डोग्री भाषा
डोग्री भारत को जम्मू तथा कश्मीर प्रान्त र पाकिस्तान मा समेत बोलीने एक भाषा हो ।[१] सन् २००४ मा यसलाई भारतीय संविधान को आठौँ अनुसूची मा सामेल गरिएको हो । पश्चिमी पहाडी बोलिहरू को परिवार मा, मध्यवर्ती पहाडी तीरको जनभाषा मा, डोग्री, चंबयाली, मडवाली, मंडयाली, बिलासपुरी, बागडी आदि उल्लेखनीय छन् । डोग्री यो विशाल परिवार मा धेरै कारणले विशिष्ट जनभाषा हो । यसको पहिलो विशेषता यो छ कि अरू भाषा को तुलनामा यो भाषा बोल्ने को सँख्या अपेक्षा भन्दा बढी छ । दोस्रो यो छ कि यो भाषा परिवार मा केवल डोग्री साहित्यिक रूपबाट गतिशील र सम्पन्न छ । डोग्री को तेस्रो विशिष्टता यो छ कि एक समय यो भाषा कश्मीर रियासत तथा चंबा राज्य मा राजकीय प्रशासन को बोलीचाली को रूपमा रहेको थियो ।
डोग्रीको लिपी[सम्पादन गर्नुहोस्]
डोग्री को आफ्नै एक लिपि छ जसलाई टाकरी या टक्करी लिपि भनिने गरिन्छ।
डोग्रा | |
---|---|
प्रकार | |
भाषाहरू | डोग्री |
यो लिपि धेरै नै पुरानो हो । गुरमुखी लिपि को शुरुवात यहि लिपिबाट भएको मनिन्छ।[२] कश्मिरी महाराज रणवीर सिंह ले, आज भन्दा लगभग एक वर्ष पूर्व, आफ्नो राज्यकाल मा, डोग्री लिपिको विकासमा प्रयाश गरेको पाइन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Sharma, Sita Ram (१९९२), Encyclopaedia of Teaching Languages in India, v. 20, Anmol Publications, पृ: ६।
- ↑ Pandey, Anshuman (२०१५-११-०४), "L2/15-234R: Proposal to encode the Dogra script in Unicode"।