गोरखा नेपालको गण्डकी अञ्लमा अवस्थित एक जिल्ला हो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ।
यस बाहेक यहाँ शक्तिकी स्वरूप श्री भवानी कालिका र शिव स्वरूप श्री गुरु गोरखनाथ बाबा भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ।
यहाँ वि. सं. १७७९मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारैं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन वलि पूजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो। यसबाट थाहा हुन्छ कि उहाँहरू हाम्रो आरध्यदेव हुनुहुन्छ।
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला। संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ। यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ। यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन्।
गोर्खा जिल्लाका नगरपालिका तथा गाविसहरू
|
|
|
|
|