सोरठी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सोरठी सोह्र श्रृङ्गारभित्र बाधिएको नेपालको प्राचिन लोकनाटक हो। सोरठी शब्द प्राचिन राजा जैसिंगेका सोह्रवटी रानीबाट आएको शब्द सोह्रौटीबाट अपभ्रंस भएर आएको विश्वास गरिन्छ। यो लोकनाटक सुरुवात गरेपछि चौध दिनसम्म निरन्तर प्रस्तुत गरिन्छ। सोरठीको कथालाई गुरूबाउले मादलको तालवादन र संगीतकासाथमा जगाउने गर्दछन्। यस लोकनाटकमा प्रस्तुत गरिने सोरठी नाच नेपालको पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म फैलिएको पाइन्छ। यो लोकनाटक गुरूङ, दुरा, धिमाल, कुमाल, मगरथारुहरूको कुलदेवताको पूजा आरधनाको निमित्त प्रयोग गरिने धार्मिक लोक नाटक हो। [१]

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ।

यी कथा कुनै पनि शिक्षितपठित जनगलाबाट विकसित भएका हैनन्। यी त प्रकृतिमा सहज र सुकुमार अशिक्षित सामान्य जनगलाबाट निर्मित र सम्बन्धित हुन्। यसैले यहाँ कुनै बौद्धिक तीव्रता र जनचेतनाको चिन्तात्मकता पाइँदैन। जति भनाइ छ, भावना छ, त्यो सहज र सरस मानव हृदयलाई खिच्न सक्ने खालको पाइन्छ, यसैले ती अशिक्षित सारा दर्शकवर्ग मख्ख भई यी कथाका लोकनाचहरू हेर्छन् र रमाइलो लिन्छन्। यसमा दुर्वोधता पाइँदैन, दिक्क लाग्दो र उराठिलो भावना जाग्दैन। यही नै यसको विशेषता हो।

सोरठीमा प्रयोग हुने भाषा गेयात्मक रूपको मिठास र रसमय पाइन्छ। यद्यपि यो लोकगीत चाहिँ तुकबन्दी र चुड्किलो रूपमा बान्किलो पाइँदैन तर पनि गद्यझैँ ठर्ठराउँदो पनि होइन। लोक गलाको सौकुमार्यबाट मिश्रति यो भाषा सहज र सरलरूपको गङ्गा प्रवाहझैँ स्वच्छ भएर बगेको गेयात्मक छ। यहाँको संस्कृतिको शब्द र आगन्तुक दुर्वोध पदावलीले स्थान पाएका हुँदैनन्। गाउँघरका देवी, देउराली र पुराण कथा वा राम, सीता र राधाकृष्ण यहाँ हुन्छन्। लेख्य साहित्यमा नाटकहरूका पात्र-पात्राले पाठ घोकेको लवजझैँ क्रमशः पदावली यहाँका पात्रको गलाबाट निस्कने हैनन्। यी कति पदावली त उनीहरू मिठोरूपले स्वयं नै सुवोध तरिकाले भन्छन्, हँसाउँछन्, मख्ख पार्छन्।

यी लोककथा नाट्यहरूको वा अर्को विशेषता हो पात्र-पात्राहरूमा पाइने वातचितका संवादात्मकरूप। वस्तुतः यो वैशिष्ट्य कुनै पनि लोकविधाको महत्वपूर्ण चिज हो। मञ्चमा खडा भएका पात्र-पात्राहरूले आपसमा वातचित र कुराकानी, तर्क र हाँस्य प्रस्तुत गरेर नै दर्शकलाई रुचि र मिठास प्रदान गर्दछन्। पात्र-पात्रामा भएको कथोकथनले दर्शकमा उत्सुकता, खुल्दुलीले सुरुचिपूर्ण उत्कण्ठा बढ्दै जान्छ। रमाइलो वातावरण पैदा हुन्छ। कुनै कुनै लोक कथाको नाटकमा त एउटा जोकर पात्र पनि हुन्छ-जसको काम स्वाँग झिक्नु-हँस्यौली ठट्यौलीबाट दर्शकवर्गमा रमाइलो मिठास र मनोरञ्जन पैदा गराउनु हुन्छ। यसलाई 'ख्याली' पनि भनिन्छ। यसले कतिखेर पात्र-पात्रालाई उडाई छेडपेच गरी दर्शकलाई हँसाउँछ तर कतिखेर स्वयं आफूले नै उटुङ्गो-पुटुङ्गो गरी दर्शकलाई मख्ख पार्छ।

