सामग्रीमा जानुहोस्

प्रदेश प्रमुख (कर्णाली प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्णाली प्रदेशको प्रदेश प्रमुख नेपालको कर्णाली प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग कर्णाली प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो कर्णाली प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
दुर्गा केशर खनाल २०७५ माघ ५ २०७६ कात्तिक १७ २८८ दिन
गोविन्दप्रसाद कलौनी २०७६ कात्तिक १९ २०७८ कात्तिक २३  वर्ष, ४ दिन
तिलक परियार २०७८ कात्तिक २५ २०८१ साउन १६  वर्ष, २६३ दिन
यज्ञराज जोशी २०८१ साउन १७ बहालवाला  वर्ष, २५८ दिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]