सामग्रीमा जानुहोस्

स्वर्गद्वारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वर्गद्वारीको एक दृश्य

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। [] यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्तीउभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

स्वर्गद्वारी आश्रम

परिचयः– लुम्बिनी प्रदेश क्षेत्र अन्तर्गत राप्ती अञ्चल प्यूठान जिल्लाकोे स्वर्गद्वारी नगरपालिका वडा नं. २ मा अवस्थित स्वर्गद्वारी तपो भुमी समुन्द्र सतह देहि ७००० फीटको उचाईमा पर्दछ । २६००० रोपनी क्षेत्रफलमा यस आश्रम अवस्थित रहेको छ ।

सत्य यूगमा देवताहरूले यात्रा गरेको तपोभूमिमा रोल्पा जिल्लाको रुम्टी गाँउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रभु बालतपस्वी श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आयपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमा देखि अखण्ड महायज्ञ सुरु गर्नु भएको हो । जुन विश्व शान्तीको लागि संचालीत अखण्ड यज्ञ हाल सम्म निरन्तररूपमा अग्नी वलीरहेको छ ।


प्रभुको बाल्यकाल – रुम्टीमा जन्मनु भएका नारायण गौतम आफ्नो छैटीको दिन आमाले मासु आहार गरेको थाहापाई ३ (तिन) दिन सम्म भोकै बसी दशौ दिन बाट कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेर देखि शिवको भक्त हुनुहुन्थ्यो । गाँउको माथी एउटा स्मणीय ओढारमा ५ वर्षको उमेरमा अदृश्य भई ३ वर्ष पछि विद्ववानका रूपमा प्रकट हुनु भएको थियो ।यसरी १९४२ मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दिक्षा प्राप्त गरेपछि उहाँको नाम हंसानन्द गिरी भएको हो । उहाँ आफ्नो गाँउ छाडी चेलाहरु सहित धर्म रक्षाका लागि हिडनु भयो । उहाँ हिडदा हिडदै स्वर्गद्वारी नाम उच्च पर्वतमा पुगेपछि त्यहा प्राचिन यज्ञशाला रहेको समतल भूमिमा बाझको बृक्षमुनि आश्रम राखि बस्ने ईच्छा प्रकट गर्नु भयो । प्राचीन कालमा यज्ञ गरेको अवशेषहरु फेला परे पछि त्यस ठाँउमा मन्दीर स्थापना गर्नु भयो ।

स्वर्गको द्वार– (गुप्तीसागर) स्वर्गद्वारीको उच्चटाकुरामा एउटा गुफा रहेको छ । उक्त गुफाबाट प्रभुले स्नानको निम्ति २३०० मिटर तल लुग्रीं माडीको दोभानमा झर्नु भई सोहि द्वार मार्फत नै फिर्ता हुने गर्नु हुन्थ्यो भन्ने चलन छ र हाल उक्त गुफाको द्वारलाई स्वर्गको द्वार (स्वर्ग जाने बाटो) र गुप्तीसागर भन्ने चलन छ । यो द्वार खोज र अनुसन्धानको विषय बनेको छ ।

स्वर्गद्वारीको महत्त्व प्रभुलाई शिवकोे अवतार मानिन्छ । पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पुँजा गरिन्छ भने स्वर्गद्वारीमा हिन्दुहरुका सम्पूर्ण पुजा, अग्नी को हवन गर्ने विधीविधानबाट सञ्चालीत विश्वको एकमात्र हिन्दुहरूको सस्कार अनुसार चलेको स्वर्गद्वारी मात्र रहेको शंकराचार्य जयन्द्र सरस्वतीले स्वर्गद्वारीको भ्रमणमको क्रममा व्यक्त गर्नु भएको थियो । साथै समतल टाकुराबाट हिमसिखरहरू र रमणीय दृष्य अवलोकन गर्ने स्वर्गद्वारी मा पुग्दा साच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ ।