जोकरको काम आफ्नो समाजमा चिरपरिचित नैतिकहीन वर्ग जस्तै घुस्याहा कर्मचारी, माखाचुस व्यापारी, लिडेढिपी गर्ने मानिस, सुकुलगुण्डा, वेश्या, जँड्याहा विभिन्न प्रकारको नक्कल गरी चरित्र उतारी दर्शकलाई अनौठो मजा दिन्छ। यहाँ यसको भूमिका खानामा तिहुन तरकारीबीच स्वादिलो चटनीको आस्वादझैँ ट्वाक्कको अनुभव हुन्छ, गढिलो प्रकारले।

हाम्रो नेपाली लोक सौन्दर्यको महिमा नेपालकै वन-पथ छहराहरू तुल्य पुराना र मौलिक काव्यकै अर्चनाले यसै नेपाली जनजीवनकै मौलिक भाव जगत्लाई नै हरदिन हरसाँझ सिञ्चन गरेर सदा हरिलो र भरिलो पार्दै विश्व साहित्य सङ्गीतकै हाराहारीमा राष्ट्र नेपालको सौन्दर्यलाई उभ्याइराख्ने सिर्जना गरिरहेका छन्।

लोकगीत लोकहृदयकै मन मस्तिष्कदेखि कल्पनाप्रधान हुँदै अति नै छोटो र मीठो सरल ढङ्गको कारुणिक र वीर शृङ्गारिक र वैराग्यहरूकै उद्गार हो। जुन स्वाभाविक छन्द मिलेर जातिजातिकै फूलबारीको यौटै मालातुल्य नेपालमा विजयगानकै रूपमा गाइन्छ। आमा यसैमा मुस्कुराउछिन्। दिदी र बहिनी यसै छन्दमा नृत्य गर्दछन्। दाजु र भाइ गाउँछन्, ठिटाठिटी यसैका ताल र सुरमा लिङ्गेपिङ, चर्खेपिङ मच्चाउँछन्। गाइनेहरूको गीत यही नै प्राणतुल्य बनेको छ भने खेतालाखेताली र ज्यामी, भरिया, सिपाही र लाहुरेहरू पनि यिनै लोकगीतका सहाराबाट आ-आˆनु मनोरञ्जनले आˆना जीवनका कर्तव्यहरूलाई पालन गरिरहेकै छन्। यिनै लोकगीतका अलिखित ग्रन्थहरूभित्रै हाम्रा अनेकौँ ऐतिहासिक लोककथा, वीरगाथा, चरित्र र नाटक लुकेका छन्। जस्तै 'सोरठी' पनि हाम्रो नेपालको एउटा रोचक कथायुक्त गाउँदै नाच्दै आएको लोकसङ्गीतको एउटा अमर काव्यको कहिल्यै नओइलिने फूल हो।

सोरठी नाच, सोह्रै शृङ्गारले अलङ्कृत हुँदै हाम्रा लेकलेकका गुरूङ, मधेस, तराईका कुमाले, दरै, किराँतमगरहरूकै कुलदेवताका झाङझाडीहरूदेखि पवित्र निर्मल अलौकिक नृत्यसङ्गीत तथा वाद्यहरूकै तालको प्रवाहमय गतिले उधैँउधैँ बग्दै झरिरहेको इन्द्रधनुषी-नागबेली चुलठीतुल्य त्यही पूर्वजको हाम्रै आत्मीय कण्ठको कालीलेकको मूल छहरो हो। जुन कहिल्यै पनि नदेखिने गरी अस्ताउँदैन र पहिराहरू चले पनि यो अविरल गतिले छल्कामारी बगी नै रहन्छ।

मादी र मस्र्याङ्दी, चेपे र दरौंदी, सेती र काली, भेरी, कोशी र कणराली गङ्गाका लेकाली हिमालहरूका काँधकाँधदेखि यो सोरठीले जोरजोर मादल पूर्व र पश्चिमदेखि नै बन्न लागेका रिमरिमे जुनेली साँझकै आँगनमा आफैँले आफैँलाई सरस्वती जगाएकी घाँटुकी -सरस्वती)का सोह्र शृङ्गारकै अभिनय कलामा मुग्ध पारी नृत्य गर्दै आएकी छ। सोरठीको सिरानघर तिनै हाम्रा अन्नपूर्ण र माछापुच्छ््रे हिमालयका 'सिकलेक', 'खिलाङ' र 'घनपोखरा' गाउँहरू नै हुन्। त्यसो त सगरमाथाको काँधतिरबाट झरेको दूधकोशी पनि लोकसंस्कृतिकै कथाले भुमरी पर्दै फुटेको पाइन्छ। तल मधेसतिर वयलीका जामा फिजाउँदै नृत्य गर्छ।

