गुल्मी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुल्मी जिल्ला
गुल्मी जिल्लाबाट उच्च हिमालयको दृश्य
गुल्मी जिल्लाबाट उच्च हिमालयको दृश्य
लुम्बिनी प्रदेशमा गुल्मीको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा गुल्मीको (गाढा पहेँलो) स्थान
राष्ट्र नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामतम्घास
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, गुल्मी
क्षेत्रफल
 • जम्मा१,१४९ किमी (४४४ वर्ग माइल)
जनसङ्ख्या
 (२०२१)
 • जम्मा२४६,८३६
 • घनत्व२१०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

गुल्मी जिल्ला लुम्बिनी प्रदेशको एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम तम्घास पर्दछ। पूर्वमा स्याङ्जापर्वत जिल्ला, दक्षिणमा पाल्पाअर्घाखाँची, उत्तरमा बागलुङ र पश्चिममा प्युठान जिल्लाले घेरिएको जिल्ला कफी खेतीका लागि प्रख्यात छ। गुल्मी नेपालमा कफीको प्रचलनमा व्यापक रूपमा परिचित छ। माघे सङ्क्रान्ति जस्ता चाडपर्वहरू पर्यटक र स्थानीय दुवैमा लोकप्रिय छन्।[१]

नामाकरण[सम्पादन गर्नुहोस्]

संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्त्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र १० गाउँपालिका छन्।

गुल्मी जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
रेसुङ्गा नगरपालिका १४ तम्घास २८,७३६
मुसिकोट नगरपालिका वामीटक्सार ३२, ८०२
मालिका गाउँपालिका अर्खवाङ्ग २१, ७२९
मदाने गाउँपालिका पुर्कोट दह २१, ८९९
धुर्कोट गाउँपालिका बर्वोट २२, ४५४
इस्मा गाउँपालिका इस्मा रजस्थल २०, ९६४
गुल्मीदरबार गाउँपालिका गौँडाकोट २२, ०३७
चन्द्रकोट गाउँपालिका शान्तिपुर २१, ८२७
कालिगण्डकी गाउँपालिका पुर्तिघाट १८, ८७६
सत्यवती गाउँपालिका जोहाङ्ग २३, ८०७
छत्रकोट गाउँपालिका चोयगा २१, ४८१
रुरुक्षेत्र गाउँपालिका बलेटक्सार २३, १५५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गुल्मी जिल्ला : एक संक्षिप्त परिचय", लाेकपाटी, अन्तिम पहुँच २०२३-०६-२८