नेपालको सङ्घीय संसद
यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
नेपाल पोर्टल |
नेपालको सङ्घीय संसद वि.सं २०७४ मा स्थापित नेपालको दुई सदनात्मक सङ्घीय र सर्वोच्च व्यवस्थापिका हो। यसमा राष्ट्रिय सभा र प्रतिनिधि सभा समानान्तर सदनको रूपमा रहेका छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपाल अधिराज्यको व्यवस्थापिका संसद
[सम्पादन गर्नुहोस्]वि.सं २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले माओवादी विद्रोहीहरूलाई सम्हाल्न असक्षम भएको भन्दै नेपालको पूर्व संसद् विघटन गरेका थिए।[१] देशका प्रमुख पाँच राजनीतिक दलले राजालाई नयाँ निर्वाचनको आह्वान गर्नुपर्ने वा निर्वाचित संसदलाई पुनर्स्थापित गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए। वि.सं २०६० मा राजाले १२ महिनाभित्र संसदीय निर्वाचन गर्ने घोषणा गरेका थिए। नेपालको जनआन्दोलन २०६३ पछि, नेपालको संसद पुनर्स्थापना भएको थियो।[२]
नेपालको अन्तरिम व्यवस्थापिका संसद
[सम्पादन गर्नुहोस्]नेपालको जनआन्दोलन २०६३को सफलतापछि २०६३ माघ १ मा पुरानो संसद् विघटन गरी त्यसको ठाउँमा नेपालको ३३० सदस्यीय अन्तरिम व्यवस्थापिका गठन गरिएको थियो।[३] व्यवस्थापिकाले अन्तरिम संविधानको मस्यौदा तयार गरेको थियो र पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भएको थियो। २०६५ जेठ १५ मा ६०१ सदस्यीय संविधान सभाले २३८ वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै देशलाई गणतन्त्र घोषणा गरेको थियो।[४] संविधान सभा, जसलाई सुरुमा नयाँ संविधानको मस्यौदा गर्न दुई वर्षको समय दिइएको थियो, राज्यको पुनर्संरचनामा मतभेदका कारण नयाँ संविधान निर्माण गर्न असफल भएपछि २०६९ जेठ १४ मा संसद विघटन गरिएको थियो।[५]
नेपालको व्यवस्थापिका संसद
[सम्पादन गर्नुहोस्]२०७२ असोज ३ मा, संविधान जारी भएपछि दोस्रो नेपालको दोस्रो संविधान सभा नेपालको व्यवस्थापिका संसद्मा रूपान्तरित भएको थियो।[६] पहिलो संविधान सभाले नयाँ संविधान निर्माण गर्न असफल भएपछि दोस्रो नेपाली संविधान सभाको गठन भएको थियो। विसं २०७४ माघ ७ गते नेपालको व्यवस्थापिका संसद् विघटन भएको थियो।[७]
संरचना
[सम्पादन गर्नुहोस्]नेपालको संविधान २०७२ अनुसार नेपालमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदनको संसद रहेको छ, जसको प्रमुखको रुपमा नेपालको राष्ट्रपतिले कार्य गर्दछन्।[८]
नेपालको राष्ट्रपति
[सम्पादन गर्नुहोस्]सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपति नेपालको राष्ट्रप्रमुख तथा नेपाली सशस्त्र बलका प्रधानसेनापति हुन्। २०६५ मा, देशलाई गणतन्त्र घोषणा गरिएपछि यो कार्यालय स्थापना गरिएको थियो। नेपालका प्रथम राष्ट्रपति रामवरण यादव थिए। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल हुन्। उनी देशको तेस्रो राष्ट्रपति हुन्।
प्रतिनिधि सभा
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभामा २७५ सदस्यहरू छन्। सिङ्गो देशलाई एकल निर्वाचन क्षेत्र मानेर मतदाताले राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १ सय ६५ जना निर्वाचित हुन्छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विघटन नगरेसम्म वा पाँच वर्षसम्म सदनका सदस्यहरू आ–आफ्नो आसनमा बस्छन्।
राष्ट्रिय सभा
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सभामा ५९ सदस्य छन्। सातवटै प्रदेशबाट प्रत्येक प्रदेशको निर्वाचक मण्डलबाट आठ आठ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था छ जसमा कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति हुनुपर्नेछ। एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने गरी सदस्यहरूले छ वर्षको कार्यकाल पूरा गर्छन्।
समितिहरू
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा
[सम्पादन गर्नुहोस्]समिति | कार्यक्षेत्र | वेवसाइट |
---|---|---|
अर्थ समिति |
|
https://hr.parliament.gov.np/np/committees/Finance-Committee-2079 |
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति |
|
https://hr.parliament.gov.np/np/committees/International-Relations-and-Tourism-Committee-2079 |
