सामग्रीमा जानुहोस्

अमला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमिलीका जस्ता मसिना पात हुने र गोलाकार फल फल्ने बोटविशेष वा त्यसमा फल्ने फललाई अमला भनिन्छ । अमलाका ससाना बुट्यानदेखि लिएर ठुलठुला रूख समेत हुन्छन् । त्रिफला नामक प्रसिद्ध आयुर्वेदिक ओखतीमा मिसाइने एउटा फल अमला हो । तर त्रिफलाको सम्मिश्रणको मात्राका सम्बन्धमा आयुर्वेदका ग्रन्थमा समान धारणा छैन ।


( भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । यो एउटा पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् । आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि’को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू सङ्कलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू सङ्कलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरूमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ ।)

अमला
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
उपवंश:
वंश:
प्रजाति:
P. emblica
वैज्ञानिक नाम
Phyllanthus emblica
L.[]
पर्याय[]
  • Cicca emblica (L.) Kurz
  • Diasperus emblica (L.) Kuntze
  • Dichelactina nodicaulis Hance
  • Emblica arborea Raf.
  • Emblica officinalis Gaertn.
  • Phyllanthus glomeratus Roxb. ex Wall. nom. inval.
  • Phyllanthus mairei H.Lév.
  • Phyllanthus mimosifolius Salisb.
  • Phyllanthus taxifolius D.Don

अमलाका मुख्यतः साना र ठुला गरी दुई जात हुन्छन् । सानो अमलालाई काठे–अमला पनि भनिन्छ ।  आयुर्वेदमा एक अर्को क्षुद्रधात्री नामक जङ्गली अमलाका बारेमा पनि उल्लेख भएको पाइन्छ । यसको स्पष्ट पहिचान हुन सकेको छैन । अन्य फरक किसिमका भुइँ–अमला र पानी–अमला नामका दुई वनस्पतिहरू पनि हुन्छन् ।

अमलामा तितो, गुलियो, टर्रो, अमिलो र पिरो रस हुन्छ ।

अमलाको बोट र फल

आयुर्वेदमा बताइएका गुण :

  1. यसले निम्न रोगमा फाइदा गर्दछ :
    • रक्तपित्त : मुख, कान, आँखा, नाक, गुदद्वार तथा मूत्रद्वारबाट रगत बहने रोग  ।
    • प्रमेह : वीर्य अथवा शरीरका अरू धातु पातलिएर पिसाबसँग मिसिएर बाहिर निस्कने विभिन्न रोगहरू ।
    • वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ।
    • कब्जियत ।
    • शरीर चिलाउने रोग, कुष्ठरोग, जरो, तिर्खा–रोग ।
    • डाह, वाकवाकी र सुजन ।
    • यसको फलले थकाई, वाकवाकी, आध्मान (पेट फुल्ने एक रोग, अपानवायु रोकिनाले छालाको थैलो फुले जसरी पेट फुल्ने रोग) र विष्टम्भ (दिसा रोकिएर पेट फुल्ने रोग विशेष) लाई शान्त पार्दछ ।
  2. यसले आयु बढाउन मद्दत गर्दछ र चाँडै बुढ्यौली आउन दिँदैन ।
  3. अमलाको अर्क (आयुर्वेदीक मदिरा) ले त्रिदोष, रक्तपित्त र प्रमेह नाश गर्दछ ।
  4. सामान्यतः अमिलो कुरा दूधसँग खान हुँदैन तर अमिलो भएपनि अमला भने दूधसँग खान हुन्छ ।
  5. यसले खानमा रुची जगाउँदछ र शीतल गर्दछ ।
  6. अमला आँखाका लागि हितकर हुन्छ ।
  7. यो तागतिलो, शरीरको वर्णमा निखार लेराउने, धैर्यवर्धक, वीर्यवर्धक र बुद्धिवर्धक हुन्छ ।
  8. अमला पकाइएको रसमा पुनः अमलाकै धुलो हाली मन्द आँचमा उमालेर लेदो बनेपछि त्यसलाई घिउ र दूधसँग फिटेर खाने गरेमा यौन–क्षमता वृद्धि हुन्छ ।
  9. अमलाले मानिसले खाएपिएको कुरासँग विद्वेष (वैरभाव) नगरी ती शरीरभित्र जहाँ छन् त्यहीँ गई ती कुरासँग मिसिएर तिनको दोष नष्ट गर्ने (वान्ता वा दिसा नलगाई रोग ठिक गर्ने) काम गर्दछ ।
  10. सामान्यतः अमिलो रस खानाले शरीरमा पित्तको मात्रा बढ्दछ तर अमलाको अमिलोले पित्त बढ्दैन ।
  11. अमलाको तेलको नस लिनाले टाउकाका सबै रोग नाश हुन्छन् । अमलालाई गाईको घिउमा पिसी टाउकामा दल्नाले र (सो ओखती गर्ने अवधिभर) चिल्लो र तात्तातो खानेकुरा खाने गर्नाले सबै खालका टाउकाका रोग नाश हुन्छन् । प्रमेहका रोगीले अमलाको रस बेसार र महसँग फिटेर खाने गर्नू । अमलाको रसमा भिजाइएको अमलाकै धुलो मह, घिउ र सखरसँग मिसाएर चाटी दूध पिउने गरेमा यौनशक्ति बढ्दछ ।
  12. दैनिक एउटा अमला  पिसेर नदी, जलाशय वा वर्षाको पानीलाई कालो (फलामको) भाँडामा उमाली लेदो बनाएर खाने गरे स्त्रीको शरीर दुब्लो हुन्छ ।
  13. खाना खानुभन्दा अघि वा पछि जतिखेर खाएपनि अमला सजिलै पच्दछ र अमृततुल्य हुन्छ ।

विभिन्न नामहरू

[सम्पादन गर्नुहोस्]

बैज्ञानिक नाम : Phyllanthus emblica Linn., Emblica officinalis Gaertn.

नेपाली नाम : अमला

संस्कृत नाम : अमृतफल, अमृतफला, अमृता, आमलकम्, आमलकी, जातीफल, जातीफला, तिष्यफल, तिष्यफला, धात्रिका, धात्रीफल, धात्रीफला, धात्रेयी, रस, रोचनी, वयस्था, वृत्तफला, वृष्या, शान्ता, शिवम्,  शिवा, शीता,  श्रीफल र श्रीफला ।

अङ्ग्रेजी नाम : Emblic myrobalan, Gooseberry.

वनस्पति परिवार : Euphorbiaceae

श्रोत ग्रन्थहरू

[सम्पादन गर्नुहोस्]

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Roland, C. (२०२०), "Phyllanthus emblica", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2020: e.T१४९४४४४३०A१४९५४८९२६, अन्तिम पहुँच १५ अप्रिल २०२१ 
  2. "Phyllanthus emblica information from NPGS/GRIN", US Department of Agriculture, अन्तिम पहुँच २००८-०३-०६ 
  3. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच १४ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ९ नोभेम्बर २०२१ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]