अर्घाखाँची
नेपाली विकिपीडियाबाट
| अर्घाखाँची जिल्ला | |
| अञ्चल: | लुम्बिनी अञ्चल |
|---|---|
| सदरमुकाम: | सन्धिखर्क |
| क्षेत्रफल: | १५०२ वर्ग कि.मि. |
| जनसङ्ख्या: | २,२५,२०१(सन् २००१) |
| गाविस सङ्ख्या: | ४२ |
| नगरपालिका(हरू): | - |
| प्रतिनिधि सभा निर्वाचन क्षेत्र सङ्ख्या: | २ |
| भौगोलिक अवस्थिति: | पहाडी प्रदेश |
| सबैभन्दा अग्लो उचाई: | ४१६८ मिटर |
| सबैभन्दा होंच उचाई: | ५४४ मिटर |
| प्रमुख जनजातीहरू: | बाहुन, क्षेत्री, मगर, कामी, दमै, सुनार |
| प्रमुख भाषाहरू: | नेपाली, मगर |
| मानव विकास सुचाङ्क स्थिति: | - (७५ जिल्लहरू मध्ये) |
| टेलिफोन कोड: | ०७७ |
अर्घाखाँची, पश्चिम नेपालको लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा(खिदिम), आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), अर्घाकोट(अर्घा) यहाँका प्रमुख पर्यटकिय स्थलहरु हुन। अर्घाखाँची पुर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रुपन्देही सँग जोडिएको छ। १५०२ बर्ग कि मी क्षेत्रफनलमा फैलिएको अर्घाखाँचीमा ४२ वटा गा. वि. स. र २ वटा निर्वचन क्षेत्रहरु छन।
अर्घाखाँची जिल्लाका सबै गा. वि. स. हरुमा सडक सुविधा उपलब्ध छ।
विषयसूची |
[परिवर्तन्] जनसंख्या
सन २००१ को जनगणना अनुशार अर्घाखाँचीको जनसंख्या २,२५,२०१ छ |
[परिवर्तन्] भुगोल
अर्घाखाँचीको ऊचाई ५४४ देखि ४१६८ मिटरसम्म छ | ल्याटिट्युड: २७ डिग्री ५५ मिनट उत्तर लङ्गिट्युड: ८३ डिग्री ४ मिनट ६० सेकेन्ड् पुर्व
[परिवर्तन्] ईतिहास
अर्घाखाँची पहिला अर्घा र खाँची दुई राज्यमा बिभाजित थियो |
[परिवर्तन्] गा. वि. स. हरु
पणेना, पोखराथोक, खिदीम, पटौटी, मैदान, धातिवाङ, पाली, अडगुरी, बल्कोट, नरपानी, सन्धिखर्क, सिमलपानी, खन, खनदह, खाँचिकोट, ठाडा, मरेङ, अर्घा, जलुके, वाङ्ला, सिद्धारा, अर्घातोस, सुवर्णखाल, बाँगी, भगवती, छत्रगन्ज, चिदीका, ढाकावाङ्, धनचौर, धारापानी, ढिकुरा, डिभर्ना, गोखुङ्गा, हंशपूर, जुकेना, किमडाँडा, केरुङ्गा, खिल्जी, नुवाकोट, ठुलापोखरा, सीतापुर र असुरकोट
[परिवर्तन्] श्रोतहरु
- http://www.un.org.np/health/district-profiles/data/western/Arghakhanchi.htm
- http://ncthakur.itgo.com/districtmaps/arghakhanchi_district.htm
- http://www.cbs.gov.np/Population/National%20Report%202001/vdcpop/arghakanchi.htm
- http://www.arghakhanchi.com/ THE TIMES OF ARGHAKHANCHI

