मुख्यमन्त्री (नेपाल)
| नेपालका प्रदेशका मुख्यमन्त्रीहरू | |
| सम्बोधन | माननीय |
|---|---|
| सदस्य | नेपालका प्रदेश सभाहरू |
| निवास | फरकफरक |
| नियुक्तिकर्ता | सम्बन्धित प्रदेशका प्रदेश प्रमुख |
| अवधि | प्रदेश सभाको पदावधिमा बहुमत कायम नभएसम्म ५ वर्ष नपुगुञ्जेल वा पहिले विघटन नगरेसम्म कुनै सीमा छैन |
| गठन | २०७४ |
| यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
|
|
नेपालमा मुख्यमन्त्री सातवटै प्रदेशका निर्वाचित सरकार प्रमुख हुन्। नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।[१]
प्रदेश सभाको निर्वाचनपछि प्रत्येक प्रदेशको प्रदेश प्रमुखले बहुमत प्राप्त संसदीय दलको नेतालाई सरकार गठनका लागि आमन्त्रण गर्छन्। यदि कुनै पनि दलसँग बहुमत छैन भने, प्रदेश प्रमुखले प्रदेश सभामा अन्य दलको समर्थनमा बहुमत प्राप्त दललाई आमन्त्रित गर्दछ। नियुक्त मुख्यमन्त्रीले प्रदेश सभाको विश्वास कायम राख्नुपर्छ र त्यस्तो मुख्यमन्त्रीको पदावधि प्रदेश सभाको पदावधि जत्तिकै लामो हुन्छ।
मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था
[सम्पादन]नेपालको संविधानको धारा १६९ अनुसार देहायको कुनै अवस्थामा मुख्यमन्त्रीको पद रिक्त हुनेछ
(क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा,
(ख) धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,
(ग) निज प्रदेश सभाको सदस्य नरहेमा,
(घ) निजको मृत्यु भएमा ।[२]
प्रदेशको मुख्यमन्त्रीको सपथ
[सम्पादन]अनुसूची-३ (दफा १४ सँग सम्बन्धित) शपथ
म ............................ मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही प्रदेश को मुख्यमन्त्री पदको कामकाज प्रचलित कानुनको अधीनमा रही कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारितासाथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाइ जानकारीमा आएको प्रचलित कानुन बमोजिम गोप्य राख्नु पर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गरी बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सझ्यत गर्ने छैन ।
योग्यता
[सम्पादन]नेपालको संविधान २०७२ले मुख्यमन्त्रीपदका लागि योग्य हुनका लागि आवश्यक योग्यता निर्धारण गरेको छ। मुख्यमन्त्रीले प्रदेश सभा सदस्य बन्नका लागि योग्यता पूरा गरेको हुनुपर्दछ।[३]
प्रदेश सभाको सदस्य हुनु पर्दछ:
- एक नेपाली नागरिक
- सम्बन्धित प्रदेशको मतदाता
- २५ वर्ष वा सो भन्दा बढी उमेरका
- कुनै पनि फौजदारी कसुरमा दोषी ठहर नभएको
- कुनै पनि कानूनद्वारा अयोग्य घोषित नभएको र
कुनै पनि लाभको पद धारण नगरेको
यसका साथै मुख्यमन्त्री प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता हुनुपर्नेछ। यदि कुनै दलसँग बहुमत छैन भने अन्य दलको समर्थनमा मुख्यमन्त्रीसँग प्रदेश सभामा बहुमत हुनैपर्छ। निर्वाचन भएको तीस दिनभित्र मुख्यमन्त्री नियुक्त नभएमा वा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेशसभामा सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिन्छ। यदि यसरी नियुक्त गरिएको मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएमा, कुनै पनि प्रदेश सभा सदस्यले दलगत निष्ठाको बावजूद संसदमा बहुमत प्राप्त गर्न सक्दछ, उसलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। यदि यी मुख्यमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले सभा भङ्ग गर्छन् र नयाँ चुनावको आह्वान गरिन्छ।[४]
बहालवाला मुख्यमन्त्रीहरू
[सम्पादन]| प्रदेश}} | नाम | तस्वीर | पदभार ग्रहण (कार्यकाल अवधि) |
दल | मन्त्रिपरिषद् | सन्दर्भ | |
|---|---|---|---|---|---|---|---|
| कोशी (सूची) |
हिक्मतकुमार कार्की | २०८१ वैशाख २७ (२ वर्ष, १५२ दिन) |
नेकपा (एमाले) | तेस्रो हिक्मतकुमार कार्की मन्त्रिपरिषद् | [५] | ||
| मधेश (सूची) |
कृष्णप्रसाद यादव | २०८२ मङ्सिर १८ (३०८ दिन) |
नेपाली काङ्ग्रेस | कृष्णप्रसाद यादव मन्त्रिपरिषद् | [६] | ||
| बागमती (सूची) |
इन्द्रबहादुर बानियाँ | २०८२ साउन २० (१ वर्ष, ६४ दिन) |
नेपाली काङ्ग्रेस | इन्द्रबहादुर बनियाँ मन्त्रिपरिषद् | [७] | ||
| गण्डकी (सूची) |
सुरेन्द्रराज पाण्डे | २०८१ जेठ १६ (२ वर्ष, १३२ दिन) |
नेपाली काङ्ग्रेस | दोस्रो सुरेन्द्रराज पाण्डे मन्त्रिपरिषद् | [८] | ||
| लुम्बिनी (सूची) |
चेतनारायण आचार्य | २०८१ साउन ९ (२ वर्ष, ७६ दिन) |
नेकपा (एमाले) | चेतनारायण आचार्य मन्त्रिपरिषद् | [९] | ||
| कर्णाली (सूची) |
मङ्गलबहादुर शाही | २०८३ साउन १३ (७१ दिन) |
नेकपा | मङ्गलबहादुर शाही मन्त्रिपरिषद् | [१०] | ||
| सुदूरपश्चिम (सूची) |
कमलबहादुर शाह | २०८१ साउन २१ (२ वर्ष, ६४ दिन) |
नेपाली काङ्ग्रेस | दोस्रो कमलबहादुर शाह मन्त्रिपरिषद् | [११] | ||
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ ""नेपालको संविधान" – भाग १३ राज्य कार्यपालिका, धारा १६७", नेपाल कानुन आयोग (नेपालीमा), मूलबाट १३ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१३।
- ↑ भाग–१३ प्रदेश कार्यपालिका, कानुन आयोग, अन्तिम पहुँच १० अप्रिल २०२१, (नेपाली) भाषामा)।
- ↑ नेपालको संविधानको धारा १७८ को बमोजिम (२०७२ असोज ३)
- ↑ नेपालको संविधानको धारा १६८ को बमोजिम (२०७१ असोज ३)
- ↑ "UML's Hikmat Karki appointed chief minister in Koshi", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-०५-१३।
- ↑ "Krishna Prasad Yadav appointed Madhesh chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-१२-०७।
- ↑ "Indra Bahadur Baniya appointed as sixth chief minister of Bagmati Province", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०८-१२।
- ↑ "Khagraj Adhikari appointed as Gandaki CM", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९।
- ↑ "Chet Narayan Acharya of UML appointed Lumbini chief minister", सेतोपाटी, अन्तिम पहुँच २०२४-०७-२३।
- ↑ "Mangal Bahadur Shahi sworn in as Karnali Chief Minister", nepalnews.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०७-२९।
- ↑ "Unified Socialist's Sodari appointed Sudurpaschim chief minister", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-२९।