राई, लिम्बू र गुरूङका गुरूबाहरूले चार जातिदेखि सोह्र जातमा सरस्वतीलाई जगाएर मादलको र कण्ठ स्वरदेखि गर्रा (टोली) बाँधेर छाडिदिएका छन्। यसको थालनी पनि घटस्थापनाका दिनदेखि भएको हो। मङ्सिर उभौलीदेखि उठेकोलाई उँधौलीसम्म अर्थात् वैशाखको चण्डीपूर्णिमामा पुगेर थन्काइन्छ- 'मुन्धुम' जस्तै गाउँदै र नाच्दै ढोल झाम्टा र झ्यालीहरूमा।

घाँटु सोरठी र मुन्धुमहरू उभौली र उँधौलीभित्रै पर्दछन्। यी दुवै नाचका आ-आˆनै लोकशास्त्रोतक्त पाराले हातका खुट्टाका अँगुली र अङ्गअङ्गको अभिनय प्रदर्शन गर्नुपर्दछ। मुन्धुममा ढोल र झ्याम्टा, ढलकी, दमाहहरू ठोक्किन्छन् भने घाँटु र सोरठीमा केवल जोरजोर मादलहरूकै ताल गुञ्जिएको हुन्छ। झ्याउरे र ख्याली (कथा) तालकै थम्काहरूबाट। पुर्खेउली भन्नुको अर्थ परापुर्ब काल देखि नै हाम्रो जिजु बाजे बराजु हरूले गाउदै आएको र नाच्दै आएको हुनाले पुर्खेउली भनिएको हो यस लाई सोरोठी भन्नुको अर्थ एउटा सोरोठी राजा र रानीको जीवन कथा बाट उत्पन्न भएको उनाले र यो एउटा राजा र एउटा रानीको जीवन कथा लाई मादलको ताल र गितको लयमा सोह्र हागामा ढालेर गित गाईएको हुनाले सोरोठी भनिएको हो। अनि सरस्वति नाच भन्नुको अर्थ यसमा धुर्ब सत्य कुरा छ यसमा सरस्वती लाग्छ र यसमा सबै सरस्वतिको बिधि बिधान्त गर्नु पर्ने हुन्छ र सोरोठी (पुर्खेउली) सरस्वति जुनै नामले उच्चारण गरे पनि यसको महत्त्व र कथा बस्तु हरू एउटै हो। हाम्रो पुन मगरहरूको अत्यन्त महत्वपूर्ण मौलिकता झल्काउने अति प्रख्यात लोक सस्कृति र पहिचान हो र यो त्यति नै लोकप्रिय छ र यसले आफ्नै विशेषता बोकेको छ। यसमा सोरोठी गितको १६ हागा हरू हुन्छन भने मादलको २२ ताल हुन्छ! तर आज भोलि हाम्रो बुद्धि जीबी बिज्ञे वर्ग हरू बाट १६ हागा २२ ताल भन्दा पनि बढी छ भन्ने कुरा हरू पनि सुन्नमा आएको छ। यो लोक सस्कृति कहिले र कुन कुन अवस्थामा गाइन्छ नाचिन्छ भन्ने कुरामा वास्तबमा हामी पुनमगर हरू नाच गान र मनोरन्जनमा धेरै रमाउने समुदाय भएकोले पनि यस लाई चाड पर्ब ,शुभ बिबाह, भात खुलाई ,छेवर पास, पुटभारा माग्ने छैटौ जगाउने ,गुन्यु चोली दिने र कुनै पनि शुभ कार्या इत्यादीमा गाउने नाच्ने गरिन्छ भने यस लाई दुख सोकाकुल कार्यामा पनि गाइन्छ तर सोकाकुल कार्यामा प्रस्तुत गर्दा सरस्वती बर्नाइदैन र नाचिदैन मादलको ताल फर्काइदैन् सरस्वति जगाइदैना र गित हरू उल्टो गाइन्छ र यसको गित गाउने प्रक्रिया हरू फरक फरक छन। यहाँ मैले रमाइलो र शुभ कार्या तिर गाइने सोरोठी गीतको केही लाईन। जस्तै सोरोठी गाउने; १) पुरुषले थाल्ने ____सोरोठीको १६ हागा ठामै र ठामै मुरली बज्यो मुरलीको १६ ताल बस भनन....छोरी मान्छे हरूले गित छोप्ने हा..ई...ई हाल्ने यस्तै क्रमस गाउदै जाने _--- २) सोरोठी नाच नाच्नु लाए आगनै बढार -हा इ इ ३) सोरोठी नाच नाच्नु लाए हाम्रो ढोका खोलिदेउ -हा इ इ इ ४)सोरोठी नाच नाच्नु लाए दियो बालिदेउ -हा इ इ इ ५) सोरोठी नाच नाच्नु लाए सितलो र सहिलो बोलि र मिठो होनी तिम्रै गाउको- हा इ इ ६)सोरोठी नाच नाच्नु लाए झ्याली र मादल बजाइदेउ - हा इ इ ७) एकुली बाचा दुवाली बाचा तिनै तेसरीको बाचा बाधुम ----हा ईईईइ तेस पछी मादलेले मादलको ताल फर्काएर सरस्वतिको २२ ताल बजाउदै सरस्वति बर्नायेर मादलको ताल पुरा गरि सके पछी गुर मादलेको मादल लाई ढोग गर्ने