मुक्तिनाथ मन्दिर (पनौती)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुक्तिनाथ मन्दिर
मुक्तिनाथ मन्दिर (पनौती) is located in बागमती प्रदेश
मुक्तिनाथ मन्दिर (पनौती)
बागमती प्रदेशको नक्साभित्र स्थान
मुक्तिनाथ मन्दिर (पनौती) is located in नेपाल
मुक्तिनाथ मन्दिर (पनौती)
मुक्तिनाथ मन्दिर (पनौती) (नेपाल)
प्राथमिक विवरण
स्थान:बाँसघारी, पनौती
निर्देशाङ्क२७°३५′४८″N ८५°३१′१८″E / २७.५९६६५०२०१८६३६९२°N ८५.५२१६३५५०३८९८५८°E / 27.596650201863692; 85.52163550389858
सम्बन्धनहिन्दुत्व
देवताविष्णु
जिल्लाकाभ्रेपलाञ्चोक
प्रदेशबागमती प्रदेश
देशनेपाल
वास्तुकला विवरण
निर्मातावागमती प्रदेश र पनौती नगर सरकार
स्थापित मितिवि.सं आश्विन २०७८

मुक्तिनाथ मन्दिर पनौती, काभ्रेपलाञ्चोक जिल्लाको एउटा हिन्दू मन्दिर हो।[१] यस मन्दिर मुस्ताङमा रहेको मुक्तिनाथमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर स्थापना भएको हो। मुक्तिनाथ मन्दिरको स्थापना वि.सं आश्विन २०७८ सालमा भएको हो।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

पनौतीको मुक्तिनाथ मन्दिर मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको प्रतिकृति हो र यस मन्दिरमा मुस्ताङकै मुक्तिनाथ जस्तो पूजा विधि हुन्छ।[३][४] त्यहाँको कमलनयनाचार्यबाट अनुमति लिएर मन्दिर निर्माण काम सुरु भएको थियो।[३] मुक्तिनाथ जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर स्थापना भएको हो।[३] मन्दिर निर्माण गर्न कुल रकम बागमती प्रदेशपनौती नगरपालिका सरकारबाट २५/२५ लाख, चन्दा र महायज्ञबाट १ करोड ६७ सङ्कलन गरिएको थियो।[३] निर्माणका क्रममा १ करोड ५९ लाख मात्रै खर्च भएको थियो।[३] २०७४ साल असोज ४ गते मन्दिरको शिलान्यास भएको थियो र ४ वर्ष पछि निर्माण काम सकियो।[३][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तिमल्सिना, मधुसुधन (३० आश्विन २०७८), "काभ्रेको पनौतीमै मुक्तिनाथको दर्शन", गोरखापत्र, अन्तिम पहुँच २५ जेष्ठ २०७९ 
  2. तिमल्सिना, मोतीराम (१३ आश्विन २०७८), "पनौती सुब्बा गाउँमा मुक्तिनाथ मन्दिर २५ गतेदेखि सर्वसाधारणका लागि खुल्ने", नेपाल समाचारपत्र, अन्तिम पहुँच २५ जेष्ठ २०७९ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ अधिकारी, नगेन्द्र (२५ आश्विन २०७८), "काभ्रेको पनौतीमा बन्यो मुक्तिनाथ मन्दिर", कान्तिपुर, अन्तिम पहुँच २५ जेष्ठ २०७९ 
  4. तिमल्सिना, मोतीराम (७ बैशाख २०७९), "पनौती सुब्बा गाउँमा रहेको मुक्तिनाथमा प्राणप्रतिष्ठा गरिँदै", नेपाल समाचारपत्र, अन्तिम पहुँच २५ जेष्ठ २०७९ 
  5. तामाङ, रोजन (२६ असोज २०७८), "अब पनौतीबाटै मुक्तिनाथ दर्शन", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २५ जेष्ठ २०७९