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति |
|
https://hr.parliament.gov.np/np/committees/Industry-Commerce-Labour-and-Consumer-Interest-Committee-2079 |
कानून, न्याय तथा मानव अधिकार समिति |
|
https://hr.parliament.gov.np/np/committees/Law-Justice-and-Human-Rights-Committee-2079 |
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति |
|
https://hr.parliament.gov.np/np/committees/Agriculture-Cooperative-And-Natural-Resources-Committee-2079 |
महिला तथा सामाजिक मामिला समिति |
|
https://hr.parliament.gov.np/np/committees/Women-And-Social-Affairs-Committee-2079 |
राज्य व्यवस्था तथा सुशासन समिति |
|
https://hr.parliament.gov.np/np/committees/State-Affairs-Committee-2079 |
पूर्वाधार विकास समिति |
|
https://hr.parliament.gov.np/np/committees/Infrastructure-Development-Committee-2079 |
शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति |
|
https://hr.parliament.gov.np/np/committees/Education-Health-and-Information-Technology-Committee-2079 |
सार्वजनिक लेखा समिति | सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू | https://hr.parliament.gov.np/np/committees/Public-Account-Committee-2079 |
राष्ट्रिय सभा
[सम्पादन गर्नुहोस्]- दिगो विकास तथा सुशासन समिति
- विधायन व्यवस्थापन समिति
- प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
- राष्ट्रिय सरोकार तथा समन्वय समिति
संयुक्त
[सम्पादन गर्नुहोस्]- संसदीय सुनुवाई समिति
देहायका पदाधिकारीको संसदीय सुनुवाई गरिने :
- संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
- सर्वोच्च अदालतका न्यायाधीश,
- न्याय परिषदका सदस्य,
- संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
- राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति
महिला प्रतिनिधित्व
[सम्पादन गर्नुहोस्]नेपालको संविधानले सङ्घीय संसद्लगायत सबै सार्वजनिक पदमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ। २०७५ जेठ २ मा उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी थिइन्।[९] संविधान सभापछि संसद्मा महिलाको प्रतिनिधित्व बढेको छ, जसले अन्ततः संविधानमा महिलाको प्रतिनिधित्वको लागि प्रावधानहरूको ग्यारेन्टी गरेको थियो।
संसद भवन
[सम्पादन गर्नुहोस्]सङ्घीय संसद्का दुवै सदनको बैठक हाल काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसिरहेको छ।
सिंहदरबार परिसर, अधिकांश सरकारी कार्यालय परिसरमा नयाँ संसद् भवन निर्माण भइरहेको छ।[१०]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal: King ends direct rule, reinstates parliament", reliefweb, अप्रिल २५, २००६।
- ↑ "Nepal's Political Development: Nepal Constituent Assembly Portal", Nepalcaportal.org, मूलबाट ३ अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०४-१०।
- ↑ Refugees, United Nations High Commissioner for, "Refworld | Freedom in the World 2008 – Nepal", Refworld (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०४।
- ↑ "Nepal abolishes monarchy, declares republic", ABC news, मे २८, २००८।
- ↑ "Legislature in Nepal Disbands in Failure", The New York Times, मे २७, २०१२।
- ↑ "Nepal elects first woman speaker of parliament – Times of India", The Times of India, १६ अक्टोबर २०१५।
- ↑ "संविधानसभा प्रथम", parliament.gov.np, मूलबाट १३ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २५ फेब्रुअरी २०१८ मिति
- ↑ "Archived copy", मूलबाट २३ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण २३ डिसेम्बर २०१५ मिति
- ↑ "CPN-UML leader Tumbahamphe elected to Deputy Speaker of HoR", १६ मार्च २०१८।
- ↑ "New building for federal parliament to cost Rs5 billion rupees", The Kathmandu Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-१४।