देवलहाट मन्दिर
स्वरूप
देवलहाटको मन्दिर बैतडी जिल्लाको सदरमुकामबाट ५ सय मिटर दूरीमा रहेको छ । यो मन्दिर पाण्डवहरूले वनवासको अन्त्यतिर बनाउन लगाएको जनश्रुति छ । युद्धको समयमा पाण्डवहरूले असत्यमाथि विजय गर्न पाऊँ भन्ने कामना गर्दै यो मन्दिर बनाएका थिए । विभिन्न समयमा चढाइएका तामाका भाँडा एवं पूराना मूर्ति यो मन्दिरका विशेषता हुन् । यो पाँच वटा कुवाहरूबाट निर्मित छ ।