सिद्धनाथ मन्दिर
सिद्धनाथ देवताको प्राचीन मन्दिर कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वार्ड नम्बर ९ टुडीखेल भनिने स्थानको दक्षिणमा रहेको छ । प्राचीन सिद्दनाथ बाबाको मन्दिर , ब्रहमदेव कंचनपुर यस देवताको शिला यही स्थानबाट लगेर अन्यत्र स्थापना गरिएको हो । टुडीखेलमा स्थापित यहाँका प्राचीन यी सिद्धनाथ देवता कत्युरी वंशजका राजा ब्रहमदेव को राज्यकालमा भन्दा पहिले स्थापना गरिएका हुँन् । बैजनाथ देवतासँग पूर्णा गिरीमाता र कालिका देवी (कलपठ्ठे) पनि स्थापित छन् । महाकाली नदीको पश्चिममा पूर्णगिरीमाता र महाकाली नदीको पूर्वमा त्रिशुली गुफा थियो । यस त्रिशुली गुफामा सिद्धनाथ नामका तपस्पी बस्दथे । उनलाई माता पूर्णा गिरीको दर्शन गर्ने चाहना जाग्यो । सिद्धनाथ आफ्नो बृद्ध अवस्थामा त्यहाँको त्रिशुली गुफाबाट पूर्णागिरीमाताको दर्शन गर्न निक्ले उनले हिड्न नसक्ने भएपछि आफुलाई पूर्णागिरीमाताको स्थान सम्म पुगाई दिन अनुरोध गरेपछि डोटी क्षेत्रबाट घिउ बेच्न हिडेका एक जनाले आफ्नो डोकोमा सिद्धनाथ बाबालाई राखेर महाकाली नदी तर्न थाले यही समयमा पूर्णागिरीमाताले आकाशबाँणी भएर भनिन् बैजनाथबाबा तपाई दुःख नगर्नुहोस जो भक्तले मेरो दर्शन गर्ने छ उसले तपाईको पनि दर्शन गर्नेछ, भनेपछि सिद्धनाथ राजा ब्रह्मदेवले बसाएको ऐतिहासिक ब्रह्मदेव मण्डिको ५२ ढोका भनिने स्थानको दक्षिण झण्डै तीनसय मिटरको दुरीमा दक्षिण तर्फ स्थापित भएका हुँन् । यही स्थानबाट शिलालगेर वर्तमान कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालीकाको बजार क्षेत्रमा स्थापना गरियो । यिनै सिद्धनाथको एक अंश सिंहासनका कार्तिकेय (मोहन्याल) देवतासँग पनि सिध्द (सिद्धनाथ) देवताको नामले पूजीने गर्दछन् । प्रमूख स्थानबाट शिला ल्याएर स्थापना गरेको महेन्द्रनगर बजारका सिद्धनाथको प्रचार प्रसार, चर्चा र महत्त्व ज्यादा भएपछि त्यहाँका सिद्धनाथको दर्शन गर्नेहरूको भिड ज्यादा हुँने गर्दछ । राम्रो बाटो, यातायात, बजारको सुविधा भएको कारणले गर्दा पनि प्राचीन सिद्धनाथको स्थापना रहेको वर्तमान ब्रह्मदेव मण्डिबाट साडे चार किलोमिटर उत्तर महाकाली नदीको पूर्वी तटमा स्थापित प्राचीन सिद्धनाथ भन्दा त्यहाँबाट शिला ल्याएर स्थापना गरिएका महेन्द्रनगर बजारका नयाँ सिद्धनाथ चर्चामा रहेका छन् । यहाँको यो वास्तविकता थाहा पाउन सकेको खण्डमा र प्राचीन सिद्धनाथको यो स्थानक्षेत्रमा आवत जावतको सुविधा पुगाउन सकेको खण्डमा यसले महत्त्व पाउने निश्चीत छ ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ स्थलगत अध्यन, स्थानीय व्यक्तिहरुका भनाईमा आधारित