका-फोईमहादेब गा.वि.स.
- बढीमालीका-मुम्रा र रूप्सा गा.वि.स. वीच बाजुराको सीमानामा
- देउली - नानीकोट फुकोट स्युना र सीपखाना गा.वि.स. वीचमा पर्दछ।
प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरू [सम्पादन गर्ने]
- पाचदेबल (पांच पाण्डवहरू निर्मित, मान्म गेला सुकाटिया मेहेलमुडी र सिपखाना गा.वि.स.)
- बडि मालीका मन्दीर (कालीकोट र बाजुराको सीमानामा)
- पुगमालीका मन्दीर (राम्नाकोट गा.वि.स. र फोईमहादेब गा.वि.स.)
- चुलीमालीका मम्दीर (बदालकोट र दाहा गा.वि.स. बीचमा पर्ने)
- कालिका मन्दिर (मुग्राहा गा.वि.स.)
- कृष्ण मन्दीर(मान्म)
- देउली (खिन)
- महावैमन्दीर (ओदानकु)
- सम्वुनाथ (सिउना)
- बजुमालिका (लालु)
- खेस्ममालिका (खिन) मन्दीर आदी
- दाहानल थान (सुकातिया)
ब्यापारिक महत्वका स्थानहरू [सम्पादन गर्ने]
मान्म खांडाचक्र, शेरीगाड, जितेगडा, र्थिपु, स्युना, चिल्खाया, जुविथा, फोईमहादेव आदी हुन।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||