चलन छ यो एउटा सम्मान हो। र यसमा धुर्ब सत्य कुरा छ सरस्वति बर्नाउदा कुनै कुनै मान्छे हरू लाई सरस्वति लाग्छ यसमा गुर मादलेले नै मादलको तालले यस लाई राख्ने प्रक्रिया हुन्छ र कुनै पनि ब्याक्ति लाई सरस्वति लागे पनि उसको स्वास्थ्यमा कुनै असर पर्दैन। हुनता यसमा तन्त्र मन्त्र टुना मुना पनि हुन्छ! र बजाउदा बजाउदै गरेको मादल हरू फुटाइ दिने आफ्नो कम्मरमा भिरेरको मादल हरू चुडाई दिने गीत गाउदा गाउदै स्वर हरू सुकाईदिने आदि इत्यादी छल कपड हरू पनि हुन्छन तर यस निर्त्य लाई प्रस्तुत गर्नु भन्दा पहिला नै आफुले जानेको बिधि बिधान्त गरेर यसको प्रक्रिया पुर्याएर मात्रै सुरु गर्नु पर्छ र यस्तो गति बिधि हरू बाट सुरक्षित् भईन्छ!यी माथी का सम्पुर्ण कार्य हरू सकिए पछी हाम्रो महिला दिदि बैनी हरूले हा इ इ इ गाउने सुरु गर्छन र यसको तालमा मादलेले मादलको विभिन्न ताल बजाउदै मारुनी हरू लाई नचाउने प्रक्रिया हुन्छ तर यसमा कुनै इच्छुक बर्ग हरू पनि नाच्न सकिन्छ। यसमा निर्त्य गर्नको लागी पुरुष हरू लाई नै महिलाको पोशाक लगाइदिएर मारुनी बनाइन्छ हुनुता जन मानस हरू बाट मारुनीमा महिला लाई नै नचाए हुन्न भन्ने कुरा हरू पनि नआएका होइनन। तर यसमा फेर बदल गरियो भने यसको महत्त्वो यसको मिठास र यसको कथित् बस्तु लोकप्रियतामा बाधा पुग्ने हाम्रो बुद्धि जीबी बर्ग अनि सिक्षित् बिज्ञे बर्ग र धेरै जनमानस देखि आएको हुनाले यी पौराणिक कुरा हरू जस्ताको तस्तै उतार्ने गरेका छौर यसमा नाच्ने परिधि गुर मादलेले मारुनी हरू लाई आफ्नो मादलको तालमा नाच्दै छक्काउने (झुक्काउने) प्रयास गरिन्छ भने मारुनी हरू मादले हरू जस्तो तालमा नाच्छन तेस्तै ताल टिपेर नाच्ने (नझुक्किने) कोसिस गर्दै मनोरन्जन गर्नु हो। हाम्रो यो पुर्खेउली लाई रमाइलो र सुखको बेला प्रस्तुत गर्दा हामीले चार भाग गरेर लगाइन्छ। १) सोरोठी गाउने २) सरस्वति बर्नाउने ३) मादले मारुनी नाच्ने ४) यदि बत्ति बालेर दान निकालेको खण्डमा झेली मादल बर्नाउने र आशिष दिने तर यो बत्ति बालेर दान दिने कुरा चाहि प्राय जसो आखिरीमा हुन्छ !!! त्यस पछी अरु सोरोठी ख्याली गित हरू गाउने अनि नाच्ने गरिन्छ। यसमा अनेकौ प्रकार का गित हरू पनि गाइन्छन् जस्तै यानी माया सुनीमाया ढीले भाका सेदो साइलो भाका अनि सिरफुले मायाको सालैजो यहाँ सालैजोको कुरा गर्नु पर्दा खास्सै साली ज्यु हो तर यहाँ अलि बिगारेर सालैजो भनिएको छ र हाम्रो खेली पुर्खेउली गाउने क्रममा यदि हर्ष बढाईमा रात काट्नेमा गाउने हो भने पहर पहर (समय समय) छुट्टाएर गाइन्छ बेलुकी आधा रात बिहान हुने बेला अनि दान निकाल्दा अथवा बिबाहमा हो भने दुलाहा दुलही घर भित्र्याउने बेलामा इत्यादी समयमा बिन्ना भिन्नै गित गाउनु पर्छ। यो चाही आ-आफ्नो गाउको चलन अनुसार नाच्ने गाउने पनि गर्ने गरिन्छ कुनै कुनै गाउ तिर पहिला सरस्वति बर्नाएर पछी सोरोठी गित गाउने नाच्ने पनि गर्छन। र मैले माथि उल्लेख गरिसके हाम्रो भौगलिक बसाई अनुसार एक गाउ देखि आर्को गाउ एक ठाउ देखि अर्को ठाउमा यो सोरोठी गितको लय टुक्का हागा अलि अलि फरक फरक तरिकाले गाइन्छ र नाचिन्छ तर समग्रमा बुझ्दा यसको भावना र गहिराइ कथित् बस्तु प्रक्रिया हरू एउटै हो र अब मैले माथि उल्लेख गरे अनुसार (दुख) सोकाकुल अवस्थामा गाइने गीतका केही लाईनहरू लेखेको छु।

