कृष्ण मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाटनको कृष्ण मन्दिरबाट अनुप्रेषित)
पाटनको कृष्ण मन्दिर
पाटन दरवार क्षेत्रमा अवस्थित कृष्ण मन्दिर
प्राथमिक विवरण
स्थान:पाटन दरवार क्षेत्र
सम्बन्धनहिन्दुत्व
जिल्लाललितपुर
प्रदेशबागमती
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारशिखर
निर्मातासिद्धिनरसिंह मल्ल

पाटनको कृष्ण मन्दिर ललितपुर जिल्लाको पाटन दरवार क्षेत्रमा अवस्थित छ । यो मन्दिर सत्रौँ सताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ वटा गजुर भएको यो मन्दिर ढुंगैढुंगाले बनेको छ ।

निर्माण[सम्पादन गर्नुहोस्]

यो मन्दिर सत्रौँ सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । महादेवको मन्दिर बनाउन राखिएको जग्गामा राजा सिद्धिनरसिंहलाई सपनामा कृष्ण मन्दिर बनाउन भनेपछि राजाले खन्न लगाउँदा जमीनमुनि कृष्णको मुर्ति फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।

वास्तु कला[सम्पादन गर्नुहोस्]

यो मन्दिर तीन तलाको रहेको छ। तीन तलामध्ये बीचको तलामा श्रीकृष्णको मूर्ति छ । श्रीकृष्णको मूर्तिको चारैतिर विष्णुका दश अवतारका मूर्ति पनि छन् ।

यसका बिमहरूमा महाभारत कथामा आधारित चित्रहरू कुँदिएका छन् ।

२०७२ भुकम्प[सम्पादन गर्नुहोस्]

२०७२ को भुकम्पले यस मन्दिरमा आंशिक क्षती पुर्याएको थियो।

जीर्णोद्धार[सम्पादन गर्नुहोस्]

मन्दिरको जीर्णोद्धार गर्न तीन वर्ष लागेको काठमाडौँ उपत्यका संरक्षण कोषले जनाएको थियो। मन्दिरको पुनर्निर्माणको काम काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले गरेको हो ।

पुननिर्माण प्राधिकरण मन्दिर आंशिक रूपमा मात्रै क्षतिग्रस्त भएकाले अलि चाँडो पुनर्निर्माणको काम सकिएको हो । मन्दिर करिब ५७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको थियो। पुननिर्माण सम्पन्न भएपछि मन्दिर सर्वसाधरणका लागि खुल्ला गरिएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पुरानै स्वरुपमा पाटनको कृष्ण मन्दिर", शिलापत्र, वैशाख २८, २०७६।