हवनकुण्ड बेदद्वारा अग्नि स्थापना गरी दिप प्रज्ज्वलीत भएको हालसम्म निरन्तर अग्नि जलीरहेको छ भने दिनमा ३ कि.ग्रा. घिउद्वारा पुँजा गरिरहने हवनकुण्ड आश्रम भित्र रहेको छ । बेद गुरुहरुद्वारा पुँजा गरिने उक्त हवनकुण्डको विभुती प्रसादीको रूपमा ग्रहण गरिन्छ । उक्त विभुती ग्रहण गर्दा रोग व्याधि नलाग्ने विश्वास छ ।

गौशालाः– प्रभुको १९९७मा मृत्यू हुनुपूर्व करिव एक हजार गाई आश्रममा रहेका थिए भने हाल गाई गोरु ३५० वटा रहेका छन । यिनीहरूको पालनपोषण गर्न ३० जना ग्वालाहरु रहेका छन् । दुध घिउबाट आश्रमको नित्य पुंजा र आउने पाहुनाहरूलाई चियाको व्यबस्था गर्ने गरिएको छ । साथै करिव १०० रोपनी जग्गामा गाई भैसीको गोवरबाट अत्यन्त मलिलो माटोमा उत्पादन हुने भाजी साग आउने भक्तजनहरूलाई सःशुल्क खाना खुवाउने व्यबस्था रहेको छ ।

पाँच कुण्डः– आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सुर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी ५ कुण्डहरूमा वैदिकविधी पूर्वक दैनिक ३ पटक पुजा गरिन्छ ।


प्रभुको रथयात्रा– प्रभुमहाराजकाे जन्म तिथि पुत्रदा एकादशी ,नागपञ्चमी,दशैको फूलपाती र तिहारको औसीकाे दिन प्रभुको सम्झनामा देश विदेशबाट आएका हजारौ हजार भक्तजनसमेतको उपस्थितीमा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ ।

शिद्धवावाको मन्दिरः– आश्रमदेखि माथि पट्टिको डाडामा शिद्धवावाको मन्दिर रहेको छ र त्यसमा महिनाको पहिलो आईतवार पुंजा गर्ने प्रचलन रहेको छ ।

वेद पाठशाला– आश्रम को आम्दानीबाट आश्रम भित्रनै वेद पाठशालाको स्थापना गरिएको छ । वेद गुरुद्वारा पढाईने उक्त पाठशालामा हाल १०० जना विद्यार्थीहरु अध्ययनरत छन । त्यहाबाट उत्पादन भएका जनशक्तिहरु आश्रमकै लागि तयार गरिन्छ र त्यहा वेद , रुद्री, चण्डी र अमरकोषको अध्यापन गराईन्छ ।

व्यबस्थापन स्वर्गद्वारी आश्रम प्यूठानको २६००० रोपानी जग्गा बाहेक दाङ जिल्लाका विभिन्न ठाउमा १०५० विघाह जमिन रहेको छ । त्यहाबाट उत्पादन हुने खाद्यान्नबाट स्वर्गद्वारीको दर्शनमा आउने भक्तजनहरुलाई सःशुल्क भोजन र आवासको व्यबस्था गरिन्छ । सम्पूर्ण व्यबस्थापन हेर्ने एक जना व्यबस्थापक र स्टोर हेर्न एक जना भण्डारेको व्यबस्था छ । आउने भक्तजनहरूलाई प्रसादीको छुट्टै व्यबस्था आश्रमले गर्दै आएको छ । यसको मुख्य कार्यालय, घोराही उपनगरपालीका वडा नंं. १४ को झीगौरामा रहेको छ भने प्यूठानको स्वर्गद्वारी र दाङ जिल्लाकैलमही न.पा ३ बनगाउँमा पनि कार्यालय रहेको छ ।

मुख्य मेला लाग्ने दिन– आश्रममा मुख्य मेला बैषाख पुर्णीमा, जेष्ठ, भाद्र, कार्तिक र माघे सक्रान्तिमा लाग्ने गर्दछ र यहाका मुख्य तिर्थयात्रीहरु भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन भने नेपालका आन्तरीक तिर्थयात्रीहरु रहेका छन ।

स्वर्गद्वारीमा कसरी पुग्ने– पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङ देखि प्यूठान जिल्लाको भिग्री सम्म कालोपत्रे सडक रहेको र भिंग्री देखि १४ किमी पिच सडक (जहा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ) छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", Nepal Republic Media, अन्तिम पहुँच २०१४-०९-२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]