  • भर्कै लायो भर्कै लायो भालै खालमा नहुदा भरकै लायो

भर्कै लायो भर्कै लायो भालै तिम्रो घर अध्यारो भो भर्कै लायो ! १)दियो बत्ति जलाईदियौ राजै-हा इ इ जलाईदियौ राजै -हा इ इ २) बाबै भन्ने साइनो पो थियो राजै ,बाबै भन्नु पाएना -हा इ इ बाबै भन्नु पो पाएन राजै - हा इ इ यस्तै तरिकाले क्रमस गित गाइन्छ र यसकै अर्को हागा

  • स्वर्गे द्वार पारै गर्यौ राजै
  • आमा बुबा जिजु र बाजे भेट्ने पो छौ राजै
  • तिमीलाई चिन्ने पो छैनन् राजै
  • नाम र गोत्रो कैरम भनि पो दिनु राजै

यस्तै लाईनको गीतहरू गाइन्छ र यसमा चुटका पनि गाइन्छ तर दुख सोकाकुलमा गाउदै छ भने दुख कै चुटका गाउनु पर्छ त्यतिकै रमाइलो तिर गाउने हो भने अरु खेली गित हरू जस्तै घोलेनीको गित गाइन्छ राम र लक्षुमन् ,फुल बर्नाउने .कपडा बर्नाउने दर देवताको नामकरण गर्ने गित हरू गाइन्छ /अनि यस हाम्रो अत्ति महत्वो पुर्ण मौलिक लोक सस्कृति लाई हाम्रो पुर्खा हरूले कुनै लिखितमा नराखेको हुदा यस बारे हामी अनभिज्ञ छौ मात्रै मौखिकमा एक पुस्ता देखि आर्को पुस्ता लाई हस्तानान्तर गरिदै आयिएको भए पनि अहिले आएर यसको जगेर्ना गर्नु गाउ गाउ ठाउ ठाउ बस्ति बस्तिमा सिक्ने र सिकाउने कार्या क्रम हरू भैरहेको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. नेपाली लोकसाहित्य, पूर्व आधुनिक साहित्य तथा आधुनीक नेपाली निबन्ध, कृष्णविलास पौड्याल